1तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिमी र तिम्रा मानिसहरू जसलाई तिमीले मिश्र देशबाट ल्याएका छौ त्यो ठाउँबाट गईहाल। अनि तिमीहरू त्यो भूमिमा जाऊ जुन मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई वचन दिएर भनेको थिएँ, तिमीहरूका भावी सन्तानलाई म त्यो भूमि दिनेछु।
1Yahweh spoke to Moses, “Depart, go up from here, you and the people that you have brought up out of the land of Egypt, to the land of which I swore to Abraham, to Isaac, and to Jacob, saying, ‘I will give it to your seed.’
2म एकजना स्वर्गदूतलाई तिम्रो अगुवाइ गर्न पठाउनेछु अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई तिनीहरूको भूमि छोडन बाध्य गराउनेछु।
2I will send an angel before you; and I will drive out the Canaanite, the Amorite, and the Hittite, and the Perizzite, the Hivite, and the Jebusite:
3यसर्थ तिमीहरू त्यो भूमिमा जाऊ जुन भूमि असल-असल चीजहरूले भरिभराऊ छ। म तिमीहरूसित जाँदिन र यदि म तिमीहरूसित गएँ भने, हुन सक्छ, तिमीहरूलाई म आधा बाटोमा नै ध्वंश पार्नेछु कारण तिमीहरू अत्यन्तै अट्टेरी छौ।”
3to a land flowing with milk and honey: for I will not go up in the midst of you, for you are a stiff-necked people, lest I consume you in the way.”
4मानिसहरू यस्तो दुःख पूर्ण समाचार सुनेर चिन्तित भए। तिनीहरूले गर-गहनाहरू लगाएनन्।
4When the people heard this evil news, they mourned: and no one put on his jewelry.
5परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई भन, ‘तिमीहरू अट्टेरी छौ। यदि म तिमीहरूसंग केही क्षणका निम्ति पनि जानु पर्ने भए म तिमीहरूलाई ध्वंश पार्ने थिएँ। अब तिमीहरूले आफ्नो गहना निकाल अनि म निश्चय गर्ने छु, तिमीहरूलाई के गर्नुपर्ने हो।”‘
5Yahweh said to Moses, “Tell the children of Israel, ‘You are a stiff-necked people. If I were to go up into your midst for one moment, I would consume you. Therefore now take off your jewelry from you, that I may know what to do to you.’”
6यसकारण गहनाहरू होरेब पर्वतमा इस्राएलीहरूले फुकालिदिए।
6The children of Israel stripped themselves of their jewelry from Mount Horeb onward.
7मोशाले छाउनी केही अघि लगे अनि छाउनी त्यहाँ बसाले अनि त्यसलाई “भेट हुने पाल”नाउँ दिए। कुनै मानिस जसले परमप्रभुबाट केही माग्ने इच्छा गर्छ ऊ भेट हुने पालमा जानु पर्थ्यो जो छाउनी बाहिर थियो।
7Now Moses used to take the tent and to pitch it outside the camp, far away from the camp, and he called it “The Tent of Meeting.” It happened that everyone who sought Yahweh went out to the Tent of Meeting, which was outside the camp.
8जति बेला मोशा पालमा जान्थे, मानिसहरू तिनको आफ्नै पालहरूको ढोकाहरूमा खडा हुन्थे। जबसम्म उनी भेट हुने पालभित्र पस्दैन थिए। तिनीहरूले मोशालाई हेर्थे।
8It happened that when Moses went out to the Tent, that all the people rose up, and stood, everyone at their tent door, and watched Moses, until he had gone into the Tent.
9मोशा भेट हुने पालमा जान्थे बादलको लामो स्तम्भ झैं माथिबाट तल आउँथ्यो। त्यो बादलको खामो पालको द्वारमा खडा भई पर्खिरहन्थ्यो यसरी परमप्रभुले मोशासंग कुरा गर्नु हुन्थ्यो।
9It happened, when Moses entered into the Tent, that the pillar of cloud descended, stood at the door of the Tent, and spoke with Moses.
