1मैले फेरि यो पनि बुझे कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याँउछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन।
1Then I returned and saw all the oppressions that are done under the sun: and behold, the tears of those who were oppressed, and they had no comforter; and on the side of their oppressors there was power; but they had no comforter.
2म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्।
2Therefore I praised the dead who have been long dead more than the living who are yet alive.
3अझ यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ। किन? किनभने, तिनीहरूले यस संसारको खराबी देखेका छैनन्।
3Yes, better than them both is him who has not yet been, who has not seen the evil work that is done under the sun.
4मैले फेरि सोचें, ‘मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।’ मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।
4Then I saw all the labor and achievement that is the envy of a man’s neighbor. This also is vanity and a striving after wind.
5कति मानिस भन्छन्, हात बाँधेर बसिरहनु केही नगर्नु मूर्खता हो। यदि तिमी काम गर्दैनौ भने भोकै मर्छौ।
5The fool folds his hands together and ruins himself.
6धेरै भन्दा धेरै पाउँन हावाको पछि झगडा गर्दै भाग्नु भन्दा तिम्रो हातमा जे छ यसमा सन्तोषजनक भएर बस्नु असल हो।
6Better is a handful, with quietness, than two handfuls with labor and chasing after wind.
7फेरि मैले अर्को पनि एउटा कुरो देखेका छु जसको कुनै अर्थ छैन
7Then I returned and saw vanity under the sun.
8एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरहेको हुन्छ र जे जति उसित छ त्यतिबाट ऊ कहिल्यै सन्तुष्ट हुँदैन। तब म पनि यति कठोर मेहनत किन गर्दैछु? म आफैं पनि यस जीवनको आनन्द किन लिंदिन। अब हेर यो पनि एउटा दुखको र व्यर्थ कै कुरो हो।
8There is one who is alone, and he has neither son nor brother. There is no end to all of his labor, neither are his eyes satisfied with wealth. “For whom then, do I labor, and deprive my soul of enjoyment?” This also is vanity. Yes, it is a miserable business.
9एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेर सँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्।
9Two are better than one, because they have a good reward for their labor.
10यदि एक जना लडे अर्काले उठाउँदछ। तर कसैको लागि पनि एक्लो रहन राम्रो होइन, किनकि जब त्यो लडछ उसलाई सहायता गर्ने त्यहाँ कोही अर्को हुने छैन।
10For if they fall, the one will lift up his fellow; but woe to him who is alone when he falls, and doesn’t have another to lift him up.
11यदि दुइजना एक साथ सुते त्यहाँ तातो हुनेछ, तर एक्लो सुत्ने मानिस तातिंदैन।
11Again, if two lie together, then they have warmth; but how can one keep warm alone?
12एक्लो मानिसलाई शत्रुले हराउँन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउँन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ।
12If a man prevails against one who is alone, two shall withstand him; and a threefold cord is not quickly broken.
13एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बृद्ध तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बृद्ध राजाले चेताउनीहरूमा ध्यानै दिंदैन।
13Better is a poor and wise youth than an old and foolish king who doesn’t know how to receive admonition any more.
14हुन सक्छ त्यो युवा शासक त्यस राज्यमा गरीब भएर जन्मेको होस् र हुनसक्छ ऊ जेलबाट छुटेर देशमा शासन गर्न आएको होस्।
14For out of prison he came forth to be king; yes, even in his kingdom he was born poor.
15तर मैले यस जीवनमा देखेको छु र जान्दछु, मानिसहरू त्यस दोस्रा युवा शासकलाई नै मान्ने छन् र उही नयाँ राजा बन्ने छ।
15I saw all the living who walk under the sun, that they were with the youth, the other, who succeeded him.
16धेरै जना त्यस युवकका पछि लाग्नेछन्। तर पछि गएर ती मानिसहरूले उसलाई पनि मन पराउने छैनन् र यी सब पनि व्यर्थै हुन्। यो पनि त्यही हावालाई पक्रने प्रयास जस्तै हो।
16There was no end of all the people, even of all them over whom he was—yet those who come after shall not rejoice in him. Surely this also is vanity and a chasing after wind.