1देशबाट निकालिएको एघारौं वर्षको महीनाको पहिलो दिनमा, परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
1It happened in the eleventh year, in the first day of the month, that the word of Yahweh came to me, saying,
2“हे मानिसको छोरा, टायर यरूशलेमको विषयमा कराऊ। चाँडै गर! मानिसहरूको रक्षा गर्ने शहर-द्वार ध्वंश भयो। शहर-द्वार मेरो निम्ति खुल्ला छ। यरूशलेम ध्वंश भयो। यसकारण म यसको धेरै बहुमूल्य समानहरू लिन सक्छु।”‘
2Son of man, because Tyre has said against Jerusalem, Aha, she is broken: the gate of the peoples; she is turned to me; I shall be replenished, now that she is laid waste:
3यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “हे टायर म तिम्रो विरूद्धमा छु! म तिम्रो विरूद्धमा लड्नका निम्ति धेरै राष्ट्रहरू ल्याउँनेछु। त्यो समुद्र किनारमा छाल जस्तो घरी-घरी आउँनेछ।”
3therefore thus says the Lord Yahweh, Behold, I am against you, Tyre, and will cause many nations to come up against you, as the sea causes its waves to come up.
4परमेश्वरले भन्नुभयो, “शत्रुका सैनिकहरूले टायरको पर्खालहरू नष्ट पार्नेछन् अनि त्यसको खम्बाहरू लडाई दिनेछन्। म पनि त्यसको जमीनमाथिको भाग खुर्किनेछु। म टायरलाई चट्टानमा परिणत गर्नेछु।
4They shall destroy the walls of Tyre, and break down her towers: I will also scrape her dust from her, and make her a bare rock.
5टायर समुद्रको किनारमा माछा मार्ने ठाँउ मात्र हुनेछ। मैले यो भनेकोछु।” परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “टायर युद्धमा लुटिएको सामान झैं अन्य राष्ट्रहरूलाई दिइनेछ।
5She shall be a place for the spreading of nets in the midst of the sea; for I have spoken it, says the Lord Yahweh; and she shall become a spoil to the nations.
6मूल प्रदेशमा उसको छोरीहरू (सानो शहर) युद्धमा मारिनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।”
6Her daughters who are in the field shall be slain with the sword: and they shall know that I am Yahweh.
7परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म टायरको विरूद्धमा उत्तरबाट शत्रु ल्याउँनेछु। बाबेलको महान राजा नबूकदनेस्सर शत्रु हो। उसले एउटा विशाल सैनिक दल ल्याउनेछ, त्यसमा घोडा, रथ, घोडसवार सैनिकहरू, अनि धेरै धेरै संख्यामा अरू सैनिकहरू हुनेछन्। ती सैनिकहरू विभिन्न राष्ट्रका हुनेछन्।
7For thus says the Lord Yahweh: Behold, I will bring on Tyre Nebuchadnezzar king of Babylon, king of kings, from the north, with horses, and with chariots, and with horsemen, and a company, and many people.
8नबूकदनेस्सरले मूल-प्रदेशमा तिम्रो छोरीहरूलाई (सानो शहर) मार्नेछ। त्यसले तिम्रो शहरमा आक्रमण गर्नका निम्ति किल्ला बनाउँनेछ! त्यसले तिम्रो शहरको चारैतिर कच्चा सडकहरू बनाउनेछ। त्यसले पर्खाल सम्म पुग्ने एउटा कच्चा बाटो बनाउँनेछ।
8He shall kill your daughters in the field with the sword; and he shall make forts against you, and cast up a mound against you, and raise up the buckler against you.
9त्यसले तिम्रो पर्खालहरू भत्काउन काठको मूढाहरू लिएर आउँनेछ। तिम्रो किल्लाहरू भत्काउन उसले शक्तिशाली हतियारहरू उपयोग गर्नेछ।
9He shall set his battering engines against your walls, and with his axes he shall break down your towers.
10त्यसको घोडाहरूको संख्या यति ज्यादा हुनेछ कि तिनीहरूले उडाएको धूलोले तिमीलाई छोप्नेछ। जब बाबेलको राजा शहर द्वारबाट शहरमा प्रवेश गर्छन् तिम्रो पर्खालहरू घोडसवार सैनिकहरू, माल गाडीहरू अनि रथहरूको आवाजले हल्लिनेछन्। हो, त्यो तिम्रो शहरमा आउनेछ किनकि त्यसको पर्खाले भत्काइनेछ।
10By reason of the abundance of his horses their dust shall cover you: your walls shall shake at the noise of the horsemen, and of the wagons, and of the chariots, when he shall enter into your gates, as men enter into a city in which is made a breach.
11बाबेलको राजा तिम्रो शहरबाट घोडसवार गरेर निस्कनेछ। उसको घोडाको टापहरूले तिम्रो सबै सडकहरू कुल्चीमिल्ची पार्दै आउने छ। त्यसले तिम्रो मानिसहरूलाई तरवारले मार्नेछ। तिम्रो शहरको बलिया-बलिया खम्बाहरू जमीनमा ढल्नेछ।
11With the hoofs of his horses shall he tread down all your streets; he shall kill your people with the sword; and the pillars of your strength shall go down to the ground.
12नबूकदनेस्सरको सैनिकहरूले तिम्रो सम्पत्ति लिएर जानेछन्। तिनीहरूले ती चीचहरू लिएर जानेछन् जुन चीजहरू तिमी बेच्न चाहन्थ्यौ, त्यसले तिम्रो पर्खालहरू नष्ट पार्नेछ अनि तिम्रो राम्रो-राम्रो घरहरू नष्ट पारिदिनेछ। त्यसले तिम्रो ढुङ्गा र काठले बनिएको घरहरू काठ-पातसितै समुद्रमा फ्याँकिदिनेछ।
12They shall make a spoil of your riches, and make a prey of your merchandise; and they shall break down your walls, and destroy your pleasant houses; and they shall lay your stones and your timber and your dust in the midst of the waters.
