1परमेश्वरको यो सन्देश मकहाँ आयो,
1The word of Yahweh came to me, saying,
2“जाऊ अनि यरूशलेमका मानिसहरूलाई भन, “यो सन्देश परमप्रभुको हो “‘जब तिमीहरू युवा अवस्थामा थियौ त्यस बेला तिमीहरूको म प्रति विश्वास अनि एउटी बेहुलीको झैं म प्रतिको माया मलाई सम्झना छ। तिमीहरूले मलाई मरूभूमि भरि र बीऊ र्छनलाई नजोतिएको जमीन भरि पछ्यायौ।
2“Go, and cry in the ears of Jerusalem, saying, ‘Thus says Yahweh, “I remember for you the kindness of your youth, the love of your weddings; how you went after me in the wilderness, in a land that was not sown.
3इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए। तिनीहरू परमेश्वरले बटुल्नु भएको प्रथम फल थिए। अनि ज-जसले तिनीहरूलाई नोक्साम पुर्याए उनीहरूलाई दोषी साबित गरियो अनि तिनीहरूमाथि कष्ट आइपर्यो।”‘ यो सन्देश परमेश्वरबाट आएको थियो।
3Israel was holiness to Yahweh, the first fruits of his increase. All who devour him shall be held guilty. Evil shall come on them,”’ says Yahweh.”
4हे याकूबका घरानाहरू हो, परमप्रभुको सन्देशमा कान थाप। हे इस्राएलका सबै परिवार समूहहरू हो, परमप्रभुको सन्देश सुन।
4Hear the word of Yahweh, O house of Jacob, and all the families of the house of Israel!
5परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो “तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए ताकि तिनीहरूले मलाई छाडिदिए? तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए।
5Thus says Yahweh, “What unrighteousness have your fathers found in me, that they have gone far from me, and have walked after vanity, and are become vain?
6तिम्रा पिता-पुर्खाहरूले भनेनन्, ‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो। परमप्रभुले हामीलाई अँध्यारो र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो। परमप्रभुले हामीलाई सुखा र उजाड भूमिमा डोर्याउन भयो। परमप्रभुले हामीलाई अंन्घकार र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्। त्यहाँ डोर्याउनु भयो। तिनीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?”“
6Neither did they say, ‘Where is Yahweh who brought us up out of the land of Egypt, who led us through the wilderness, through a land of deserts and of pits, through a land of drought and of the shadow of death, through a land that none passed through, and where no man lived?’
7परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ, त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले परिपूर्ण छ। मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ। तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्यौ।’ मैले तिमीहरूलाई त्यो जमीन दिएँ, तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ।
7I brought you into a plentiful land, to eat its fruit and its goodness; but when you entered, you defiled my land, and made my heritage an abomination.
8पूजाहारीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ मानिसहरू जसले व्यवस्था जान्दछन् मलाई जान्न चाहेनन्। इस्राएलका मानिसहरूका शासकहरू मेरो विरूद्ध खडा भए। अगमवक्ताहरूले झूटा देवता बालको नाउँमा अगमवाणी गरे। तिनीहरूले महत्वहीन मूर्तिहरूलाई दण्डवत गरे।”
8The priests didn’t say, ‘Where is Yahweh?’ and those who handle the law didn’t know me. The rulers also transgressed against me, and the prophets prophesied by Baal, and walked after things that do not profit.
9परमप्रभु भन्नुहुन्छ, “यसकारण म तिमीहरू र तिमीहरूका छोरा-नातिहरू विरूद्ध फेरि दोषारोपण गर्नेछु।
9“Therefore I will yet contend with you,” says Yahweh, “and I will contend with your children’s children.
10समुद्र तरेर कित्तीमका टापुहरूमा जाऊ। कसैलाई केदारको भूमिमा पठाऊ। एकदमै होशियारी साथ हेर, हेर, कसैले त्यस्तो प्रकारको काम कहिले गरेको थियो कि?
10For pass over to the islands of Kittim, and see; and send to Kedar, and consider diligently; and see if there has been such a thing.
11के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर? आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह। अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्। तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर महत्वहीन मूर्तिहरूलाई पूज्न थाले।
11Has a nation changed its gods, which really are no gods? But my people have changed their glory for that which does not profit.
12“यस्ता कुराहरू घट्ता आकाशहरूलाई आघात होस्। भीषण भयले थर्थरियोस्।” यो सन्देश परमप्रभुबाट आएको थियो।
12“Be astonished, you heavens, at this, and be horribly afraid. Be very desolate,” says Yahweh.
13“मेरा मानिसहरूले दुइवटा कुकर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको श्रोत हूँ अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।
13“For my people have committed two evils: they have forsaken me, the spring of living waters, and cut them out cisterns, broken cisterns, that can hold no water.
14“के इस्राएलका मानिसहरू कमारो भए? के तिनीहरू त्यस्ता मानिस जस्तो भए जो दास भएर जन्मेको थियो? किन मानिसहरूले इस्राएलका मानिसहरूबाट धन-सम्पत्ति लान्छन्?
14Is Israel a servant? Is he a native-born slave? Why has he become a prey?
