1त्यस बेला, तिमीहरू भन्नेछौः “हे परमप्रभु म तपाईंको महिमा गाउँछु! तपाईं मसित रिसाउनु भएको थियो। तर अहिले तपाईंको रिस साम्य भएकोछ अनि मलाई आफ्नो माया देखाउनु भएकोछ।”
1In that day you will say, “I will give thanks to you, Yahweh; for though you were angry with me, your anger has turned away and you comfort me.
2परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।
2Behold, God is my salvation. I will trust, and will not be afraid; for Yah, Yahweh, is my strength and song; and he has become my salvation.”
3तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ। तब तिमीहरू आनन्दित हुनेछौ।
3Therefore with joy you will draw water out of the wells of salvation.
4त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
4In that day you will say, “Give thanks to Yahweh! Call on his name. Declare his doings among the peoples. Proclaim that his name is exalted!
5परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ। किन? किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ! परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ। यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्।
5Sing to Yahweh, for he has done excellent things! Let this be known in all the earth!
6हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित हौऊ!
6Cry aloud and shout, you inhabitant of Zion; for the Holy One of Israel is great in the midst of you!”