Nepali

World English Bible

Genesis

13

1अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसंग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे।
1Abram went up out of Egypt: he, his wife, all that he had, and Lot with him, into the South.
2यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।
2Abram was very rich in livestock, in silver, and in gold.
3अब्रामले नेगेब पार गरे अनि बेतेल गए अनि त्यो स्थान बेतेल अनि ऐ शहरहरूको बीचमा आइपुगे।
3He went on his journeys from the South even to Bethel, to the place where his tent had been at the beginning, between Bethel and Ai,
4त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे। अब्राम अनि लूत छुट्टीए
4to the place of the altar, which he had made there at the first. There Abram called on the name of Yahweh.
5त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसंग पनि पशुहरू र पालहरू धेरै नै थिए।
5Lot also, who went with Abram, had flocks, and herds, and tents.
6अब्राम र लूतसित यति धेरै पशुहरू र सरसमानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ संगै बस्न असम्भव भयो।
6The land was not able to bear them, that they might live together: for their substance was great, so that they could not live together.
7त्यसै समयमा त्यस भूमिमा कनानी परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासंग झगडा गर्न थाले।
7There was a strife between the herdsmen of Abram’s livestock and the herdsmen of Lot’s livestock: and the Canaanite and the Perizzite lived in the land at that time.
8यसर्थ अब्रामले लूतलाई भने, “हामीहरू सबै दाज्यू-भाइहरू हौ, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा हुनु हुँदैन।
8Abram said to Lot, “Please, let there be no strife between me and you, and between my herdsmen and your herdsmen; for we are relatives.
9हामी अलग-अलग बसौं र तँ आफ्नो इच्छा अनुसार ठाउँ रोज, यदि तँ देब्रेतिर गइस् भने म दाहिने तिर जानेछु र यदि तँ दाहिनेतिर गइस् भने म देब्रेतिर जानेछु।”
9Isn’t the whole land before you? Please separate yourself from me. If you go to the left hand, then I will go to the right. Or if you go to the right hand, then I will go to the left.”
10लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।)
10Lot lifted up his eyes, and saw all the plain of the Jordan, that it was well-watered everywhere, before Yahweh destroyed Sodom and Gomorrah, like the garden of Yahweh, like the land of Egypt, as you go to Zoar.
11यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे।
11So Lot chose the Plain of the Jordan for himself. Lot traveled east, and they separated themselves the one from the other.
12अब्राम कनान भूमिमा रहे भने लूत बेंसीको शहरहरूमाझ बसे। लूत सदोमतिर निकै पर दक्षिणपट्टी गए अनि त्यही आफ्नो पाल बनाए।
12Abram lived in the land of Canaan, and Lot lived in the cities of the plain, and moved his tent as far as Sodom.
13सदोमका मानिसहरू परमप्रभुको नजरमा अत्यन्तै दुष्ट थिए।
13Now the men of Sodom were exceedingly wicked and sinners against Yahweh.
14लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर।
14Yahweh said to Abram, after Lot was separated from him, “Now, lift up your eyes, and look from the place where you are, northward and southward and eastward and westward,
15किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ।
15for all the land which you see, I will give to you, and to your offspring forever.
16म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन।
16I will make your offspring as the dust of the earth, so that if a man can number the dust of the earth, then your seed may also be numbered.
17यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।”
17Arise, walk through the land in its length and in its breadth; for I will give it to you.”
18यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरु भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।
18Abram moved his tent, and came and lived by the oaks of Mamre, which are in Hebron, and built an altar there to Yahweh.