15इस्राएलका शत्रुहरू इस्राएलमाथि जवान सिंहहरू झैं गर्जन्छन्। तिनीहरू गर्जन्छन्। तिनीहरूले इस्राएल भूमिलाई उजाड पारिदिए। तिनीहरूले इस्राएलका शहरहरू जलाइदिए, यसर्थ त्यहाँ कोही बस्दैन।
15The young lions have roared at him, and yelled. They have made his land waste. His cities are burned up, without inhabitant.
16नोप र तहपन्नेसबाट आएका मानिसहरूले तिम्रो शिरको शीर्षभाग चकनाचुर पारिदिए।
16The children also of Memphis and Tahpanhes have broken the crown of your head.
17यो समस्या तिम्रो आफ्नै दोषले हो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ठीक बाटोमा डोर्याइरहनु हुँदै थियो, तर तिमीहरूले उहाँबाट अर्को पट्टि फर्कियौ।
17“Haven’t you procured this to yourself, in that you have forsaken Yahweh your God The Hebrew word rendered “God” is “Elohim.” , when he led you by the way?
18यहूदाका मानिसहरू यस विषयमा सोच अब नील नदीबाट पानी पिउन किन मिश्र जान्छौ? परात नदीको पानी पिउन किन अश्शूर जान्छौ?
18Now what have you to do in the way to Egypt, to drink the waters of the Shihor? Or what have you to do in the way to Assyria, to drink the waters of the River?
19तिमीहरूले नराम्रा कामहरू गर्यौ अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ। संकटहरू तिमीकहाँ आउनेछ। अनि त्यस संकटले तिमीहरूलाई शिक्षा दिनेछ। यस विषयमा विचार गर। तब तिमीहरूले बुझ्नेछौ परमेश्वरबाट कि विमुख हुँदा कति नराम्रो हुँदोरहेछ। मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।” यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो।
19“Your own wickedness shall correct you, and your backsliding shall reprove you. Know therefore and see that it is an evil thing and a bitter, that you have forsaken Yahweh your God, and that my fear is not in you,” says the Lord, Yahweh of Armies.
20“हे यहूदाका मानिसहरू हो! धेरै अघि तिमीहरूले जुवा हटा यौ। मैले तिमीहरूलाई जुन डोरीले नियन्त्रण गेर्थें त्यो तिमीहरूले छिनायौ। तिमीहरूले मलाह भन्यौ, ‘म तपाईंको सेवा गर्दिन।’ तिमी प्रत्येक अग्लो पर्वतमाथि र प्रत्येक हरियो रूखमनि सुत्ने वेश्या झैं हौ।
20“For of old time I have broken your yoke, and burst your bonds; and you said, ‘I will not serve;’ for on every high hill and under every green tree you bowed yourself, playing the prostitute.
21यहूदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थिये। तिमीहरू सबै नै असल बीऊ जस्तै थियौ। कसरी तिमी भिन्दै प्रकारको दाखको झ्याँग भयो जसले नराम्रो फल फलाउँदछ?
21Yet I had planted you a noble vine, wholly a right seed. How then have you turned into the degenerate branches of a foreign vine to me?
22तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर खारयुक्त पानीले नुहाए पनि, अझ म तिम्रा अपराधहरूको दाग देख्नु सक्छ।” यो सन्देश मेरा मालिक परमप्रभुबाट आँउछ।
22For though you wash yourself with lye, and use much soap, yet your iniquity is marked before me,” says the Lord Yahweh.
23“हे यहूदाका मानिसहरू हो! तिमीहरूले कसरी मलाई भन्न सक्छौं, ‘म मैला छैन, मैले बाल मूर्तिहरू’ पूजेको छैन। तिमीहरूको कर्महरूलाई बेंसीमा हेर। तिमीहरूले जे गरेका छौं त्यो स्वीकार गर। तिमीहरू यता र उता दुगुर्ने फुर्ति ऊँठहरू जस्ता छौ।
23“How can you say, ‘I am not defiled. I have not gone after the Baals’? See your way in the valley. Know what you have done. You are a swift dromedary traversing her ways;
24तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौ छौं। काम-वासनाको समयमा त्यसले हावाबाट गन्ध लिन्छे। त्यो त्यति कामातुर रहन्छे कि उसलाई फर्काउनु कसैले सक्तैन। काम-वासनाले उन्मत्त भएको समयमा उसलाई खोज्ने प्रत्येक बन-गधैनीले सजिलै भेट्न सक्छ।
24a wild donkey used to the wilderness, that snuffs up the wind in her desire. When she is in heat, who can turn her away? All those who seek her will not weary themselves. In her month, they will find her.
25खुट्टाहरू नाङ्गो नहुञ्जेल अनि घाँटी नसुकुञ्जेल दौडिन छोड। तर तिमीहरू भन्छौ, ‘आशा छैन कारण मैले अन्य देवताहरूलाई प्रेम गरेको छु अनि म तिनीहरूकै अनुसरण गर्नेछु।’
25“Withhold your foot from being unshod, and your throat from thirst. But you said, ‘It is in vain. No, for I have loved strangers, and I will go after them.’
26जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ त्यसरी नै इस्राएलका घराना लज्जित भए। तिनीहरूका राजाहरू र शासकहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्जित हुनेछन्।
26As the thief is ashamed when he is found, so is the house of Israel ashamed; they, their kings, their princes, and their priests, and their prophets;
27ती मानिसहरूले काठका टुक्राहरूसँग बात मार्छन अनि भन्छन्, ‘तिमी मेरा पिता हौ।’ ती मानिसहरू ढुङ्गासँग कुरा गर्छन् अनि भन्छन्, ‘तिमीले मलाई जन्म दियौ।’ तिनीहरू आफ्नो ढाड मपट्टि फर्काउछन्, तर अनुहार चाँहि होइन। तर जब तिनीहरू अप्ठेरामा पर्छन, तिनीहरू मलाई भन्छन्, ‘आऊ अनि हामीलाई बचाऊ।’
27who tell wood, ‘You are my father;’ and a stone, ‘You have brought me out:’ for they have turned their back to me, and not their face; but in the time of their trouble they will say, ‘Arise, and save us.’
28ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बचाऊन। ती मूर्तिहरू जो तिमीहरू आफैले बनाएका छौ कहाँ छन? कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन कि? यहूदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन्।
28“But where are your gods that you have made for yourselves? Let them arise, if they can save you in the time of your trouble: for according to the number of your cities are your gods, Judah.
29तिमीहरू सबै मसित किन वहश गर्छौ? तिमीहरू सबैले मसित विद्रोह गर्छौ?” परमेश्वरबाट आएको वचन यही हो।
29“Why will you contend with me? You all have transgressed against me,” says Yahweh.
30“मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ। तर त्यो वेकार भयो कारण तिनीहरूले त्यो ग्रहण गरेनन्। जो अगमवक्तहरू तिमीहरूकहाँ आएका थिए तिनीहरूलाई तिमीहरूले तरवारले काटयौ। संहार गर्ने सिंहले झैं तिमीहरूले अगमवक्ताहरूलाई मार्यौ।”
30“I have struck your children in vain. They received no correction. Your own sword has devoured your prophets, like a destroying lion.
31यस पुस्ताका मानिसहरू, परमप्रभुको सन्देश तर्फ ध्यान देऊ। “के म इस्राएली मानिसहरूको लागि मरूभूमि जस्तै भएको थिएँ? के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ? मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं। हामी तिमीकहाँ फर्की आउने छैनौ, परमप्रभु।’ किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?
31Generation, consider the word of Yahweh. Have I been a wilderness to Israel? Or a land of thick darkness? Why do my people say, ‘We have broken loose. We will come to you no more?’
32तरूणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्। एउटा दुलहीले आफ्ना वस्त्र भुल्दैन। तर मेरो मानिसहरूले मलाई धेरै चोटी भुलेका छन्।
32“Can a virgin forget her ornaments, or a bride her attire? Yet my people have forgotten me for days without number.
33हे यहूदा! झूटा देवताहरूको माया कसरी खोज्नु त्यो तिमी साँच्चै नै जान्दछौ। वास्तवमा खराब स्त्रीहरूले तिम्रा तरिकाहरू पनि सिक्छन्।
33How well you prepare your way to seek love! Therefore you have taught even the wicked women your ways.
34तिमीले ती गरीब र निर्दोष मानिसहरूलाई तिम्रो घर फोर्दै गरेका भेट्न सकेनौ तापनि तिम्रो हातमा तिनीहरूको रगत छ।
34Also the blood of the souls of the innocent poor is found in your skirts. You did not find them breaking in; but it is because of all these things.
35तर तिमी अझ भन्छौ, ‘म निर्दोष छु। परमेश्वर मसँग क्रोधित हुनुहुन्न।’ यसकारण म तिम्रो न्याय गर्नेछु कारण तिमी भन्छौ कि ‘मैले पाप गरेको छैन।’
35“Yet you said, ‘I am innocent. Surely his anger has turned away from me.’ “Behold, I will judge you, because you say, ‘I have not sinned.’
36तिमी लक्ष्य सजिलै बद्लिन्छौ! तिमी अश्शूर पट्टि फर्क्यौ अनि तिनीहरूले तिमीलाई लज्जित बनाए। यसकारण, तिमी मिश्रपट्टि फर्क्यौ अनि तिनीहरूले पनि तिमीलाई लज्जित तुल्याए।
36Why do you go about so much to change your way? You will be ashamed of Egypt also, as you were ashamed of Assyria.
37यसर्थ यो सत्य हो कि तिमीले मिश्र पनि त्याग्ने छौ। अनि तिमी लज्जाले आफ्ना अनुहार लुकाउनेछौ। तिमीले भरोसा राखेका देशहरूलाई परमेश्वरले इन्कार गर्न भएको छ, यसर्थ तिम्रो जीवनमा उन्नतिको लागि तिनीहरूले तिमीलाई सहयोग गर्न सक्तैनन्।
37From there also you shall go forth, with your hands on your head; for Yahweh has rejected those in whom you trust, and you shall not prosper with them.