Nepali

World English Bible

Isaiah

49

1टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन्। पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सुन्। परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो। म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढनु भयो जब म आमाको गर्भमा नै थिएँ।
1Listen, islands, to me; and listen, you peoples, from far: Yahweh has called me from the womb; from the bowels of my mother has he made mention of my name:
2परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ। उहाँ मलाई धारिलो तरवार जस्तै प्रयोग गर्नुहुन्छ, तर उहाँले मलाई रक्षा पनि गर्नुहुन्छ। उहाँले मलाई आफ्नो हत्केलामा लुकाउनु हुन्छ। परमप्रभुले मलाई तिखो काँड झैं उपयोग गर्नुहुन्छ, तर उहाँले मलाई काँडको ढोक्रोमा लुकाउनु हुन्छ।
2and he has made my mouth like a sharp sword; in the shadow of his hand, he has hidden me: and he has made me a polished shaft; in his quiver has he kept me close:
3परमप्रभुले मलाई भन्नुभयो, “इस्राएल, तिमी मेरो दास हौ। म तिमीसँग अचम्म लाग्दो कामहरू गर्नेछु।”
3and he said to me, “You are my servant; Israel, in whom I will be glorified.”
4मैले भने, “मैले व्यर्थै परिश्रम गरें, मैले आफूलाई थोत्रो पारें, तर उपयोगी काम भने भएन्। मैले मेरा सारा शक्तिहरू प्रयोग गरें तर वास्तवमा मैले केही पनि पाइँन। यसैले, परमप्रभुले मसँग केही गर्नलाई निर्णय दिनु पर्छ। परमेश्वरले मेरो कामको प्रतिफल दिनै पर्छ।
4But I said, “I have labored in vain, I have spent my strength for nothing and vanity; yet surely the justice due to me is with Yahweh, and my reward with my God.”
5परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो ताकि याकूब र इस्राएललाई उहाँ समक्ष फर्काउनका लागि उहाँको सेवक हुन सकुँ। परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ। म परमेश्वरबाट आफ्नो बल पाउनेछु” परमप्रभुले मलाई भन्नुभयो।
5Now says Yahweh who formed me from the womb to be his servant, to bring Jacob again to him, and that Israel be gathered to him (for I am honorable in the eyes of Yahweh, and my God has become my strength);
6“तिमी मेरो एक मुख्य दास हौ। इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु। याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्। तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ। सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु। तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”
6yes, he says, “It is too light a thing that you should be my servant to raise up the tribes of Jacob, and to restore the preserved of Israel: I will also give you for a light to the nations, that you may be my salvation to the end of the earth.”
7परमप्रभु, इस्राएलका परमपवित्र र इस्राएलका उद्धारक भन्नुहुन्छ, “मेरो दास नम्र छ उसले शासकहरूको सेवा गर्दछ, तर मानिसहरूले उसलाई हेला गर्दछन्। तर, राजाहरूले उसलाई हेर्ने छन्, अनि उसलाई आदर गर्न उभिनेछन्। महान अगुवाहरूले उअघि शिर झुकाउनेछन्।” यो घटना हुने नै छ किनभने परमप्रभु, इस्राएलका परमपवित्रले, यो चाहनुहुन्छ। अनि परमप्रभुलाई विश्वास गर्न सकिन्छ। उहाँले नै तिमीलाई चुन्नु भएको हो।
7Thus says Yahweh, the Redeemer of Israel, and his Holy One, to him whom man despises, to him whom the nation abhors, to a servant of rulers: “Kings shall see and arise; princes, and they shall worship; because of Yahweh who is faithful, even the Holy One of Israel, who has chosen you.”
