Nepali

World English Bible

Deuteronomy

29

1परमप्रभुले होरेब पर्वतमा इस्राएलका मानिसहरूसँग गर्नु भएको करार बाहेक उहाँले मोआब देशमा मोशासित अर्को करार गर्ने आदेश दिनु भयो जब तिनीहरू मोआबमा थिए। त्यो करार यस्तो छ।
1These are the words of the covenant which Yahweh commanded Moses to make with the children of Israel in the land of Moab, besides the covenant which he made with them in Horeb.
2मोशाले इस्राएलका सबै मानिसहरूलाई बोलाएर भने, “परमप्रभुले मिस्र देशमा फिरऊन र उसका सेवकहरू र उसको सम्पूर्ण भूमिका लागि जे गर्नु भएको थियो तिमीहरूले सबै देख्यौ।
2Moses called to all Israel, and said to them, You have seen all that Yahweh did before your eyes in the land of Egypt to Pharaoh, and to all his servants, and to all his land;
3तिमीले आफ्नै आँखाले उहाँले गर्नु भएका ठूला-ठूला कष्टहरू, अलौकिक कामहरू र अचम्मका चीजहरू देख्यौ।
3the great trials which your eyes saw, the signs, and those great wonders:
4तर आज पनि तिमीले बुझेनौ के भएको थियो, परमप्रभुले तिमीलाई बुझ्ने अनुमति दिनु भएको छैन के देख्यौ अनि सुन्यौ?
4but Yahweh has not given you a heart to know, and eyes to see, and ears to hear, to this day.
5परमप्रभुले भन्नुभयो, ‘मैले तिमीहरूलाई मरूभूमिमा चालीस वर्षसम्म डोर्याउँदा तिमीहरूको शरीरको लुगा फाटेन, अनि खुट्टामा लगाएको जुत्ता पनि पूरानो भएन
5I have led you forty years in the wilderness: your clothes have not grown old on you, and your shoes have not grown old on your feet.
6तिमीहरूले रोटी खाएनौ र दाखरस कुनै प्रकारको मद्य पिएनौ। मैले तिमीहरूलाई रक्षा गरेर ल्याएँ जसले गर्दा तिमीहरू बुझ्न सकछौ म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ।
6You have not eaten bread, neither have you drunk wine or strong drink; that you may know that I am Yahweh your God.
7“तिमीहरू यस ठाउँमा आउँदा हेशबोनका राजा सीहोन र बासानका राजा ओग हामीलाई आक्रमण गर्न आए तर तिनीहरूलाई हरायौं।
7When you came to this place, Sihon the king of Heshbon, and Og the king of Bashan, came out against us to battle, and we struck them:
8अनि हामीले तिनीहरूको देश रूबेनी, गाद, अनि मनश्शेको आधा कुललाई आफ्नो अंशको रूपमा दियौं।
8and we took their land, and gave it for an inheritance to the Reubenites, and to the Gadites, and to the half-tribe of the Manassites.
9यदि तिमीहरूले यस करारमा भएका आज्ञाहरू पालन गर्यौ भने तिमीहरू आफूले गरेको प्रत्येक कार्यमा सफल हुने छौ।
9Keep therefore the words of this covenant, and do them, that you may prosper in all that you do.
10“आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौ। तिमीहरूका अगुवाहरू, मुखियाहरू, बूढा-प्रधानहरू तथा इस्राएलका सबै बासिन्दाहरू यहाँ छन्।
10You stand this day all of you before Yahweh your God; your heads, your tribes, your elders, and your officers, even all the men of Israel,
11तिमीहरूको पत्नी, बाल-बच्चाहरू तथा तिमीहरूसित बस्ने विदेशीहरू लगायत तिमीहरूका दाउरा काटूने अनि पानी बोकनेहरू यहाँ छन्।
11your little ones, your wives, and your foreigner who is in the midst of your camps, from the one who cuts your wood to the one who draws your water;
12आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरसित एउटा करारमा बाँधिनु पर्छ र परमप्रभुले त्यो करार आज बनाउनु हुँदैछ।
12that you may enter into the covenant of Yahweh your God, and into his oath, which Yahweh your God makes with you this day;
13यो प्रतिज्ञासँगै, परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै विशेष मानिसहरू बनाउनु भयो, अनि त्यो प्रमाणित गर्नु भएको छ उहाँ तिमीहरूको परमेश्वर हुनुहुन्छ जस्तो उहाँले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक अनि याकूबलाई गर्नु भएको थियो।
13that he may establish you this day to himself for a people, and that he may be to you a God, as he spoke to you, and as he swore to your fathers, to Abraham, to Isaac, and to Jacob.
14परमप्रभुले तिमीहरूसित मात्र यो करार गर्नु तथा प्रतिज्ञा गर्नु हुनेछैन,
14Neither with you only do I make this covenant and this oath,
15तर परमप्रभु तिमीहरूका परमेश्वर सबैसँग यो करार गर्नु हुँदैछ जो उहाँको अघि उभिएका छन् अनि हाम्रा भावी सन्तानहरूसँग जो आज हामीसंग छैनन्।
15but with him who stands here with us this day before Yahweh our God, and also with him who is not here with us this day
