Nepali

World English Bible

Hosea

8

1“तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे।
1“Put the trumpet to your lips! Something like an eagle is over Yahweh’s house, because they have broken my covenant, and rebelled against my law.
2तिनीहरूले मसित चिच्याएर भन्छन, ‘हे हाम्रा परमेश्वर हामी इस्राएलीहरूले तपाईंलाई चिन्दछौ।’
2They cry to me, ‘My God, we Israel acknowledge you!’
3जे भलो छ त्यो इस्राएलले फालिदिएकोछ। बैरीले त्यसलाई खेद्नेछ।
3Israel has cast off that which is good. The enemy will pursue him.
4तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिन। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई ध्वंश गरिनेछ।
4They have set up kings, but not by me. They have made princes, and I didn’t approve. Of their silver and their gold they have made themselves idols, that they may be cut off.
5ए सामारिया, मैले तिम्रो बाछा मिल्काइ दिएँ! ‘मेरो रीस तिनीहरूको विरूद्धमा दन्केको छ!’ तिनीहरू कहिलेसम्म अशुद्ध रहनेछन्?
5Let Samaria throw out his calf idol! My anger burns against them! How long will it be until they are capable of purity?
6एकजना इस्राएली कारीगरले बाछा बनायो। त्यो परमेश्वर होइन। निश्चय नै सामरियाको बाछालाई टुक्रा-टुक्रा पारिनेछ।
6For this is even from Israel! The workman made it, and it is no God; indeed, the calf of Samaria shall be broken in pieces.
7तिनीहरू बतास छर्दछन् र तिनीहरूले भुँवरी कटनी गर्नेछन्। तिनीहरूको फसल केही रहनेछैन। त्यसको डाँठमा केही दाना लाग्नेछैन। पसाइहाले तापनि विदेशीहरूले खाइहाल्नेछन्।
7For they sow the wind, and they will reap the whirlwind. He has no standing grain. The stalk will yield no head. If it does yield, strangers will swallow it up.
8इस्राएल नष्ट भयो। अब तिनीहरू जाति-जातिहरूका बीचमा बेकामको भाँडा जस्तै भएका छन्।
8Israel is swallowed up. Now they are among the nations like a worthless thing.
9वन-गधा आफै एक्लै हिँडिरहे झैं तिनीहरू अश्शूरमा गए। एप्रैमले आफ्नो निम्ति ‘ज्यालामा’ नाठाहरू राखेको छ।
9For they have gone up to Assyria, like a wild donkey wandering alone. Ephraim has hired lovers for himself.
10अन्य जातिहरूलाई तिनीहरूले ‘ज्यालामा’ राखे तापनि म तिनीहरूलाई अब चाँडै जम्मा गर्नेछु, राजा र भारादारहरूलाई अभिषेक गर्न केही समयका निम्ति तिनीहरू रोकिन्छन्।
10But although they sold themselves among the nations, I will now gather them; and they begin to waste away because of the oppression of the king of mighty ones.
11एप्रैमले पाप गर्नलाई वेदीको संख्या बढायो। ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भए।
11Because Ephraim has multiplied altars for sinning, they became for him altars for sinning.
12मैले त्यसका निम्ति मेरो व्यवस्थामा लाखौं विधिहरू लेखें तापनि ती कुरा बीराना ठानिनेछन्।
12I wrote for him the many things of my law; but they were regarded as a strange thing.
13मेरो भेटीको लागि तिनीहरूले मासु चढाउँछन् र खान्छन्, तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न। अब उहाँले तिनीहरूलाई तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ। तिनीहरूलाई मिश्रमा नै फर्काइँनेछ।
13As for the sacrifices of my offerings, they sacrifice flesh and eat it; But Yahweh doesn’t accept them. Now he will remember their iniquity, and punish their sins. They will return to Egypt.
14किनभने इस्राएलले आफ्ना सृष्टिकर्त्तालाई बिर्सेर महलहरू बनायो औ यहूदाले चाँहि पर्खाल भएका शहरहरूको संख्या बढायो। तर म तिनीहरूका शहरहरूमा आगो लगाइदिनेछु र त्यसले त्यसका महलहरू भस्म पार्नेछ।”
14For Israel has forgotten his Maker and built palaces; and Judah has multiplied fortified cities; but I will send a fire on his cities, and it will devour its fortresses.”