1यी दाऊदका अन्तिम वचनहरू यिनै, यिशैका छोरा दाऊदको सन्देश हो यो। यो सन्देश तिनैको हो-जसलाई परमेश्वरले महान् बनाउनुभयो, जो याकुबको परमेशवरद्वारा छानिएका राजा जो इस्राएलको मधुर गीतका गायक।
1Now these are the last words of David. David the son of Jesse says, the man who was raised on high says, the anointed of the God of Jacob, the sweet psalmist of Israel:
2परमप्रभुको आत्माले मद्वारा बोल्नु भयो। उहाँका वचनहरू मेरो मुखमा थिए।
2“The Spirit of Yahweh spoke by me. His word was on my tongue.
3इस्राएलको परमेश्वरले भन्नु भयो। इस्राएलको चटानले मलाई भन्नुभयो, “जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ, जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,
3The God of Israel said, the Rock of Israel spoke to me, ‘One who rules over men righteously, who rules in the fear of God,
4त्यस्ता व्यक्ति हुनेछ र्स्योदय जस्तै; बादल नभएको बिहान जस्तै; पानी परेपछिको घाम जस्तै-जुन पानीले धर्तीमा कलिला घाँस उमार्छ।”
4shall be as the light of the morning, when the sun rises, a morning without clouds, when the tender grass springs out of the earth, through clear shining after rain.’
5परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो। उहाँले मसँग सधैंको निम्ति करार गर्नुभयो। परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो र राम्रो बनाउनु भयो। अनि उहाँले मलाई विजय दिनुहुन्छ। म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ।
5Most certainly my house is not so with God, yet he has made with me an everlasting covenant, ordered in all things, and sure, for it is all my salvation, and all my desire, although he doesn’t make it grow.
6तर दुष्ट मानिसहरू काँढा जस्तै हुन् मानिसले काँढा समात्दैनन् बरू कतै फ्याँक्छन्।
6But all of the ungodly shall be as thorns to be thrust away, because they can’t be taken with the hand,
7यदि कसैले त्यसलाई छोयो भने त्यसले भालाले जस्तै घोच्छ त्यो भाला काठको होस् कि फलामको साँच्चै, ती मानिसहरू काँढा जस्तै हुन्। तिनीहरूलाई आगोमा फ्याँकिन्छ र जलेर खारानी बन्छन्।
7But the man who touches them must be armed with iron and the staff of a spear. They shall be utterly burned with fire in their place.”
8तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन। दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे।
8These are the names of the mighty men whom David had: Josheb Basshebeth a Tahchemonite, chief of the captains; the same was Adino the Eznite, against eight hundred slain at one time.
9दोस्रो अहोहीबाट दोदोका छोरा एलाजार थिए। तीनजना वीरहरू मध्ये एलाजार एकजना थिए तिनी दाऊदसित थिए जब तिनीहरूले पलश्तीहरूलाई मुकाबिला गरेका थिए जो युद्धका निम्ति जम्मा भए तर इस्राएली सैनिकहरू पछि हटे।
9After him was Eleazar the son of Dodai the son of an Ahohite, one of the three mighty men with David, when they defied the Philistines who were there gathered together to battle, and the men of Israel were gone away.
10एलाजारले आफू नथाकुन्जेल पलिश्तीहरूसँग सामना गरे। तिनले हातमा तरवार मुठ्याएर लडी नै रहे। परमप्रभुले त्यस दिन इस्राएलीहरूलाई ठूलो विजय गराइदिनु भयो। एलाजार एक्लैले विजय प्राप्त गरेपछि मानिसहरू आएका थिए, र आउनुको एक मात्र कारणचाहिं एलाजारले मारेका शत्रुपक्षका सेनाहरूबाट मालसमान लुट्नु मात्र थियो।
10He arose, and struck the Philistines until his hand was weary, and his hand froze to the sword; and Yahweh worked a great victory that day; and the people returned after him only to take spoil.
