1तब याकूबले आफ्नो यात्रा जारी नै राख्यो। त्यो पूर्व तिरको प्रान्तमा गए।
1Then Jacob went on his journey, and came to the land of the children of the east.
2याकूबले हेर्यो अनि उनले मैदानमा एउटा कूवा देख्यो। त्यहाँ त्यो कूवाको छेउमा तीन बगाल भेडाहरू बसिरहेका थिए। ती भेडाहरूले त्यस कूवामा पानी खान्थे। त्यहाँ एउटा ठूलो ढुङ्गाले त्यो कूवालाई ढाकेको थियो।
2He looked, and behold, a well in the field, and, behold, three flocks of sheep lying there by it. For out of that well they watered the flocks. The stone on the well’s mouth was large.
3जब सबै भेडाहरू त्यहाँ भेला हुन्थे गोठालाहरूले त्यो कूवा माथिको ढुङ्गा पल्टाई दिन्थे। त्यसपछि सबै भेडाहरूले पानी खान्थे र फेरि ती गोठालाहरूले त्यो ढुङ्गाले कूवा छोपिदिन्थे।
3There all the flocks were gathered. They rolled the stone from the well’s mouth, and watered the sheep, and put the stone again on the well’s mouth in its place.
4याकूबले त्यस गोठालाहरूलाई भने, “हे मेराभाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले उत्तर दिए, “हामी हारानका हौं।”
4Jacob said to them, “My relatives, where are you from?” They said, “We are from Haran.”
5फेरि याकूबले भने, “के तिमीहरूले नाहोरको लाबानलाई चिन्छौ?” गोठालाहरूले उत्तर दिए, “अँ हामी तिनलाई चिन्छौं। “
5He said to them, “Do you know Laban, the son of Nahor?” They said, “We know him.”
6तब याकूबले भने, तिनी कुशलै त होलान्?” तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेडाहरू लिएर आइरहेकीछिन्।”
6He said to them, “Is it well with him?” They said, “It is well. See, Rachel, his daughter, is coming with the sheep.”
7याकूबले भने, “हेर, अहिले दिउँसो नै छ अनि घाम डुब्नु अझै घेरै समय बाँकी नै छ। अझै, रात पर्छ भनेर तिम्रो लागि भेडाहरू जम्मा गर्ने समय भएको छैन। यसर्थ ती भेडाहरूलाई पानी खान देऊ अनि चर्न मैदानमा जान देऊ।”
7He said, “Behold, it is still the middle of the day, not time to gather the livestock together. Water the sheep, and go and feed them.”
8तर ती भेडा गोठालाहरूले भने, “जबसम्म सबै भेडाहरू भेला हुँदैनन् हामी त्यसो गर्न सक्तैनौं। भेडाहरू भेला भइसकेपछि मात्र हामी कूवाबाट ढुङ्गा पल्टाउँछौं र भेडाहरूले पानी खान्छन्।”
8They said, “We can’t, until all the flocks are gathered together, and they roll the stone from the well’s mouth. Then we water the sheep.”
9याकूब भेडा गोठालाहरूसित कुरा गरीरहेको बेला नै राहेल आफ्नो बाबुका भेडाहरू लिएर आई। (आफ्नो बाबुका भेडाहरूको हेरचाह गर्ने काम राहेलको थियो।)
9While he was yet speaking with them, Rachel came with her father’s sheep, for she kept them.
10राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्। जब याकूबले राहेललाई देख्यो, तिनी गए अनि कूवाबाट ढुङ्गा पल्टाएर भेडाहरूलाई पानी खान दियो।
10It happened, when Jacob saw Rachel the daughter of Laban, his mother’s brother, and the sheep of Laban, his mother’s brother, that Jacob went near, and rolled the stone from the well’s mouth, and watered the flock of Laban his mother’s brother.
11त्यसपछि उनले राहेललाई चुम्बन गर्यो अनि रोयो।
11Jacob kissed Rachel, and lifted up his voice, and wept.
12याकूबले उसलाई बतायो त्यो उसको बाबुको परिवारबाट जन्मेको हो। उनले आफूलाई रिबेकाको छोरो भनी चिनायो। यसर्थ राहेल घरतिर दौडिन् अनि आफ्नो बाबुलाई भनिन्।
12Jacob told Rachel that he was her father’s brother, and that he was Rebekah’s son. She ran and told her father.
13लाबानले आफ्नी बहिनीको छोरोको विषयमा सुने। यसर्थ लाबान उसलाई भेट्न हिंड्यो। लाबानले उसलाई जोडले अँगाल्यो, चुम्यो अनि घरमा लिएर गए। याकूबले के भएको थियो सम्पूर्ण घटनाको विवरण दियो।
13It happened, when Laban heard the news of Jacob, his sister’s son, that he ran to meet Jacob, and embraced him, and kissed him, and brought him to his house. Jacob told Laban all these things.
14त्यसपछि लाबानले भने, “यो आश्चर्य हो! तिमी हाम्रो आफ्नै परिवारको रहेछौ।” यसकारण याकूब त्यहाँ एक महिना बस्यो।
14Laban said to him, “Surely you are my bone and my flesh.” He lived with him for a month.
15एक दिन लाबानले याकूबलाई भने, “तिमी मेरो घरमा बिना तलब काम गर्न उचित होइन कारण तिमी आफन्त हौ, तर कमारा होइनौ मैले तिमीलाई के दिनु पर्छ?”
15Laban said to Jacob, “Because you are my brother, should you therefore serve me for nothing? Tell me, what will your wages be?”
