1यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने प्रत्येक कुराहरू परिर्वतित हुने थियो। पर्वतहरू तपाईं समक्ष पग्लने थिए।
1Oh that you would tear the heavens, that you would come down, that the mountains might quake at your presence,
2पर्वतहरू आगोको रापमा झारपातहरू जलिरहे जस्तो जल्ने थिए। पर्वतहरू आगोमाथि पानी जस्तै उम्लिने थिए। तब तपाईंका शत्रुहरूले तपाईंको बारेमा जान्नेथिए। तब सारा जातिहरू तपाईंलाई देख्दा डरले काम्ने थिए।
2as when fire kindles the brushwood, and the fire causes the waters to boil; to make your name known to your adversaries, that the nations may tremble at your presence!
3जब तपाईं अप्रत्यासित कार्य गर्नुहुन्छ, पर्वतहरू तपाईं अघि पग्लन्छन्।
3When you did awesome things which we didn’t look for, you came down, the mountains quaked at your presence.
4तपाईंका मानिसहरूले साँच्चि नै तपाईंको कुरा कहिल्यै सुनेन्। तपाईंले बताएका कुराहरूमा कहिल्यै ध्यान दिएर सुनेन्। कसैले पनि तपाईं जस्तो परमेश्वर देखेका छैनन्। तपाईं बाहेक त्यहाँ त्यस्तो परमेश्वर हुनु हुन्न्। यदि मानिसहरूमा धैर्य भए अनि तपाईंको सहयोग पर्खेको भए, तिनीहरूका लागि तपाईंले महान कुराहरू गरिदिनुहुने थियो।
4For from of old men have not heard, nor perceived by the ear, neither has the eye seen a God besides you, who works for him who waits for him.
5तपाईं त्यस्ता मानिसहरूसित हुनुहुन्थ्यो जो काम गर्न मन पराउँथे। ती मानिसहरूले तपाईंले बताउनु भएको बाटो अनुसार गर्दै तपाईंलाई सम्झना गर्छन्। तर अतीतमा हामीले तपाईंको विरूद्ध पाप गर्यौ। यसैकारण तपाईं हामीसित क्रोधित हुनुभयो। अब हामीहरू कसरी बचाइन सक्नेछौं?”
5You meet him who rejoices and works righteousness, those who remember you in your ways. Behold, you were angry, and we sinned. We have been in sin for a long time; and shall we be saved?
6हामी सबै पापले अशुद्ध भएका छौं। हाम्रा असल कामहरू पनि शुद्ध छैनन्। तिनीहरू रगतका दागहरू भएका लुगाहरू जस्ता छन्। हामी ओइलएर झरेका पातहरू झैं छौं। हाम्रा पापहरूले हामीलाई बतासले झैं उडाइलैजानेछ।
6For we have all become as one who is unclean, and all our righteousness is as a polluted garment: and we all fade as a leaf; and our iniquities, like the wind, take us away.
7हामी तपाईंलाई पूज्दैनौं। हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं। हामी तपाईंलाई अनुसरण गर्न उत्साहित हुँदैनौं। यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ। हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।
7There is none who calls on your name, who stirs up himself to take hold of you; for you have hidden your face from us, and have consumed us by means of our iniquities.
8तर परमप्रभु, तपाईं हाम्रो पिता हुनुहुन्छ। हामी हिलो जस्तै छौं अनि तपाईं कुमाले हुनुहुन्छ। तपाईंकै हातले हामीहरूलाई बनाउनु भयो।
8But now, Yahweh, you are our Father; we are the clay, and you our potter; and we all are the work of your hand.
9परमप्रभु, हामीसित अब यसरी क्रोधित भइ नरहनु होस। हाम्रा पापहरूलाई सँधै ध्यानमा नराखी भुलि दिनु होस। दया गरेर, हामीमाथि हेर्नुहोस् हामी तपाईंका मानिसहरू हौं।
9Don’t be furious, Yahweh, neither remember iniquity forever: see, look, we beg you, we are all your people.
10तपाईंका पवित्र शहरहरू रित्तो छन्। ती शहरहरू उजाड र निर्जन छन्। सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो।
10Your holy cities are become a wilderness, Zion has become a wilderness, Jerusalem a desolation.
11हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई हाम्रा पवित्र मन्दिरमा पूज्थे। हाम्रा मन्दिरहरू एकदम अचम्मका थिए, तर अहिले यो आगोमा जलेर गयो। हाम्रा सारा बहुमूल्य सम्पत्तिहरू विनाश भए।
11Our holy and our beautiful house, where our fathers praised you, is burned with fire; and all our pleasant places are laid waste.
12के यी सबै कुराहरूले हामीलाई तपाईंको प्रेमदेखि टाढा लानेछ? के तपाईं सधैं चूपचाप बस्नु हुन्छ? के तपाईं हामीलाई सधैं दण्ड दिनुहुन्छ?
12Will you refrain yourself for these things, Yahweh? Will you hold your peace, and afflict us very severely?