Nepali

World English Bible

Acts

22

1पावलले भने, “मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।”
1“Brothers and fathers, listen to the defense which I now make to you.”
2पावलले यहूदी भाषामा बोलेको यहूदीहरूले सुने। जब पावलले यहूदी भाषा बोलेको यहूदीहरूले सुने तिनीहरू झन चुपचाप बसे। पावलले भने,
2When they heard that he spoke to them in the Hebrew language, they were even more quiet. He said,
3“म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको टार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुर्किएको हुँ। म गमलीयलको शिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासंग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उत्साही छु तिमीहरू जस्तै आज जो यहाँ छौ।
3“I am indeed a Jew, born in Tarsus of Cilicia, but brought up in this city at the feet of Gamaliel, instructed according to the strict tradition of the law of our fathers, being zealous for God, even as you all are this day.
4जसले येशूको मार्ग अप्नाए तिनीहरूलाई मैले मृत्युको मुख सम्म खेदो गरें। मैले पुरुष र नारीहरूलाई पक्रे अनि जेलमा थुनें।
4I persecuted this Way to the death, binding and delivering into prisons both men and women.
5प्रधान पूजाहारीहरू र सम्पूर्ण बूढा यहूदी अगुवाहरू यसका गवाही छन्। दमीशकका यहूदी दाज्यु-भाईहरूका निम्ति तिनीहरूबाट मैले चिठ्ठी लिएँ । म त्यहाँ पनि येशूका चेलाहरूलाई पक्राउन र तिनीहरूलाई दण्ड दिलाउन यरूशलेम ल्याउन भनि गएको थिएँ। पावलले आफ्नो परिवर्तन बारे भन्छन्
5As also the high priest and all the council of the elders testify, from whom also I received letters to the brothers, and traveled to Damascus to bring them also who were there to Jerusalem in bonds to be punished.
6“म दमीशकको बाटो जादै गर्दा अचानक एक घटना घट्यो। त्यति बेला मध्याह्र भएको थियो जब म दमीशक नजिक पुगेको थिए। अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो।
6It happened that, as I made my journey, and came close to Damascus, about noon, suddenly there shone from the sky a great light around me.
7म भूइँमा लडें। मलाई केही भनिरहेको एक आवाज सुनें, ‘शावल, शावल, तिमीले किन मलाई सताइरहछौ?’
7I fell to the ground, and heard a voice saying to me, ‘Saul, Saul, why are you persecuting me?’
8मैले सोधें, तपाईं को हुनुहुन्छ प्रभु?’ त्यस आवाजले भन्यो, ‘म नासरतको येशू हुँ, जसलाई तिमाले सताइरहेछौ।’
8I answered, ‘Who are you, Lord?’ He said to me, ‘I am Jesus of Nazareth, whom you persecute.’
9मानिसहरू जो मसंग थिए तिनीहरूले ज्योति देखे, तर ती एक मसंग जो बात गर्दै हुनुहुन्थ्यो, त्यो आवाज तिनीहरूले सुनेनन्।
9“Those who were with me indeed saw the light and were afraid, but they didn’t understand the voice of him who spoke to me.
10मैले भने, मैले के गर्नु पर्ला प्रभु?’ प्रभुले जवाफ दिनु भयो, ‘उठ अनि दमीशक जाऊ। तिमीले गर्नु पर्ने मैले ठीक गरेको काम त्यहाँ तिमीलाई भनिनेछ।’
10I said, ‘What shall I do, Lord?’ The Lord said to me, ‘Arise, and go into Damascus. There you will be told about all things which are appointed for you to do.’
11मैले केही देख्न सकिन किनभने त्यो तीब्र उज्यालो ज्योतिले मलाई अन्धा बनायो। मसंग भएका मानिसहरूले मलाई मेरो हात समातेर दमीशक लगे।
11When I couldn’t see for the glory of that light, being led by the hand of those who were with me, I came into Damascus.
12“दमीशकमा एकजना हनानिया नाउँ भएको मानिस थिए। उनी मोशाको व्यवस्था पालन गर्ने श्रद्धालु भक्त थिए। त्यहाँ बस्ने यहूदीहरूले उनलाई सम्मान गर्थे।
12One Ananias, a devout man according to the law, well reported of by all the Jews who lived in Damascus,
13हननिया मकहाँ आए अनि भने, भाइ शावल! तिम्रो दृष्टि प्राप्त गर! अचानक मैले उनलाई देख्न सकें।
13came to me, and standing by me said to me, ‘Brother Saul, receive your sight!’ In that very hour I looked up at him.
14हननियाले भने, ‘हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमीलाई उहाँको इच्छा जान्न, ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिल्यै चुनिसक्नु भएको थियो।
14He said, ‘The God of our fathers has appointed you to know his will, and to see the Righteous One, and to hear a voice from his mouth.
15सबै मानिसहरूका निम्ति तिमी उहाँको गवाही बन्नेछौ। तिमीले उनीहरूलाई आफुले देखेका र सुनेका कुराहरू भन्नेछौ।
15For you will be a witness for him to all men of what you have seen and heard.
