1“तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ।
1“Listen to me, you who follow after righteousness, you who seek Yahweh: look to the rock you were cut from, and to the hold of the pit you were dug from.
2अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्। अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा ठूलो परिवार प्रारम्भ गर्यो। धेरै-धेरै मानिसहरू उसबाट नै जन्मिए।”
2Look to Abraham your father, and to Sarah who bore you; for when he was but one I called him, and I blessed him, and made him many.
3यस्तै प्रकारले परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले उनी र उनको सन्तानहरू प्रति दुख अनुभव गर्नुहुनेछ अनि उहाँले उसको लागि एक महान कार्य गर्नुहुनेछ। परमप्रभुले मरूभूमिलाई परिवर्तन गर्नु हुनेछ। त्यो मरूभूमि अदनको बगैंचा जस्तो हुनेछ। त्यो जग्गा रित्तो थियो, तर त्यो परमप्रभुको बगैंचा जस्तो हुनेछ। मानिसहरू त्यहाँ अति नै खुशी हुनेछन्। मानिसहरूले त्यहाँ आनन्द प्रकट गर्नेछन्। तिनीहरूले धन्यवाद र विजयको गीत गाउँनेछन्।
3For Yahweh has comforted Zion; he has comforted all her waste places, and has made her wilderness like Eden, and her desert like the garden of Yahweh; joy and gladness shall be found therein, thanksgiving, and the voice of melody.
4“मेरा मानिसहरू, मलाई ध्यान दिएर सुन। मेरो निर्णयहरू कसरी जीउनु भनरे मानिसहरूलाई देखाउँदै ज्योति जस्ता हुनेछन्।
4“Attend to me, my people; and give ear to me, my nation: for a law shall go forth from me, and I will establish my justice for a light of the peoples.
5म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु। म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लाएर सारा जातिहरूमा न्याय गर्नेछु सबै सुदूरका ठाउँहरूले मलाई पर्खिरहेकाछन्। तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्।
5My righteousness is near, my salvation is gone forth, and my arms shall judge the peoples; the islands shall wait for me, and on my arm shall they trust.
6माथि आकाशमा हेर! तल पृथ्वी वरिपरि हेर! आकाश बादलहरूका धूँवा सरह अल्गिदै जानेछ। पृथ्वी काम नलाग्ने पुरानो लुगा सरह हुनेछ। पृथ्वीमा भएका मानिसहरू मर्नेछन् तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ। मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन।
6Lift up your eyes to the heavens, and look on the earth beneath; for the heavens shall vanish away like smoke, and the earth shall wax old like a garment; and those who dwell therein shall die in the same way: but my salvation shall be forever, and my righteousness shall not be abolished.
7तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ। तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ। दुष्ट मानिसहरूबाट नडराऊ। तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ।
7“Listen to me, you who know righteousness, the people in whose heart is my law; don’t fear the reproach of men, neither be dismayed at their insults.
8किन? किनभने तिनीहरू पुराना लुगाहरू जस्ता हुन्। माऊ कीराहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू ऊन जस्तो हुन कीराहरूले तिनीहरूलाई खानेछन तर मेरो सद्भावना सदा-सर्वदा चलिरहनेछ। मेरो उद्धार सदा सर्वदा लगातार चलिरहनेछ।”
8For the moth shall eat them up like a garment, and the worm shall eat them like wool; but my righteousness shall be forever, and my salvation to all generations.”
9जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसंग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।
9Awake, awake, put on strength, arm of Yahweh; awake, as in the days of old, the generations of ancient times. Isn’t it you who cut Rahab in pieces, who pierced the monster?
10तिमीहरूले गर्दा नै समुद्रलाई सुख्खा हुने पार्यौ। तिमीहरूले अति गहिरोबाट पानी सुकायौ। तिमीहरूले समुद्रको गहिरो भागमा बाटो बनायौ। तिमीहरूले त्यो बाटो पार गरेर बाँच्यौ।
10Isn’t it you who dried up the sea, the waters of the great deep; who made the depths of the sea a way for the redeemed to pass over?
11परमप्रभुले उहाँका मानिसहरूलाई बचाउनु हुन्छ। तिनीहरू आनन्दित भएर सियोन फर्किनेछन्। तिनीहरू अत्यन्त खुशी हुनेछन्। तिनीहरूका खुशीयाली तिनीहरूको शिरको एउटा मुकुट सरह सदा-सर्वदा रहने छ। तिनीहरूले खुशीसँग गाउनेछन् सबै दुखद अवस्थाहरू टाढा हटेर जानेछ।
11The ransomed of Yahweh shall return, and come with singing to Zion; and everlasting joy shall be on their heads. They shall obtain gladness and joy. Sorrow and sighing shall flee away.
12परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”
12“I, even I, am he who comforts you: who are you, that you are afraid of man who shall die, and of the son of man who shall be made as grass;
13परमप्रभुले तिमीहरूलाई बनाउनु भएको हो। उहाँको आफ्नो शक्तिले पृथ्वी बनाउनु भयो। अनि उहाँको आफ्नो शक्तिले पृथ्वी भरि आकाश फैलाउनु भयो। तर तिमीहरूले उहाँलाई भुल्यौ र उहाँको शक्तिलाई पनि भुल्यौ। यसकारण तिमीहरू क्रोधित मानिससँग डराउँछौ जसले तिमीहरूलाई चोट पुर्याउँछ। ती मानिसहरूले तिमीहरूलाई नाश गर्ने योजना बनाए तर तिनीहरू सबै गए तिनीहरू अब कहाँ छन्।
13and have forgotten Yahweh your Maker, who stretched forth the heavens, and laid the foundations of the earth; and fear continually all the day because of the fury of the oppressor, when he makes ready to destroy? and where is the fury of the oppressor?
