Nepali

World English Bible

Isaiah

15

1यो मोआब बारे एक दुःखको समाचार होः एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे। एउटै रातमा, शहरलाई ध्वंश पारियो। एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-समपत्ति लूटपाट गरे। एउटै रातमा शहरलाई ध्वंश पारियो।
1The burden of Moab: for in a night, Ar of Moab is laid waste, and brought to nothing; for in a night Kir of Moab is laid waste, and brought to nothing.
2राजाका परिवारहरू र दीबोनका मानिसहरू उच्च ठाउँहरूमा रूनलाई गए। नबो र मेदबाको लागि मोआबका मानिसहरू डाको छोडी-छोडी रोए। मानिसहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति कपाल र दाह्रीहरू खौरिए।
2They have gone up to Bayith, and to Dibon, to the high places, to weep. Moab wails over Nebo and over Medeba. Baldness is on all of their heads. Every beard is cut off.
3मोआबका चारैतिर घरको दलानहरूमाथि र गल्लीहरूमा मानिसहरूले कालो लुगाहरू लगाएर रूँदै कराउँदै हिँडे।
3In their streets, they clothe themselves in sackcloth. In their streets and on their housetops, everyone wails, weeping abundantly.
4हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन तिनीहरूको आवाजहरू टाढा-टाढा यहसा शहर सम्म पनि सुन्न सकिन्थ्यो। यति सम्म कि सिपाहीहरू र्तसिए। सिपाहीहरू डरले थरथर कामिरहेछन्।
4Heshbon cries out with Elealeh. Their voice is heard even to Jahaz. Therefore the armed men of Moab cry aloud. Their souls tremble within them.
5मेरो हृदय मोआबको निम्ति रून्छ। उसका मानिसहरू सुरक्षाका निम्ति भागे। तिनीहरू सोअर तर्फ भागे। तिनीहरू एग्लत शलीशियाह तर्फ भागे। मानिसहरू लूहीतको उकालो बाटोहरूमाथि रूदै चिच्याउँदै चढे। होरोनैमा उक्ँलिदा तिनीहरू चिच्याउँदै गए।
5My heart cries out for Moab! Her nobles flee to Zoar, to Eglath Shelishiyah; for they go up by the ascent of Luhith with weeping; for in the way of Horonaim, they raise up a cry of destruction.
6तर निम्रीम खोला मरूभूमि जस्तो सुक्खा छ। सारा वनस्पति मरे र हरियो भन्ने केही थिएन।
6For the waters of Nimrim will be desolate; for the grass has withered away, the tender grass fails, there is no green thing.
7यसकारण तिनीहरूले आफ्ना सर-सामानहरू बटुले र मोआब त्यागेर गए। तिनीहरूले ती सामानहरू बोकेर अरबाह खोलाबाट सीमा पार गरे।
7Therefore they will carry away the abundance they have gotten, and that which they have stored up, over the brook of the willows.
8मोआबभरि रोएको सुन्न सकिन्छ। अनि मानिसहरू बीर-एलीम र एग्लको शहरमा रोइरहेकाछन्।
8For the cry has gone around the borders of Moab; its wailing to Eglaim, and its wailing to Beer Elim.
9दीमोनको पानी रगतले भरिएकोछ अनि म अझै दीमोनमा कष्ट ल्याउँछु। मोआबामा केही मानिसहरू मात्र बाँच्न योग्य शत्रुहरूको हातबाट बाँचे। तर म तिनीहरूलाई शेष पार्न सिंहहरू पठाउनेछु।
9For the waters of Dimon are full of blood; for I will bring yet more on Dimon, a lion on those of Moab who escape, and on the remnant of the land.