Nepali

World English Bible

Esther

9

1बाह्रौ महीना अर्थात आदरको महीनाको तेह्रौ दिनमा राजाको आदेश कार्यान्विनन् गर्ने दिन आइपुग्यो त्यसदिन तिनीहरूमाथि यहूदीका शत्रुहरूले प्रभुत्व हासिल गर्ने दिनथियो, त्यसलाई उल्टाइयो जब यहूदीहरूले आफूलाई विरोध गर्नेहरू माथि प्रभुत्व हाँसिल गरे।
1Now in the twelfth month, which is the month Adar, on the thirteenth day of the month, when the king’s commandment and his decree drew near to be put in execution, on the day that the enemies of the Jews hoped to conquer them, (but it was turned out the opposite happened, that the Jews conquered those who hated them),
2राजा अहासूरसको सवै प्रान्तहरूलाई प्रहार गर्न आफ्ना शहरहरूमा भेला भए। अनि तिनीहरूलाई चोट पुर्याउनेहरूको विरूद्ध युद्ध गर्न भेला भए। कसैले तिनीहरूलाई बाधा दिएनन्। किनभने तिनीहरू सित भयभित थिए।
2the Jews gathered themselves together in their cities throughout all the provinces of the King Ahasuerus, to lay hands on those who wanted to harm them. No one could withstand them, because the fear of them had fallen on all the people.
3अनि प्रान्तहरूका समस्त अधिकारीहरू, हाकिमहरू र राज्यपालहरू अनि ती सबै जसले राजाको निम्ति काम गर्थे। यहूदीहरूलाई सहयोग गरेका थिए।
3All the princes of the provinces, the satraps, the governors, and those who did the king’s business helped the Jews, because the fear of Mordecai had fallen on them.
4तिनीहरू मोर्दकैसित डराएका थिए। किनभने मोर्दकै राजा महलमा एक मुख्य व्यक्ति थिए, अनि समस्त प्रान्तमा तिनको प्रभाव अनुभव गरिएको थियो किनभने मोर्दकैका धेरै भन्दा धेरै शक्तिशाली मानिसहरू थिए।
4For Mordecai was great in the king’s house, and his fame went out throughout all the provinces; for the man Mordecai grew greater and greater.
5तब यहूदीहरूले तिनीहरूका शत्रुलाई मारेर नष्ट गरिदिए, तिनलाई तिनीहरूको तरवारहरूले नष्ट गरे। अनि तिनीहरूको विरोध गर्नेहरूसित तिनीहरूलाई जे इच्छा लाग्छ त्यही गरे।
5The Jews struck all their enemies with the stroke of the sword, and with slaughter and destruction, and did what they wanted to those who hated them.
6अनि शूशनको प्रासाद जिल्लामा यहूदीहरूले 500 मानिसहरूलाई मारे।
6In the citadel of Susa, the Jews killed and destroyed five hundred men.
7तिनीहरूले पर्शन्दाता, दल्पोन, अस्पाता,
7They killed Parshandatha, Dalphon, Aspatha,
8पोराता अदल्या, अरीदाता,
8Poratha, Adalia, Aridatha,
9[This verse may not be a part of this translation]
9Parmashta, Arisai, Aridai, and Vaizatha,
10हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दशजना छोराहरूलाई पनि मारे। तर तिनीहरूले कुनै सर-सामान लुटेनन्।
10the ten sons of Haman the son of Hammedatha, the Jew’s enemy, but they didn’t lay their hand on the plunder.
11त्यस समयमा शूशनको प्रसाद जिल्लामा मारीएका मानिसहरूको संख्या राजालाई बताइयो।
11On that day, the number of those who were slain in the citadel of Susa was brought before the king.
12अनि राजाले रानी एस्तरलाई भने, “शूशनको प्रसाद जिल्लामा यहूदीहरूले दशजना हामानको छोराहरू लगाएत 500 जना मानिसहरूलाई मारे। राजाका अन्य प्रान्तहरूमा तिनीहरूले के गरे तिमी सुन्न चाहन्छौ? जे सुकै तिमी माग्छौ त्यो मञ्जूर गरिनेछ। अनि तिमीले अरूनै कुराहरू चाहे पनि त्यो पूरा गरिनेछ।”
12The king said to Esther the queen, “The Jews have slain and destroyed five hundred men in the citadel of Susa, including the ten sons of Haman; what then have they done in the rest of the king’s provinces! Now what is your petition? It shall be granted you. What is your further request? It shall be done.”
