Nepali

World English Bible

2 Samuel

16

1दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबासँग जीन लगाम कस्सिएका दुइवटा गधा थिए। गधामा 200 रोटी, 100 झुप्पा किसमिस, 100 ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो।
1When David was a little past the top, behold, Ziba the servant of Mephibosheth met him, with a couple of donkeys saddled, and on them two hundred loaves of bread, and one hundred clusters of raisins, and one hundred summer fruits, and a bottle of wine.
2राजा दाऊदले सीबालाई सोधे, “यी चीज किन ल्यायौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाको परिवारलाई चढनको निम्ति ल्याएको हो। रोटी र ग्रीष्मफलहरू अधिकारीहरूलाई खाना भनेर अनि मरूभूमिमा हिंडदा जो कमजोरी भएर हिंडन सक्दैनन् तिनीहरूका निम्ति दाखरस ल्याएको।”
2The king said to Ziba, What do you mean by these? Ziba said, The donkeys are for the king’s household to ride on; and the bread and summer fruit for the young men to eat; and the wine, that such as are faint in the wilderness may drink.
3राजाले सोधे, “मपीबोशेत खै कहाँ छन्।?” सीबाले जवाफ दिए, “मपीबोशेत यरूशलेममा नै बसे। तिनले सोचे, ‘ अब इस्राएलीहरूले मेरा पिताका राज्य मलाई दिन्छन्।”‘
3The king said, “Where is your master’s son?” Ziba said to the king, “Behold, he is staying in Jerusalem; for he said, ‘Today the house of Israel will restore me the kingdom of my father.’”
4तब राजाले सीबालाई भने, “यही कारणले मेपीबोशेथका जाय जेथा अब म तिमीलाई दिन्छु।” सीबाले भने, “म तपाईंसँग नतमस्तक छु। मलाई विश्वास छ म तपाईंलाई सधैं रिझाउनसक्छु।”
4Then the king said to Ziba, “Behold, all that pertains to Mephibosheth is yours.” Ziba said, “I do obeisance. Let me find favor in your sight, my lord, O king.”
5दाऊद बहूरीममा आए। बहूरीमबाट शाऊलका परिवारका एकजना मानिस निस्किए। त्यसको नाउँ शिमी थियो, जो गेराका छोरा थिए। शिमीले दाऊदलाई धेरै सराप्दै आए। लगातार नराम्रो नामले सराप्दै थिए।
5When king David came to Bahurim, behold, a man of the family of the house of Saul came out, whose name was Shimei, the son of Gera. He came out, and cursed still as he came.
6शिमीले दाऊद र तिनका अधिकारीहरूलाई ढुङ्गाले हान्न शुरू गरे। तर मानिसहरू र सिपाहीहरूले दाऊदलाई घेरे।
6He cast stones at David, and at all the servants of king David, and all the people and all the mighty men were on his right hand and on his left.
7शिमीले दाऊदलाई सराप दिए। उनले भने, “ए हत्यारा, भाग यहाँबाट छिटो भाग।
7Shimei said when he cursed, “Be gone, be gone, you man of blood, and base fellow!
8परमप्रभुले तलाईं सजाय दिदैछन्। किन थाहा छ? कारण तैले शाऊलका परिवारलाई मारिस्। तैंले शाऊलको राजसिंहासन चोरिस्। तर अहिले ठीक यस्तो गति हुँदैछ तेरो। परमप्रभुले तेरो राज्य तेरो छोरा अब्शालोमलाई दिनुभयो। किन थाहा छ? कारण तँ हत्यारा होस्।”
8Yahweh has returned on you all the blood of the house of Saul, in whose place you have reigned! Yahweh has delivered the kingdom into the hand of Absalom your son! Behold, you are caught by your own mischief, because you are a man of blood!”
9सरूयाहका छोरा अबीशैले राजालाई भने, “हे मेरो मालिक राजा यो मरेको कुकुरले किन तपाईंलाई सराप्दैछ? दया गरी मलाई उसको टाउको छिनाउन दिनुहोस्।”
9Then Abishai the son of Zeruiah said to the king, “Why should this dead dog curse my lord the king? Please let me go over and take off his head.”
10तर राजाले जवाफ दिए, “सरूयाहका छोराहरू किन तिमीहरू मेरो मामलाहरूमा हात हाल्छौ? साँच्चो हो, शिमीले मलाई सराप्दै छ। तर सायद परमप्रभुले मलाई सराप्नु उसलाई भन्नु भएको होला।” कसले परमप्रभुलाई उहाँले गर्नु भएको विषयमा प्रश्न गर्न सक्छ र?”
10The king said, “What have I to do with you, you sons of Zeruiah? Because he curses, and because Yahweh has said to him, ‘Curse David;’ who then shall say, ‘Why have you done so?’”
