1पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?” परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।” दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।” परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”
1It happened after this, that David inquired of Yahweh, saying, “Shall I go up into any of the cities of Judah?” Yahweh said to him, “Go up.” David said, “Where shall I go up?” He said, “To Hebron.”
2त्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यिज्रेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगेल थिए।)
2So David went up there, and his two wives also, Ahinoam the Jezreelitess, and Abigail the wife of Nabal the Carmelite.
3दाऊदले तिनका मानिस र उनीहरूका परिवारलाई पनि ल्याए। तिनी सबै हेब्रोन शहरको छेउछाउमा बसे।
3David brought up his men who were with him, every man with his household. They lived in the cities of Hebron.
4यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजाको रूपमा अभिषेक गरे। अनि तिनीहरूले भने, “याबेश गिलादका मानिसहरूले नै शाऊलको लासलाई गाडेका हुन्।”
4The men of Judah came, and there they anointed David king over the house of Judah. They told David, saying, “The men of Jabesh Gilead were those who buried Saul.”
5दाऊदले उसका दूतहरूलाई याबेश गिलादमा पठाए। याबेशमा दूतहरूले भने, “परमप्रभुले तिमीहरूलाई आशिर्वाद दिउन्। तपाईंको स्वामी शाऊल खरानी भएको कारण
5David sent messengers to the men of Jabesh Gilead, and said to them, “Blessed are you by Yahweh, that you have shown this kindness to your lord, even to Saul, and have buried him.
6परमप्रभु तपाईं प्रति दयालु र विश्वासयोग्य हुनुहुन्छ र म पनि तपाईंप्रति दयालु हुनेछु किनभने तपाईंले यस्तो दयालु कार्यहरू गर्नु भएकोछ।
6Now may Yahweh show loving kindness and truth to you. I also will reward you for this kindness, because you have done this thing.
7अब बलियो र सहासी बन्नुहोस्। तपाईंहरूका स्वामी शाऊल बित्नुभयो। तर यहूदाका परिवार समूहले मलाई तिनीहरूका राजाको रूपमा अभिषेक गरे।”
7Now therefore let your hands be strong, and be valiant; for Saul your lord is dead, and also the house of Judah have anointed me king over them.”
8नेरका छोरा अबनेर शाऊलको फौजमा कप्तान थिए, अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनैम लगे।
8Now Abner the son of Ner, captain of Saul’s army, had taken Ishbosheth the son of Saul, and brought him over to Mahanaim;
9गिलाद, अशूर, यिज्रेल, एप्रैम, बिन्यामीन अनि सम्पूर्ण इस्राएलको राजा बनाए।
9and he made him king over Gilead, and over the Ashurites, and over Jezreel, and over Ephraim, and over Benjamin, and over all Israel.
10ईश्बोशेत शाऊलका छोरा थिए। उसले इस्राएलमाथि शासन गर्दा उनी 40 वर्षका थिए। उनले 2 वर्ष शासन गरे। तर यहूदाका परिवार समूहले दाऊदलाई पच्छ्याए।
10Ishbosheth, Saul’s son, was forty years old when he began to reign over Israel, and he reigned two years. But the house of Judah followed David.
11दाऊद हेब्रोनमा राजा थिए। दाऊदले यहूदाका परिवार समूहलाई साँढे सात वर्ष शासन गरे।
11The time that David was king in Hebron over the house of Judah was seven years and six months.
12नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका अधिकारीहरूले महनैम त्यागे र गिबोन गए।
12Abner the son of Ner, and the servants of Ishbosheth the son of Saul, went out from Mahanaim to Gibeon.
13सुरूयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए।
13Joab the son of Zeruiah, and the servants of David, went out, and met them by the pool of Gibeon; and they sat down, the one on the one side of the pool, and the other on the other side of the pool.
14अबनेरले योआबलाई भने, “यी सैनिकहरू माझ एउटा होडबाजी गराऔं।” योआबले भने, “ठीक छ होडबाजी होस्।”
14Abner said to Joab, “Please let the young men arise and play before us!” Joab said, “Let them arise!”
15यसकारण सैनिकहरू उठे। दुइ समूहमा आफ्ना आफ्ना सैनिकहरूको संख्या निर्धारण गरे। तिनीहरूले बाह्रा सैनिक बिन्यामीन समूहबाट शाऊलको छोराको पक्षमा छाने। तिनीहरूले दाऊदका अधिकारीहरूबाट बाह्र जना मानिसहरू छाने।
15Then they arose and went over by number: twelve for Benjamin, and for Ishbosheth the son of Saul, and twelve of the servants of David.
16प्रत्येक मानिसले शत्रु सेनाहरूको शिर समाते अनि उसको कोखामा आफ्नो तरवार रोपिदिए। तब तिनीहरू लडे अनि एकैसाथ मरे। यसैकारणले यस ठाउँको नाउँ, “धारिलो छुरिहरूको मैदान।” भनिन थालियो। त्यो ठाउँ गिबोनमा छ।
16They each caught his opponent by the head, and thrust his sword in his fellow’s side; so they fell down together: therefore that place was called Helkath Hazzurim, which is in Gibeon.
17त्यो होडबाजीले भयंकर युद्धको रूप लियो अनि दाऊदका अधिकारीहरूले त्यस दिन अबनेर र इस्राएलीहरूलाई हराए।
17The battle was very severe that day: and Abner was beaten, and the men of Israel, before the servants of David.
18सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे।
18The three sons of Zeruiah were there, Joab, and Abishai, and Asahel: and Asahel was as light of foot as a wild gazelle.
19असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्न थाले।
19Asahel pursued after Abner; and in going he didn’t turn to the right hand nor to the left from following Abner.
20अबनेर पछि फर्केर हेरे र सोधे, “अरे तिमी हौ असाहेल?” असाहेलले भन्यो, “हो, मै हुँ।”
20Then Abner looked behind him, and said, “Is it you, Asahel?” He answered, “It is I.”
21अबनेरले असाहेललाई कुनै घात गर्न चाहेका थिएनन्। यसकारण अबनेरले भने, “मलाई नखेद-बरू कुनै अर्को सैनिकलाई खेद। तिमीले उसलाई जित्ने छौ अनि उसको हतियार लैजाऊ।” तर असाहेलले अबनेरलाई खेद्न छोडेनन्।
21Abner said to him, “Turn aside to your right hand or to your left, and grab one of the young men, and take his armor.” But Asahel would not turn aside from following him.
22फेरि पनि अबनेरले भने, “मेरो पिछा गर्न छाडि देऊ, होइन भने मेरो हातबाट तिम्रो हत्या हुन्छ। यदि तिमी मेरो हातबाट मारियौ भने मैले तिम्रा दाज्यू योआबलाई कसरी मुख देखाउनु।”
22Abner said again to Asahel, “Turn aside from following me. Why should I strike you to the ground? How then should I hold up my face to Joab your brother?”
23तर असाहेलले उसलाई पिछा नगर्न इन्कार गरे। यसकारण अबनेरले आफ्ना भालाको टुप्पोले असाहेलको भुँडीमा उनिदियो। भाला असाहेलको पछाडिपट्टि निस्कियो। अनि असाहेल त्यँही मर्यो। असाहेलको लास भुइँमा लड्यो। मानिसहरूले हतार-हतार गएर हेरे।
23However he refused to turn aside. Therefore Abner with the back end of the spear struck him in the body, so that the spear came out behind him; and he fell down there, and died in the same place. It happened, that as many as came to the place where Asahel fell down and died stood still.
24तर योआब र अबीशैले भने अबनेर कै पछि लागे। अम्मा पहाडको पछिल्लो तिर सुर्य अस्ताउँदै थियो। (अम्मा पहाड गीहको अगाडितिर गिबोन मरूभूमि जाने बाटो तिर पर्थ्यो)
24But Joab and Abishai pursued after Abner: and the sun went down when they had come to the hill of Ammah, that lies before Giah by the way of the wilderness of Gibeon.
25बिन्यामीन परिवार समूहका मानिसहरू पहाडमा अबनेर कहाँ आए अनि अबनेरलाई सहायता गर्न भेला भए।
25The children of Benjamin gathered themselves together after Abner, and became one band, and stood on the top of a hill.
26अबनेरले योआबलाई चिच्याएर भनें, “के हामी सधैं एका-अर्कासँग भिडिरहने? यसबाट दुःख बाहेक केही हात लाग्दैन। मानिसहरूलाई आफ्नै दायू-भाइहरूलाई नखेद्नु भनेर भन।”
26Then Abner called to Joab, and said, “Shall the sword devour forever? Don’t you know that it will be bitterness in the latter end? How long shall it be then, before you ask the people to return from following their brothers?”
27तब योआबले भन्यो, “परमेश्वरको नाममा तिमीले जे भन्दैछौ ठीक हो। यदि तिमीले केही नभनेको भए मानिसहरूले आफ्ना दाजु-भाइलाई बिहान सम्मै खेदिरहने थिए।”
27Joab said, “As God The Hebrew word rendered “God” is “Elohim.” lives, if you had not spoken, surely then in the morning the people would have gone away, and not each followed his brother.”
28यसकरण योआबले उसको तुरही फूक्यो अनि मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोडे। तिनीहरूले फेरि इस्राएलीहरूसित युद्ध गर्ने कोशिश गरेनन्।
28So Joab blew the trumpet; and all the people stood still, and pursued after Israel no more, neither fought they any more.
29अबनेर र तिनका मानिसहरू यर्दन बेंसी भएर रातभरि हिंडे। तिनीहरूले यर्दन नदी पार गरी दिनभरिमा महनैम पुगे।
29Abner and his men went all that night through the Arabah; and they passed over the Jordan, and went through all Bithron, and came to Mahanaim.
30योआबले अबनेरलाई खेद्न छोडे र फर्के। योआबले जब उसका मानिसहरू भेला गराए पछि थाहा भयो असाहेल बाहेक दाऊदका 19 जना अधिकारीहरू हराएकाछन्।
30Joab returned from following Abner: and when he had gathered all the people together, there lacked of David’s servants nineteen men and Asahel.
31तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका 360 जना मानिसहरू मारेछन्।
31But the servants of David had struck of Benjamin, and of Abner’s men, so that three hundred sixty men died.
32दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहमा गाडे। योआब अनि उसका मानिसहरू रातभरि हिंडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो।
32They took up Asahel, and buried him in the tomb of his father, which was in Bethlehem. Joab and his men went all night, and the day broke on them at Hebron.