Nepali

World English Bible

Genesis

44

1तब यूसुफले आफ्नो नोकरलाई हुकुम गरे! यूसुफले भने, “यी मानिसहरू बोराहरूमा जति अन्न लिएर जान सक्छन् त्यति धेरै अन्न हालिदेऊ। अनि प्रत्येक मानिसको पैसा उसको अन्नको बोराभित्र हालिदेऊ।
1He commanded the steward of his house, saying, “Fill the men’s sacks with food, as much as they can carry, and put each man’s money in his sack’s mouth.
2कान्छो भाइको थैलोमा पैसा हालिदेऊ। तर उसको थैलोमा मेरो चाँदीको कचौरा पनि हालिदेऊ।” यूसुफको सेवकले उसलाई जस्तो गर्नु भनिएको थियो त्यस्तै गर्यो।
2Put my cup, the silver cup, in the sack’s mouth of the youngest, with his grain money.” He did according to the word that Joseph had spoken.
3अर्कोदिन, एका बिहानै, सबै दाज्यू-भाइहरूलाई तिनीहरूको गधा समेत फर्काई आफ्नो देशतिर पठाइयो।
3As soon as the morning was light, the men were sent away, they and their donkeys.
4जब तिनीहरूले शहर नाघेका थिए यूसुफले आफ्नो नोकरलाई भने, “जाऊ अनि तिनीहरूलाई पछ्याऊ। तिनीहरूलाई रोकेर भन, ‘हामी तिमीहरूसित राम्रो थियौं, तर किन तिमीहरू हाम्रो निम्ति नराम्रो भयौ? मेरा मालिकको चाँदीको कचौरा किन चोर्यौ?
4When they had gone out of the city, and were not yet far off, Joseph said to his steward, “Up, follow after the men. When you overtake them, ask them, ‘Why have you rewarded evil for good?
5मेरा मालिकले यसै कचौराबाट पिउँछन् अनि गुप्तकुराहरू जान्नुको लागि यसलाई प्रयोग गर्छन्। तिमीहरूले जे गर्यौ त्यो साँच्चै धेरै नराम्रो हो।”‘
5Isn’t this that from which my lord drinks, and by which he indeed divines? You have done evil in so doing.’”
6यसर्थ त्यस नोकरले यूसुफको आज्ञा मानी सवारमा चढेर गयो अनि ती दाज्यू-भाइहरूलाई रोक्यो। यूसुफले तिनीहरूलाई जे भन्न लगाएको थिए त्यही उसले भन्यो।
6He overtook them, and he spoke these words to them.
7तर ती दाज्यू-भाइहरूले त्यस नोकरलाई भने, “किन हजूरका, शासकले यी कुराहरू गर्छन्। हामीले त्यस्तो केही गर्दैनौ।
7They said to him, “Why does my lord speak such words as these? Far be it from your servants that they should do such a thing!
8हामीले अघिल्लो पल्ट हाम्रो बोराहरूमा जुन पैसा पाएका थियौं त्यो पनि फर्काएर ल्यायौं। यसर्थ हामीले तिम्रो मालिकको घरबाट कुनै सुन अथवा चाँदी चोरेका छैनौं।
8Behold, the money, which we found in our sacks’ mouths, we brought again to you out of the land of Canaan. How then should we steal silver or gold out of your lord’s house?
9यदि त्यो चाँदीको कचौरा हामी मध्ये कसैको थैलामा भेटियो भने त्यो मरोस्। तिमीहरू आफैंले उसलाई मार्न सक्छौ अनि तब हामी तिमीहरूको कमारा हुनेछौं।”
9With whomever of your servants it is found, let him die, and we also will be my lord’s bondservants.”
10नोकरले भने, “तिमीहरूले भने झैं गर्नेछौं। तर म मानिसको हत्या गर्दिन। जुन मानिससँग म चाँदीको कचौरा भेट्छु त्यो मानिस मेरो कमारा हुनेछ, तर अरू मानिसहरू स्वतन्त्र भएर जानेछन्।”
10He said, “Now also let it be according to your words: he with whom it is found will be my bondservant; and you will be blameless.”
11तब प्रत्येक भाइले आफ्नो थैलो छिटो-छिटो भूइँमा राखे।
11Then they hurried, and each man took his sack down to the ground, and each man opened his sack.