13अनि एस्तरले भनिन्, “यदि राजालाई असल लाग्छ भने शूशनमाबस्ने यहूदीहरूलाई आज तिनीहरूले जे गरे भोली फेरी त्यसै गर्ने अनुमति दिनुहोस् अनि हामानका दशजना छोराहरूलाई फाँसीमा झुण्डयाइयोस्।
13Then Esther said, “If it pleases the king, let it be granted to the Jews who are in Shushan to do tomorrow also according to this day’s decree, and let Haman’s ten sons be hanged on the gallows.”
14फेरि एस्तरले भने अनुसार-राजाले त्यसै गर्ने आदेश दिनु भयो, अनि शूशनमा विधान घोषणा गरियो। तिनीहरूले हामानका दशजना छोराहरूलाई झुण्डयाइदिए।
14The king commanded this to be done. A decree was given out in Shushan; and they hanged Haman’s ten sons.
15अनि शूशनमा भएका यहूदीहरू फेरी भेला भए आदात महीनाको चौधौं दिनमा शूशनमा तिनीहरूले 300 जना मानिसहरूलाई मारे। तर तिनीहरूले कुनै लुट-पाट गरेनन्।
15The Jews who were in Shushan gathered themselves together on the fourteenth day also of the month Adar, and killed three hundred men in Shushan; but they didn’t lay their hand on the spoil.
16अनि बाँकी अन्य यहूदीहरू, जो राजाका प्रदेशहरूमा बस्थे, आफ्नो जिवनको सुरक्षा गर्न, शत्रुहरूबाट विश्राम पाउन, आफ्ना विरोधीहरू जम्मा 75,000 लाई मार्नका निम्ति एकत्रित भएका थिए। तर तिनीहरूले केही लुट-पाट गरेनन्।
16The other Jews who were in the king’s provinces gathered themselves together, defended their lives, had rest from their enemies, and killed seventy-five thousand of those who hated them; but they didn’t lay their hand on the plunder.
17यो घटना प्रदेशहरूमा अदार महीना को तेह्रौ दिनमा घट्यो अनि चौधौं दिनमा तिनीहरूले विश्राम लिए। अनि तिनीहरूले त्यस दिन भोज अनि समारोहको दिन तुल्याए।
17This was done on the thirteenth day of the month Adar; and on the fourteenth day of that month they rested and made it a day of feasting and gladness.
18तर यहूदीहरू जो शूशनमा थिए तिनीहरू महिनाको तेरौं अनि चौधौं दिनमा स्वयंलाई रक्षा गर्न एकत्रीत भएका थिए। त्यसपछि तिनीहरूले पन्धौं दिनमा विश्राम गरे त्यसलाई भोज अनि उत्सवको दिन तुल्याए।
18But the Jews who were in Shushan assembled together on the thirteenth and on the fourteenth days of the month; and on the fifteenth day of that month, they rested, and made it a day of feasting and gladness.
19यसले गर्दा बस्तीतिर शहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौं दिनलाई समारोह अनि भोजको र्हषित दिन तुल्याए अनि हरेकले उपहारहरूको आदान-प्रदान गरे।
19Therefore the Jews of the villages, who live in the unwalled towns, make the fourteenth day of the month Adar a day of gladness and feasting, a good day, and a day of sending presents of food to one another.
20अनि मोर्दकैले यी घटनाहरूको विषयमा लेखे अनि तिनले राजा अहासूरसका सबै प्रदेशहरू नजिक वा टाढा बस्ने सबै यहूदीहरूलाई पत्र पठाए।
20Mordecai wrote these things, and sent letters to all the Jews who were in all the provinces of the king Ahasuerus, both near and far,
21तिनले तिनीहरूका निम्ति अदार महिनाको चौधौं अनि पन्ध्रौं दिनलाई वर्षै पिच्छे विदाको रूपमा पालन गर्ने प्रदर्श-रेखा स्थायी गर्नु भनी पत्रमा लेखे।
21to enjoin them that they should keep the fourteenth and fifteenth days of the month Adar yearly,
22यी विदाहरूलाई त्यो दिन विदाको रूपमा अलग गरियो जब यहूदीहरूले आफ्ना शत्रुहरूबाट विश्रामपाए, त्यो महीना तिनीहरूको शोकबाट खुशीको समारोहमा परिवर्त्तन भयो अनि त्यो दिन तिनीहरूको रूवाई खुशीयालीको दिनमा परिर्वतनभयो। यी दिनहरूलाई भोज अनि समारोहको दिन, उपहार आदन-प्रदान गर्ने दिन, अनि गरीबहरूलाई दान गर्ने दिन तुल्यउन अलग गरियो।
22as the days in which the Jews had rest from their enemies, and the month which was turned to them from sorrow to gladness, and from mourning into a good day; that they should make them days of feasting and gladness, and of sending presents of food to one another, and gifts to the needy.
