Nepali

World English Bible

Genesis

32

1याकूबले पनि त्यो ठाउँ छोड्‌यो। जब ऊ यात्रा गरिरहेको थियो उनले परमेश्वरको स्वर्गदूतहरूलाई देख्यो।
1Jacob went on his way, and the angels of God met him.
2जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ ‘महनोम’ राख्यो।
2When he saw them, Jacob said, “This is God’s army.” He called the name of that place Mahanaim.
3याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो।
3Jacob sent messengers in front of him to Esau, his brother, to the land of Seir, the field of Edom.
4याकूबले आफ्ना दूतहरूलाई भन्यो, “यी कुराहरू मेरा मालिक एसावलाई भन। ‘तपाईंका सेवक याकूब भन्छन्, म लाबानसँग याति लामो समय सम्म बसिरहेकोछु।
4He commanded them, saying, “This is what you shall tell my lord, Esau: ‘This is what your servant, Jacob, says. I have lived as a foreigner with Laban, and stayed until now.
5मसित गाई, गधा, भेडाहरू र नोकर-नोकर्नी छन्। महाशय, तपाईंले हामीलाई ग्रहण गर्नु होस् भनी यो समाचार पठाउँदैछु।”‘
5I have cattle, donkeys, flocks, male servants, and female servants. I have sent to tell my lord, that I may find favor in your sight.’”
6ती दूतहरू याकूबकहाँ फर्केर आए अनि भने, “हामी तपाईंका दाज्यू एसावकहाँ गयौं। उनी तपाईंलाई भेट्न चार सय मानिसहरू सहित आउँदैछन्।”
6The messengers returned to Jacob, saying, “We came to your brother Esau. Not only that, but he comes to meet you, and four hundred men with him.”
7त्यस समाचारले याकूबलाई आतंकित बनायो। उनले आफूसित भएका मानिसहरूलाई दुई भागमा बाँड्यो। उनले गाई-वस्तु, भेडा बाख्राहरू र ऊँटहरू दुई भाग पार्यो।
7Then Jacob was greatly afraid and was distressed. He divided the people who were with him, and the flocks, and the herds, and the camels, into two companies;
8याकूबले सोच्यो, “एसाव आएर ध्वंश पारे पनि एक भाग चाँहि भागेर बाँच्न सक्छ।”
8and he said, “If Esau comes to the one company, and strikes it, then the company which is left will escape.”
9याकूबले भने, “हे मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर! परमप्रभु तपाईंले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईंले भन्नुभयो तपाईंले मलाई राम्रो गर्नु हुनेछ।
9Jacob said, “God of my father Abraham, and God of my father Isaac, Yahweh, who said to me, ‘Return to your country, and to your relatives, and I will do you good,’
10तपाईं मेरो निम्ति अति दयालु हुनु हुन्छ। अनि तपाईंले मेरो निम्ति धेरै असल कार्यहरू गर्नु भएको छ। म पहिलो चोटी यर्दन नदी पारी यात्रा गर्दा मसँग टेक्ने लट्ठी बाहेक केही थिएन। तर अहिले मसित यति धेरै चीजहरू छन् म ती चीजहरू दुइ भागमा बाँड्न सक्छु।
10I am not worthy of the least of all the loving kindnesses, and of all the truth, which you have shown to your servant; for with just my staff I passed over this Jordan; and now I have become two companies.
11म तपाईंसित प्रार्थना गर्छु कृपा गरेर मलाई मेरो दाज्यू एसावबाट बचाउनु होस्। म ऊसित डराएको छु। किनभने ऊ आउँछ अनि मलाई मार्नेछ, उनले नानीहरूको आमा तथा नानीहरू पनि मार्नेछ।
11Please deliver me from the hand of my brother, from the hand of Esau: for I fear him, lest he come and strike me, and the mothers with the children.
12तर तपाईं आफैले भन्नुभयो, ‘म निश्चय नै तिम्रो उन्नति गराउने छु अनि तिम्रा सन्तानहरू संख्यामा यति धेरै बनाउने छु तिनीहरू समुद्रको बालुकाका कणभन्दा बढी हुनेछन् अनि तिनीहरूलाई गन्ती गर्न सकिन्न।”‘
12You said, ‘I will surely do you good, and make your seed as the sand of the sea, which can’t be numbered because there are so many.’”
13अनि याकूबले त्यो रात त्यही बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो।
13He lodged there that night, and took from that which he had with him, a present for Esau, his brother:
14[This verse may not be a part of this translation]
14two hundred female goats and twenty male goats, two hundred ewes and twenty rams,
15[This verse may not be a part of this translation]
15thirty milk camels and their colts, forty cows, ten bulls, twenty female donkeys and ten foals.
16याकूबले प्रत्येक बथान पशुहरू आफ्नो नोकरहरूलाई दियो। तब उनले नोकरहरूलाई भने, “पशुहरूको प्रत्येक हुललाई छुट्‌याऊ। मभन्दा अघि जाऊ अनि प्रत्येक हुलको बीचमा केही दूरी होस्।”
16He delivered them into the hands of his servants, every herd by itself, and said to his servants, “Pass over before me, and put a space between herd and herd.”