11अर्का थिए हरार निवासी आग्रीका छोरा शम्मा। पलिस्तीहरू एकबद्ध भएर लडन आएका थिए। दालको खेतमा युद्ध लडे पलिश्तीहरूले। पलिश्तीहरूले मानिसहरूलाई भगाए।
11After him was Shammah the son of Agee a Hararite. The Philistines were gathered together into a troop, where there was a plot of ground full of lentils; and the people fled from the Philistines.
12तर शम्मा खेतको मध्यभागमा उभिएर सामना गरे। तिनले पलिश्तीहरूलाई हराए। त्यस दिन पनि परमप्रभुले इस्राएलीहरूलाई ठूलो विजय गराउनुभयो।
12But he stood in the midst of the plot, and defended it, and killed the Philistines; and Yahweh worked a great victory.
13एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाहिं तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए।
13Three of the thirty chief men went down, and came to David in the harvest time to the cave of Adullam; and the troop of the Philistines was encamped in the valley of Rephaim.
14अर्को एकचोटि, दाऊद किल्लामा थिए अनि एकसमूह पलिश्ती सैनिकचाहिं बेतलेहेममा थिए।
14David was then in the stronghold; and the garrison of the Philistines was then in Bethlehem.
15दाऊदले उसको शहरको पानी पिउनलाई एकदमै इच्छा गरे। दाऊदले भने, “म आशा गर्छु कसैले मलाई बेतलेहेम शहरछेऊको इनारबाट खाने पानी ल्याइदिओस् भन्ने इच्छा गर्छु!”
15David longed, and said, “Oh that one would give me water to drink of the well of Bethlehem, which is by the gate!”
16तर ती तीन वीरहरू पलिश्ती फौजको सामना गर्दै अघि बढे र बेतलेहेम शहरको फाटक छेउमा भएको इनारबाट पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले उक्त पानी खान मानेनन्। तिनले परमप्रभुलाई चढाएको पानी जस्तै भुइँमा घोप्टाए।
16The three mighty men broke through the army of the Philistines, and drew water out of the well of Bethlehem, that was by the gate, and took it, and brought it to David: but he would not drink of it, but poured it out to Yahweh.
17दाऊदले भने, “परमप्रभु, म यो पानी खान सक्दिन। यदि यो पानी खाएँ भने, जसले प्राणको वास्ता नगरी पानी ल्याए, उनीहरूको रगत खाएको बराबर हुन्छ।” यही कारणले दाऊदले उक्त पानी खान चाहेनन्। यस्तै धेरै बहादुरीपूर्ण कामहरू गरेका थिए ती तीनजना वीरहरूले।
17He said, “Be it far from me, Yahweh, that I should do this! Isn’t it the blood of the men who went in jeopardy of their lives?” Therefore he would not drink it. The three mighty men did these things.
18सरूयाहाका छोरा, योआबका भाइ अबीशै थिए अबीशै तीसजना वीरहरूका अगुवा थिए। अबीशैले आफ्नो भाला प्रयोग गरेर 300 शत्रुहरूलाई मारे।
18Abishai, the brother of Joab, the son of Zeruiah, was chief of the three. He lifted up his spear against three hundred and killed them, and had a name among the three.
19ती 30 जना वीरहरू मध्ये अबीशै सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन।
19Wasn’t he most honorable of the three? therefore he was made their captain: however he didn’t attain to the three.
20यहोयादाका छोरा बनायाह पनि एकजना शक्तिशाली मानिस थिए। उनी कब्सेलवासी थिए। बनायाहले धेरै ठूला ठूला बहादुरी कार्य गरेका थिए। बनायाहले मोआबको अरियलका दुइजना छोरालाई मारेका थिए। बनायाहले एउटा सिंह मारेका थिए। हिउ परेको समयमा सिंह एउटा जमिन भित्रको खाडलमा थियो।
20Benaiah the son of Jehoiada, the son of a valiant man of Kabzeel, who had done mighty deeds, he killed the two sons of Ariel of Moab: he went down also and killed a lion in the midst of a pit in time of snow.
