1“हे मानिसको छोरो, मेरो निम्ति इस्राएलको पर्वतहरूसित भन। इस्राएलको पर्वतहरू परमप्रभुको वचन सुन भन।
1You, son of man, prophesy to the mountains of Israel, and say, You mountains of Israel, hear the word of Yahweh.
2तिनीहरूलाई भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिम्रो बारेमा यसो भन्यो हेर अब ती प्राचीन पर्वतहरू हाम्रो हुनेछन्।’
2Thus says the Lord Yahweh: Because the enemy has said against you, Aha! and, The ancient high places are ours in possession;
3“यसकारण मेरो लागि इस्राएलको पर्वतहरूलाई भन। भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिमीलाई उजाड बनायो। उनीहरूले तिमीलाई चारै तिरबाट कुल्चियो। उनीहरूले यस्तो गरे यसकारण तिमी अरू राष्ट्रको अधिकारमा गयौ। तब तिम्रो बारेमा मानिसहरूले कुरा अनि कानेखुसी गरे।”‘
3therefore prophesy, and say, Thus says the Lord Yahweh: Because, even because they have made you desolate, and swallowed you up on every side, that you might be a possession to the residue of the nations, and you are taken up in the lips of talkers, and the evil report of the people;
4यसकारण, हे इस्राएलका पर्वतहरू हो! परमप्रभु मेरा मालिकको वचन सुन। परमप्रभु मेरा मालिक पर्वतहरू, डाँडाहरू, धाराहरू, बेंसीहरू, खोल्साहरू, उजाड भएका भग्नावेशषहरू अनि छोडिएको शहरहरू जुन चारैतिरबाट अरू राष्ट्रहरूद्वारा लुटिएको अनि हाँसो उडाएको छ भन्छन्।
4therefore, you mountains of Israel, hear the word of the Lord Yahweh: Thus says the Lord Yahweh to the mountains and to the hills, to the watercourses and to the valleys, to the desolate wastes and to the cities that are forsaken, which are become a prey and derision to the residue of the nations that are all around;
5परमप्रभु मेरा मालिक भन्नुहुन्छ ‘म सबै बाँकी रहेका राष्ट्रहरू र सबै एदोमकाहरूको विरूद्ध मेरो तीव्र ईच्छा र अनुभव मेरो पक्षमा बोलोस् तिनीहरूले मेरो देश आफ्नो लागि लिए अनि त्यस समयमा तिनीहरूको हृदय खुशी थियो। तिनीहरूले मेरो भूमिलाई यति साह्रो घृणा गरे कि तिनीहरूले यसलाई लुटिनु पर्ने जग्गाको रूपमा हेरे।”
5therefore thus says the Lord Yahweh: Surely in the fire of my jealousy have I spoken against the residue of the nations, and against all Edom, that have appointed my land to themselves for a possession with the joy of all their heart, with despite of soul, to cast it out for a prey.
6“यसकारण, इस्राएल देशको विषयमा यसो भन। पर्वतहरू, पहाडहरू, खोलाहरू, अनि बेंसीहरूलाई यसो भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘म आफ्नो डाह अनि क्रोधलाई मेरो आफ्नो निम्ति बोल्न दिनेछु। किनभने यी राष्ट्रहरूबाट तिमीले अपमानको पीडा अनुभव गरेकाछौ।”‘
6Therefore prophesy concerning the land of Israel, and tell the mountains and to the hills, to the watercourses and to the valleys, Thus says the Lord Yahweh: Behold, I have spoken in my jealousy and in my wrath, because you have borne the shame of the nations:
7यसकरण, मेरो स्वामी परमप्रभु यसो भन्नुहुन्छ, “म प्रतिज्ञा गर्छु कि तिम्रो चारैतिरको राष्ट्रहरूले अपमानको कष्ट भोग्नेछन्।
7therefore thus says the Lord Yahweh: I have sworn, saying , Surely the nations that are around you, they shall bear their shame.
8“तर इस्राएलको पर्वतहरू, तिमीले तिम्रो रूखहरूलाई हाँगाहरू फैलाउनु अनि फलहरू इस्राएलकामेरो मानिसहरूका निम्ति फलाउनु पर्छ। मेरो मानिसहरू चाँडै आउँनेछन्।
8But you, mountains of Israel, you shall shoot forth your branches, and yield your fruit to my people Israel; for they are at hand to come.
