1त्यस समय मोशा उसको ससूराका भेडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेडाहरू मरूभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए।
1Now Moses was keeping the flock of Jethro, his father-in-law, the priest of Midian, and he led the flock to the back of the wilderness, and came to God’s mountain, to Horeb.
2पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे। पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन।
2The angel of Yahweh “Yahweh” is God’s proper Name, sometimes rendered “LORD” (all caps) in other translations. appeared to him in a flame of fire out of the midst of a bush. He looked, and behold, the bush burned with fire, and the bush was not consumed.
3मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?”
3Moses said, “I will turn aside now, and see this great sight, why the bush is not burnt.”
4जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!”मोशाले उत्तर दिए, “म यहाँ छु।”
4When Yahweh saw that he turned aside to see, God called to him out of the midst of the bush, and said, “Moses! Moses!” He said, “Here I am.”
5तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुत्ता खोल।
5He said, “Don’t come close. Take your sandals off of your feet, for the place you are standing on is holy ground.”
6म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।”
6Moreover he said, “I am the God of your father, the God of Abraham, the God of Isaac, and the God of Jacob.” Moses hid his face; for he was afraid to look at God.
7मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए। परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरदस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु।
7Yahweh said, “I have surely seen the affliction of my people who are in Egypt, and have heard their cry because of their taskmasters, for I know their sorrows.
8अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।
8I have come down to deliver them out of the hand of the Egyptians, and to bring them up out of that land to a good and large land, to a land flowing with milk and honey; to the place of the Canaanite, the Hittite, the Amorite, the Perizzite, the Hivite, and the Jebusite.
9मैले इस्राएलका मानिसहरूको पुकार सुनेकोछु। मैले देखें मिश्रीहरूले तिनीहरूका निम्ति जीवन कति कठोर बनाइदिएका छन्।
9Now, behold, the cry of the children of Israel has come to me. Moreover I have seen the oppression with which the Egyptians oppress them.
10यसकारण अब म तिमीलाई फिरऊन कहाँ पठाउँछु। जाऊ अनि मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याऊ।”
10Come now therefore, and I will send you to Pharaoh, that you may bring my people, the children of Israel, out of Egypt.”
11तर मोशाले परमेश्वरलाई भने, “म कुनै एउटा त्यस्तो महान मानिस होइन। म कसरी त्यो मानिस हुन सक्छु जो फिरऊन कहाँ जान सक्छ र इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन सक्छ?”
11Moses said to God, “Who am I, that I should go to Pharaoh, and that I should bring the children of Israel out of Egypt?”
12परमेश्वरले भन्नुभयो, “तिमीले भलो गर्न सक्छौ किनभने म तिमीसित हुनेछु। यही प्रमाण हुनेछ कि मैले तिमीलाई पठाउँदैछु तिमीले इस्राएलीहरूलाई मिश्रदेशाबाट अगुवाई गरेपछि, तिमी आउनेछौ अनि यही पर्वतमा आराधना गर्नेछौ।”
12He said, “Certainly I will be with you. This will be the token to you, that I have sent you: when you have brought the people out of Egypt, you shall serve God on this mountain.”
13तब मोशाले परमेश्वरलाई भने, “जब म इस्राएलीहरू कहाँ जान्छु अनि तिनीहरूलाई भन्छु, ‘म तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरद्वारा पठाइएको हुँ,’ अनि तिनीहरूले तपाईंको नाउँ सोधेमा मैले के भन्नु पर्नेछ?”
13Moses said to God, “Behold, when I come to the children of Israel, and tell them, ‘The God of your fathers has sent me to you;’ and they ask me, ‘What is his name?’ What should I tell them?”
14तब परमेश्वरले मोशालाई भन्नुभयो, “म जो हुँ’ त्यही हुँ तिनीहरूलाई भनिदेऊ, ‘म हुँ,’ भन्नेले तिमीलाई तिनीहरूकहाँ पठाएको हो।”
14God said to Moses, “I AM WHO I AM,” and he said, “You shall tell the children of Israel this: ‘I AM has sent me to you.’”