17याकूबले तिनीहरूलाई आदेश दियो। पशुहरूको पहिलो हुलको नोकरलाई उनले भने, “मेरो दाज्यू एसाव जब तेरो अघि आएर सोध्छ, ‘यी कसका पशुहरू हुन्? तँ कहाँ जादैछस्? तँ कसको नोकर होस्?’
17He commanded the foremost, saying, “When Esau, my brother, meets you, and asks you, saying, ‘Whose are you? Where are you going? Whose are these before you?’
18तैंले उत्तर दिनु ‘यी पशुहरू तपाईंको दास याकूबका हुन्। उनले यी सब पशुहरू आफ्नो मालिक एसावलाई उपहार दिन पठाएका हुन्। याकूब पनि हाम्रोपछि आउँदै हुनुहुन्छ।”‘
18Then you shall say, ‘They are your servant, Jacob’s. It is a present sent to my lord, Esau. Behold, he also is behind us.’”
19याकूबले दोस्रो, तेस्रो नोकरहरू र सबै अरू नोकरहरूलाई पनि यही कुरा गर्नु भनी आज्ञा दियो। उनले भने, “जब तिमीहरूले एसावलाई भेट्छौ तब यही कुरा गर्नु।
19He commanded also the second, and the third, and all that followed the herds, saying, “This is how you shall speak to Esau, when you find him.
20तिमीहरूले भन्ने छौ, ‘यो तपाईंलाई उपहार हो, अनि तपाईंको दास याकूब पनि मानिसहरूको पछि-पछि आउँदैछन्।”‘ याकूबले सोच्यो, “यदि यी उपहारहरूसंगै मानिसहरूलाई पठाएँ भने हुनसक्छ एसावले मलाई क्षमा गर्ला अनि मलाई स्वीकार गर्नेछ।”
20You shall say, ‘Not only that, but behold, your servant, Jacob, is behind us.’” For, he said, “I will appease him with the present that goes before me, and afterward I will see his face. Perhaps he will accept me.”
21यसकारण उसले पहिला उपहार पठायो अनि ऊ त्यस राती शिविरमा नै बस्यो।
21So the present passed over before him, and he himself lodged that night in the camp.
22त्यसपछि राती उठेर उनले त्यो ठाउँ छोड्‌यो। उसले आफूसँग दुइ पत्नी, दुइ कमारी अनि आफ्नो एघारजना छोराहरूलाई लिएर हिंड्‌यो। घाटमा पुगेर याकूबले यब्बोक नदी पार गर्यो।
22He rose up that night, and took his two wives, and his two handmaids, and his eleven sons, and passed over the ford of the Jabbok.
23उसले आफ्नो परिवारलाई नदी पारी पठायो अनि ऊसंग भएका प्रत्येक चीज नदी पारी पठायो।
23He took them, and sent them over the stream, and sent over that which he had.
24याकूब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नुअघि जब याकूब एक्लै थियो, एकजना मानिस आयो अनि ऊसित कुश्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किञ्जेलसम्म कुश्ती लड्‌यो।
24Jacob was left alone, and wrestled with a man there until the breaking of the day.
25त्यस मानिसले थाहा पायो ऊ याकूबलाई जित्नु योग्य छैन। यसैकारण उनले याकूबको नित्मबको खोपिल्टामा हिर्कायो। याकूबको नितम्ब जोर्नीबाट फूस्कियो जब ऊ त्यस मानिससंग कुश्ती लडदै थियो।
25When he saw that he didn’t prevail against him, he touched the hollow of his thigh, and the hollow of Jacob’s thigh was strained, as he wrestled.
26तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।” तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।”
26The man said, “Let me go, for the day breaks.” Jacob said, “I won’t let you go, unless you bless me.”
27अनि त्यस मानिसले उसलाई भन्यो, “तिम्रो नाउँ के हो?” अनि याकूबले उत्तर दियो, “मेरो नाउँ याकूब हो।”
27He said to him, “What is your name?” He said, “Jacob.”
28तब त्यो मानिसले भने, “तिम्रो नाउँ याकूब रहने छैन। अब तिम्रो नाउँ ‘इस्राएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए।”
28He said, “Your name will no longer be called Jacob, but Israel; for you have fought with God and with men, and have prevailed.”
29तब याकूबले उनलाई सोधे, “दया गरी मलाई तँपाइको नाउँ बताउनु होस्।” तर त्यस मानिसले भने, “तिमीले मेरो नाउँ किन सोध्नु पर्यो?” त्यस बेला त्यस मानिसले याकूबलाई आशीर्वाद दियो।
29Jacob asked him, “Please tell me your name.” He said, “Why is it that you ask what my name is?” He blessed him there.
30यसर्थ याकूबले त्यस ठाउँको नाउँ पनीएल राख्यो। याकूबले भन्यो, “मैले यस ठाउँमा परमेश्वरलाई मुखा-मुख देखेको थिएँ तर अझै मेरो जीवन सुरक्षित थियो।”
30Jacob called the name of the place Peniel : for, he said, “I have seen God face to face, and my life is preserved.”
31उनले जब त्यो ठाऊँ छोड्यो, सूर्य उदायो। याकूब आफ्नो खुट्टाले गर्दा खोल्च्यङ्ग-खोल्च्यङ्ग गर्दै हिड्दैथ्यो।
31The sun rose on him as he passed over Peniel, and he limped because of his thigh.
32यसर्थ आजसम्म पनि इस्राएलका मानिसहरूले कम्मरको जोडनीको मासु खाँदैनन् कारण त्यही मांसपेशी हो जसमा याकूबलाई चोट लागेको थियो।
32Therefore the children of Israel don’t eat the sinew of the hip, which is on the hollow of the thigh, to this day, because he touched the hollow of Jacob’s thigh in the sinew of the hip.