11दाऊदले अबीशै र सारा नोकरहरूलाई भने, “हेर, मेरो आफ्नै छोरा (अब्शालोम) ले मलाई मार्न खोज्दैछ। यो मानिस (शिमी) बिन्यामीन कुल समूहले मलाई मार्ने अधिकार ज्यादा प्राप्त गर्छ। उसलाई एक्लै रहन देऊ। मलाई मनपरि भन्न देऊ। परमप्रभुले नै त्यसो गर्नु भन्नु भएको हो।
11David said to Abishai, and to all his servants, “Behold, my son, who came forth from my bowels, seeks my life. How much more this Benjamite, now? Leave him alone, and let him curse; for Yahweh has invited him.
12यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।”
12It may be that Yahweh will look on the wrong done to me, and that Yahweh will repay me good for the cursing of me today.”
13यसकारण दाऊद र तिनका मानिसहरू आफ्नो बाटो लागे। तर शिमीले दाऊदलाई पछ्याए। पहाडको बाटोको अर्कोतिर भएर शिमी हिंड्न थाल्यो। यात्राभरि दाऊदलाई गाली गर्दै शिमी हिडयो। शिमीले दाऊदलाई ढुङ्गा र धूलोले पनि हान्यो।
13So David and his men went by the way; and Shimei went along on the hillside opposite him, and cursed as he went, threw stones at him, and threw dust.
14राजा दाऊद र तिनका अनुयायीहरू यर्दन नदी पुगे। राजा र अनुयायीहरू थकित थिए। त्यहाँ तिनीहरूले आराम गरे र आफूलाई थकावट मुक्त पारे।
14The king, and all the people who were with him, came weary; and he refreshed himself there.
15अब्शालोम, अहीतोपेले र अन्य मानिसहरू जो इस्राएलवासी थिए यरूशलेम आए।
15Absalom, and all the people, the men of Israel, came to Jerusalem, and Ahithophel with him.
16दाऊदका एरेकी हूशै नामक साथी अब्शालोमलाई भेटून आए। उसले अब्शालोमलाई भने, “राजाको चिरायु होस्। राजाको चिरायु होस्।”
16It happened, when Hushai the Archite, David’s friend, had come to Absalom, that Hushai said to Absalom, “Long live the king! Long live the king!”
17अब्शालोमले सोधे, “तिमी तिम्रा मित्र दाऊदको विश्वासपात्र किन बनेनौ? यरूशलेम छोडेर किन दाऊदसंग गएनौ?”
17Absalom said to Hushai, “Is this your kindness to your friend? Why didn’t you go with your friend?”
18हूशैले भने, “म परमप्रभुले छान्नु भएको मानिसका अधीनमा बस्छु। यी मानिसहरू अनि इस्राएलका मानिसहरूले तपाईंलाई छाने। म तपाईंसँगै बस्छु।
18Hushai said to Absalom, “No; but whomever Yahweh, and this people, and all the men of Israel have chosen, his will I be, and with him I will stay.
19पहिले मैले तपाईंका पिताको सेवा गरें। अब म तपाईंको सेवा गर्नेछु तपाईं दाऊदका छोरा हुनहुन्छ।”
19Again, whom should I serve? Shouldn’t I serve in the presence of his son? As I have served in your father’s presence, so will I be in your presence.”
20अब्शालोमले अहीतोपेललाई भन्छन्, “कृपया अब हामीले के गर्नु पर्छ भन।”
20Then Absalom said to Ahithophel, “Give your counsel what we shall do.”
21अहीतोपेलेले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोडनु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।”
21Ahithophel said to Absalom, “Go in to your father’s concubines, that he has left to keep the house. Then all Israel will hear that you are abhorred by your father. Then the hands of all who are with you will be strong.”
22तब अब्शालोमको निम्ति तिनीहरूले महलको छानामा एउटा पाल हाले। अनि अब्शालोमले आफ्ना पिताका रखौटी पत्नीहरूसित शारीरिक सम्बन्ध राखे। सबै इस्राएलीहरूले यो देखे।
22So they spread Absalom a tent on the top of the house; and Absalom went in to his father’s concubines in the sight of all Israel.
23त्यस समय अहीतोपेलको सल्लाह दाऊद र अब्शालोम दुवैका निम्ति साह्रै महत्वपूर्ण थियो। तिनीहरूले सोचे कि यो त्यति महत्वपूर्णको हो जति परमेश्वरको वचन एउटा मानिसको निम्ति हुन्छ।
23The counsel of Ahithophel, which he gave in those days, was as if a man inquired at the oracle of God: so was all the counsel of Ahithophel both with David and with Absalom.