9म तिमीसित छु। म तिमालाई सहायता गर्नेछु। मानिसहरूले तिम्रो जमीन जोत्नेछन्। बिऊ उमार्नेछन्।
9For, behold, I am for you, and I will turn into you, and you shall be tilled and sown;
10तिमीमाथि असंख्य मानिसहरू हुनेछन्। इस्राएलको सारा परिवार अनि सबै मानिसहरू त्यहाँ बस्नेछन्। शहरहरूमा मानिसहरू बस्नेछन्। नष्ट भएका नयाँ स्थान जस्तै बनाइनेछन्।
10and I will multiply men on you, all the house of Israel, even all of it; and the cities shall be inhabited, and the waste places shall be built;
11म तिमीलाई धेरै मानिसहरू अनि जनावरहरू दिनेछु। तिनीहरू बढनेछन् अनि त्यसका बच्चाहरू हुनेछन्। म पहिलो जस्तै मानिसहरू तिमीमा बस्नलाई ल्याउनेछु र तिम्रोलागि पहिले भन्दा अझ राम्रो गर्नेछु। तब तिमीले थाहा पाउनेछौ, म नै परमप्रभु हुँ।
11and I will multiply on you man and animal; and they shall increase and be fruitful; and I will cause you to be inhabited after your former estate, and will do better to you than at your beginnings: and you shall know that I am Yahweh.
12हो, म मेरो मानिस, इस्राएललाई तिम्रो जमीनमा डोह्रयाउनेछु। तिनीहरूले तिमीमाथि अधिकार गर्नेछन् अनि तिमी तिनीहरूका हुनेछौ। तिमीले तिनीहरूलाई फेरि कहिल्यै बाँझो देख्ने छैनौं।”
12Yes, I will cause men to walk on you, even my people Israel; and they shall possess you, and you shall be their inheritance, and you shall no more henceforth bereave them of children.
13परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “हे इस्राएल देशका मानिसहरू तिमीहरूसित नराम्रो प्रकारले बोल्छन्। उनीहरू भन्छन्, तिमीले आफ्नो मानिसहरू नष्ट पार्यौ। तिनीहरू भन्छन् कि तिमीले तिनीहरूका नानीहरू टाढा लिएर गयौ।
13Thus says the Lord Yahweh: Because they say to you, You are a devourer of men, and have been a bereaver of your nation;
14अब भविष्यमा तिमीले मानिसहरू नष्ट गर्नेछैनौ। तिमीले भविष्यमा नानीहरू टाढो लिएर जानेछैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो।
14therefore you shall devour men no more, neither bereave your nation any more, says the Lord Yahweh;
15“म ती अरू राष्ट्रहरूलाई तिमीलाई अझ अपमान गर्न दिनेछैन। तिमीहरू तिनीहरूद्वारा अवहेलित हुनेछौ। तिमीहरूले तिमीहरूको मानिसहरूलाई अब उसो नष्ट गर्ने छैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो।
15neither will I let you hear any more the shame of the nations, neither shall you bear the reproach of the peoples any more, neither shall you cause your nation to stumble any more, says the Lord Yahweh.
16त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
16Moreover the word of Yahweh came to me, saying,
17“हे मानिसको छोरो! इस्राएलको परिवार आफ्नो देशमा बसेका थिए। मेरो लागि तिनीहरू रजस्वला भएका स्त्रीहरू जस्तै थिए। तिनीहरूको दुष्ट कामहरूको कारण अशुद्ध भए।
17Son of man, when the house of Israel lived in their own land, they defiled it by their way and by their doings: their way before me was as the uncleanness of a woman in her impurity.
18तिनीहरूले जब त्यो देशमा मानिसहरूको हत्या गरे, त्यस जमीनमाथि रगत फैलाए। उनीहरूले आफ्नो मूर्तिहरूले देश मैला बनाए। यसकारण मैले तिनीहरूलाई देखाँए कि म कति क्रोधित थिएँ।
18Therefore I poured out my wrath on them for the blood which they had poured out on the land, and because they had defiled it with their idols;
19मैले उनीहरूलाई राष्ट्रहरूमा तितर-बितर पारें अनि सबै देशमा फैलाएँ। मैले उनीहरूलाई त्यही दण्ड त्यस कामको लागि दिए जुन उनीहरूले गरेका थिए।
19and I scattered them among the nations, and they were dispersed through the countries: according to their way and according to their doings I judged them.
