Nepali

World English Bible

Jeremiah

37

1नबूकदनेस्सर बाबेलका राजा थिए। उनले यहोयाकीमको छोरो कोन्याहको सट्टामा सिदकियाहलाई यहूदाका राजा नियुक्त गरे। सिदकियाह योशियाहको छोरो थिए।
1Zedekiah the son of Josiah reigned as king, instead of Coniah the son of Jehoiakim, whom Nebuchadnezzar king of Babylon made king in the land of Judah.
2तर सिदकियाहले परमप्रभुको सन्देश प्रति ध्यानै दिएन जुन सन्देश परमप्रभुका अगमवक्ता यर्मियालाई प्रचार गर्न भनी दिनुभएको थियो। अनि सिदकियाहको कर्मचारीहरू र यहूदाका मानिसहरूले परमप्रभुको सन्देशलाई ध्यानै दिएनन्।
2But neither he, nor his servants, nor the people of the land, listened to the words of Yahweh, which he spoke by the prophet Jeremiah.
3राजा सिदकियाहले शेलेप्याहको छोरो यहूकल नाउँका मानिस अनि मासेयाहको छोरो पूजाहारी सपन्याहलाई अगमवक्ता यर्मियाकहाँ यसो भनी पठाए। यो सन्देश तिनीहरूले यर्मियाकहाँ ल्याए “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गरिदिनु होस्।”
3Zedekiah the king sent Jehucal the son of Shelemiah, and Zephaniah the son of Maaseiah, the priest, to the prophet Jeremiah, saying, Pray now to Yahweh our God for us.
4त्यसबेला, यर्मियालाई कैदमा राखिएको थिएन, यसकारण उनी जता चाहन्थे त्यतै जान सक्दथे।
4Now Jeremiah came in and went out among the people; for they had not put him into prison.
5फिरऊनको सेना मिश्रदेखि बाहिर आएको थियो। मिश्रका सेना तिनीहरूतिर अघि बढिरहेको सन्देश सुनेर बाबेलका सेनाहरू जो यरूशलेमलाई घेरा हाल्दै थिए त्यहाँबाट गए।
5Pharaoh’s army had come forth out of Egypt; and when the Chaldeans who were besieging Jerusalem heard news of them, they broke up from Jerusalem.
6परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ सन्देश आयो
6Then came the word of Yahweh to the prophet Jeremiah, saying,
7“परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यहूकल अनि सपन्याह! यहूदाका राजा सिदकियाहले तिमीलाई मकहाँ प्रश्नहरू सोध्न पठाएका छन्। राजा सिदकियाहलाई यसो भन मिश्रका सेना जो तिमीलाई सघाउन आइरहेका थिए, फर्की जानेछन्।
7Thus says Yahweh, the God of Israel, You shall tell the king of Judah, who sent you to me to inquire of me: Behold, Pharaoh’s army, which has come forth to help you, shall return to Egypt into their own land.
8त्यसपछि, बाबेलका सेना फर्केर यता आउनेछन्। तिनीहरूले यरूशलेममा आक्रमण गर्नेछन्। त्यसपछि बाबेलबाट आएका सेनाले यरूशलेमलाई आफ्नो अधीनमा पारी जलाईदिनेछ।’
8The Chaldeans shall come again, and fight against this city; and they shall take it, and burn it with fire.
9परमप्रभु भन्नुहुन्छ “‘बाबेलका सेना निश्चय हामीबाट फर्केर जानेछन भनी सोचेर तिमीहरू आफैलाई मूर्ख नबनाऊ। तिनीहरू जाने छैनन्।”
9Thus says Yahweh, Don’t deceive yourselves, saying, The Chaldeans shall surely depart from us; for they shall not depart.
10यदि तिमीहरूले सम्पूर्ण बाबेली सेनालाई जितेता पनि केही घाइते सेनाहरू तम्बूमा छाडिए भने ती घाइते सेनाहरू उठनेछन् र यरूशलेमलाई जलाई दिनेछन्।”‘
10For though you had struck the whole army of the Chaldeans who fight against you, and there remained but wounded men among them, yes would they rise up every man in his tent, and burn this city with fire.
11जब बाबेलका सेना मिश्रका फिरऊनका सेनासित लडाइँ गर्नलाई यरूशलेम पुगे
11It happened that, when the army of the Chaldeans was broken up from Jerusalem for fear of Pharaoh’s army,
12यर्मियाले यरूशलेमबाट बिन्यामीनको देश तर्फ यात्रा गर्न इच्छा गरे। उनी त्यहाँ आफ्नो सम्पक्तिको अंश लिनलाई गईरहेका थिए।