12त्यस नोकरले बोराहरू निरीक्षण गर्न थाल्यो। उनले सबभन्दा जेठोबाट शुरू गरेर कान्छोसम्म निरीक्षण गर्यो। उनले बिन्यामीनको बोरामा चाँदीको कचौरा भेट्यो।
12He searched, beginning with the eldest, and ending at the youngest. The cup was found in Benjamin’s sack.
13ती दाज्यू-भाइहरू अत्यन्तै दुःखी भए। तिनीहरूले आफ्नो दुःख प्रदर्शनगर्न आफ्ना लुगाहरू च्याते। तिनीहरूले बोराहरू आफ्नो-आफ्नो गधमा चढाए र शहरतिर फर्के।
13Then they tore their clothes, and each man loaded his donkey, and returned to the city.
14यहूदा अनि उसका दाज्यू-भाइहरू यूसुफको घरमा गए। यूसुफ त्यतिञ्जेल त्यही थिए। ती दाज्यू-भाइहरू भूइँमा उनी अघि निहुरिए।
14Judah and his brothers came to Joseph’s house, and he was still there. They fell on the ground before him.
15यूसुफले तिनीहरूलाई भने, “तिमीहरूले किन यस्तो कुरा गर्यो? के तिमीहरूलाई थाह छैन म जस्तो मानिससित अगमवाणी गर्ने अभ्यास अनि यस्तो वस्तु पत्तो लगाउने क्षमता छ?”
15Joseph said to them, “What deed is this that you have done? Don’t you know that such a man as I can indeed divine?”
16यहूदाले भने, “व्याख्या गर्ने कुनै बाटो छैन। हामी दोषी छैनौ भनी साबित गर्ने हामीसित कुनै सबूत नै छैन। परमेश्वरले मात्र दोषी मानिस पत्तो लगाउनु भएको छ। यसर्थ हामी दुवै अनि जसको थैलामा कचौरा भेटियो कमारा कै रूपमा सेवा गर्न तयार छौ।”
16Judah said, “What will we tell my lord? What will we speak? Or how will we clear ourselves? God has found out the iniquity of your servants. Behold, we are my lord’s bondservants, both we, and he also in whose hand the cup is found.”
17तर यूसुफले भने, “म तिमीहरू सबैलाई कमारा बनाउँदिन। त्यही मानिस मात्र कमारा हुनेछ जसले कचौरा चोरी गरेको छ। अरू तिमीहरू शान्तिसितै आफ्ना बाबु भएको भूमिमा जान सक्छौ।”
17He said, “Far be it from me that I should do so. The man in whose hand the cup is found, he will be my bondservant; but as for you, go up in peace to your father.”
18त्यसपछि यहूदा यूसुफको नजिक गए अनि भने, “महाशय, दया गरी मलाई स्पष्टसित केही भन्न दिनु होस्। दया गरी मसित नरिसाउनु होस्। म जान्दछु तपाईं फिरऊन राजा सरह हुनुहुन्छ।
18Then Judah came near to him, and said, “Oh, my lord, please let your servant speak a word in my lord’s ears, and don’t let your anger burn against your servant; for you are even as Pharaoh.
19हामी अघिल्लो पाली यहाँ हुँदा तपाईंले सोधनु भयो, ‘के तिम्रो बाबु अथवा दाज्यू-भाइहरू छन्?’
19My lord asked his servants, saying, ‘Have you a father, or a brother?’
20हामीले उत्तर दियौं, ‘हाम्रा बाबु हुनुहुन्छ, उहाँ बूढो मानिस हुनुहुन्छ। अनि हाम्रो सानो भाइ पनि छ। हाम्रा बाबुले त्यसलाई खुबै प्रेम गर्नु हुन्छ कारण त्यो उहाँको वृद्ध अवस्थामा जन्मेको हो। त्यस सानो छोराको दाज्यू पनि मर्यो। यसर्थ त्यस आमाबाट जन्मेर बाँचेको छोरो त्यो मात्र हो। हाम्रा बाबुले उसलाई खुबै माया गर्नुहुन्छ।’
20We said to my lord, ‘We have a father, an old man, and a child of his old age, a little one; and his brother is dead, and he alone is left of his mother; and his father loves him.’
21तब तिमीले हामीलाई भनेका थियौ, ‘त्यसो भए त्यस भाइलाई मकहाँ लिएर आऊ।’ म उसलाई हेर्न चाहन्छु।
21You said to your servants, ‘Bring him down to me, that I may set my eyes on him.’
