Nepali

World English Bible

Habakkuk

3

1शिग्गिओनोथ रागमा हबकूक अगमवक्ताले प्रार्थना गर्छन्।
1A prayer of Habakkuk, the prophet, set to victorious music.
2हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ। हे परमप्रभु! बिगतमा जुन महानकार्यहरु गर्नु भयो म त्यसमा छक्कपरें। अब म तपाईंलाई हाम्रो समयमा पनि यस्तो महान कार्य गर्नुहोस् भनि प्रार्थना गर्छु। म तपाईसंग बिन्ति गर्छु कि यो हाम्रो दिनहरुमा ती कुराहरु हुन दिनुहोस् तर जब तपाईं क्रोधित हुनुहुन्छ तब हामीमाथि पनि दया देखाउन याद राख्नु होस्।
2Yahweh, I have heard of your fame. I stand in awe of your deeds, Yahweh. Renew your work in the midst of the years. In the midst of the years make it known. In wrath, you remember mercy.
3परमेश्वर तेमानवाट आउँनु हुँदैछ। पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो, अनि पृथ्वी उहाँको प्रशंसाले भरियो।
3God came from Teman, the Holy One from Mount Paran. Selah. His glory covered the heavens, and his praise filled the earth.
4उहाँको गौरम चम्कन्छ। उहाँको हातबाट ज्योतिको किरणहरु निस्कियो अनि ती हातहरुमा उहाँको शक्ति लुकेकोछ।
4His splendor is like the sunrise. Rays shine from his hand, where his power is hidden.
5उहाँको अघि रूढी फैलिंदै गयो अनि विनाशक उहाँको पछि-पछि गयो।
5Plague went before him, and pestilence followed his feet.
6परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो। उहाँले सबै जातिका मानिसहरुलाई तीब्र दृष्टिले हेर्नु भयो र तिनीहरु डरले काम्न थाले अनि प्राचीन पहाडहरु ढलेर टुक्रा-टुक्रा भएर फुटे अनि प्राचीन पहाडहरु ढले परमेशवर सदा यस्तै हुनुहुन्छ।
6He stood, and shook the earth. He looked, and made the nations tremble. The ancient mountains were crumbled. The age-old hills collapsed. His ways are eternal.
7मैले कूशनका शहरहरुलाई संकटमा परेको देखें। मैले मिद्यानका घरहरु डरले कामिरहेको देखें।
7I saw the tents of Cushan in affliction. The dwellings of the land of Midian trembled.
8हे परमप्रभु के तपाईं नदीहरुको बिरूद्धमा क्रोधित हुनुभयो? के समुद्र तपाईंको क्रोधको पात्र बन्यो? के खोलाहरु प्रति तपाईं क्रोधित हुनुभयो जब तपाईंको बिजयमा घोडाहरु अनि रथहरुमा सवार हुनुभयो, के तपाईं क्रोधित हुनुहुन्थ्यो?
8Was Yahweh displeased with the rivers? Was your anger against the rivers, or your wrath against the sea, that you rode on your horses, on your chariots of salvation?
9[This verse may not be a part of this translation]
9You uncovered your bow. You called for your sworn arrows. Selah. You split the earth with rivers.
10तपाईंलाई देखेर पहाडहरु काम्न थाले, पानी पृथ्वीमा बग्न शुरु गर्यो। जव गहिरो समुद्र भूमिबाट झर्यो यसले ठुलो हल्ला गर्यो।
10The mountains saw you, and were afraid. The storm of waters passed by. The deep roared and lifted up its hands on high.
11सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो। जव तिनीहरुले तपाईंको उज्वल प्रकाश देखे, तिनीहरुले तिनीहरुको प्रकाश दिन बन्द गरे। त्यो बिजुली चम्किएको हावामा हिर्काएको भालाहरु अथवा काँडहरु जस्तै थियो।
11The sun and moon stood still in the sky, at the light of your arrows as they went, at the shining of your glittering spear.
12क्रोधमा तपाईं पृथ्वीमाथि हिंड्नुभयो, अनि देशहरुलाई दण्ड दिनु भयो।
12You marched through the land in wrath. You threshed the nations in anger.
13तपाईं आफैंले आफ्ना मानिसहरुलाई बचाउँन आउनुभयो। जसलाई तपाईंले विजय बनाउँन रोज्नु भएको थियो त्यो राजालाई अगुवाई गर्नु आफैं आउनु भयो। पृथ्वीको महत्व पूर्ण परिवारदेखि लिएर परिवारका प्रत्येक दुष्ट अगुवाहरुलाई तपाईंले मार्नुभयो।
13You went forth for the salvation of your people, for the salvation of your anointed. You crushed the head of the land of wickedness. You stripped them head to foot. Selah.
14शत्रुका सेनाहरु जसले हामीलाई शक्तिशाली आँधीले झैं पछ्याए। हामीलाई मार्ने चेष्टा गरे तिनीहरुलाई रोकन तपाईले मोशाको लौरो प्रयोग गर्नु भयो। गुप्तरूपले गरीबलाई लुटे झैं तिनीहरुले सोचे कि हमालाई सजिलै जित्न सकनेछौं।
14You pierced the heads of his warriors with their own spears. They came as a whirlwind to scatter me, gloating as if to devour the wretched in secret.
15तर तपाईं गहिरो समुद्रमा तपाईंको आफ्नै घोडाबाट माटोलाई घोल्दै तर्नुभयो।
15You trampled the sea with your horses, churning mighty waters.
16मैले यी कुराहरु सुनें, अनि मेरो शरीर काम्न थाल्यो। मैले जोडसंग सुस्केरा हालें। मैले मेरो हड्डीहरु एकदमै कमजोरी भएको अनुभव गरें। म त्यहाँ थर-थर काम्दै उभिरहें। यसकारण जब शत्रुहरु मानिसहरुलाई आक्रमण गर्न आउँछन् म विनाशको दिन धैर्यताका साथ पर्खिरहनेछु।
16I heard, and my body trembled. My lips quivered at the voice. Rottenness enters into my bones, and I tremble in my place, because I must wait quietly for the day of trouble, for the coming up of the people who invade us.
17चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरु होस् अथवा नहोस्, गोठहरुमा केही गाईहरु होस् अथवा नहोस्।
17For though the fig tree doesn’t flourish, nor fruit be in the vines; the labor of the olive fails, the fields yield no food; the flocks are cut off from the fold, and there is no herd in the stalls:
18तर म अझै परमप्रभुमा आनन्दित रहने छु। म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।
18yet I will rejoice in Yahweh. I will be joyful in the God of my salvation!
19परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ, उहाँले मलाई हरिण जस्तै दगुर्नमा मलाई सहायता गर्नु हुन्छ। उहाँले मलाई सुरक्षासंग पहाडमा चढाउँनु हुन्छ। संङ्गीत- निर्देशकको निम्ति तार- वाद्यहरुमा बजाइने राग।
19Yahweh, the Lord , is my strength. He makes my feet like deer’s feet, and enables me to go in high places. For the music director, on my stringed instruments.