15परमेश्वरले मोशालाई अझ भन्नुभयो, “तिमीले इस्राएलीहरूलाई के भन्नु पर्छ भने, ‘परमप्रभु तिम्रो पिता-पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। मेरो नाउँ सदैव परमप्रभु रहनेछ। यही रूपमा मानिसहरूले मलाई पुस्तौं-पुस्तासम्म चिन्नेछन्,’ यसैकारण मानिसहरूलाई भन, ‘परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको छ।”‘
15God said moreover to Moses, “You shall tell the children of Israel this, ‘Yahweh, the God of your fathers, the God of Abraham, the God of Isaac, and the God of Jacob, has sent me to you.’ This is my name forever, and this is my memorial to all generations.
16परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इस्राएलका बूढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअघि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ।
16Go, and gather the elders of Israel together, and tell them, ‘Yahweh, the God of your fathers, the God of Abraham, of Isaac, and of Jacob, has appeared to me, saying, “I have surely visited you, and seen that which is done to you in Egypt;
17उहाँले यसो भन्नु भयो तिमीहरूलाई मिश्रबाट बाहिर निकाल्नु हुनेछ, अनि विभिन्न जातिहरूको भूमिमा लानु हुनेछन् जस्तै कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू अनि दूध र मह बगिरहेको भूमिमा पुर्याउनु हुनेछ।’
17and I have said, I will bring you up out of the affliction of Egypt to the land of the Canaanite, the Hittite, the Amorite, the Perizzite, the Hivite, and the Jebusite, to a land flowing with milk and honey.”’
18ती बूढा-प्रधानहरूले तिमीहरूको कुरा सुन्नेछन्। त्यसपछि तिमी र बूढा-प्रधानहरू मिश्रका राजा कहाँ जानेछौ। तिमीले राजालाई भन्ने छौ “यहोवा हिब्रू मानिसहरूका परमेश्वर हुन्। हाम्रा परमेश्वर हामीकहाँ आउनु भयो अनि हामीलाई तीन दिनसम्म मरूभूमिमा यात्रा गर्न भन्नुभयो। हामीले हाम्रा परमेश्वर यहोवालाई त्यहाँ बलिहरू चढाउनु पर्नेछ।’
18They will listen to your voice, and you shall come, you and the elders of Israel, to the king of Egypt, and you shall tell him, ‘Yahweh, the God of the Hebrews, has met with us. Now please let us go three days’ journey into the wilderness, that we may sacrifice to Yahweh, our God.’
19“तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महाशक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ।
19I know that the king of Egypt won’t give you permission to go, no, not by a mighty hand.
20यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महाशक्ति प्रयोग गर्नेछु। जब म महाशक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोडन बाध्य गर्नेछु।
20I will reach out my hand and strike Egypt with all my wonders which I will do in its midst, and after that he will let you go.
21अनि म मिश्रका मानिसहरूलाई इस्राएली मानिसहरूप्रति दयालु बनाउँनेछु। जब इस्राएलीहरूले मिश्र छाडछन् तिनीहरू रित्तै हात जाने छैनन्।
21I will give this people favor in the sight of the Egyptians, and it will happen that when you go, you shall not go empty-handed.
22हिब्रू महिलाहरूले तिनीहरूका मिश्री छिमेकीहरूसित सुन र चाँदीको चीजहरू अनि लुगाहरू माग्ने छन्। तिमीहरूले ती चीजहरू तिमीहरूका छोरा-छोरीहरूलाई लगाईदिने छौ। यस प्रकार तिमीहरूले मिश्रबाट सम्पत्ति लिएर आउनेछौ।”
22But every woman shall ask of her neighbor, and of her who visits her house, jewels of silver, jewels of gold, and clothing; and you shall put them on your sons, and on your daughters. You shall plunder the Egyptians.”