20उनीहरू ती राष्ट्रहरूमा गए अनि ती देशहरूमा उनीहरूले मेरो बदनाम गरे। कसरी? त्यहाँ राष्ट्रहरूले उनीहरूको विषयमा कुरा गरे। तिनीहरूले भने, ‘ती परमप्रभुका मानिसहरू हुन् तर तिनीहरूले उहाँको भूमि छोडनु पर्यो।’
20When they came to the nations, where they went, they profaned my holy name; in that men said of them, These are the people of Yahweh, and are gone forth out of his land.
21“इस्राएलका मानिसहरूले मेरो पवित्र नाम सबै तिर बदनाम गरे। मैले आफ्नो नामका निम्ति दुख अनुभव गरे।
21But I had respect for my holy name, which the house of Israel had profaned among the nations, where they went.
22यसकारण इस्राएलका घरानालाई भन कि परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलका घराना हो, तिमी जहाँ पनि गयौ मेरो पवित्र नामको बद्नाम गर्यौ। अब म केही गर्न गइरहेछु। म यो तिम्रो निम्ति गर्दिनँ। इस्राएल, म यो आफ्नो पवित्र नामको खातिर गर्नेछु।
22Therefore tell the house of Israel, Thus says the Lord Yahweh: I don’t do this for your sake, house of Israel, but for my holy name, which you have profaned among the nations, where you went.
23म ती राष्ट्रहरूलाई देखाउँछु कि मेरो महान नाम साँच्चै पवित्र छ। तब ती राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।”‘ परमप्रभु मेरा मालिकले यसो भन्नु भएको थियो।
23I will sanctify my great name, which has been profaned among the nations, which you have profaned in their midst; and the nations shall know that I am Yahweh, says the Lord Yahweh, when I shall be sanctified in you before their eyes.
24परमेश्वरले भन्नुभयो, “म तिमीलाई ती राष्ट्रहरूबाट बाहिर निकालेर एकै ठाँउमा जम्मा गर्छु अनि तिमीलाई तिम्रो आफ्नो देशमा ल्याउँछु।
24For I will take you from among the nations, and gather you out of all the countries, and will bring you into your own land.
25त्यसपछि म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु अनि तिमीहरूलाई शुद्ध पार्छु। म तिमीहरूका सारा अशुद्धिहरू धुन्छु अनि ती घृणित मूर्तिहरूबाट उत्पन्न अशुद्धिहरू धुन्छु।”
25I will sprinkle clean water on you, and you shall be clean: from all your filthiness, and from all your idols, will I cleanse you.
26परमेश्वरदले भन्नुभयो, “म तिमीहरूमा एउटा नयाँ आत्मा पनि भर्छु अनि तिम्रो सोचाई पनि बद्लि गरिदिन्छु। म तिम्रो शरीरबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिन्छु।
26I will also give you a new heart, and I will put a new spirit within you; and I will take away the stony heart out of your flesh, and I will give you a heart of flesh.
27म तिमीहरूभित्र मेरो आत्मा हालिदिनेछु। म तिमीलाई बद्ली गर्छु जसद्वारा तिमी मेरो विधिहरू पालन गर्नेछौ। तिमी सावधानीसित मेरो नियमहरूको पालन गर्नेछौ।
27I will put my Spirit within you, and cause you to walk in my statutes, and you shall keep my ordinances, and do them.
28त्यसपछि तिमी त्यो देशमा बस्ने छौ जुन मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तिमीहरू मेरो प्रजा हुनेछौ अनि म तिमीहरू परमेश्वर हुनेछु।”
28You shall dwell in the land that I gave to your fathers; and you shall be my people, and I will be your God.
29परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई बचाउँछु अनि तिमीहरूलाई अशुद्ध हुनबाट पनि जोगाउँछु। म अन्नलाई उम्रनको लागि आज्ञा दिन्छु। म तिमीहरूको विरूद्ध अनिकाल ल्याउँने छैन।
29I will save you from all your uncleanness: and I will call for the grain, and will multiply it, and lay no famine on you.
