Nepali

World English Bible

Daniel

2

1आफ्नो शासनकालको दोस्रो वर्षमा नबूकदनेस्सरले एउटा सपना देखे। सपनाले उनलाई भयभीत बनायो अनि उनी सुत्न सकेनन्।
1In the second year of the reign of Nebuchadnezzar, Nebuchadnezzar dreamed dreams; and his spirit was troubled, and his sleep went from him.
2राजाले आफ्ना ज्ञानी मानिसहरूलाई बोलाए तिनीहरू जादु-टुना गर्थे। सपनाको अर्थ व्याख्या गर्न ताराहरू हेर्थे। तिनीहरू त्यसो गर्थे किनभने भविष्यमा जे घट्नेवाला छ, त्यो पहिले नै संकेत दिन सक्थे। राजाले तिनीहरूबाट यही चाहन्थे कि उनले देखेको सपनाको अर्थ तिनीहरूले भन्न सकुन्। तिनीहरू आए र राजाको सामु उभिए।
2Then the king commanded to call the magicians, and the enchanters, and the sorcerers, and the Chaldeans, to tell the king his dreams. So they came in and stood before the king.
3त्यस पछि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, जसले गर्दा म एकदमै व्याकुल छु। म यो जान्न चाहन्छु कि त्यो सपनाको अर्थ के हो?”
3The king said to them, I have dreamed a dream, and my spirit is troubled to know the dream.
4त्यस विषयमा कल्दीहरूले अरामी भाषामा बोल्दै उत्तर दिए, “महाराज अमर रहुन! हामी तपाईंका सेवकहरू हौं। तपाईंले आफ्नो सपना हामीलाई बताउनु होस् अनि हामी तपाईंलाई त्यसको अर्थ बताउँछौं।”
4Then spoke the Chaldeans to the king in the Syrian language, O king, live forever: tell your servants the dream, and we will show the interpretation.
5यसपछि राजाले कल्दीहरूलाई भने, “होइन! त्यो सपना के थियो, यो पनि तिमीले बताउँनु पर्छ अनि त्यो सपनाको अर्थ के हो, यो पनि तिमीले बताउँनु पर्छ। यदि तिमीले यस्तो गर्न सकेनौ भने म तिमीलाई टुक्रा-टुक्रा पार्नेछु अनि तिम्रो घर भत्काएर जनताको शौचालय बनाउनेछु।
5The king answered the Chaldeans, The thing is gone from me: if you don’t make known to me the dream and its interpretation, you shall be cut in pieces, and your houses shall be made a dunghill.
6तर तिमीले मेरो सपना बताएर त्यसको व्याख्या गरिदियौ भने म तिमीलाई धेरै उपहारहरू, आदार प्रदान गर्नेछु। अब मेरो सपना र त्यसको व्याख्या गर।”
6But if you show the dream and its interpretation, you shall receive of me gifts and rewards and great honor: therefore show me the dream and its interpretation.
7ती बुद्धिमानहरूले फेरि उत्तर दिए, “हे राजा, कृपया हामी तपाईंका दासहरूलाई सपना बताई दिनु होस् र हामी त्यसको अर्थ व्याख्या गरिदिन्छौं।”
7They answered the second time and said, Let the king tell his servants the dream, and we will show the interpretation.
8राजाले जवाफ दिए, “म जान्दछु, कि तिमीहरूले समय नाश गरिरहेकाछौ। किनभने तिमीहरू जान्दछौ मेरो हुकुम त्यस्तै रहनेछ।
8The king answered, I know of a certainty that you would gain time, because you see the thing is gone from me.
9जस्तो कि यदि तिमीहरूले मेरो सपनाको बारेमा बताउँदैनौ भने म तिमीहरू प्रत्येकलाई दण्ड दिनेछु। यसकारण तिमीहरू मलाई सपना पक्कै भन्नेछौ ताकि म जान्नेछु कि तिमीहरू सपनाको व्याख्या सही तरिकाले गर्न सक्षम छौ।”
9But if you don’t make known to me the dream, there is but one law for you; for you have prepared lying and corrupt words to speak before me, until the time be changed: therefore tell me the dream, and I shall know that you can show me its interpretation.
