Nepali

World English Bible

Jeremiah

35

1योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो
1The word which came to Jeremiah from Yahweh in the days of Jehoiakim the son of Josiah, king of Judah, saying,
2“यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।”
2Go to the house of the Rechabites, and speak to them, and bring them into the house of Yahweh, into one of the rooms, and give them wine to drink.
3यसर्थ मैले यर्मियाको छोरो याजन्याह जो हबसिन्याहको नाति हो र उसका दाज्यू-भाइहरू र सबै छोराहरू पनि ल्याएँ। मैले रेकाबीहरूका सम्पूर्ण परिवारलाई पनि ल्याएँ।
3Then I took Jaazaniah the son of Jeremiah, the son of Habazziniah, and his brothers, and all his sons, and the whole house of the Rechabites;
4त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिग्दल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लूमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो।
4and I brought them into the house of Yahweh, into the room of the sons of Hanan the son of Igdaliah, the man of God, which was by the room of the princes, which was above the room of Maaseiah the son of Shallum, the keeper of the threshold.
5तब मैले रेकाबी परिवारको अघाडि एक घैंटो दाखरस र केही कचौराहरू राखिदिएँ। अनि मैले तिनीहरूलाई पिउनु भनें।”
5I set before the sons of the house of the Rechabites bowls full of wine, and cups; and I said to them, Drink wine!
6तब रेकाबी मानिसहरूले जवाफ दिए, “हामी कहिले पनि दाखरस पिउने छैनौ किनभने हाम्रा पिता-पुर्खा रेकाबको छोरो योनादाबले, हामीलाई यस्तो आज्ञा दिए ‘तिमीहरू र तिमीहरूका सन्तानहरूले कहिल्यै दाखरस पिउनु हुँदैन।
6But they said, We will drink no wine; for Jonadab the son of Rechab, our father, commanded us, saying, You shall drink no wine, neither you, nor your sons, forever:
7उनले अझ भनेका छन् घरहरू निर्माण नगर्नु। बिऊ नरोप्नु अथवा दाख नरोप्नु। तिमीहरूले यी मध्ये कुनै एक पनि नगर्नु। केवल तम्बूहरूमा बस्नु। यदि तिमीहरूले त्यसो गर्यौ भने, जो तिमीहरू डुलुवाहरू थियौ यस देशमा धेरै कालसम्म रहने छौ।’
7neither shall you build house, nor sow seed, nor plant vineyard, nor have any; but all your days you shall dwell in tents; that you may live many days in the land in which you live.
8रेकाबका छोरो हाम्रा पिता-पुर्खा योनादाबले दिनुभएको प्रत्येक आज्ञा हामीले पालन गरेकाछौ। हामी कहिले मदपान गर्दैनौं। हाम्रा पत्नीहरू, छोराहरू र छोरीहरूले कहिले दाखरस पिउँदैनन्।
8We have obeyed the voice of Jonadab the son of Rechab, our father, in all that he commanded us, to drink no wine all our days, we, our wives, our sons, or our daughters;
9हामी बस्ने घरहरू कहिले बनाउँदैनौं। अनि हाम्रो आफनै दाखबारी र खेतहरू छैनन्। हामी कहिल्यै अन्न रोप्दैनौं।
9nor to build houses for us to dwell in; neither have we vineyard, nor field, nor seed:
10हामी तम्बूहरूमा बस्छौं अनि हाम्रा पिता-पुर्खा योनादाबले आज्ञा गरेको प्रत्येक कुरा पालन गर्छौ।
10but we have lived in tents, and have obeyed, and done according to all that Jonadab our father commanded us.
11तर जब बाबेलका राजा नबूकदनेस्सरले यहूदामाथि आक्रमण गरे, हामी यरूशलेम गयौं। हामीले एक-अर्का माझ भन्यौं, ‘हामी यरूशलेमको शहरभित्र प्रवेश गर्नै पर्छ ताकि हामी बाबेल र अरामीहरूका सेनाहरूबाट छुटकारा पाउन सक्छौं।’ यसकारण हामी यरूशलेममा बस्यौं।”
11But it happened, when Nebuchadnezzar king of Babylon came up into the land, that we said, Come, and let us go to Jerusalem for fear of the army of the Chaldeans, and for fear of the army of the Syrians; so we dwell at Jerusalem.
12तब परमप्रभुको वचन यर्मियाकहाँ आयो
12Then came the word of Yahweh to Jeremiah, saying,
13सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “यर्मिया, जाऊ अनि यो सन्देश यहूदा र यरूशलेमका मानिसहरूलाई भन के तिमीहरूले शिक्षा नलिने अनि मेरो आदेश पालन नगर्ने?”
13Thus says Yahweh of Armies, the God of Israel: Go, and tell the men of Judah and the inhabitants of Jerusalem, Will you not receive instruction to listen to my words? says Yahweh.
14परमप्रभु भन्नुहुन्छ, “रेकाबको छोरो योनादाबले आफ्ना छोराहरूलाई दाखरस नखानु भनेर आदेश गरे अनि त्यो आदेश पालन गरियो। आज पर्यन्त योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गरे। तिनीहरू दाखरस पिउँदैनन्। तर मैले तिमीहरूलाई एकोहोरो भनिरहेकोछु तर तिमीहरूले मेरो आज्ञाहरू पालन गरेका छैनौ।
14The words of Jonadab the son of Rechab, that he commanded his sons, not to drink wine, are performed; and to this day they drink none, for they obey their father’s commandment: but I have spoken to you, rising up early and speaking; and you have not listened to me.
15मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, ‘तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुसरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।
15I have sent also to you all my servants the prophets, rising up early and sending them, saying, Return now every man from his evil way, and amend your doings, and don’t go after other gods to serve them, and you shall dwell in the land which I have given to you and to your fathers: but you have not inclined your ear, nor listened to me.
16योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूले दिएका आज्ञा पालन गरे तर यी मानिसहरूले मेरो आज्ञा पालन गरेका छैनन्।”
16Because the sons of Jonadab the son of Rechab have performed the commandment of their father which he commanded them, but this people has not listened to me;
17यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै संकटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाके तर तिनीहरूले जवाफ दिएनन्।”
17therefore thus says Yahweh, the God of Armies, the God of Israel: Behold, I will bring on Judah and on all the inhabitants of Jerusalem all the evil that I have pronounced against them; because I have spoken to them, but they have not heard; and I have called to them, but they have not answered.
18तब यर्मियाले रेकाबी मानिसहरूलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गर्यौ। तिमीहरूले योनादाबको उपदेशहरू अनुसरण गर्यौ। उनले जो आदेश दिएका थिए त्यो तिमीहरूले पालन गर्यौ।
18Jeremiah said to the house of the Rechabites, Thus says Yahweh of Armies, the God of Israel: Because you have obeyed the commandment of Jonadab your father, and kept all his precepts, and done according to all that he commanded you;
19यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ यसकारण त्यहाँ रेकाबका छोरो योनादाबका सन्तान सधैं रहनेछ जसले मेरो सेवा गर्छ।”‘
19therefore thus says Yahweh of Armies, the God of Israel: Jonadab the son of Rechab shall not want a man to stand before me forever.