16लाबानकी दुईवटी छोरीहरू थिए। जेठीको नाउँ लेआ अनि सानी चाँहि राहेल थिइन्।
16Laban had two daughters. The name of the elder was Leah, and the name of the younger was Rachel.
17लेआका आँखाहरू सुन्दर थिए तर राहेल मनमोहक र सुन्दरी थिइन्।
17Leah’s eyes were weak, but Rachel was beautiful in form and attractive.
18याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात वर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।”
18Jacob loved Rachel. He said, “I will serve you seven years for Rachel, your younger daughter.”
19लाबानले भने, “अरू मानिससित विवाह गर्नुभन्दा तिमीसितै विवाह गर्नु उसको निम्ति राम्रो हुनेछ। यसर्थ मसित बस।”
19Laban said, “It is better that I give her to you, than that I should give her to another man. Stay with me.”
20याकूबले सात वर्षसम्म लाबानको सेवा गर्यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात वर्ष समय बिताउन केही गाह्रो परेन।
20Jacob served seven years for Rachel. They seemed to him but a few days, for the love he had for her.
21सात वर्ष सेवा गरेपछि याकूबले लाबानलाई भने, “राहेललाई मलाई दिनुहोस् म उसलाई विवाह गर्न सकुँ। मैले तपाईंलाई गर्नु पर्ने सेवाको अवधि-शेष भयो।”
21Jacob said to Laban, “Give me my wife, for my days are fulfilled, that I may go in to her.”
22यसर्थ त्यस ठाउँको सबै मानिसहरूको लागि लाबानले भोज गराए अनि
22Laban gathered together all the men of the place, and made a feast.
23त्यस रात उनकी छोरी लेआ याकूबलाई दिए। याकूब र लेआले त्यस रात सहवास गरे।
23It happened in the evening, that he took Leah his daughter, and brought her to him. He went in to her.
24(लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारीको रूपमा दिए।)
24Laban gave Zilpah his handmaid to his daughter Leah for a handmaid.
25बिहान याकूबले चाल पायो राती ऊसित सुत्ने स्त्री लेआ थिइन्। याकूबले लाबानलाई भने, “तपाईंले मलाई किन झुक्याउनु भयो। मैले तपाईंको धेरै सेवा गरें जसले गर्दा म राहेललाई विवाह गर्न पाऊँ। तपाईंले मलाई किन झुक्याउनु भयो?”
25It happened in the morning that, behold, it was Leah. He said to Laban, “What is this you have done to me? Didn’t I serve with you for Rachel? Why then have you deceived me?”
26लाबानले भने, “हाम्रो देशमा हामी जेठी छोरीको विवाह नभई सानीको विवाह हुन दिंदैनौं।
26Laban said, “It is not done so in our place, to give the younger before the firstborn.
27विवाह-भोजको हप्ताहभरि उसित बस अनि तिमीलाई राहेलसित पनि विवाह गर्ने अनुमति दिन्छु। तर तिमीले अझै सात वर्ष मेरो सेवा गर्नु पर्छ।”
27Fulfill the week of this one, and we will give you the other also for the service which you will serve with me yet seven other years.”
28यसर्थ याकूबले त्यसै गरे र एक हप्ता पूरा भयो। तब लाबानले आफ्नो छोरी राहेललाई पनि याकूबको पत्नीको रूपमा दिए।
28Jacob did so, and fulfilled her week. He gave him Rachel his daughter as wife.
29(लाबानले आफ्नी कमारी बिलहालाई आफ्नी छोरी राहेलकी कमारीको रूपमा दिए)।
29Laban gave to Rachel his daughter Bilhah, his handmaid, to be her handmaid.
30यसर्थ याकूबले राहेलसित पनि सहवास गरे अनि उनले लेआलाई भन्दाराहेललाई बढी प्रेम गर्थे उनले लाबानको निम्ति अरू सात साल सेवा गरे।
30He went in also to Rachel, and he loved also Rachel more than Leah, and served with him yet seven other years.
31परमप्रभुले जान्नु हुन्थयो, याकूबले राहेललाई लेआ भन्दाबेशी माया गर्थे। यसर्थ परमप्रभुले लेआलाई एउटा नानी जन्माउन सक्ने योग्य बनाउनु भयो तर राहेल बाँझी रहिन्।
31Yahweh saw that Leah was hated, and he opened her womb, but Rachel was barren.
32लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखीन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।”
32Leah conceived, and bore a son, and she named him Reuben. For she said, “Because Yahweh has looked at my affliction. For now my husband will love me.”
33लेआ फेरि गर्भवती भइन् अनि अर्को छोरो जन्माईन्। उनले त्यस छोरोको नाउँ शिमोन राखीन्। लेआले भनीन्, “परमप्रभुले सुन्नु भयो मैले प्रेम पाइन, यसर्थ उहाँले यो छोरो दिनुभयो।”
33She conceived again, and bore a son, and said, “Because Yahweh has heard that I am hated, he has therefore given me this son also.” She named him Simeon.
34लेआ फेरि गर्भवती भई र छोरो जन्माई। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निश्चय मेरा पतिले मलाई प्रेम गर्नेछन्। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।”
34She conceived again, and bore a son. Said, “Now this time will my husband be joined to me, because I have borne him three sons.” Therefore his name was called Levi.
35त्यसपछि लेआले अझ अर्को छोरो जन्माई र उसको नाउँ यहुदा राखी। लेआले चौथो छोरोको नाउँ यहूदा राखीन् कारण उनले भनीन्, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।”
35She conceived again, and bore a son. She said, “This time will I praise Yahweh.” Therefore she named him Judah. Then she stopped bearing.