22अनि हामीले तपाईंलाई भनेका थियौं, ‘त्यो भाइ आउन सक्तैन। उनले बाबुलाई छोड्न सक्तैन। यदि उसको बाबुले यसलाई पनि गुमाउनु परे तिनी अत्यन्तै शोकाकुल हुनेछन्। तिनी त्यही शोकमा मर्न पनि सक्छन्।’
22We said to my lord, ‘The boy can’t leave his father: for if he should leave his father, his father would die.’
23तपाईंले भन्नु भएको थियो, ‘तिमीले आफ्नो कान्छो भाइलाई मकहाँ अवश्य ल्याउनु पर्छ, होइन भने तिमीहरूले अन्न पाउँने छैनौ।’
23You said to your servants, ‘Unless your youngest brother comes down with you, you will see my face no more.’
24यसर्थ हामी आफ्ना बाबु भएको ठाउँमा गयौं अनि तपाईंले बताउनु भएका कुराहरू सबै उनलाई बतायौं।”
24It happened when we came up to your servant my father, we told him the words of my lord.
25“पछि हाम्रा बाबुले भन्नुभयो, ‘हाम्रो निम्ति तिमीहरू फेरि गएर अन्न किन।’
25Our father said, ‘Go again, buy us a little food.’
26अनि हामीले आफ्नो बाबुलाई भन्यौ, ‘हामी आफ्नो कान्छो भाइ नलिइ जान सक्तैनौ। शासकले भनेका छन् जबसम्म उनी हाम्रा कान्छो भाइलाई देख्दैनन् तबसम्म हामीलाई अन्न बेच्ने छैनन्।’
26We said, ‘We can’t go down. If our youngest brother is with us, then we will go down: for we may not see the man’s face, unless our youngest brother is with us.’
27तब हाम्रा बाबुले हामीलाई भन्नुभयो, ‘तिमीहरूलाई थाहा छ मेरी पत्नी राहेलले मेरो निम्ति दुइवटा छोरा जन्माइन्।
27Your servant, my father, said to us, ‘You know that my wife bore me two sons:
28एकजनालाई मैले टाढा पठाएँ अनि जंङ्गली पशुहरूले उसलाई मार्यो। अनि अहिलेसम्म मैले उसलाई देखेको छैन।
28and the one went out from me, and I said, “Surely he is torn in pieces”; and I haven’t seen him since.
29अनि यदि अर्को छोरो पनि तिमीहरूले लगेर यदि उसलाई केही खतरा भए, तब मैले मेरो काल पर्खनु पर्दैन, त्यो मेरो निम्ति मृत्यु नै हुनेछ।’
29If you take this one also from me, and harm happens to him, you will bring down my gray hairs with sorrow to Sheol .’
30अब, सोच्नु होस् यदि हामी त्यसलाई नलिई गए के हुन्छ होला। हाम्रा बाबुको जीवनको महत्व पूर्ण अङ्ग नै यही केटो हो।
30Now therefore when I come to your servant my father, and the boy is not with us; since his life is bound up in the boy’s life;
31यदि हाम्रा बाबुले त्यस केटोलाई हामीसित नदेखे तिनी मर्नेछन् र त्यसमा हामी दोषी हुनेछौं। हामी आफ्ना शोकाकुल बाबुलाई चिहान भित्र पठाउने छौं।”
31it will happen, when he sees that the boy is no more, that he will die. Your servants will bring down the gray hairs of your servant, our father, with sorrow to Sheol .
32“त्यस केटोको जिम्मादारी मैले लिएँ। मैले मेरो बाबुलाई भनें, ‘यदि मैले त्यस केटोलाई फर्काई ल्याइन भने तपाईंले मलाई सारा जीवनभरि दोष दिन सक्नु हुन्छ।’
32For your servant became collateral for the boy to my father, saying, ‘If I don’t bring him to you, then I will bear the blame to my father forever.’
33यसर्थ म तपाईंसित बिन्ती गर्छु, त्यस केटोलाई आफ्नो दाज्यूहरूसित फर्कन दिनु होस्, अनि म बस्छु र तपाईंको कमारो बनिन्छु।
33Now therefore, please let your servant stay instead of the boy, a bondservant to my lord; and let the boy go up with his brothers.
34यदि केटो मसँगै फर्किदैन भने म आफ्नो अनुहार बुबालाई देखाउन सक्दिनँ। यसले के आपत्ति मेरो बुबामाथि आउनेछ, म हेर्न भयभीत छु।”
34For how will I go up to my father, if the boy isn’t with me?—lest I see the evil that will come on my father.”