Nepali

World English Bible

Genesis

21

1परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो।
1Yahweh visited Sarah as he had said, and Yahweh did to Sarah as he had spoken.
2सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो।
2Sarah conceived, and bore Abraham a son in his old age, at the set time of which God had spoken to him.
3साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे।
3Abraham called his son who was born to him, whom Sarah bore to him, Isaac.
4परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए।
4Abraham circumcised his son, Isaac, when he was eight days old, as God had commanded him.
5अब्राहाम एक सय वर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो।
5Abraham was one hundred years old when his son, Isaac, was born to him.
6अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ।
6Sarah said, “God has made me laugh. Everyone who hears will laugh with me.”
7कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।”
7She said, “Who would have said to Abraham, that Sarah would nurse children? For I have borne him a son in his old age.”
8इसहाक लगातर बढी रह्यो र चाँडै खँदिलो खाना खान शुरू गर्ने भयो। यसर्थ अब्राहामले एउटा ठूलो भोज खुवाए।
8The child grew, and was weaned. Abraham made a great feast on the day that Isaac was weaned.
9एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्।
9Sarah saw the son of Hagar the Egyptian, whom she had borne to Abraham, mocking.
10साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”
10Therefore she said to Abraham, “Cast out this handmaid and her son! For the son of this handmaid will not be heir with my son, Isaac.”
11यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए।
11The thing was very grievous in Abraham’s sight on account of his son.
12तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ।
12God said to Abraham, “Don’t let it be grievous in your sight because of the boy, and because of your handmaid. In all that Sarah says to you, listen to her voice. For from Isaac will your seed be called.
13तर म तिम्रो कमारी स्त्रीको छोरालाई पनि आशीर्वाद दिनेछु। उ पनि तिम्रो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।”
13I will also make a nation of the son of the handmaid, because he is your seed.”
14अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरूभूमिमा यता उता घुमी हिंड्न थालिन्।
14Abraham rose up early in the morning, and took bread and a bottle of water, and gave it to Hagar, putting it on her shoulder; and gave her the child, and sent her away. She departed, and wandered in the wilderness of Beersheba.
15केही समयपछि मशकको पानी सिद्धियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्।
15The water in the bottle was spent, and she cast the child under one of the shrubs.
16तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्।
16She went and sat down opposite him, a good way off, about a bow shot away. For she said, “Don’t let me see the death of the child.” She sat over against him, and lifted up her voice, and wept.
17परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो।
17God heard the voice of the boy. The angel of God called to Hagar out of the sky, and said to her, “What ails you, Hagar? Don’t be afraid. For God has heard the voice of the boy where he is.
18जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सगँ-संगै हिंडाऊ। म उसलाई धेरै धेरै मानिसहरूको पिता बनाउनेछु।”
18Get up, lift up the boy, and hold him in your hand. For I will make him a great nation.”
19परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कूवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्।
19God opened her eyes, and she saw a well of water. She went, filled the bottle with water, and gave the boy drink.
20जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसंग नै रहनु भयो। इश्माएल मरूभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो।
20God was with the boy, and he grew. He lived in the wilderness, and became, as he grew up, an archer.
21उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरूभूमिमा बसो-बास गर्न थाल्यो।
21He lived in the wilderness of Paran. His mother took a wife for him out of the land of Egypt.
22त्यही समय अबीमेलेक र उसको सेनापतिले अब्राहामसित कुरा गरे। तिनीहरूले अब्राहामलाई भने, “तिमी जे पनि गर्छौ परमेश्वरले तिमीलाई सघाउनु हुन्छ।
22It happened at that time, that Abimelech and Phicol the captain of his army spoke to Abraham, saying, “God is with you in all that you do.
23यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।”
23Now, therefore, swear to me here by God that you will not deal falsely with me, nor with my son, nor with my son’s son. But according to the kindness that I have done to you, you shall do to me, and to the land in which you have lived as a foreigner.”
24अब्राहामले भने, “म शपथ दिन्छु तिमीले मसित जस्तो व्यवहार गरेका छौ त्यही व्यवहार म पनि तिमीसित गर्नेछु।”
24Abraham said, “I will swear.”
25तब अब्राहामले अबीमेलेकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलेकका नोकरहरूले एउटा पानीको कूवा खोसेका थिए।
25Abraham complained to Abimelech because of a water well, which Abimelech’s servants had violently taken away.
26तर अबीमेलेकले भने, “म जान्दिन कसले यस्तो काम गर्यो, तिमीले यस विषयमा मलाई भनेका थिएनौ, नत्र मैले आज भन्दा पहिला नै थाहा पाएँ।”
26Abimelech said, “I don’t know who has done this thing. You didn’t tell me, neither did I hear of it, until today.”
27यसकारण अब्राहाम र अबीमेलेकले एउटा सम्झौता गरे। यस सम्झौताको चिन्ह स्वरूप अब्राहामले अबीमेलेकलाई केही भेडाहरू र गाई वस्तुहरू दिए।
27Abraham took sheep and cattle, and gave them to Abimelech. Those two made a covenant.
28अब्राहामले सातवटा पाठी अबीमेलेकअघि राखि दिए।
28Abraham set seven ewe lambs of the flock by themselves.
29अबीमेलेकले अब्राहामलाई सोधे, “तिमीले यी सातओटा पाठीहरू चाँहि किन अलग्गै राखेका छौ?”
29Abimelech said to Abraham, “What do these seven ewe lambs which you have set by themselves mean?”
30अब्राहामले भने, “जब तिमीले मबाट यी सातवटा पाठीहरू लिन्छौ तब यो प्रमाण हुन्छ त्यो कूवा मैले खनाएको हो।”
30He said, “You shall take these seven ewe lambs from my hand, that it may be a witness to me, that I have dug this well.”
31यसकारण यस घटनापछि त्यस कूवाको नाउँ बर्शेबा भयो। तिनीहरूले यस कूवाको नाउँ यस्तो राखे किन भने यस भूमिमा जहाँ तिनीहरूले एक अर्कालाई वचन दिएका थिए।
31Therefore he called that place Beersheba, because they both swore there.
32यस प्रकारले अब्राहाम र अबीमेलेकले बर्शेबामा सम्झौता गरेका थिए। त्यसपछि अबीमेलेक अनि उनको सेनापति पलिश्तीहरूको देशतिर फर्किए।
32So they made a covenant at Beersheba. Abimelech rose up with Phicol, the captain of his army, and they returned into the land of the Philistines.
33अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो संधै जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे। 34अनि अब्राहाम बाहिरको मानिस जस्तो भएर धेरै वर्षसम्म पलिश्तीहरूको देशमा बसे।
33Abraham planted a tamarisk tree in Beersheba, and called there on the name of Yahweh, the Everlasting God.
34[This verse may not be a part of this translation]
34Abraham lived as a foreigner in the land of the Philistines many days.