Nepali

World English Bible

Deuteronomy

18

1“लेवी कुलका मानिसहरूले इस्राएल भूमिको कुनै अंश पाउने छैनन्। तिनीहरू पूजाहारीको रूपमा सेवा गर्नेछन्। तिनीहरूले खाली आगोमा पकाएर परमप्रभुलाई चढाएको बलि खान पाउने छन अनि त्यही खानेकुरा मात्र लेवी कुलका मानिसहरूको अंश हुनेछ।
1The priests the Levites, all the tribe of Levi, shall have no portion nor inheritance with Israel: they shall eat the offerings of Yahweh made by fire, and his inheritance.
2परमप्रभुले भन्नु भए झैं लेवीहरूको अंश परमप्रभु मात्र हुनुहुन्छ तर ती लेवीहरूले इस्राएलको भूमिको अंश पाउने छैनन्।
2They shall have no inheritance among their brothers: Yahweh is their inheritance, as he has spoken to them.
3“जब तिमीहरू गाई अथवा भेडाको बलि चढाउँछौ, तिमीहरूले पूजाहारीहरूलाई गाई अथवा भेडाको फिला बंङ्गाराहरू दुवै भाग र भुँडीहरू दिनु पर्छ!
3This shall be the priests’ due from the people, from those who offer a sacrifice, whether it be ox or sheep, that they shall give to the priest the shoulder, and the two cheeks, and the maw.
4तिनीहरूले पूजाहारीलाई आफ्नो बालीबाट पहिलो भाग दिनु पर्छ। पूजाहारीलाई आफ्नो बालीको प्रथम अन्न, नयाँ दाखरस अनि तेल दिनु पर्छ। लेवीहरूलाई भेडाको पहिले काटेको ऊन पनि दिनु पर्छ।
4The first fruits of your grain, of your new wine, and of your oil, and the first of the fleece of your sheep, you shall give him.
5किन? किनभने परमेश्वरले तिमीहरूका सबै समूहलाई नियालेर लेवीहरू र तिनीहरूको सन्तानहरूलाई पूजाहारी भई सेवा गर्न सधैंका लागि रोज्नु भयो।
5For Yahweh your God has chosen him out of all your tribes, to stand to minister in the name of Yahweh, him and his sons for ever.
6“प्रत्येक लेवी मानिसको मन्दिरमा काम गर्ने विशेष समय छ। तर यदि कुनै लेवी मानिसले अझ अरू धेरै समय सेवामा लगाउनु इच्छा गर्छ भने कुनै पनि समयमा उसले त्यसो गर्न सक्छ। इस्राएलको कुनै पनि शहरमा बस्ने कुनै पनि लेवी मानिसहरू आफ्नो घर छोडेर परमप्रभुले रोज्नु भएको विशेष ठाउँमा आउनु सएछ अनि उसले यस्तो कुनै पनि समयमा गर्न सएछ।
6If a Levite comes from any of your gates out of all Israel, where he lives as a foreigner, and comes with all the desire of his soul to the place which Yahweh shall choose;
7परमप्रभु सम्मुख सेवा गरिरहेका आफ्ना दाज्यू-भाइले पूजाहारी जस्तै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा त्यो लेवी मानिसले पनि परमप्रभुको सेवा गर्न सएछ।
7then he shall minister in the name of Yahweh his God, as all his brothers the Levites do, who stand there before Yahweh.
8अनि उसको परिवारले स्वाभाविक हिसाबले पाइरहेको अंशमाथि थप अंश अरू पूजाहारीहरूको बराबर उसले पनि पाउँछ।
8They shall have like portions to eat, besides that which comes of the sale of his patrimony.
9“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौ त्यहाँ अरू राष्ट्रका मानिसहरूले गरे जस्तै भयंङ्कर कामहरू गर्न नसिक।
9When you have come into the land which Yahweh your God gives you, you shall not learn to do after the abominations of those nations.
10आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ।
10There shall not be found with you anyone who makes his son or his daughter to pass through the fire, one who uses divination, one who practices sorcery, or an enchanter, or a sorcerer,
11कुनै मानिसहरूलाई कसैमाथि टुनामुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई झाँक्री तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्।
11or a charmer, or a consulter with a familiar spirit, or a wizard, or a necromancer.