30म तिमीहरूको रूखहरूमा ज्यादा भन्दा ज्यादा फल अनि खेतमा धेरै अन्न उमारिदिन्छु। त्यसपछि तिमी अरू देश झैं भोकै बस्ने लाज फेरि कहिल्यै अनुभव गर्नेछैनौ।
30I will multiply the fruit of the tree, and the increase of the field, that you may receive no more the reproach of famine among the nations.
31तिमीहरूले त्यो नराम्रो काम याद गर्नेछौ जुन तिमीहरूले गर्यौ, तिमीहरूले याद गर्नेछौ त्यो काम राम्रो थिएन। त्यसपछि तिमीहरू आफ्नो पापहरू अनि जुन डरलाग्दा काम गर्यौ त्यसको लागि तिमी स्वंय आफूलाई घृणा गर्नेछौ।”
31Then you shall remember your evil ways, and your doings that were not good; and you shall loathe yourselves in your own sight for your iniquities and for your abominations.
32परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म चाहन्छु कि तिमी यो याद राख मैले तिमीहरूको भलाईका निम्ति यो काम गरेको होइन। म त्यो आफ्नो राम्रो नामको निम्ति गर्दैछु। इस्राएलको परिवार, तिमीहरू आफ्नो बस्ने ढुङ्गमा लज्जित अनि व्याकुल हुनु पर्ने।”
32Nor for your sake do I this, says the Lord Yahweh, be it known to you: be ashamed and confounded for your ways, house of Israel.
33परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “जुन दिन म तिमीहरूका सबै पापहरूबाट तिमीहरूलाई शुद्ध पार्छु। म मानिसहरूलाई फेरि तिमीहरूको शहरहरूमा ल्याउँछु, यो नष्ट भएको शहरहरू फेरि बनाइनेछन्।
33Thus says the Lord Yahweh: In the day that I cleanse you from all your iniquities, I will cause the cities to be inhabited, and the waste places shall be built.
34उजाड भएको जमीन फेरि जोतिनेछ। यहाँबाट भएर जाने प्रत्येकलाई यो सर्वनाशको थुप्रो देखाइने छैन।
34The land that was desolate shall be tilled, whereas it was a desolation in the sight of all who passed by.
35उनीहरूले भन्नेछन्, ‘बितेको दिनमा यो देश नष्ट भएको थियो। तर अब यो अदनको बगैंचा जस्तो भएकोछ। त्यो सर्वनाश अनि उजाड थियो, तर अब त्यो सुरक्षित भयो अनि त्यसमा मानिसहरू बस्छन्।”‘
35They shall say, This land that was desolate has become like the garden of Eden; and the waste and desolate and ruined cities are fortified and inhabited.
36परमेश्वरले भन्नुभयो, “तब तिमीहरूको चारैतिरको राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ अनि म फेरि ती स्थानहरू पूनःर्निर्माण गर्नेछु। मैले भूमिहरूमा रूखहरू रोपें जुन चाहिँ उजाड थियो। म परमप्रभु हुँ। मैले यी सबै भनें अनि मैले सबै गरें।”
36Then the nations that are left around you shall know that I, Yahweh, have built the ruined places, and planted that which was desolate: I, Yahweh, have spoken it, and I will do it.
37परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छु “म यो पनि चाहन्छु कि इस्राएलको घरानाकहाँ आवोस अनि यी कुराहरू तिनीहरूका निम्ति मागुन्। म तिनीहरूलाई असंख्य मानिसहरू बनाउँछु। तिनीहरू भेडाको बगालहरू जस्तै हुन्छन्।
37Thus says the Lord Yahweh: For this, moreover, will I be inquired of by the house of Israel, to do it for them: I will increase them with men like a flock.
38यरूशलेममा विशेष चाडहरूको अवसरमा पवित्र बनाएको भेडा अनि बाख्राहरू भरिने छ। यस्तै प्रकारले शहरहरू अनि नष्ट भएका भूमिहरू मानिसको भीडले भरिन्छ। त्यतिबेला मानिसहरूले सम्झनेछन् म परमप्रभु हुँ।”
38As the flock for sacrifice, as the flock of Jerusalem in her appointed feasts, so shall the waste cities be filled with flocks of men; and they shall know that I am Yahweh.