10कल्दीहरूले राजालाई उत्तर दिँदै भने, “हे महाराज, तपाईंले जे भन्नु हुँदैछ त्यो गर्न सक्ने मानिस यस पृथ्वीमा केही छैन। कुनै पनि राजा, ऊ जति नै महान अथवा शक्तिशाली होस् उसले कहिले पनि ज्ञानी अथवा जादुवाला अथवा कल्दीहरूलाई यस्तो कर्म गर्न लगाएको छैन।
10The Chaldeans answered before the king, and said, There is not a man on the earth who can show the king’s matter, because no king, lord, or ruler, has asked such a thing of any magician, or enchanter, or Chaldean.
11राजाले केही कुरा रोधि रहेका छन् त्यो गर्न एक्दमै अफ्ठ्यारो छ। देवताहरूले मात्र राजाको सपना अनि यसको अर्थ के हो भन्न सक्नेछन। तर देवताहरू मानिसहरूसित बस्दैनन्।”
11It is a rare thing that the king requires, and there is no other who can show it before the king, except the gods, whose dwelling is not with flesh.
12जब राजाले यो कुरा सुने, तिनी साह्रै रिसाए अनि बाबेलका सबै ज्ञानी मानिसहरूलाई ध्वंश गरिनु पर्ने आदेश दिए।
12For this cause the king was angry and very furious, and commanded to destroy all the wise men of Babylon.
13यसकारण राजा नबूदकनेसरको आज्ञा घोषणा गरियो कि सबै ज्ञानी मानिसहरूलाई मार्नु पर्छ! राजाका मानिसहरूले दानियल र उसका साथीहरूलाई पनि मार्नु भनी हल्ला गरे अनि खोजी गर्न पठाए।
13So the decree went forth, and the wise men were to be slain; and they sought Daniel and his companions to be slain.
14अर्योक बाबेलका बुद्धिमानी मानिसहरूलाई मार्न तयार थिए। तर दानियलले राजाका सेनापति अर्योकसित कुरा-कानी गरे। दानियलले अर्योकसित बुद्धिमानी कुरा गरे।
14Then Daniel returned answer with counsel and prudence to Arioch the captain of the king’s guard, who was gone forth to kill the wise men of Babylon;
15दानियलले अर्योकलाई सोधे, “राजाले यति कठोर दण्डको आदेश किन दिनुभएकोछ?” उत्तरमा अर्योकले राजाको सपनाको सम्पूर्ण कथा बताए अनि दानियलले बुझे।
15he answered Arioch the king’s captain, Why is the decree so urgent from the king? Then Arioch made the thing known to Daniel.
16जब दानियलले यो कुरा सुने उनले राजासँग गएर बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन्।
16Daniel went in, and desired of the king that he would appoint him a time, and he would show the king the interpretation.
17त्यसपछि दानियल आफ्नो घर गए अनि उसका साथीहरू, हनन्याह, मीशाएल अनि अजर्याहलाई सम्पूर्ण कुराहरू सुनाए।
17Then Daniel went to his house, and made the thing known to Hananiah, Mishael, and Azariah, his companions:
18दानियलले आफ्ना साथीहरूलाई स्वर्गका परमेश्वरसँग प्रार्थना गर्नुभने। दानियलले उनीहरूलाई भने कि स्वर्गका परमेश्वरलाई प्रार्थना गर्दा उनीहरूमाथि दयालु हुन् अनि यो रहस्य बुझ्नमा सहायता गरून् जसबाट बाबेलको दोस्रो बुद्धिमानी पुरूषहरूसँग दानियल र उसका साथीहरू नमारिउन।
18that they would desire mercies of the God of heaven concerning this secret; that Daniel and his companions should not perish with the rest of the wise men of Babylon.
19रातको समय परमेश्वरले दानियललाई दर्शनको गुप्त बताई दिनुभयो। त्यसपछि स्वर्गका परमेश्वरको स्तुति गरे।
19Then was the secret revealed to Daniel in a vision of the night. Then Daniel blessed the God of heaven.
20दानियलले भने “परमेश्वरको नाउँको सदा-सर्वदा प्रशंसा गर! शक्ति र ज्ञान उहाँमा हुन्छ।
20Daniel answered, Blessed be the name of God forever and ever; for wisdom and might are his.
21उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ र उहाँले नै खोस्नुहुन्छ। उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन् उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ अनि मानिसहरू ज्ञानी हुन्छन्।
21He changes the times and the seasons; he removes kings, and sets up kings; he gives wisdom to the wise, and knowledge to those who have understanding;
22उहाँले गहिरो अनि गुप्त रहस्यहरू प्रर्दशित गराउनु हुन्छ। उहाँले जान्नु हुन्छ अन्धकारमा के छ अनि ज्योति उहाँसँगै छ।
22he reveals the deep and secret things; he knows what is in the darkness, and the light dwells with him.
23हे मेरो पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, अनि तपाईंको गुणगान गाउँछु। तपाईंले नै मलाई ज्ञान र शक्ति दिनुभयो। जुन कुरा हामीले सोध्यौं त्यसको रहस्य तपाईंले नै बताउँनु भयो। तपाईंले हामीलाई राजाको सपनाको विषयमा बताउँनु भयो।”
23I thank you, and praise you, you God of my fathers, who have given me wisdom and might, and have now made known to me what we desired of you; for you have made known to us the king’s matter.
24त्यसपछि दानियल अर्योककोमा गए। राजाले उसलाई बाबेलका ज्ञानी मानिसहरूलाई मार्नु भनी आज्ञा दिएका थिए। दानियलले अर्योकलाई भने, “बाबेलका ज्ञानी मानिसहरूको हत्या नगर। मलाई राजा भएकोमा लिएर जाऊ, म उहाँलाई उहाँको सपना अनि अर्थको व्याख्या गरिदिन्छु।”
24Therefore Daniel went in to Arioch, whom the king had appointed to destroy the wise men of Babylon; he went and said thus to him: Don’t destroy the wise men of Babylon; bring me in before the king, and I will show to the king the interpretation.
25अर्योकले तुरन्तै दानियललाई राजाकहाँ लिएर गयो अनि राजालाई भन्यो, “यहूदाको बन्दीहरू मध्ये मैले एकजना यस्तो मानिसलाई खोजें जसले राजाको सपनाको अर्थ बताउँन सक्छ।”
25Then Arioch brought in Daniel before the king in haste, and said thus to him, I have found a man of the children of the captivity of Judah, who will make known to the king the interpretation.
26राजाले दानियललाई (बेलतसजर) जवाफमा प्रश्न गरे, “के तिमीले साँच्चै मेरो सपनाको अर्थ र त्यसको व्याख्या गर्न सक्छौ?”
26The king answered Daniel, whose name was Belteshazzar, Are you able to make known to me the dream which I have seen, and its interpretation?
27दानियलले राजालाई उत्तर दिए, “हे राजा नबूकदनेस्सर, कुनै पनि ज्योतिषीहरू बुद्धिमानी मानिस, मंत्र-तंत्र जान्नेहरू अनि कल्दीहरूले राजाको सपनाको गुप्त कुराहरू बताउँन सकेनन्।
27Daniel answered before the king, and said, The secret which the king has demanded can neither wise men, enchanters, magicians, nor soothsayers, show to the king;
28तर स्वर्गमा एउटा यस्तो परमेश्वर हुनुहुन्छ, जसले गुप्त रहस्यहरू बताउँन सक्नुहुन्छ। परमेश्वरले राजा नबूकदनेस्सरलाई अब के हुनेवाला छ यो दर्शाउनको लागि सपना देखाई दिनुभयो। आफ्नो ओछ्यानमा सुतेर तपाईंले सपनामा जे कुराहरू देख्नुभयो, त्यो यो हो।
28but there is a God in heaven who reveals secrets, and he has made known to the king Nebuchadnezzar what shall be in the latter days. Your dream, and the visions of your head on your bed, are these:
29हे राजा, तपाईं आफ्नो ओछ्यानमा सुतिरहनु भएको थियो। तपाईंले भविष्यमा घट्ने घटनाको विषयमा सोचिरहनु भएको थियो। परमेश्वरले मानिसहरूलाई रहस्यपूर्ण विषयमा बताउन सक्नुहुन्छ। त्यसैकारण उहाँले भविष्यमा जे घट्नेवाला छ, त्यो दर्शाई दिनु भयो।
29as for you, O king, your thoughts came into your mind on your bed, what should happen hereafter; and he who reveals secrets has made known to you what shall happen.