16अब तिमी बेसी नपर्ख। उठ, उहाँको नाउँमाथि विश्वास गरेर बप्तिस्मा लेऊ र तिम्रा पापहरू पखाल।’
16Now why do you wait? Arise, be baptized, and wash away your sins, calling on the name of the Lord.’
17“त्यसपछि, म यरूशलेम फर्कें। जब म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ मैले एक दर्शन पाँए।
17“It happened that, when I had returned to Jerusalem, and while I prayed in the temple, I fell into a trance,
18मैले येशूलाई देखें र उहाँले मलाई भन्नुभयो, ‘झट्टै गर, यरूशलेम छोडीहाल तुरन्तै किनभने मानिसहरूले मेरो विषयमा तिमीले दिएको गवाही स्वीकार्ने छैनन।’
18and saw him saying to me, ‘Hurry and get out of Jerusalem quickly, because they will not receive testimony concerning me from you.’
19मैले भने, ‘तर प्रभु, मानिसहरूले जान्दछन् कि म नै एक हुँ जो तपाईंको विश्वासीहरूलाई सभाघरहरूभित्र पक्रन र कुट्न गएँ।
19I said, ‘Lord, they themselves know that I imprisoned and beat in every synagogue those who believed in you.
20मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रगत बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू रूँगेर बसेको थिंएँ।’
20When the blood of Stephen, your witness, was shed, I also was standing by, and consenting to his death, and guarding the cloaks of those who killed him.’
21तर येशूले मलाई भन्नु भयो, गई हाल तुरून्तै तब म तिमीलाई टाढा गैर-यहूदीहरू भएकोमा पठाउने छु।”‘
21“He said to me, ‘Depart, for I will send you out far from here to the Gentiles.’
22पावलले भनेको यो अन्तिम कुराहरूमा मानिसहरूले ध्यान दिएनन्। उनीहरूले उनको कुरा उनले त्यति भनुञ्जेल सम्म सुने। तब प्रत्येक मानिस चिच्याए, “उसलाई मार! उसलाई संसारदेखि हटाई देऊ। यो बाँच्न योग्य छैन!”
22They listened to him until he said that; then they lifted up their voice, and said, “Rid the earth of this fellow, for he isn’t fit to live!”
23तिनीहरूले कराँउदै उनीहरूका लुगाहरू फ्याँकीदिए। तिनीहरूले धूलोहरू हावामा उडाए।
23As they cried out, and threw off their cloaks, and threw dust into the air,
24तब सेनापतिले सिपाहीहरूलाई भने पावललाई सैन्य भवनमा लैजाऊ। उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा कराईरहेछन् जान्न सकिने तिनी आशा गर्दैं थिए।
24the commanding officer commanded him to be brought into the barracks, ordering him to be examined by scourging, that he might know for what crime they shouted against him like that.
25यसैले कुटपीट गर्न सिपाहीहरूले पावललाई बाँध्दै थिए। तर पावलले त्यहाँ उभिरहेको सेना अधिकारीलाई भने, “के एक रोमी नागरीकलाई जो दोषी हो भन्ने प्रमाण नै भएन, तिम्रो कोर्रा लगाउने अधिकार छ?”
25When they had tied him up with thongs, Paul asked the centurion who stood by, “Is it lawful for you to scourge a man who is a Roman, and not found guilty?”
26जब सेना अधिकारीले त्यस्तो सुने उ सेनापति कहाँ गएर ती कुरा भने। सेना अधिकारीले भन्यो, “तिमी जान्छौ तिमीले के गरिरहेका छौ? यो मानिस रोमी नागरिक हो।”
26When the centurion heard it, he went to the commanding officer and told him, “Watch what you are about to do, for this man is a Roman!”
27सेनापति पावलकहाँ आए र भने, “मलाई भन तिमी साँच्चिनै रोमी नागरिक हौ?” पावलले जवाफ दिए, “हजुर।”
27The commanding officer came and asked him, “Tell me, are you a Roman?” He said, “Yes.”
28सेनापतिले भने, “मैले एक रोमी नागरिक हुनलाई धेरै पैसा खर्च गरेको र तिरेको छु।” तर पावलले भन्यो, “म रोमी नागरिक भएरै जन्मेको थिएँ।”
28The commanding officer answered, “I bought my citizenship for a great price.” Paul said, “But I was born a Roman.”
29ती मानिसहरू जसले पावललाई प्रश्नहरू गर्न तयार भइरहेका थिए, पावललाई छाच्डे गए। सेनापति डराई रहेका थिए किनभने उसले पावललाई अघिबाटै बाँधिसकेको थियो अनि पावल एक रोमी नागरिक थिए।
29Immediately those who were about to examine him departed from him, and the commanding officer also was afraid when he realized that he was a Roman, because he had bound him.
30सेनापतिले यहूदीहरू किन पावललाई दोष्याइरहेछन् बुझ्न चाहन्थे। यसर्थ अर्को दिन उनले पूजाहारीहरू यहूदीहरू अनि सारा महासभालाई भेला हुने आदेश दिए। सेनापतिले पावललाई बाँधेका साङ्गलाहरू खोलिदिए। त्यसपछि पावललाई ल्याए अनि तिनीहरूको सामुन्ने उभ्याए।
30But on the next day, desiring to know the truth about why he was accused by the Jews, he freed him from the bonds, and commanded the chief priests and all the council to come together, and brought Paul down and set him before them.