Nepali

World English Bible

Ezekiel

22

1परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,
1Moreover the word of Yahweh came to me, saying,
2“हे मानिसको छोरो! के तिमी न्याय गर्छौ? के तिमी हत्याराहरूको शहरसित न्याय गर्छौ? के तिमी तिनीहरूसित त्यो डरलाग्दो कुराहरूको विषयमा भन्छौ जुन तिनीहरूले गरे?
2You, son of man, will you judge, will you judge the bloody city? then cause her to know all her abominations.
3तिमीले भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ शहर हत्याराहरूले भरिएको छ। यसकारण यसको निम्ति दण्डको समय आइसकेको छ। त्यसले आफ्नो निम्ति अपवित्र मूर्तिहरू बनायौ अनि यी अपवित्र मूर्तिहरूले तिनीहरूलाई अपवित्र बनायो।
3You shall say, Thus says the Lord Yahweh: A city that sheds blood in the midst of her, that her time may come, and that makes idols against herself to defile her!
4“‘यरूशलेमका मानिसहरू, तिमीहरूले धेरै मानिसहरू मार्यौ। तिमीहरूले अपवित्र मूर्तिहरू बनायौं। तिमीहरू दोषी छौ अनि तिमीहरूलाई दण्ड दिने समय आइसकेको छ। तिम्रो अन्त आइसकेको छ। अन्य राष्ट्रहरूले तिम्रो हाँसो उडाउनेछन्। ती देशहरू तिमीमाथि हाँस्नेछन्।
4You have become guilty in your blood that you have shed, and are defiled in your idols which you have made; and you have caused your days to draw near, and have come even to your years: therefore have I made you a reproach to the nations, and a mocking to all the countries.
5टाढा अनि नजिकका मानिसहरूले तिम्रो हाँसो उडाउँने छन्। तिमीले आफैलाई बदनाम गर्यौ। तिमी उपद्रोले भरीएका छौ।
5Those who are near, and those who are far from you, shall mock you, you infamous one and full of tumult.
6“‘हेर! यरूशलेममा प्रत्येक शासकले आफूलाई शक्तिशाली बनाएकोछ जसद्वारा तिनीहरूले अन्य मानिसहरूलाई मार्न सक्छन्।
6Behold, the princes of Israel, everyone according to his power, have been in you to shed blood.
7यरूशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउँछन तिनीहरूले टुहुरा-टुहुरी अनि विधुवाहरूलाई पनि त्यो स्थानमा ठग्छन्।
7In you have they set light by father and mother; in the midst of you have they dealt by oppression with the foreigner; in you have they wronged the fatherless and the widow.
8तिमीहरूले पवित्र चीजलाई घृणा गर्छौ। तिमीहरूले मेरो विश्रामको दिनलाई यस्तो मान्छौ मानौं त्यस दिनको कुनै महत्व छैन्।
8You have despised my holy things, and have profaned my Sabbaths.
9यरूशलेमका मानिसहरू अरू मानिसहरूको विषयमा झूटो बोल्छन्। यिनीहरूले यी निर्दोष मानिसहरूलाई मार्नका निम्ति गर्छन। मानिसहरू डाँडाहरूमाथि मूर्तिहरूलाई अपर्ण गरेका भोजहरू खान जान्छन् यरूशलेममा मानिसहरूले धेरै व्यभिचारी पापहरू गर्दैछन्।
9Slanderous men have been in you to shed blood; and in you they have eaten on the mountains: in the midst of you they have committed lewdness.
10“‘यरूशलेमका मानिसहरू आफ्नो पिताको पत्नीसँग व्यभिचार गर्छन्। यरूशलेमका मानिसहरू रजस्वलको समयमा पनि स्त्रीहरूसँग अशुद्ध सम्भोग गर्छन्।
10In you have they uncovered their fathers’ nakedness; in you have they humbled her who was unclean in her impurity.
11कसैले आफ्नो छिमेकीको पत्नीसित यस्तो डरलाग्दो पाप गर्छ। कसैले आफ्नो आफन्तहरूसँग पनि शरीरिक सम्बन्ध राख्छन् अनि उसलाई अपवित्र बनाउँछन् अनि कसैले आफ्नो बाबुकी छोरी अर्थात बहिनीसँग शारीरिक सम्बन्ध राख्छन्।
11One has committed abomination with his neighbor’s wife; and another has lewdly defiled his daughter-in-law; and another in you has humbled his sister, his father’s daughter.