30परमेश्वरले यो रहस्य मलाई बताउँनु भयो। यो यसकारण भयो कि मेरोमा अरू मानिसहरू भन्दा ज्यादा बुद्धि छ। तर परमेश्वरले मलाई यो भेद यसकारण बताउनु भयो कि राजालाई उसको सपनाको अर्थ थाहा होस्। हे राजा यस्तो प्रकारले, तपाईंको मनमा जुन विचारहरू आउँदैछ त्यसलाई सम्झनु होस्।
30But as for me, this secret is not revealed to me for any wisdom that I have more than any living, but to the intent that the interpretation may be made known to the king, and that you may know the thoughts of your heart.
31“हे राजा, तपाईंको सपनामा एउटा ठूलो मूर्ति आफ्नो छेउमा उभिएको देख्नु भयो जो चम्किरहेको थियो अनि साह्रै आर्कषक थियो। यसको रूप डरलाग्दो थियो।
31You, O king, saw, and behold, a great image. This image, which was mighty, and whose brightness was excellent, stood before you; and its aspect was awesome.
32त्यो मूर्तिको टाउको निक्खुर सुनले बनिएको थियो। त्यसको छाती र हातहरू चाँदीका थिए। त्यसको पेट र फिला काँसाका थिए।
32As for this image, its head was of fine gold, its breast and its arms of silver, its belly and its thighs of brass,
33यसको गोडाहरू फलामका थिए। त्यसको खुट्टाका केही भाग फलामको र तल्लो केही भाग माटोका थिए।
33its legs of iron, its feet part of iron, and part of clay.
34जब तपाईंले त्यस मूर्तिलाई हेरिरहनु भएको थियो तपाईंले एउटा चट्टान देख्नुभयो। चट्टान मानिसद्वारा काटिएको थिएन। चट्टानले फलाम र माटोले बनिएका मूर्तिको खुट्टाहरूलाई टुक्रा-टुक्रा पार्यो।
34You saw until a stone was cut out without hands, which struck the image on its feet that were of iron and clay, and broke them in pieces.
35त्यो फलाम, माटो, काँसा, चाँदी र सुन सबै चक्नाचूर भए, अनि ग्रीष्म ऋतुमा खलाबाट भूस उडाए झै नाउँ निशानै नराखी हावाले उडाएर लग्यो। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्गा बढदै गयो अनि एउटा ठूलो पहाड बनिएर पृथ्वीलाई ढाक्यो।
35Then was the iron, the clay, the brass, the silver, and the gold, broken in pieces together, and became like the chaff of the summer threshing floors; and the wind carried them away, so that no place was found for them: and the stone that struck the image became a great mountain, and filled the whole earth.
36“सपना यही थियो। अब हामी राजालाई त्यसको अर्थ खोलिदिनेछौं।
36This is the dream; and we will tell its interpretation before the king.
37हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ।
37You, O king, are king of kings, to whom the God of heaven has given the kingdom, the power, and the strength, and the glory;
38तपाईंलाई परमेश्वरले मानिसका सन्तान, जङ्गलका पशुहरू र आकाशका पंक्षीहरू माथि अधिकार गर्न दिनु भएको छ। तपाईं नै त्यो सुनको टाउको हुनुहुन्छ।
38and wherever the children of men dwell, the animals of the field and the birds of the sky has he given into your hand, and has made you to rule over them all: you are the head of gold.
39“तपाईं पछि तपाईंको भन्दा कमजोर राज्य खडा हुनेछ अनि त्यसपछि अर्को एउटा तेस्रो राज्य काँसाको राज्यजस्तै खडा हुनेछ, जसले सारा पृथ्वीमाथि अधिकार जमाउँनेछ।
39After you shall arise another kingdom inferior to you; and another third kingdom of brass, which shall bear rule over all the earth.
40त्यस पछि चौथो राज्य फलाम जस्तै बलियो हुनेछ। फलामले सबै थोकलाई चूर-चूर गरि नष्ट पारे झैं त्यसले सारा पृथ्वीलाई टुक्रा टुक्रा पारेर तितर-बितर पार्नेछ!
