1“आफ्नो नयाँ भूमिमा तिमीहरूले पालन गर्नु पर्ने विघि-विधानहरू यिनीहरू नै हुन्। त्यस भूमिमा तिमीहरू जतिञ्जेलसम्म बाँच्छौ तिमीहरूले यी विधि-विधानहरू अत्यन्तै सावधानीसँग पालन गर्नु पर्छ। परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ र परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्छ।
1These are the statutes and the ordinances which you shall observe to do in the land which Yahweh, the God of your fathers, has given you to possess it, all the days that you live on the earth.
2अहिले त्यस भूमिमा बसिरहेका मानिसहरूबाट तिमीहरूले भूमि लिनेछौ। तिमीहरूले ती मानिसहरूले पूजा गर्ने जग्गाहरू सम्पूर्ण रूपले ध्वंश पार्नु पर्छ। यी जग्गाहरू अग्ला-अग्ला पर्वतहरू, डाँडाहरूमा र हरियो रूखहरू मुनि छन्।
2You shall surely destroy all the places in which the nations that you shall dispossess served their gods, on the high mountains, and on the hills, and under every green tree:
3तिनीहरूका वेदीहरू फुटाइदिनु, अनि तिनीहरूका पवित्र ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनु र तिनीहरूका अशेरा देवताहरूका मूर्तिहरू ध्वंश पारिदिनु जसले गर्दा तिनीहरूको झूटा देव देवताहरूका नाउँनिशान केही त्यस ठाउँमा नरहोस्।
3and you shall break down their altars, and dash in pieces their pillars, and burn their Asherim with fire; and you shall cut down the engraved images of their gods; and you shall destroy their name out of that place.
4“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना त्यस ढंगमा गर्नु हुँदैन जसरी ती मानिसहरूले आफ्ना देवताहरूको पूजा गर्छन्।
4You shall not do so to Yahweh your God.
5तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ।
5But to the place which Yahweh your God shall choose out of all your tribes, to put his name there, even to his habitation you shall seek, and there you shall come;
6त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ।
6and there you shall bring your burnt offerings, and your sacrifices, and your tithes, and the wave offering of your hand, and your vows, and your freewill offerings, and the firstborn of your herd and of your flock:
7परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।
7and there you shall eat before Yahweh your God, and you shall rejoice in all that you put your hand to, you and your households, in which Yahweh your God has blessed you.
8“अहिलेसम्म हामी आफ्नो इच्छा अनुसारले आराधना गरिरहेका छौं तर अब उसो त्यसरी आराधना नगरौ।
8You shall not do after all the things that we do here this day, every man whatever is right in his own eyes;
9किन? किनभने अहिलेसम्म तिमीहरू विश्रामस्थान अनि उत्तराधिकारका ठाउँमा पसेका छैनौ जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै आउनु भएको छ।
9for you haven’t yet come to the rest and to the inheritance, which Yahweh your God gives you.
10तर तिमीहरू यर्दन नदी पार गर्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नु भएको भूमिमा अधिकार गरे र बस्नेछौ। तब परमप्रभुले तिमीहरूलाई सुरक्षित राख्नु सबैतिरका शत्रुहरूबाट सुरक्षा दिनुहुनेछ।
10But when you go over the Jordan, and dwell in the land which Yahweh your God causes you to inherit, and he gives you rest from all your enemies around you, so that you dwell in safety;
11तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नुहुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ।
11then it shall happen that to the place which Yahweh your God shall choose, to cause his name to dwell there, there you shall bring all that I command you: your burnt offerings, and your sacrifices, your tithes, and the wave offering of your hand, and all your choice vows which you vow to Yahweh.
12तिमीहरू, तिमीहरूका आफन्तहरू, बाल-बच्चाहरू, कमारा-कमारीहरू र शहरमा बासो-बास गर्ने लेवी कुलका मानिसहरूलाई त्यही स्थानमा ल्याऊ (ती लेवीहरूको निम्ति त्यो भूमिमा कुनै आफ्नो अंश हँदैन) त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसँग आनन्द मनाऊ।
12You shall rejoice before Yahweh your God, you, and your sons, and your daughters, and your male servants, and your female servants, and the Levite who is within your gates, because he has no portion nor inheritance with you.