14कैदमा परेका मानिसहरू चाँडै नै स्वतन्त्र हुनेछन्। ती मानिसहरू झ्यालखानमा मर्ने अथवा सडने छैनन्। ती मानिसहरूले प्रशस्त खानेकुराहरू पाउनेछन्।
14The captive exile shall speedily be freed; and he shall not die and go down into the pit, neither shall his bread fail.
15“किनकि म, परमप्रभु, तेरो परमेश्वर हुँ। म समुद्रलाई उत्तेजित पारी उठाउनेछु र छालहरू उठाउनेछु।” (सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।)
15For I am Yahweh your God, who stirs up the sea, so that its waves roar: Yahweh of Armies is his name.
16“मेरो दास, म तिमीहरूलाई ती वचनहरू दिने छु जुन म तिमीहरूलाई भन्न चाहन्छु। अनि म तिमीहरूलाई मेरो हातले छेक्नेछु र म तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई नयाँ आकाश अनि नयाँ पृथ्वी बनाउनलाई चलाउनेछु। म तिमीहरूलाई चलाउनेछु इस्राएललाई यसो भन्नलाई, ‘तिमीहरू मेरा मानिसहरू हौ।”‘
16I have put my words in your mouth, and have covered you in the shadow of my hand, that I may plant the heavens, and lay the foundations of the earth, and tell Zion, ‘You are my people.’”
17जाग जाग! यरूशलेम, उठ! परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो। यसैकारण तिमीहरू दण्डित भयौ। यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो अनि तिमीहरूले यसलाई पियौ।
17Awake, awake, stand up, Jerusalem, that have drunk at the hand of Yahweh the cup of his wrath; you have drunken the bowl of the cup of staggering, and drained it.
18यरूशलेमसँग धेरै मानिसहरू थिए, तर तिनीहरू मध्ये कोही पनि यरूशलेमको अगुवा हुन सकेन्। तिनले उठाएका कुनै पनि छोरा छोरीहरूले उनलाई डोर्याएनन्।
18There is none to guide her among all the sons whom she has brought forth; neither is there any who takes her by the hand among all the sons who she has brought up.
19कष्टहरू दुइ वर्गमा यरूशलेममा देखा परे, चोरी र सीमित खाद्यन्न, ठूलो अनिकाल र युद्ध। तिमीहरू दुखमा परेको बेला कसैले पनि तिमीलाई साथ दिएन्। कसैले पनि तिमीहरू प्रति करूणा देखाएन्।
19These two things have happened to you. Who will bemoan you? Desolation and destruction, and the famine and the sword; how shall I comfort you?
20तिमीहरूका मानिसहरू कमजोर भए तिनीहरू भूईंमा लडेर त्यही पल्टिरहे। ती मानिसहरू प्रत्येक कुना काप्चा र गल्लीहरूमा लडिरहे। तिनीहरू पाशोमा परेका पशुहरू जस्ता भए। जब सम्म तिमीहरूले दण्ड थाम्न नक्सने भयो परमप्रभुको क्रोधवाट दण्डित भइरह्यौ। जब परमेश्वरले अधिक दण्ड दिन्छु भनेर भन्नुभयो, तिनीहरू सातो हराएका झैं भए।
20Your sons have fainted, they lie at the head of all the streets, as an antelope in a net; they are full of the wrath of Yahweh, the rebuke of your God.
21मलाई ध्यान देऊ, दुखी यरूशलेम। तिमीहरू दाखरस नपिएता पनि एउटा मद पिउने मानिस जस्तै कमजोर छौ। तिमीहरू त्यस, “विषको कचौराबाट” कमजोर छौ।
21Therefore hear now this, you afflicted, and drunken, but not with wine:
22तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ।
22Thus says your Lord Yahweh, and your God who pleads the cause of his people, “Behold, I have taken out of your hand the cup of staggering, even the bowl of the cup of my wrath; you shall no more drink it again:
23म मेरो क्रोध तिनीहरूमाथि प्रयोग गर्नेछु जसले तिमीहरूलाई चोट पुर्याउनेछ, जसले तिमीहरूलाई मार्ने प्रयास गर्दछ। तिनीहरूले तिमीहरूलाई भने, ‘हाम्रो अघाडी घुँडा टेक अनि हामी तिमीहरूमाथि हिंड्नेछौं।’ तिनीहरूले जबरजस्ती तिनीहरूलाई झुकाउने कोशिश गर्छन्। अनि तिनीहरू तिमीहरूका ढाढमा हिंडनेछन्। तिमीहरू तिनीहरू हिंडने एक बाटो जस्तो हुनेछौ।”
23and I will put it into the hand of those who afflict you, who have said to your soul, ‘Bow down, that we may walk over you;’ and you have laid your back as the ground, and as the street, to those who walk over.”