1याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।
1But now thus says Yahweh who created you, Jacob, and he who formed you, Israel: “Don’t be afraid, for I have redeemed you. I have called you by your name. You are mine.
2जब तिमीमाथि कष्टहरू पर्छन, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेटने छैन्।
2When you pass through the waters, I will be with you; and through the rivers, they will not overflow you. When you walk through the fire, you will not be burned, and flame will not scorch you.
3किन? किनभने म, परमप्रभु, तेरो परमेश्वर हुँ। म इस्राएलको परमपवित्र तेरो उद्धारक तिमीहरूको उद्धारको निम्ति मैले मिश्र भुक्तान गरेको थिएँ। तिमीलाई आफ्नो बनाउन मैले कूश र सेबालाई दिएको थिएँ।
3For I am Yahweh your God, the Holy One of Israel, your Savior. I have given Egypt as your ransom, Ethiopia and Seba in your place.
4तिमी मेरो निम्ति अत्यन्त मुख्य छौ। यसकारण म तिम्रो सम्मान गर्छु। म तिमीलाई प्रेम गर्छु र तिम्रोलागि सारा मानिसहरू एवं जातिहरू प्रदान गर्नेछु ताकि तिमी बाँच्न सक।”
4Since you have been precious and honored in my sight, and I have loved you; therefore I will give people in your place, and nations instead of your life.
5“यसैले नडराऊ! म तिमीहरूको साथमा छु। म तिम्रो नानीहरूलाई भेला गरेर तिमीकहाँ ल्याइदिनेछु। म तिनीहरूलाई पूर्व र पश्चिमबाट भेला गर्नेछु।
5Don’t be afraid; for I am with you. I will bring your seed from the east, and gather you from the west.
6म उत्तर दिशालाई भन्नेछु मेरा मानिसहरू मलाई देऊ! म दक्षिण दिशालाई भन्नेछु; मेरा मानिसहरूलाई बन्दी बनाएर नराख! मेरा छोरा-छोरीहरू जो टाढा ठाउँहरूमा छन, मलाई देऊ।
6I will tell the north, ‘Give them up!’ and tell the south, ‘Don’t hold them back! Bring my sons from far, and my daughters from the ends of the earth—
7ती सबै मानिसहरू देऊ जो मेरा हुन - मेरो नाउँ तिनीहरूसित संयुक्त छ। मैले ती मानिसहरू आफ्नोलागि सृष्टि गरें। तिनीहरूलाई सृष्टि गरें यसकारण तिनीहरू मेरा हुन्।”
7everyone who is called by my name, and whom I have created for my glory, whom I have formed, yes, whom I have made.’”
8परमेश्वर भन्नुहुन्छ, “जसका आँखाहरू छन् तर तिनीहरू अन्धा छन् भने, ती मानिसहरू मकहाँ ल्याऊ। ती मानिसहरू मकहाँ ल्याऊ जसका कानहरू छन् तर बहिरा छन्।
8Bring out the blind people who have eyes, and the deaf who have ears.
9सबै मानिसहरू र जाति-जातिहरू राष्ट्र एकैसाथ भेला हुनुपर्छ। हुन सक्छ तिनीहरूका झूटा देवताहरू मध्ये एकजनाले प्रारम्भमा के भएको थियो बताउन चाहन्छ। तिनीहरूले आफ्ना कुरालाई प्रमाणित पार्नलाई साक्षीहरू पनि ल्याउनु पर्छ। साक्षीहरूले साँचो कुरा बोल्नु पर्छ। तब तिनीहरू ठीक रहेछन् भन्ने साबित हुनेछ।
9Let all the nations be gathered together, and let the peoples be assembled. Who among them can declare this, and show us former things? Let them bring their witnesses, that they may be justified; or let them hear, and say, “That is true.”
10परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो साक्षी हौ। मैले चुनेका दास तिमी हौ। मैले तिमीहरूलाई छानें ताकि तिमीहरूले मानिसहरूलाई मप्रति विश्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि ‘म नै उही हुँ’ म नै साँचो परमेश्वर हुँ। मभन्दा पहिल्ये त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पश्चात पनि कोही परमेश्वर हुने छैन।
10“You are my witnesses,” says Yahweh, “With my servant whom I have chosen; that you may know and believe me, and understand that I am he. Before me there was no God formed, neither will there be after me.
11म हो म नै परमप्रभु हुँ। मबाहेक अरू कोही पनि मुक्तिदाता छैन।
11I myself am Yahweh; and besides me there is no savior.
12म एकजना हुँ जसले तिनीहरूसित बोल्यो। मैले तिमीलाई बचाएँ, मैले ती कुराहरू भनें। त्यो तिमीसित जो थियो नयाँ वस्तु होइन। तिमी म साक्षी हौ अनि मेरो तिम्रो परमेश्वर हुँ। परमप्रभु आफैले यी कुरा भन्नुभयो।
12I have declared, I have saved, and I have shown; and there was no strange god among you. Therefore you are my witnesses,” says Yahweh, “and I am God.
13“म सधैं नै परमेश्वर रहेको छु। जब म कुनै काम गर्छु, कसैले पनि त्यो मैले गरेको कुरा बद्लिन सक्तैनँ। अनि कसैले पनि मानिसहरूलाई मेरो शक्तिबाट बचाउन सक्तैनँ।”
13Yes, since the day was I am he; and there is no one who can deliver out of my hand. I will work, and who can hinder it?”