8परमप्रभु भन्नुहुन्छ, “त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु। त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु। त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु, त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ। देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ ती मानिसहरूलाई जो त्यसको मालिक थियो।
8Thus says Yahweh, “In an acceptable time have I answered you, and in a day of salvation have I helped you; and I will preserve you, and give you for a covenant of the people, to raise up the land, to make them inherit the desolate heritage:
9तिमीहरूले कैदीहरूलाई भन्ने छौ, ‘कैदबाट तिमीहरू बाहिर आऊ। अन्धकारमा बस्ने मानिसहरूलाई तिमीहरूले भन्नेछौ, ‘अन्धकारबाट निस्क।’ यात्रा गरिरहेका बेलामा मानिसहरूले खानेछन्। रित्तो पहाडहरूमा तिनीहरूले खानेकुरा पाउनेछन्।
9saying to those who are bound, ‘Come out!’; to those who are in darkness, ‘Show yourselves!’ “They shall feed in the ways, and on all bare heights shall be their pasture.
10मानिसहरू भोको हुने छैनन्। तिनीहरू तिर्खाउने छैनन्। तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ। उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।
10They shall not hunger nor thirst; neither shall the heat nor sun strike them: for he who has mercy on them will lead them, even by springs of water he will guide them.
11मेरा मानिसहरूका लागि म बाटो बनाइदिनेछु। पर्वतहरू समतल बनाई दिनेछु, अनि भत्किएको बाटोहरूमाथि उठ्नेछन्।
11I will make all my mountains a way, and my highways shall be exalted.
12हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइरहेछन् उत्तर अनि र पश्चिमबाट आइरहेछन्। मानिसहरू मकहाँ मिश्रदेश अन्तर्गत आस्वानबाट आइरहेछन्।”
12Behold, these shall come from far; and behold, these from the north and from the west; and these from the land of Sinim.”
13हे स्वर्ग र पृथ्वी, आनन्दित होऊ। हे पर्वतहरू आनन्दले चिच्याऊ। किन? किनभने परमप्रभुले आफ्नो मानिसहरूलाई सान्त्वना दिनुहुन्छ। परमप्रभु आफ्ना गरीब मानिसहरू प्रति असल हुनुहुन्छ।
13Sing, heavens; and be joyful, earth; and break forth into singing, mountains: for Yahweh has comforted his people, and will have compassion on his afflicted.
14तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो, मेरो मालिकले मलाई भुल्नु भयो।”
14But Zion said, “Yahweh has forsaken me, and the Lord has forgotten me.”
15तर म भन्छु, “के एउटी स्त्रीले आफ्नो नानी बिर्सिन सक्छे? अहँ! के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नो नानीलाई बिर्सिन सक्छे? यदि उसले बिर्सन सक्छे भने पनि म तिमीलाई बिर्सिने छैन।
15“Can a woman forget her nursing child, that she should not have compassion on the son of her womb? Yes, these may forget, yet I will not forget you!
16हेर, मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु। म सारा समय तेरो बारेमा सोच्दछु।
16Behold, I have engraved you on the palms of my hands; your walls are continually before me.
17तिमीहरूका नानीहरू तिमीहरूकहाँ फर्केर आउनेछन्। मानिसहरूले तिमीहरूलाई पराजित गरे तर ती मानिसहरूले तिमीहरूलाई एक्लै छोडेर गए।”
17Your children make haste; your destroyers and those who made you waste shall go forth from you.
18माथि हेर, तिम्रा चारैतिर हेर तिमीहरूका सारा नानीहरू एकसाथ तिमीहरूकहाँ आइरहेछ। परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु म तिमीहरूसँग यो प्रण गर्दछु तिमीहरूका नानीहरू तिमीहरू कै घाँटी वरिपरि बाँधिएको गहना जस्तो हुनेछन्। तिम्रा नानीहरू दुलहीले लगाउने घाँटीको हार जस्तो हुनेछन्।
18Lift up your eyes all around, and see: all these gather themselves together, and come to you. As I live,” says Yahweh, “you shall surely clothe yourself with them all as with an ornament, and dress yourself with them, like a bride.
19तिमीहरू अहिले पराजित र नष्ट भएकाछौ। तिमीहरूका ठाउँहरू काम नलाग्ने भएकाछन्। तर केही छिनमा नै, तिमीहरू आफ्ना ठाउँमा धेरै मानिसहरू हुनेछन् अनि मानिसहरू जसले तिमीहरूलाई नाश गरे तिनीहरू एकदम टाढा हुनेछन्।
19“For, as for your waste and your desolate places, and your land that has been destroyed, surely now you shall be too small for the inhabitants, and those who swallowed you up shall be far away.