10यसर्थ जब बादलको खम्बालाई मानिसहरूले देख्थे तिनीहरू आफ्नो-आफ्नो पालको द्वारमा गएर परमेश्वरको आराधना गरी निहुरिन्थे।
10All the people saw the pillar of cloud stand at the door of the Tent, and all the people rose up and worshiped, everyone at their tent door.
11यस रीति अनुसार परमप्रभुले मोशासंग साथी जस्तै कुरा गर्नु हुन्थ्यो। परमप्रभसंग कुरा गरिसकेपछि मोशा पालमा फर्कन्थे। तर उसको युवक सहायक नुनको छोरा यहोशू पालभित्र नैं रहन्थ्यो।
11Yahweh spoke to Moses face to face, as a man speaks to his friend. He turned again into the camp, but his servant Joshua, the son of Nun, a young man, didn’t depart out of the Tent.
12मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसंगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’
12Moses said to Yahweh, “Behold, you tell me, ‘Bring up this people:’ and you haven’t let me know whom you will send with me. Yet you have said, ‘I know you by name, and you have also found favor in my sight.’
13यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।”
13Now therefore, if I have found favor in your sight, please show me now your ways, that I may know you, so that I may find favor in your sight: and consider that this nation is your people.”
14परमप्रभुले उत्तर दिनु भयो, “म आफैं तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।”
14He said, “My presence will go with you, and I will give you rest.”
15त्यसपछि मोशाले परमप्रभुलाई भने, “यदि तपाईं हामीसित जानुहुन्न भने हामीलाई पनि यस ठाउँबाट नपठाउनुहोस्।
15He said to him, “If your presence doesn’t go with me, don’t carry us up from here.
16नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसंग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।”
16For how would people know that I have found favor in your sight, I and your people? Isn’t it in that you go with us, so that we are separated, I and your people, from all the people who are on the surface of the earth?”
17तब परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले जो भन्यौ म गर्नेछु। किनभने म तिमीसंग प्रसन्न छु अनि म तिमीलाई राम्रो जान्दछु।”
17Yahweh said to Moses, “I will do this thing also that you have spoken; for you have found favor in my sight, and I know you by name.”
18त्यसपछि मोशाले भने, “अब दया गरी मलाई तपाईंको महिमा देखाउनुहोस।”
18He said, “Please show me your glory.”
19तब परमप्रभुले भन्नुभयो, “म मेरा सबै परिपक्क भलो धर्म तिम्रो अघाडी जानमा लागि गर्नेछु। म ‘यहोवा’ मेरो नाउँ घोषणा गर्ने छु, किनभने म परिपक्क कल्याण कार्य र प्रेम आफूले मन पराएको मानिसअघि देखाउने छु।
19He said, “I will make all my goodness pass before you, and will proclaim the name of Yahweh before you. I will be gracious to whom I will be gracious, and will show mercy on whom I will show mercy.”
20तर तिमीले मेरो अनुहारलाई हेर्न असमर्थ हुनेछौ। कुनै पनि मानिसले मलाई हेर्न सक्दैन अनि जिउँदो रहन सक्दैन।”
20He said, “You cannot see my face, for man may not see me and live.”
21“परमप्रभुले भन्नुभयो, हेर मेरो छेउमा एउटा चट्टान छ अनि तिमी यसमा उभिन सक्छौ।
21Yahweh also said, “Behold, there is a place by me, and you shall stand on the rock.
22मेरो महिमा त्यहाँ जाने छ। म तिमीलाई त्यस चट्टानमा लामो चर्केको ठाउँमा बसाउनेछु। अनि जब म त्यहाँ जान्छु मेरो हातले तिमीलाई छोप्ने छ।
22It will happen, while my glory passes by, that I will put you in a cleft of the rock, and will cover you with my hand until I have passed by;
23त्यसपछि म मेरो हात हटाउनेछु र तिमीले मेरो पछिल्तिरको भाग देख्नेछौ, तर मेरो अनुहार देख्न सक्ने छैनौ।”
23then I will take away my hand, and you will see my back; but my face shall not be seen.”