12“‘यरूशलेममा तिमीहरूले, मानिसहरू मार्नको निम्ति पैसा लिन्छौ। तिमीहरूले ऋण दिन्छौ अनि त्यो ऋणको ब्याज लिन्छौ। तिनीहरू नाफा लिनकालागि आफ्ना छिमेकीहरूलाई दबाउँछौ। अनि तिमीहरूले मलाई बिर्सेकाछौ।’ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
12In you have they taken bribes to shed blood; you have taken interest and increase, and you have greedily gained of your neighbors by oppression, and have forgotten me, says the Lord Yahweh.
13परमेश्वरले भन्नुभयो, “अब हेर! म तिनीहरूलाई देखेर ताली बजाउँनेछु। मानिसहरूलाई धोका दिएको अनि हत्या गरेकोमा तिमीहरूलाई दण्ड दिन्छु।
13Behold, therefore, I have struck my hand at your dishonest gain which you have made, and at your blood which has been in the midst of you.
14के त्यसपछि तिमी वीर बन्छौ? जति बेला म तिमीहरूलाई ढण्ड दिन आउँनेछु के तिमी प्रयाप्त बलियो भएका हुन्छौ? अहँ म परमप्रभु हुँ। मैले यो भनिदिएँ अनि म त्यति गर्छु जुन मैले गर्छु भनें!
14Can your heart endure, or can your hands be strong, in the days that I shall deal with you? I, Yahweh, have spoken it, and will do it.
15म तिमीलाई जाति जातिहरूको बीचमा पार्नेछु। म तिमीहरूलाई जाति-जातिहरूको बीचमा तितर-बितर पार्नेछु। म सबै अशुद्धता तिमीबाट निकालिदिनेछु।
15I will scatter you among the nations, and disperse you through the countries; and I will consume your filthiness out of you.
16तर यरूशलेम तिमी अपवित्र हुन्छौ अनि अरू देशहरूले यो घटना देख्नेछ। त्यसपछि तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।”
16You shall be profaned in yourself, in the sight of the nations; and you shall know that I am Yahweh.
17परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
17The word of Yahweh came to me, saying,
18“हे मानिसको छोरो, ताँवा, फलाम, जस्ता, अनि सीसा चाँदीको तुलनामा बेकार छ। कारीगरले चाँदीलाई शुद्ध पार्न आगोमा हाल्छ। चाँदी गल्छ अनि कारीगरले यसलाई मैलाबाट अलग पार्छ। इस्राएल देश बेकारको मैला जस्तो भएको छ।
18Son of man, the house of Israel has become dross to me: all of them are brass and tin and iron and lead, in the midst of the furnace; they are the dross of silver.
19यसैकारण परमप्रभु मेरो मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू सबै बेकारको मैला जस्तो भएकाछौ। त्यसकारण म तिमीहरूलाई यरूशलेम भित्र भेला गराउनेछु।
19Therefore thus says the Lord Yahweh: Because you have all become dross, therefore, behold, I will gather you into the midst of Jerusalem.
20कारीगरले चाँदी, काँसा, फलाम, सीसा अनि जस्तालाई आगोमा हाल्छ। आगो एकदमै ठूलो बनाउँनको निम्ति फुकिन्छ। त्यसपछि यो धातुहरू सबै गल्न थाल्छ। यस्तै प्रकारले म तिमीलाई आफ्नो आगोमा हालेर पगाल्छु। त्यो मेरो आगो चाँहि क्रोध हो।
20As they gather silver and brass and iron and lead and tin into the midst of the furnace, to blow the fire on it, to melt it; so will I gather you in my anger and in my wrath, and I will lay you there, and melt you.
21म तिमीलाई त्यो आगोमा हाल्छु अनि म आफ्नो क्रोधको आगो फुक्छु अनि तिमी पग्लिन थाल्छौ।
21Yes, I will gather you, and blow on you with the fire of my wrath, and you shall be melted in its midst.
22चाँदी आगोमा पग्लिन्छ अनि कारीगरले चाँदी हाल्छ अनि पगाल्छ। यस्तै प्रकारले शहरमा तिमी पग्लिन्छौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि ‘म नै परमप्रभु हुँ अनि तिमीले सम्झनेछौ कि म नै तिम्रो विरूद्ध आफ्नो क्रोध निकाल्दैछु।”‘
22As silver is melted in the midst of the furnace, so you will be melted in its midst; and you will know that I, Yahweh, have poured out my wrath on you.
23परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
23The word of Yahweh came to me, saying,
24“हे मानिसको छोरो! यरूशलेमसित कुरा गर। उसलाई भन, तिमी भूमि हौ जुन सफा पारिएको छैन्। जब म क्रोधित हुन्छ तिमीमाथि पानी पर्नेछैन।
24Son of man, tell her, You are a land that is not cleansed, nor rained on in the day of indignation.
25यरूशलेममा अगमवक्ताहरूले नराम्रो योजना बनाइरहेछ ऊ त्यो सिंह जस्तो भएको छ, जब त्यसले आफूले पक्रेको जनावर खान्छ त्यस समय गर्जन्छ। ती अगमवक्ताहरूले धेरै जीवनहरू नष्ट गरेका छन्। तिनीहरूले धेरै बहुमल्य चीहहरू राखेका छन्। तिनीहरूले यरूशलेममा धेरै स्त्रीहरूलाई बिधुवा बनाए।
25There is a conspiracy of her prophets in its midst, like a roaring lion ravening the prey: they have devoured souls; they take treasure and precious things; they have made her widows many in its midst.
26“पूजाहारीहरूले मेरो ब्यावस्था भङ्ग गरेका छन्। तिनीहरूले मेरो पवित्र चीजहरू अपवित्र बनाएका छन्। तिनीहरूले पवित्र र अपवित्र वस्तुहरूमा भेद राख्दैनन् अनि तिनीहरूले मानिसहरूलाई सफा र मैला बीचको भिन्नता सिकाउँदैनन्। तिनीहरूले मेरो विश्रामको दिनलाई सम्मान गर्न अस्वीकार गरे। म तिनीहरूको बिचमा अपमानित भएकोछु।
26Her priests have done violence to my law, and have profaned my holy things: they have made no distinction between the holy and the common, neither have they caused men to discern between the unclean and the clean, and have hidden their eyes from my Sabbaths, and I am profaned among them.
27“‘यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फायदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।
27Her princes in its midst are like wolves ravening the prey, to shed blood, and to destroy souls, that they may get dishonest gain.
28“अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिदैनथे तिनीहरूले सत्यलाई लुकाउँथे। तिनीहरू त्यो कारीगार जस्तै हुन जसले पर्खाल दृढ बनाउँदैन केवल दूलोमा लेप लगाइदिन्छ। तिनीहरूको ध्यान केवल झूटोमाथि हुन्छ। तिनीहरूले आफ्नो जादूको उपयोग भविष्य जान्नका निम्ति गर्छन्। तर तिनीहरू खाली झूटो बोल्छन्। तिनीहरू भन्छन्, ‘परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।’ तर तिनीहरू खाली झूटो बोलिरहेछन् परमप्रभुले तिनीहरूसँग बात गर्नुभएन।
28Her prophets have plastered for them with whitewash, seeing false visions, and divining lies to them, saying, Thus says the Lord Yahweh, when Yahweh has not spoken.
29“सामन्य जनता एका-अर्कामा लाभ उठाउँछन्। तिनीहरू एका-अर्कालाई धोका दिन्छन अनि चोरी गर्छन। तिनीहरू गरीब अनि असहाय मानिसहरूसँग यस्तो व्यवहार गर्छन्। तिनीहरूले विदेशीहरूलाई पनि धोका दिन्छन्, मानौं तिनीहरूको विरूद्ध कुनै नियम छैन्।
29The people of the land have used oppression, and exercised robbery; yes, they have troubled the poor and needy, and have oppressed the foreigner wrongfully.
30“देश रक्षाकोलागि पर्खाल बनाउन अथवा त्यही भत्केको भागमा उभिन एकजना मानिस मैले तिनीहरूको माझमा खोजें धाँदोमा उभिएर प्रार्थना गर्ने मानिस तर जसले त्यस्तो गर्न सक्थ्यो कुनै मानिस पनि पाउन सकिन।
30I sought for a man among them, who should build up the wall, and stand in the gap before me for the land, that I should not destroy it; but I found none.
31यसकारण म आफ्नो क्रोध प्रकट गर्छु, म तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्छु! अपवित्र कामको निम्ति म तिनीहरूलाई दण्ड दिन्छु। जुन तिनीहरूले गरे। यो सब तिनीहरूको दोष हो।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
31Therefore have I poured out my indignation on them; I have consumed them with the fire of my wrath: their own way have I brought on their heads, says the Lord Yahweh.