12then Jeremiah went forth out of Jerusalem to go into the land of Benjamin, to receive his portion there, in the midst of the people.
13तर जब तिनी यरूशलेमको बिन्यामीन प्रवेशद्वारमा पुगे प्रहरीहरूका अध्यक्षले तिनलाई पक्रे। त्यो अध्यक्षको नाउँ यिरियाह हो। यिरियाह शेलेम्याहका छोरा थियो। शेलेम्याह हनन्याहको छोरो थियो। अध्यक्ष यिरियाहले यर्मियालाई पक्रे अनि भने, “यर्मिया! तिमी हामीलाई छोडेर कल्दीहरूको पक्षमा गइरहेका छौ।”
13When he was in the gate of Benjamin, a captain of the guard was there, whose name was Irijah, the son of Shelemiah, the son of Hananiah; and he laid hold on Jeremiah the prophet, saying, You are falling away to the Chaldeans.
14यर्मियाले यिरियाहलाई भने, “त्यो सत्य होइन। म कल्दीहरूकहाँ सम्मिलित हुन गएको होइन।” तर यिरियाले तिनको कुरा सुनेन अनि तिनलाई यरूशलेमको अधिकारीहरूकहाँ लगे।
14Then Jeremiah said, It is false; I am not falling away to the Chaldeans. But he didn’t listen to him; so Irijah laid hold on Jeremiah, and brought him to the princes.
15ती शाही अधिकारीहरू यर्मियासंग अति क्रोधित थिए। तिनीहरूले यर्मियालाई कुट्ने आदेश दिए। त्यसपछि तिनीहरूले यर्मियालाई जोनाथनको घरमा कैद गरे। जोनाथान एकजना सचिव थिए। जोनाथनको घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए।
15The princes were angry with Jeremiah, and struck him, and put him in prison in the house of Jonathan the scribe; for they had made that the prison.
16तिनीहरूले यर्मियालाई एक तहखानाको सानो कोठामा राखे। यर्मिया त्यहाँ धेरै समय सम्म बसे।
16When Jeremiah had come into the dungeon house, and into the cells, and Jeremiah had remained there many days;
17त्यसपछि राजाले यर्मियालाई उनको राजाको महलमा ल्याउन पठाए। सिदकियाहले गुप्त रूपमा यर्मियालाई सोधे, “के परमप्रभुबाट केही सन्देश छ?” यर्मियाले जवाफ दिए, “ज्यू छ। तपाईंलाई बाबेलका राजाकहाँ सुम्पिनेछन्।”
17Then Zedekiah the king sent, and fetched him: and the king asked him secretly in his house, and said, Is there any word from Yahweh? Jeremiah said, There is. He said also, You shall be delivered into the hand of the king of Babylon.
18तब यर्मियाले राजा सिदकियाहलाई सोधे, “मैले के भूल गरेकोछु? तपाईं र तपाईंका अधिकारीहरू विरूद्ध अथवा यरूशलेमका मानिसहरूमाथि के अपराध गरें ताकि तपाईंले मलाई झ्यालखानमा राख्नु भयो?
18Moreover Jeremiah said to king Zedekiah, Wherein have I sinned against you, or against your servants, or against this people, that you have put me in prison?
19तिम्रा अगमवक्ताहरू अहिले कहाँ छन्? ती अगमवक्ताहरूले अगमवाणी गरेका थिए कि ‘बाबेलका राजाले तपाईं अथवा यहूदाको देशमाथि आक्रमण गर्ने छैन।’
19Where now are your prophets who prophesied to you, saying, The king of Babylon shall not come against you, nor against this land?
20तर अहिले मेरो प्रभु, यहूदाका राजा, दया गरेर मेरो कुरा मान्नुहोस् अनि मलाई सचिव जोनाथनको घरमा नपठाउनु होस्, नत्र म त्यहाँ मर्नेछु।”
20Now please hear, my lord the king: please let my supplication be presented before you, that you not cause me to return to the house of Jonathan the scribe, lest I die there.
21यसकारण राजा सिदकियाहले यर्मियालाई प्रहरीहरूको चोकमा राख्ने हुकूम दिए। तिनीहरूले उनलाई शहरमा जम्मै रोटी नसकूञ्जेलसम्म दिनहुँ एउटा-एउटा रोटी दिए। यसकारण यर्मिया प्रहारीहरूको चोकमा बसे।
21Then Zedekiah the king commanded, and they committed Jeremiah into the court of the guard; and they gave him daily a loaf of bread out of the bakers’ street, until all the bread in the city was spent. Thus Jeremiah remained in the court of the guard.