1परमप्रभुले मोशालाई भन्नु भयो,
1Yahweh spoke to Moses, saying,
2“इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर।
2“Speak to the children of Israel, that they take an offering for me. From everyone whose heart makes him willing you shall take my offering.
3ती मानिसहरूबाट तिमीले ग्रहण गर्नु पर्ने उपहारको सूची यस प्रकार छन् सुन, चाँदी अनि काँसा,
3This is the offering which you shall take from them: gold, silver, brass,
4निलो, बैजनी अनि रातो सुतीको धागो, मलमलको कपडा, बाख्राको भुत्ला।
4blue, purple, scarlet, fine linen, goats’ hair,
5रातो रंगले रंगाएको भेडाको छाला अनि नरम चर्म, बबुलको काठ।
5rams’ skins dyed red, sea cow hides, acacia wood,
6बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला।
6oil for the light, spices for the anointing oil and for the sweet incense,
7अनि एपोद को निम्ति बहमूल्य रत्नहरू र न्यायको थैली।”
7onyx stones, and stones to be set for the ephod and for the breastplate.
8परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन अनि म तिनीहरूमाझ बस्न सक्छु।
8Let them make me a sanctuary, that I may dwell among them.
9त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।
9According to all that I show you, the pattern of the tabernacle, and the pattern of all of its furniture, even so you shall make it.
10“बबुल काठको एउटा सन्दूक बनाऊ। यो पवित्र सन्दूक दुइ हात आधा लामो अनि एक हात आधा चौंडाइ र एक हात आधा उचाइँको हुनुपर्छ।
10“They shall make an ark of acacia wood. Its length shall be two and a half cubits, its breadth a cubit and a half, and a cubit and a half its height.
11यो सन्दूकको भित्र अनि बाहिर शुद्ध सुनले मोहोर्नु पर्छ। सन्दूकको बाहिर वरिपरि सुनको घेरा बनाउनु पर्छ।
11You shall overlay it with pure gold. You shall overlay it inside and outside, and you shall make a gold molding around it.
12सुनको चारवटा मुन्द्रीहरू बनाऊ अनि सन्दूकको प्रत्येक सुरमा दुइ दुइवटा मुन्द्रीहरू लगाइदेऊ।
12You shall cast four rings of gold for it, and put them in its four feet. Two rings shall be on the one side of it, and two rings on the other side of it.
13बबुल काठको डण्डाहरू बनाऊ अनि तिनीहरूलाई सुनले मोहोरी देऊ।
13You shall make poles of acacia wood, and overlay them with gold.
14सन्दूकको दुवैतिरको मुन्द्रीहरूमा डण्डा हाल अनि यिनको सहायताले त्यसलाई बोक।
14You shall put the poles into the rings on the sides of the ark to carry the ark.
15ती मुन्द्रीहरूबाट डण्डा बाहिर ननिकाल ती डण्डाहरूलाई मुन्द्रीमा नै रहन देऊ।
15The poles shall be in the rings of the ark. They shall not be taken from it.
16“मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख।
16You shall put the testimony which I shall give you into the ark.
17त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौढाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ।
17You shall make a mercy seat of pure gold. Two and a half cubits shall be its length, and a cubit and a half its breadth.
18“अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ।
18You shall make two cherubim of hammered gold. You shall make them at the two ends of the mercy seat.
19एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुक्राले बनिएको जस्तो होस्।
19Make one cherub at the one end, and one cherub at the other end. You shall make the cherubim on its two ends of one piece with the mercy seat.
20करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।
20The cherubim shall spread out their wings upward, covering the mercy seat with their wings, with their faces toward one another. The faces of the cherubim shall be toward the mercy seat.
21म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ।
21You shall put the mercy seat on top of the ark, and in the ark you shall put the testimony that I will give you.
22जब म तिमीलाई भेटछु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।
22There I will meet with you, and I will tell you from above the mercy seat, from between the two cherubim which are on the ark of the testimony, all that I command you for the children of Israel.