13यस प्रकारले म तिम्रा खुशीका गीतहरूको स्वर बन्द गरिदिन्छु। भविष्यमा मानिसहरूले तिम्रो वीणाको स्वर सुन्ने छैनन्।
13I will cause the noise of your songs to cease; and the sound of your harps shall be no more heard.
14म तिमीलाई नाङ्गो चट्टानमा परिणत गरिदिनेछु। तिमी समुद्रको किनारमा माछाको जाल फैलाउने स्थान जस्तो मात्र हुनेछौ। तिमी फेरि कदाचित निर्माण हुने छैनौ। किनभने म परमप्रभुले यी कुराहरू भनें।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
14I will make you a bare rock; you shall be a place for the spreading of nets; you shall be built no more: for I Yahweh have spoken it, says the Lord Yahweh.
15परमप्रभु मेरो मालिक टायरसित यसो भन्नुहुन्छ, “तिम्रो पतनको आवाजले समुद्र किनारका भूमिहरू हल्लिनेछन्। यो त्यस बेला हुनेछ जब तिम्रो चोट लागेका मानिसहरूले कष्टको स्वर निकाल्नेछन अनि मर्छन्।
15Thus says the Lord Yahweh to Tyre: shall not the islands shake at the sound of your fall, when the wounded groan, when the slaughter is made in the midst of you?
16तब समुद्र किनारका देशहरूका सबै शासकहरू आफ्नो सिंहासनबाट उत्रेर आफ्नो दुख प्रकट गर्नेछन्। तिनीहरूले आफ्नो विशेष पोशाक फुकाल्छन्। तिनीहरूले आफ्नो सुन्दर लुगाहरू खोल्छन्। त्यसपछि तिनीहरूले तिनीहरूको काम्ने (पाटको) लुगा लगाउँछन्। तिनीहरू जमीनमा बस्छन् अनि डरले काम्छन्। तिनीहरू तिमी यति चाँडै ध्वंश भएकोमा आघात हुनेछन।
16Then all the princes of the sea shall come down from their thrones, and lay aside their robes, and strip off their embroidered garments: they shall clothe themselves with trembling; they shall sit on the ground, and shall tremble every moment, and be astonished at you.
17तिनीहरूले तिम्रो विषयमा विलाप गीत गाउँनेछन्। “‘हे टायर! तिमी प्रसिद्ध शहर थियौ। समुद्र पारिबाट मानिसहरू तिमीसित बस्नआए। तिमी प्रसिद्ध थियौ। तर अहिले तिमी केही छैनौ। तिमी समुद्रमा शक्तिशाली थियौ अनि त्यस्तै तिमीसित बस्ने मानिसहरू पनि बलिया थिए। तिमीले मुख्य भूमिमा बस्ने सबै मानिसहरूलाई भयभीत पार्यो।
17They shall take up a lamentation over you, and tell you, How you are destroyed, who were inhabited by seafaring men, the renowned city, who was strong in the sea, she and her inhabitants, who caused their terror to be on all who lived there!
18अब जुन दिन तिम्रो पतन हुन्छ समुद्र किनारमा भएको देश डरले काम्न थाल्छ। तिमीले समुद्र किनारको सहायताले कति उपनिवेश बनायौ जब तिमी रहँदैनौ तिनी भयभीत हुन्छन्।”‘
18Now shall the islands tremble in the day of your fall; yes, the islands that are in the sea shall be dismayed at your departure.
19परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “हे टायर म तिमीलाई नष्ट गर्छु अनि तिमी एउटा रित्तो शहर हुनेछौ। ती शहरहरूमा जस्तै त्यहाँ कोही पनि बस्ने छैन। म तिमीमाथि समुद्र बगाउँनेछु। ठूलो समुद्रले तिमीलाई छोप्नेछ।
19For thus says the Lord Yahweh: When I shall make you a desolate city, like the cities that are not inhabited; when I shall bring up the deep on you, and the great waters shall cover you;
20म तिमीलाई तल त्यो गहिरो पातालमा पठाईदिन्छु, जुन ठाँउमा मरेका मानिसहरूछन्। ती पहिले मरिसकेका मानिसहरूसँग तिमीले भेट गर्नेछौ। म तिमीहरूलाई ती सबै प्राचीन अनि खाली शहरहरू जस्तै पातालमा पठाउँछु। तिमीहरू ती मानिसहरूसँग रहनेछौ जो चिहानमा जान्छन् अनि त्यस बेला तिमीहरूसँग कोही पनि हुनेछैनन्। तिमी फेरि कहिल्यै जीवितहरूको देशमा बस्नेछैनौ!
20then will I bring you down with those who descend into the pit, to the people of old time, and will make you to dwell in the lower parts of the earth, in the places that are desolate of old, with those who go down to the pit, that you be not inhabited; and I will set glory in the land of the living:
21अरू मानिसहरू तिनीहरूसँग डराउँछन्। तिमीहरू निमिट्यान्न हुनेछौ। मानिसहरूले तिमीहरूको खोजी गर्नेछन्, तर तिमीहरूलाई फेरि कहिल्यै भेट्टाउने छैनन्!” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।
21I will make you a terror, and you shall no more have any being; though you are sought for, yet you will never be found again, says the Lord Yahweh.