14परमप्रभु, इस्राएलका परमपवित्रले, तिमीहरूलाई बचाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका खातिर म बाबेलमा सेनाहरू पठाउने छु। धेरै मानिसहरू पक्राउ पर्नेछन्। ती मानिसहरू, कल्दीहरू, उनीहरू कै आफ्ना जहाजहरूमा लैजानेछु। कल्दीहरू आफ्ना जहाजहरूमाथि गर्व गर्छन्।
14Thus says Yahweh, your Redeemer, the Holy One of Israel: “For your sake, I have sent to Babylon, and I will bring all of them down as fugitives, even the Chaldeans, in the ships of their rejoicing.
15म परमप्रभु तिमीहरूका परमपवित्र हुँ। मैले इस्राएल बनाएँ, म तिमीहरूका राजा हुँ।”
15I am Yahweh, your Holy One, the Creator of Israel, your King.”
16परमप्रभुले समुद्रमा बाटोहरू बनाउनु हुनेछ। उहाँले धमिलो पानीबाट पनि आफ्ना मानिसहरूको लागि बाटो बनाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ,
16Thus says Yahweh, who makes a way in the sea, and a path in the mighty waters;
17“मानिसहरू ज-जसले मेरो विरूद्ध तिनीहरूको रथहरू, घोडाहरू, र सेनाहरू सहित लड्ने छन तिनीहरू पराजित हुनेछन्। तिनीहरू फेरि उठ्न सक्ने छैनन तिनीहरू ध्वंश हुनेछन्। तिनीहरू मैनबत्ती जस्तो थामिने छन्।
17who brings forth the chariot and horse, the army and the mighty man (they lie down together, they shall not rise; they are extinct, they are quenched like a wick):
18यसकारण जो शुरूमा भएको थियो त्यसलाई नसम्झ। धेरै र्बष अगडी जे भइसकेको छ त्यसलाई नसोच।
18“Don’t remember the former things, and don’t consider the things of old.
19किन? किनभने म नयाँ काम गर्नेछु। अब तिमी नयाँ पालुवा जस्तो उम्रनेछौ। निसन्देह तिमी जान्दछौ कि यो सत्य हो। म साँच्चि नै मरूभूमिमा बाटो बनाउने छु। म साँच्चि नै सुक्खा जग्गाहरूमा नदीहरू बगाउनेछु।
19Behold, I will do a new thing. It springs forth now. Don’t you know it? I will even make a way in the wilderness, and rivers in the desert.
20यसले गर्दा जङ्गली पशुहरू सम्मले मलाई धन्यवाद प्रकट गर्नेछन्। विशाल पशुहरू र चराहरूले पनि म प्रति धन्यवाद प्रकट गर्नेछ। तिनीहरूले मलाई सम्मान गर्नेछन् जब म मरूभूमिमा पानी पार्नेछु। म यसो गर्नेछु मेरा मानिसहरूलाई पानी दिनलाई-जसलाई मैले रोजे।
20The animals of the field shall honor me, the jackals and the ostriches; because I give water in the wilderness and rivers in the desert, to give drink to my people, my chosen,
21ती मानिसहरूलाई मैले बनाएको हो। अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्।
21the people which I formed for myself, that they might set forth my praise.
22“याकूब, तिमीले मेरो पुकारा गरेनौ। किन? किनभने तिमी इस्राएलीहरू मसँग थकित भएकाछौ।
22Yet you have not called on me, Jacob; but you have been weary of me, Israel.
23तिमीहरूले मेरो लागि होमबलि चढाउनलाई आफ्नो भेडा ल्याएनौ। तिमीहरूले मेरो सम्मान गरेनौ। तिमीहरूले मेरोलागि बलि चढाएनौ। मैले बलिहरू चढाऊ भनेर जबरजस्ती गरिन। मैले धूपहरू सत्काउनु भनेर कर लगाइन जब सम्म तिमीहरू थकित भयौ।
23You have not brought me of your sheep for burnt offerings; neither have you honored me with your sacrifices. I have not burdened you with offerings, nor wearied you with frankincense.
24यसर्थ मेरो सम्मानकोलागि तिमीहरूले आफ्नो पैसाले केही पनि किनेनौ, तर तिमीहरूले मलाई आफ्नो पापको भारी बोकायौ। तिमीहरूले त्यतिञ्जेल पाप गर्यौ जब सम्म म तिमीहरूका नराम्रा कुराहरूले अत्यन्त कमजोर भईन्।
24You have bought me no sweet cane with money, nor have you filled me with the fat of your sacrifices; but you have burdened me with your sins. You have wearied me with your iniquities.
25“म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्।
25I, even I, am he who blots out your transgressions for my own sake; and I will not remember your sins.
26तर तिमीहरूले मलाई सम्झनु पर्छ। हामी एकै साथ भेला हुनुपर्छ अनि निर्णय लिनुपर्छ जसले गर्दा तिमीहरू आफ्नो स्थिति प्रस्तुत गर्न सक्छौ अनि हामी के सही हो निर्णय लिनु सक्छौं।
26Put me in remembrance. Let us plead together. Set forth your case, that you may be justified.
27तिमीहरूका पहिले पिता-पुर्खा पापी थिए। अनि तिमीहरूका वकीलहरूले मेरो विरूद्ध कुराहरू गरे।
27Your first father sinned, and your teachers have transgressed against me.
28यसकारण म पवित्र शासकहरूलाई अपवित्र बनाउनेछु अनि याकूबलाई गाली गर्नेछु। नराम्रा घटनाहरू इस्राएलमा हुनेछन्।”
28Therefore I will profane the princes of the sanctuary; and I will make Jacob a curse, and Israel an insult.”