40The fourth kingdom shall be strong as iron, because iron breaks in pieces and subdues all things; and as iron that crushes all these, shall it break in pieces and crush.
41अनि तपाईंले खुट्टा र औंलाको केही भाग फलामको देख्नु भए झै त्यो एउटा विभाजित राज्य हुनेछ। तर पनि दर्शनमा तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं त्यसमा फलाम बलियो रहने छ।
41Whereas you saw the feet and toes, part of potters’ clay, and part of iron, it shall be a divided kingdom; but there shall be in it of the strength of the iron, because you saw the iron mixed with miry clay.
42अनि खुट्टाको औंलाहरू केही भाग फलाम र केही भाग माटो मिसिए झैं त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रा-टुक्रा हुने कमजोर राज्य हुनेछन।
42As the toes of the feet were part of iron, and part of clay, so the kingdom shall be partly strong, and partly broken.
43तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं ती राज्यहरू अन्तर जातीय वैवाहिक सम्बन्ध गरेर मिसिनेछ र फलाम र माटोसित मिसिनेछ अनि फलाम र माटोसित मिल्न नसके झैं ती राज्यहरू एकसाथ अडिन सक्ने छैनन्।
43Whereas you saw the iron mixed with miry clay, they shall mingle themselves with the seed of men; but they shall not cling to one another, even as iron does not mingle with clay.
44“ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।
44In the days of those kings shall the God of heaven set up a kingdom which shall never be destroyed, nor shall its sovereignty be left to another people; but it shall break in pieces and consume all these kingdoms, and it shall stand forever.
45“यो राज्य चाहिँ तपाईंले देख्नु भएको त्यो चट्टान हो जुन कसैले नहटाई कन पहाडबाट आफैं काटियो अनि त्यो चट्टान फलाम, पित्तल, चाँदी, माटो र सुनलाई टुक्रा-टुक्रा पार्यो। यस प्रकार महान् परमेश्वरले तपाईंलाई भविष्यमा के हुनेछ देखाउनु भयो। यो सपना साँचो छ र तपाईं यसको व्याख्यामा भर पर्न सक्नुहुन्छ।”
45Because you saw that a stone was cut out of the mountain without hands, and that it broke in pieces the iron, the brass, the clay, the silver, and the gold; the great God has made known to the king what shall happen hereafter: and the dream is certain, and its interpretation sure.
46यसपछि राजा नबूकदनेस्सरले दानियललाई निहुरिएर दण्डवत गरे। राजाले दानियलको प्रशंसा गरे। राजाले आज्ञा दिए कि दानियलको सम्मानमा भेटी स्वरूप सुगन्धित धूप प्रदान गरियोस्।
46Then the king Nebuchadnezzar fell on his face, and worshiped Daniel, and commanded that they should offer an offering and sweet odors to him.
47राजाले फेरि दानियललाई भने, “मलाई निश्चिन्त पूर्वक ज्ञान भएकोछ कि तिम्रो परमेश्वर सर्वाधिक महत्वपूर्ण अनि शक्तिशाली हुनुहुन्छ। उहाँ सबै राजाहरूको परमप्रभु हुनुहुन्छ। अनि जुन कुरा कसैले बताउँन सक्तैन त्यो गुप्त कुरा पनि उहाँले बताई दिनुहुन्छ।”
47The king answered to Daniel, and said, Of a truth your God is the God of gods, and the Lord of kings, and a revealer of secrets, since you have been able to reveal this secret.
48यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए।
48Then the king made Daniel great, and gave him many great gifts, and made him to rule over the whole province of Babylon, and to be chief governor over all the wise men of Babylon.
49दानियलले राजालाई विन्ति गरे अनि उनले शद्रक, मेशक अनि अबेद्नगोलाई बाबेल प्रदेशको महत्वपूर्ण हाकिम बनाई मागे। दानियलले भने जस्तै राजाले त्यस्तै गरे। दानियल स्वंय ती महत्वपूर्ण मानिसहरू मध्ये एक भए जुन राजाको साथमा रहन्थे।
49Daniel requested of the king, and he appointed Shadrach, Meshach, and Abednego, over the affairs of the province of Babylon: but Daniel was in the gate of the king.