23“दुइ हात आधा लमाई, एक हात आधा चौढाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ।
23“You shall make a table of acacia wood. Two cubits shall be its length, and a cubit its breadth, and one and a half cubits its height.
24टेबललाई शुद्ध सुनले मोहोर अनि चारैतिर सुनको बिट लगाएर सुसज्जित गर।
24You shall overlay it with pure gold, and make a gold molding around it.
25तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ।
25You shall make a rim of a handbreadth around it. You shall make a golden molding on its rim around it.
26त्यसपछि चारवटा सुनको कुण्डलहरू बनाएर टेबलको खुट्टा भएका चार कुनामा राख।
26You shall make four rings of gold for it, and put the rings in the four corners that are on its four feet.
27टेबलको चारै तिर घेरामा मुन्द्रीहरू लगाऊ। मुन्द्रीमा डण्डाहरू लगाऊ अनि यसलाई टेबल बोक्न प्रयोग गर।
27the rings shall be close to the rim, for places for the poles to carry the table.
28डण्डाहरू बनाउन बबुलको काठ प्रयोग गर अनि त्यसलाई सुनले मोहोर। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर।
28You shall make the poles of acacia wood, and overlay them with gold, that the table may be carried with them.
29शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ।
29You shall make its dishes, its spoons, its ladles, and its bowls to pour out offerings with. You shall make them of pure gold.
30टेबलमाथि मलाई विशेष रोटी चढाऊ त्यो रोटी संधै त्यहाँ मेरोअघि हुनु पर्छ।
30You shall set bread of the presence on the table before me always.
31“त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।
31“You shall make a lampstand of pure gold. Of hammered work shall the lampstand be made, even its base, its shaft, its cups, its buds, and its flowers, shall be of one piece with it.
32“त्यस सामदानका छःवटा हाँगाहरू हुनुपर्छ एक पट्टि तीनवटा अर्कोपट्टि तीनवटा।
32There shall be six branches going out of its sides: three branches of the lampstand out of its one side, and three branches of the lampstand out of its other side;
33प्रत्येक हाँगामा तीनवटा फूलहरू हुनु पर्छ। यी फूलहरू, पत्र तथा कोपिलाहरू बदामको फूल जस्तै बनाऊ।
33three cups made like almond blossoms in one branch, a bud and a flower; and three cups made like almond blossoms in the other branch, a bud and a flower, so for the six branches going out of the lampstand;
34सामदानमाथि अझ चारवटा फूलका पत्तीहरू बनाऊ। यी फूलहरूका कोपिला र पत्रहरू पनि बदामका फूल जस्तै हुनु पर्छ।
34and in the lampstand four cups made like almond blossoms, its buds and its flowers;
35सामदानमाथि हाँगाहरूको तीन एकको जोडीमा, यी बीचमा यी फूलहरू एक-एकवटा लगाऊ।
35and a bud under two branches of one piece with it, and a bud under two branches of one piece with it, and a bud under two branches of one piece with it, for the six branches going out of the lampstand.
36कोपिलाका, पत्रहरू अनि सम्पूर्ण सामदान शुद्ध सुनले बनिएको हुनुपर्छ। यिनीहरू सबै एउटा सुनको टुक्राबाट मार्तोलले पिटेर बनाएको हुनुपर्छ।
36Their buds and their branches shall be of one piece with it, all of it one beaten work of pure gold.
37तब सामदानमाथि राख्ने सातबटा दियाहरू बनाऊ अनि यिनले अघिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्।
37You shall make its lamps seven, and they shall light its lamps to give light to the space in front of it.
38चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ।
38Its snuffers and its snuff dishes shall be of pure gold.
39एक तोडा शुद्ध सुन चलाएर सामदान अनि यसमा चलाउनको निम्ति अरू सहयोगी चीजहरू बनाउनु पर्छ।
39It shall be made of a talent of pure gold, with all these accessories.
40चीजहरू मैले तिमीलाई पर्वतमाथि देखाएको नमूना जस्तै हुनु पर्छ।”
40See that you make them after their pattern, which has been shown to you on the mountain.