Nepali

World English Bible

James

2

1मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशु ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।
1My brothers, don’t hold the faith of our Lord Jesus Christ of glory with partiality.
2मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ।
2For if a man with a gold ring, in fine clothing, comes into your synagogue , and a poor man in filthy clothing also comes in;
3तिमीहरू त्यो मानिस जो सुन्दर बस्त्र लगाएको छ त्यसलाई विशेष ध्यान दिन्छौ। तिमीहरू भन्छौ, “यो राम्रो आसनमा बस्नुहोस्।” तर गरीब मानिसलाई तिमीहरू भन्छौ, “त्यहाँ उभ्” वा “तिमीहरूको पाउ छेउको चटाईमा बस्”
3and you pay special attention to him who wears the fine clothing, and say, “Sit here in a good place”; and you tell the poor man, “Stand there,” or “Sit by my footstool”;
4तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।
4haven’t you shown partiality among yourselves, and become judges with evil thoughts?
5सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।
5Listen, my beloved brothers. Didn’t God choose those who are poor in this world to be rich in faith, and heirs of the Kingdom which he promised to those who love him?
6तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्।
6But you have dishonored the poor man. Don’t the rich oppress you, and personally drag you before the courts?
7अनि, यी ती धनी मानिसहरू हुन्, जसले येशुको नाउँको निन्दा गर्छन् जसद्वारा तिमीहरू बोलाइन्छौ।
7Don’t they blaspheme the honorable name by which you are called?
8बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।” यदि तिमीहरूले यो नियम पालन गरयौ भने तब तिमीहरूले ठिक काम गर्छौ।
8However, if you fulfill the royal law, according to the Scripture, “You shall love your neighbor as yourself,” you do well.
9तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।
9But if you show partiality, you commit sin, being convicted by the law as transgressors.
10कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मै व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ।
10For whoever keeps the whole law, and yet stumbles in one point, he has become guilty of all.
11परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।” उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।” यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङग गरेका दोषी ठहरिन्छौ।
11For he who said, “Do not commit adultery,” also said, “Do not commit murder.” Now if you do not commit adultery, but murder, you have become a transgressor of the law.
12तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ।
12So speak, and so do, as men who are to be judged by a law of freedom.
13यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।
13For judgment is without mercy to him who has shown no mercy. Mercy triumphs over judgment.
14मेरा प्रिय भाइ-बहिनीहरू, यदि कुनै व्यक्तिले उसित विश्वास छ भन्छ तर केही गर्दैन, तब त्यो विश्वास बेकामको हो। त्यस्तो विश्वासले उसलाई बचाउँन सक्छ? अहँ!
14What good is it, my brothers, if a man says he has faith, but has no works? Can faith save him?
15परमप्रभु ख्रीष्टमा विश्वास गर्ने भाइ वा बहिनीलाई बस्त्रहरू अनि भोजनको आवश्यक पर्न सक्छ।
15And if a brother or sister is naked and in lack of daily food,
16अनि त्यो व्यक्तिलाई तिमीहरू भन्छौ, “शान्ति साथ जाऊ। म आशा गर्छु तिम्रोमा गरम लुगाहरू र प्रशस्त भोजन छन्।” यद्यपि तिमीहरू उसको खाँचो पुरा गर्दैनौ, तिमीहरूका शब्दहरू अर्थहीन छन्।
16and one of you tells them, “Go in peace, be warmed and filled”; and yet you didn’t give them the things the body needs, what good is it?
17यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ।
17Even so faith, if it has no works, is dead in itself.
18एकजना व्यक्तिले भन्न सक्छ, “तिमीसँग विश्वास छ, तर ममा कम छ। जब तिम्रो विश्वासले केही काम गर्दैन भने तिम्रो विश्वासको प्रमाण गर। मेरो विश्वासले गरेको कामबाट म विश्वास प्रमाण गर्न सक्छु।”
18Yes, a man will say, “You have faith, and I have works.” Show me your faith without works, and I by my works will show you my faith.
19तिमीहरू विश्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँच्ची नै! तर भूतहरूले पनि विश्वास गर्छन्, अनि तिनीहरू भयले काम्छन्।
19You believe that God is one. You do well. The demons also believe, and shudder.
20तिमी मूर्ख व्यक्तिहरू! के तिमीहरूलाई प्रमाण दिनु पर्छ कि बिना कर्मको विश्वास बेकामे हो?
20But do you want to know, vain man, that faith apart from works is dead?
21अब्राहाम हाम्रा पूर्वज हुनुहुन्छ। जब तिनले आफ्नो छोरो इसहाकलाई परमेश्वर समक्ष वेदीमा चढाए, उनको कर्मबाट परमेश्वर अघि अब्राहामलाई धार्मिक बनाइयो।
21Wasn’t Abraham our father justified by works, in that he offered up Isaac his son on the altar?
22यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विश्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विश्वास पूर्ण थियो।
22You see that faith worked with his works, and by works faith was perfected;
23यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ “अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि परमेश्वरले अब्राहामको विश्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।” अब्राहामलाई “परमेश्वरको मित्र मानिन्थ्यो।”
23and the Scripture was fulfilled which says, “Abraham believed God, and it was accounted to him as righteousness”; and he was called the friend of God.
24यसरी तिमीहरूले देख्छौ कि एक मानिस उसले गरेका कर्मद्वारा परमेश्वरसित सही बन्दछ अनि उसको विश्वासबाट मात्र होइन।
24You see then that by works, a man is justified, and not only by faith.
25अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुप्तचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्कै बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अघि तिनी धार्मिक देखिइन्।
25In the same way, wasn’t Rahab the prostitute also justified by works, in that she received the messengers, and sent them out another way?
26आत्मा विनाको शरीर मृततुल्य हो। विश्वासको मूल्य पनि यस्तै हो। विश्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो।
26For as the body apart from the spirit is dead, even so faith apart from works is dead.