20तिमीहरू आफ्ना नानीहरू हराउँदा दुखी भएका थियौ तर ती नानीहरूले तिमीहरूलाई भन्नेछन् यो भूमि एकदम सानो छ। हामीलाई बस्न एउटा ठूलो ठाउँ दिनुहोस्।
20The children of your bereavement shall yet say in your ears, The place is too small for me; give place to me that I may dwell.
21तब तिमीहरू स्वयंले भन्नेछौ, “कसले मलाई यी सारा नानीहरू दिए? यो राम्रो हो। म दुखी र एक्लै थिएँ। म पराजित भएको थिएँ र आफ्ना मानिसहरूबाट टाढा भएको थिएँ। यसकारण कसले मलाई यी नानीहरू दिए? हेर, म एक्लै छाडिएको थिएँ। यी सारा नानीहरू कहाँबाट आए?”
21Then you will say in your heart, ‘Who has conceived these for me, since I have been bereaved of my children, and am solitary, an exile, and wandering back and forth? Who has brought up these? Behold, I was left alone; these, where were they?’”
22परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “हेर म आफ्ना हात जातिहरू प्रति हल्लाउने छु। म मेरो झण्डा सारा मानिसहरूले देख्ने गरी उठाउनेछु। त्यसपछी तिनीहरूका नानीहरू तिमीहरूकहाँ ल्याउनेछन्। ती मानिसहरूले तिमीहरूका नानीहरू काँधमा बोकेर ल्याउने छन्, अनि तिनीहरूका पाखुराहरूमा उनीहरूले समात्नेछन्।
22Thus says the Lord Yahweh, “Behold, I will lift up my hand to the nations, and set up my banner to the peoples; and they shall bring your sons in their bosom, and your daughters shall be carried on their shoulders.
23राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्। राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्। तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्। त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ। तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ उ निराश हुनेछैन्।”
23Kings shall be your nursing fathers, and their queens your nursing mothers: they shall bow down to you with their faces to the earth, and lick the dust of your feet; and you shall know that I am Yahweh; and those who wait for me shall not be disappointed.”
24जब बलवान सिपाहीले युद्धमा धन जित्दछ, तिमीहरूले उबाट त्यो धन लिन सक्तैनौ। जब शक्तिपूर्ण सिपाहीले कैदीलाई पहरा दिनछन् त्यो कैदी भाग्न सक्तैन्।
24Shall the prey be taken from the mighty, or the lawful captives be delivered?
25तर परमप्रभु, भन्नुहुन्छ, “कैदीहरू भाग्नेछन्। टाढाका ती बलबान सिपाहीबाट कतिजनाले ती कैदीहरू लैजाने छन्। यो कसरी हुनेछ? तिम्रो युद्ध म लड्नेछु। म तिम्रो नानीहरूको रक्षा गर्नेछु।
25But thus says Yahweh, “Even the captives of the mighty shall be taken away, and the prey of the terrible shall be delivered; for I will contend with him who contends with you, and I will save your children.
26“ती मानिसहरूले तिमीहरूलाई चोट पुर्याउछन् तर म तिनीहरूलाई आफ्नै शरीरको मासु खान वाध्य गराउनेछु। तिनीहरूका आफ्नै रगत दाखरस जस्तो हुन्छ जो उनीहरूले पिउने छन्। तब प्रत्येक मानिसले जान्नेछन्। कि म परमप्रभुले तिमीहरूलाई बचाउनुभयो। सारा मानिसहरूले जान्नेछन् कि याकूबको शक्तिशाली परमप्रभुले तिमीहरूलाई बचाउनु भयो।”
26I will feed those who oppress you with their own flesh; and they shall be drunken with their own blood, as with sweet wine: and all flesh shall know that I, Yahweh, am your Savior, and your Redeemer, the Mighty One of Jacob.”