23यसर्थ तिनीहरूले भर्खरै शुरू गरेको विदाको दिनलाई मोर्दकैले जे गर्नु भनि तिनीहरूलाई लेखेर दिएका थिए, त्यही रूपले मनाउन यहूदीहरू सहमत भए।
23The Jews accepted the custom that they had begun, as Mordecai had written to them;
24अगामी हम्मादाताका छोरा, समस्त यहूदीहरूका शत्रु हामानले यहूदीहरूको अस्तित्व मेटाउने षड्‌यन्त्र गरेका थिए। अनि तिनले “पुरीम” अर्थात चिट्ठा पनि गरेका थिए, तिनीहरूलाई धम्किदिन र तिनीहरू को अस्तित्व मेटाऊन्।
24because Haman the son of Hammedatha, the Agagite, the enemy of all the Jews, had plotted against the Jews to destroy them, and had cast “Pur,” that is the lot, to consume them, and to destroy them;
25तर जब एस्तर राजाको समक्ष गइन्। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहूदीहरू प्रति योजना गरेका नराम्रो काम तिनी प्रतिनै गरियोस् अनि तिनीहरूले तिनका छोराहरूलाई फाँसीमा झुण्डयाओस्।
25but when this became known to the king, he commanded by letters that his wicked device, which he had devised against the Jews, should return on his own head, and that he and his sons should be hanged on the gallows.
26[This verse may not be a part of this translation]
26Therefore they called these days “Purim, ” from the word “Pur.” Therefore because of all the words of this letter, and of that which they had seen concerning this matter, and that which had come to them,
27[This verse may not be a part of this translation]
27the Jews established, and imposed on themselves, and on their descendants, and on all those who joined themselves to them, so that it should not fail, that they would keep these two days according to what was written, and according to its appointed time, every year;
28यो दिन प्रत्येक प्रान्त, प्रत्येक शहरभरि प्रत्येक वंश तथा पुस्ताले सम्झना गर्छन अनि मनाउँछन्। यी दुई दिन मनाउनु कहिल्यै पनि रोकिनु हुँदैन। यी दुई विशेष दिनको महत्व यहूदीहरूले आफ्ना सन्तानहरूलाई भन्न बिराउनु हुँदैन्।
28and that these days should be remembered and kept throughout every generation, every family, every province, and every city; and that these days of Purim should not fail from among the Jews, nor their memory perish from their seed.
29तब अबीहेलकी अनि यहूदी मोर्दकैकी छोरी रानी एस्तरले पूरीमको विषयमा पूर्ण अधिकार सहित देस्रो पत्र लेखिन्।
29Then Esther the queen, the daughter of Abihail, and Mordecai the Jew, wrote with all authority to confirm this second letter of Purim.
30अब मोर्दकैले सबै यहूदीहरूलाई जो राजा अहासूरसका 127 प्रान्तहरूमा बस्थे शान्ति र सुरक्षाको बधाई पत्रहरू पठाए।
30He sent letters to all the Jews, to the hundred twenty-seven provinces of the kingdom of Ahasuerus, with words of peace and truth,
31मोर्दकैले ती विदाको निम्ति उचित समय तय गर्नका निम्ति पत्रहरू पठाएका थिए। जसरी यहूदी मोर्दकै अनि एस्तरले तिनीहरूमाथि गुण लगाएका थिए। जसरी तिनीहरूले तिनीहरू स्वयंमाथि र तिनीहरू का सन्तानहरू माथि उपवास बस्ने अनि खुबै विलाप गर्ने निर्देशन दिएका थिए।
31to confirm these days of Purim in their appointed times, as Mordecai the Jew and Esther the queen had decreed, and as they had imposed upon themselves and their descendants, in the matter of the fastings and their cry.
32अनि एस्तरको वचनले पूरीमा उत्सवको प्रदर्श-रेखा निर्धारित गर्यो अनि ती पुस्तकमा लेखिए।
32The commandment of Esther confirmed these matters of Purim; and it was written in the book.