Nepali

World English Bible

Isaiah

17

1दमीशकको विषयमा यो दुःखको सन्देश हो। परमप्रभुले यी कुराहरू दमीशकमा घटनेछ भनेर भन्नु हुन्छः “दमीशक अहिले शहर हो तर त्यो नष्ट हुनेछ। दमीशकमा खाली भग्नावशेषहरू मात्र रहनेछ।
1The burden of Damascus: “Behold, Damascus is taken away from being a city, and it will be a ruinous heap.
2मानिसहरू अरोएर शहरहरूमा त्यागेर जानेछन्। भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्; त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्।
2The cities of Aroer are forsaken. They will be for flocks, which shall lie down, and none shall make them afraid.
3एप्रैम शहरहरूको किल्ला ध्वंश हुने छ। दमीशकको शासन अन्त हुनेछ। जुन घट्ना इस्राएलमा भएको थियो त्यहि घटना अराममा हुनेछ। अनि प्रमुख मानिसहरू हटेर जानेछन्।” सेनाहरूका परमप्रभुले भन्नुभयो कि ती कुराहरू घट्नेछ।
3The fortress shall cease from Ephraim, and the kingdom from Damascus, and the remnant of Syria. They will be as the glory of the children of Israel,” says Yahweh of Armies.
4त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ। याकूब बीमार मानिस जस्तो हुनेछ अनि उ कमजोर र दुब्लो हुनेछ।
4“It will happen in that day that the glory of Jacob will be made thin, and the fatness of his flesh will become lean.
5त्यस समय रफाईमको वेंसीमा बाली भित्र्याउने समय जस्तै हुनेछ। कर्मीहरूले खेतमा सप्रेको बाली थुर्पाछन्। तब तिनीहरूको बोटहरूबाट बाला टिप्छन अनि अन्न बटुल्छन्।
5It will be like when the harvester gathers the wheat, and his arm reaps the grain. Yes, it will be like when one gleans grain in the valley of Rephaim.
6त्यसबेला जैतून पाकेको समय जस्तै हुनेछ। मानिसहरू जैतूनको बोटबाट जैतूनहरू मात्र टिप्छन्। तर केही जैतूनहरू मात्र रूखको टुप्पामा रहन्छन्। लगभग चार वा पाँचवटा जैतून रूखको हाँगाहरूमा रहन्छन्। त्यस्तै घटनाहरू ती शहरहरूमा हुनेछ। सेनाहरूका परमप्रभु यसो भन्नु हुन्छ।
6Yet gleanings will be left there, like the shaking of an olive tree, two or three olives in the top of the uppermost bough, four or five in the outermost branches of a fruitful tree,” says Yahweh, the God of Israel.
7त्यसबेला, मानिसहरूले परमेश्वरलाई मास्तिर हेर्नेछन् जसले उनीहरूलाई सृष्टि गर्नुभयो। र तिनीहरूका आखाँ इस्राएलका परमपवित्रतिर लागिरहनेछ।
7In that day, people will look to their Maker, and their eyes will have respect for the Holy One of Israel.
8मानिसहरू आफैले रचना गरेका महान कुराहरूमा विश्वास गर्ने छैनन्। तिनीहरू ती विशेष बगैंचाहरू र वेदीहरूमा जाने छैनन् जुन तिनीहरूले झूटा देवी-देवताहरूकालागि बनाए।
8They will not look to the altars, the work of their hands; neither shall they respect that which their fingers have made, either the Asherim, or the incense altars.
9त्यसबेला शक्तिशाली शहरहरू सबै रित्तो हुनेछन्। ती शहर यी पर्वतहरू जङ्गल हुनेछन् जस्तो इस्राएलका मानिसहरू त्यस भूमिमा आउनु अघि हुने गर्थ्यो बितेका दिनहरूमा त्यहाँका मानिसहरू भागेका थिए। किनभने त्यहाँ इस्राएलीहरू आउँदैथे। फेरि भविष्यमा पनि, त्यो देश रित्तो हुनेछ।
9In that day, their strong cities will be like the forsaken places in the woods and on the mountain top, which were forsaken from before the children of Israel; and it will be a desolation.
10यस्तो घटना हुनेछ, किनभने तिमीहरूले परमेश्वरलाई जसले तिमीहरूलाई बचाँउनु हुन्छ भुल्यौ। परमेश्वर नै तिमीहरूका सुरक्षाको ठाउँ हुनुहुन्छ भनेर तिमीहरूले सम्झेनौ। तिमीले टाढा-टाढाबाट एकदम राम्रा खालका दाखका बिरूवाहरू ल्यायौ। तिमीले ती दाखका बिरूवाहरू रोप्न सक्छौ तर तिनीहरू सर्दैनन्।
10For you have forgotten the God of your salvation, and have not remembered the rock of your strength. Therefore you plant pleasant plants, and set out foreign seedlings.
11तिमीले एक दिन दाखका बिरूहरू रोप्ने छौ र बढाउने चेष्टा गर्नेछौ। अर्को दिन ती बिरूवाहरू बढन शुरू गर्छन्। तर फसल उठाउने गर्यौ आर्को दिन ती बिरूवाहरूले फलदिन थाले। तर फसल काट्ने बेलामा, बोटहरूबाट फलहरू बटुल्न जानेछौ, अनि तिमीहरूले प्रत्येक कुरो मृत देख्नेछौ। एउटा रोगले सबै बिरूवारू मार्नेछ।
11In the day of your planting, you hedge it in. In the morning, you make your seed blossom, but the harvest flees away in the day of grief and of desperate sorrow.
12धेरै धेरै मानिसहरूलाई सुन! तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्। ती हल्लाहरूलाई सुन, ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्।
12Ah, the uproar of many peoples, who roar like the roaring of the seas; and the rushing of nations, that rush like the rushing of mighty waters!
13अनि मानिसहरू ती छालहरू जस्तै हुनेछन्। परमेश्वरले तिनीहरूलाई हकारेर बोल्नु हुनेछ अनि तिनीहरू टाढा भाग्नेछन् मानिसहरू बतासले खेद्‌दै उडाई लैजाने भुस जस्ता हुने छन्। मानिसहरू हुरीले उखेलेर उडाउने जङ्गली झारहरू जस्तै हुनेछन हुरी चल्नेछ र जङ्गली झारहरू उडाई लानेछ।
13The nations will rush like the rushing of many waters: but he will rebuke them, and they will flee far off, and will be chased like the chaff of the mountains before the wind, and like the whirling dust before the storm.
14त्यो रात मानिसहरू भयभीत हुनेछन्। बिहान हुन अघि केही छोडिएको हुने छैन। यसकारण हाम्रा शत्रुहरूले केही पनि पाउँने छैनन् अनि त्यहाँ केही हुनेछैन।
14At evening, behold, terror! Before the morning, they are no more. This is the portion of those who plunder us, and the lot of those who rob us.