21बनायाहले एउटा ठूलो शरीर गरेको मिश्री सेनालाई मारे। मिश्रीको हातमा भाला थियो। तर बनायाहको हातमा एउटा लौरो थियो। बनायाहले त्यस मिश्रीको हातबाट भाला खोसे अनि त्यही भालाले त्यो मिश्रीलाई मारे।
21He killed an Egyptian, a goodly man: and the Egyptian had a spear in his hand; but he went down to him with a staff, and plucked the spear out of the Egyptian’s hand, and killed him with his own spear.
22यहोयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरिपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए।
22Benaiah the son of Jehoiada did these things, and had a name among the three mighty men.
23बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अगंरक्षक कप्तान बनाए।
23He was more honorable than the thirty, but he didn’t attain to the three. David set him over his guard.
24योआबका भाइ असाहेल ती तीस जना वीरहरूमध्ये एक थिए। ती तीस जना वीरहरूको समूहमा अन्य वीरहरू यसप्रकारका थिएः बेतलेहेमका दोदोका छोरा एल्हानान्,
24Asahel the brother of Joab was one of the thirty; Elhanan the son of Dodo of Bethlehem,
25हेरोदाका शम्मा, हेरोदका एलीका,
25Shammah the Harodite, Elika the Harodite,
26बेतपेलेतका हेलेस, तकोइका इक्केशका छोरा ईरा,
26Helez the Paltite, Ira the son of Ikkesh the Tekoite,
27अनातीतका छोरा अबीएजेर, हुशातका मबून्ने,
27Abiezer the Anathothite, Mebunnai the Hushathite,
28अदोही सल्मोन, नतोपाका महरै,
28Zalmon the Ahohite, Maharai the Netophathite,
29नतोपाका बानाका छोरा हेलेब, गिबाका बिन्यामीन परिवार समूहको रीबैका छोरा इत्तै,
29Heleb the son of Baanah the Netophathite, Ittai the son of Ribai of Gibeah of the children of Benjamin,
30पिरातोनका बनायाह, गाशका खोल्वाहरूका हिददै,
30Benaiah a Pirathonite, Hiddai of the brooks of Gaash.
31बेत-अराबाका अबी-अल्बोन, बहूरीमका अजमावेत,
31Abialbon the Arbathite, Azmaveth the Barhumite,
32शाल्बोनका एल्याहबा, गिजोनी योशेनहरारी, शम्माका छोराहरू जोनाथन,
32Eliahba the Shaalbonite, the sons of Jashen, Jonathan,
33हरारी शम्मका छोरा; हरारी शरारका छोरा अहीआम;
33Shammah the Hararite, Ahiam the son of Sharar the Ararite,
34मकातीका आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,
34Eliphelet the son of Ahasbai, the son of the Maacathite, Eliam the son of Ahithophel the Gilonite,
35कर्मेलका हेस्रो, अर्बी पारै,
35Hezro the Carmelite, Paarai the Arbite,
36सोबाका नातानका छोरा यिगाल, गादी बानी,
36Igal the son of Nathan of Zobah, Bani the Gadite,
37अम्मानी सेलेक, बेरोतका नहरै (नहरैले सरूयाहाका छोरा योआबको हतियार बोक्ने थिए);
37Zelek the Ammonite, Naharai the Beerothite, armor bearers to Joab the son of Zeruiah,
38येतरी ईरा; येतरी गारेब; 39अनि हित्ती उरियाह। जम्मा मिलाउँदा 37 जना थिए।
38Ira the Ithrite, Gareb the Ithrite,
39[This verse may not be a part of this translation]
39Uriah the Hittite: thirty-seven in all.