13तिमीहरू निश्चय गर तिमीहरूको होमबलि आफ्नो इन्छा गरेको स्थानमा चढाउने छैनौ।
13Take heed to yourself that you don’t offer your burnt offerings in every place that you see;
14परमप्रभुले तिमीहरूको एउटा कुलहरूको कुनै विशेष ठाउँ रोज्नु हुनेछ। होमबलि देऊ तथा कामहरू गर जो मैले तिमीहरूलाई त्यस ठाउँमा गर्नु भनेको थिएँ।
14but in the place which Yahweh shall choose in one of your tribes, there you shall offer your burnt offerings, and there you shall do all that I command you.
15“जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मारेर जति मासु खान इन्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मासु खान सक्छ।
15Notwithstanding, you may kill and eat flesh within all your gates, after all the desire of your soul, according to the blessing of Yahweh your God which he has given you: the unclean and the clean may eat of it, as of the gazelle, and as of the hart.
16तर रगत पानी झैं भूइँमा पोख्नु पर्छ किनभने रगत खानु हुँदैन।
16Only you shall not eat the blood; you shall pour it out on the earth as water.
17“तर केही चीजहरू यस्ता पनि छन् जो तिमीहरूले आफ्नो शहरमा खान सक्तैनौ। अनि ती चीजहरू हुन नयाँ बालीको दशांश अन्न, नयाँ दाखरस अथवा तेलको दशांश, घरका पशुहरूबाट जन्मिएको पहिलो पाठा अनि तिमीहरूले परमेश्वरलाई चढाउँछु भनी शपथ गरेको चीजहरू, तिमीहरूले चढाउनु इच्छा गरेको कुनै विशेष बलिका चीजहरू।
17You may not eat within your gates the tithe of your grain, or of your new wine, or of your oil, or the firstborn of your herd or of your flock, nor any of your vows which you vow, nor your freewill offerings, nor the wave offering of your hand;
18तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकर्नीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने गरेर आनन्द मनाऊ।
18but you shall eat them before Yahweh your God in the place which Yahweh your God shall choose, you, and your son, and your daughter, and your male servant, and your female servant, and the Levite who is within your gates: and you shall rejoice before Yahweh your God in all that you put your hand to.
19तर तिमीहरू आफ्नो खाद्य लेवीहरूसँग बाँड्नु पर्छ भनी निश्चिन्त होऊ। यस्तो तबसम्म गर जबसम्म आफ्नो भूमिमा बस्छौ।
19Take heed to yourself that you don’t forsake the Levite as long as you live in your land.
20“उहाँले प्रतिज्ञा गरे अनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको भूमिको सीमाना बढाउनु हुनेछ र जब तिमीहरूलाई मासु खान इच्छा हुनेछ र मासु खान्छु भन्ने छौ, तब जतिसम्म खानु इच्छा हुन्छ खाऊ।
20When Yahweh your God shall enlarge your border, as he has promised you, and you shall say, “I want to eat meat,” because your soul desires to eat meat; you may eat meat, after all the desire of your soul.
21परमप्रभुले छान्नु भएको स्थान टाडो पनि हुन सक्छ र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको पशुहरूलाई तिमीहरूले मैले भनेको आज्ञा अनुसार आफ्नो समयमा र स्थानमा खान सक्छौ।
21If the place which Yahweh your God shall choose, to put his name there, is too far from you, then you shall kill of your herd and of your flock, which Yahweh has given you, as I have commanded you; and you may eat within your gates, after all the desire of your soul.
22तिमीहरूले हरिण तथा मृगको मासु झैं यी पशुहरूको मासु पनि खान सक्छौ खाने मानिस शुद्ध अथवा अशुद्ध जस्तो पनि हुन सक्छ।
22Even as the gazelle and as the hart is eaten, so you shall eat of it: the unclean and the clean may eat of it alike.