16तिमीहरूलाई थाहा छ हामी मिश्र देशमा कसरी बाँचेका थियौ अनि तिमीहरूले सम्झना गर हामीहरू कसरी यहाँसम्म आउँदा देशहरू भएर यात्रा गर्यौं।
16(for you know how we lived in the land of Egypt, and how we came through the midst of the nations through which you passed;
17तिमीहरूले ती काठ, ढुङ्गा, चाँदी र सुनले बनिएका घृणित मूर्तिहरू देख्यौ।
17and you have seen their abominations, and their idols, wood and stone, silver and gold, which were among them);
18दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।
18lest there should be among you man, or woman, or family, or tribe, whose heart turns away this day from Yahweh our God, to go to serve the gods of those nations; lest there should be among you a root that bears gall and wormwood;
19“कुनै मानिसले यी सरापहरू सुन्न सएछ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौछु गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन। त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दैन तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ।
19and it happen, when he hears the words of this curse, that he bless himself in his heart, saying, “I shall have peace, though I walk in the stubbornness of my heart, to destroy the moist with the dry.”
20परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ।
20Yahweh will not pardon him, but then the anger of Yahweh and his jealousy will smoke against that man, and all the curse that is written in this book shall lie on him, and Yahweh will blot out his name from under the sky.
21व्यवस्थाको पुस्तकमा लेखिएको करारको सराप अनुसार परमप्रभुले त्यस मानिसलाई दण्ड दिनुका लागि इस्राएलीहरूका सबै कुलहरूबाट अलग गर्नु हुनेछ।
21Yahweh will set him apart to evil out of all the tribes of Israel, according to all the curses of the covenant that is written in this book of the law.
22“भविष्यमा जब तिमीहरूका सन्तानहरू तथा टाढा-टाढाबाट आएका विदेशीहरूले देख्ने छन् कसरी भूमि नष्ट भयो। तिनीहरूले देख्ने छन् कसरी रोगहरू परमप्रभुले ल्याउनु भयो।
22The generation to come, your children who shall rise up after you, and the foreigner who shall come from a far land, shall say, when they see the plagues of that land, and the sicknesses with which Yahweh has made it sick;
23त्यहाँको भूमि सब गन्धकको आगोले जल्नेछ र नूनले ढाकिनेछ अनि त्यहाँ घाँससम्म उम्रने छैन। परमप्रभुको रीसले त्यो भूमि नष्ट हुनेछ जस्तो सदोम, गमोरा, अदमा र सबोयीम नष्ट गरिएका थिए।
23and that the whole land of it is sulfur, salt, and burning, that it is not sown, nor bears, nor any grass grows therein, like the overthrow of Sodom and Gomorrah, Admah and Zeboiim, which Yahweh overthrew in his anger, and in his wrath:
24“तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’
24even all the nations shall say, “Why has Yahweh done thus to this land? What does the heat of this great anger mean?”
25उत्तर यस्तो हुनेछ, ‘कारण इस्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे।
25Then men shall say, “Because they forsook the covenant of Yahweh, the God of their fathers, which he made with them when he brought them forth out of the land of Egypt,
26तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे।
26and went and served other gods, and worshiped them, gods that they didn’t know, and that he had not given to them:
27अनि परमप्रभुको क्रोधले यस भूमिका प्रत्येक मानिसहरूमाथि नराम्रा कुरा ल्याए त्यो शिक्षाहरूको पुस्तकमा लेखिएका छन्।
27therefore the anger of Yahweh was kindled against this land, to bring on it all the curse that is written in this book;
28परमप्रभु अत्यन्तै असन्तुष्ट हुनु भएकोले त्यस भूमिबाट बाहिर निकालेर अहिले तिनीहरूले बसो-बास गरेको भूमिमा राख्नु भयो।’
28and Yahweh rooted them out of their land in anger, and in wrath, and in great indignation, and cast them into another land, as at this day.”
29“परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ।
29The secret things belong to Yahweh our God; but the things that are revealed belong to us and to our children forever, that we may do all the words of this law.