12परमप्रभु तिमीहरूका परमेश्वरले त्यस्ता काम गर्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ, त्यसकारण उहाँले ती जातिहरूलाई त्यो देशबाट तिमीहरूको निम्ति जोर दिएर निकाल्नु हुदैछ।
12For whoever does these things is an abomination to Yahweh: and because of these abominations Yahweh your God does drive them out from before you.
13तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरप्रति विश्वास योग्य हुनुपर्छ।
13You shall be perfect with Yahweh your God.
14“तिमीहरूले अरू राष्ट्रका मानिसहरूलाई जसले जादूद्वारा आफ्नो भविष्य बताउन लगाउँछन् जबरदस्ती निकाल्नु पर्छ। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो गर्नु दिनु हुने छैन।
14For these nations, that you shall dispossess, listen to those who practice sorcery, and to diviners; but as for you, Yahweh your God has not allowed you so to do.
15परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एक जनालाई अगमवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नु पर्छ।
15Yahweh your God will raise up to you a prophet from the midst of you, of your brothers, like me. You shall listen to him.
16परमेश्वरले यस्तो अगमवक्तालाई तिमीहरूकहाँ पठाउँदै हुनु हुन्छ किनभने तिमीहरूले उहाँलाई त्यस्तो मानिसहरूकालागि विन्ती गर्यौ। जब तिमीहरू होरेब पर्वत (सिनै) माथि परमेश्वरको आवाज सुनेर र हेरोब पर्वतमाथि आगो देखेर भेला भएका थियौ तिमीहरू डराएका थियौ। यसकारण तिमीहरूले भनेका थियौ, ‘फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज हामीले सुन्नु पाउँदैनौं। फेरि त्यो ठूलो आगो देख्नु सक्दैनौं, नत्र हामी मर्नेछौं।’
16This is according to all that you desired of Yahweh your God in Horeb in the day of the assembly, saying, “Let me not hear again the voice of Yahweh my God, neither let me see this great fire any more, that I not die.”
17“परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरूले मलाई जे सोध्यौ, राम्रो हो।
17Yahweh said to me, “They have well said that which they have spoken.
18म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ।
18I will raise them up a prophet from among their brothers, like you; and I will put my words in his mouth, and he shall speak to them all that I shall command him.
19त्यो अगमवक्ताले मेरो निम्ति बोल्नेछ अनि जब उसले भनेको कुरो अथवा मेरो आज्ञा कसैले उल्ङ्घन गरे उसले सजाय पाउँनेछ।’
19It shall happen, that whoever will not listen to my words which he shall speak in my name, I will require it of him.
20“तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइनँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मार्नु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सएछ। त्यस्ता अगमवक्तालाई पनि मार्नु पर्छ।
20But the prophet, who shall speak a word presumptuously in my name, which I have not commanded him to speak, or who shall speak in the name of other gods, that same prophet shall die.”
21तिमीहरूले सोचिरहेका होला, ‘अगमवक्ताले जे भन्छ त्यो परमेश्वरबाट होइन भनी कसरी जान्नु?’
21If you say in your heart, “How shall we know the word which Yahweh has not spoken?”
22यदि कुनै अगमवक्ताले केही बताउँछ ऊ परमेश्वरको निम्ति बोल्दैछ तर त्यो जब पूरा हुँदैन तब तिमीहरूले जान्नेछौ त्यो कुरो परमप्रभुले भन्नु भएको होइन। तिमीहरूले थाहा पाउँनेछौ त्यो अगमवक्ताले आफ्नै विचार बताउँदैछ। ऊसित तिमीहरू डराउनु पर्दैन। सुरक्षाका शहरहरू
22when a prophet speaks in the name of Yahweh, if the thing doesn’t follow, nor happen, that is the thing which Yahweh has not spoken: the prophet has spoken it presumptuously, you shall not be afraid of him.