23तर रगत नखाने निधो गर्नुपर्छ। किन? किनभने रगतमा जीवन हुन्छ र कुनै चीज जसमा जीवन रहन्छ त्यो खानु हुँदैन।
23Only be sure that you don’t eat the blood: for the blood is the life; and you shall not eat the life with the flesh.
24पानी घोप्टाए झैं रगत भूइँमा पोखी देऊ। रगत खानु हुँदैन।
24You shall not eat it; you shall pour it out on the earth as water.
25परमप्रभुले असल हो भन्नु भएको काम तिमीहरूले गर्नुपर्छ, तब मात्र तिमीहरू र तिमीहरूका सन्तानहरूलाई राम्रो हुनेछ।
25You shall not eat it; that it may go well with you, and with your children after you, when you shall do that which is right in the eyes of Yahweh.
26“यदि तिमीहरूले परमेश्वरलाई केही विशेष चीज चढाउन चाहन्छौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको विशेष स्थानमा जानुपर्छ। अनि यदि तिमीहरूले कुनै विशेष उपहार चढाउन प्रतिज्ञा गर्छौ भने परमप्रभुले छान्नु भएको त्यस विशेष स्थानमा तिमीहरू जानैपर्छ।
26Only your holy things which you have, and your vows, you shall take, and go to the place which Yahweh shall choose:
27होमबलि त्यही स्थानमा चढाउनु पर्छ र होमबलिको मासु र रगत परमप्रभु तिमीहरूका परमेश्वरलाई वेदीमा चढाउनु पर्छ। अन्य बलिदानहरूको निम्ति परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा रगत खन्याउनु पर्छ। तब तिमीहरूले मासु खान सक्छौ।
27and you shall offer your burnt offerings, the flesh and the blood, on the altar of Yahweh your God; and the blood of your sacrifices shall be poured out on the altar of Yahweh your God; and you shall eat the flesh.
28आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैं भलो हुनेछ।
28Observe and hear all these words which I command you, that it may go well with you, and with your children after you forever, when you do that which is good and right in the eyes of Yahweh your God.
29“तिमीहरू अरू मानिसहरूको भूमि अधिकार गर्न जाँदैछौ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति ती मानिसहरूलाई ध्वंश पार्नु हुनेछ। तिमीहरूले ती मानिसहरूलाई उच्छेद गर्नेछौं र तिमीहरू त्यहाँ बस्ने छौ।
29When Yahweh your God shall cut off the nations from before you, where you go in to dispossess them, and you dispossess them, and dwell in their land;
30त्यति भइसके पछि सावधान हुनु! ती मानिसहरूलाई ध्वंश पार्नेछौ। तर तिनीहरू झूटो देवताहरू मान्नु पर्ने जालमा नफँस। सावधान बस! झूठो देवताहरूअघि सहायताको निम्ति नजाऊ। यसो नभन, ‘तिनीहरूले ती देवताहरू पूजा गर्दथे यसकारण म पनि त्यस्तै प्रकारले पूजा गर्छु।’
30take heed to yourself that you not be ensnared to follow them, after that they are destroyed from before you; and that you not inquire after their gods, saying, “How do these nations serve their gods? I will do likewise.”
31परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसो नगर। त्यस्ता देवताहरूको पूजा नगर! किन? किनभने ती मानिसहरूले परमप्रभुलाई मन नपराउने सबै कुराहरू गर्छन्। होमबलि दिदाँ तिनीहरू आफ्ना नानीहरू जलाउन पनि गाह्रो मान्दैनन्।
31You shall not do so to Yahweh your God: for every abomination to Yahweh, which he hates, have they done to their gods; for even their sons and their daughters do they burn in the fire to their gods.
32“मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।
32Whatever thing I command you, that you shall observe to do: you shall not add thereto, nor diminish from it.