1विशेष रक्षकहरूका कप्तान नबूजरदानले जब यर्मियालाई रामामा कैद मुक्त गरेका थिए तिनीकहाँ परमप्रभुबाट एउटा सन्देश आयो। तिनले यर्मियाहलाई यरूशलेम र यहूदाका मानिसहरूलाई कैदी बनाई बाबेलमा लगिरहेकाहरूसितै साङ्गलोले बाँधिएको भेटे।
1The word which came to Jeremiah from Yahweh, after that Nebuzaradan the captain of the guard had let him go from Ramah, when he had taken him being bound in chains among all the captives of Jerusalem and Judah, who were carried away captive to Babylon.
2जब नबूजरदानले यर्मियालाई भेटे, उनी तिनीसँग बात गरे। उनले भने, यर्मिया, परमप्रभु तिम्रो परमेश्वरले यस ठाउँमा विपत्ती आउनेछ भनेर घोषणा गर्नुभयो।
2The captain of the guard took Jeremiah, and said to him, Yahweh your God pronounced this evil on this place;
3अनि अहिले परमप्रभुले जे भन्नु भएको थियो प्रत्येक कुरो गर्नुभयो। यो सर्वनाश आइलाग्यो कारण परमप्रभुको विरूद्ध यहूदाका मानिसहरूले पाप गरेका थिए। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। यसकारण तिनीहरूलाई यस्तो भयो।
3and Yahweh has brought it, and done according as he spoke: because you have sinned against Yahweh, and have not obeyed his voice, therefore this thing has come on you.
4तर अब म तिमीलाई मुक्त गरिदिनेछु। म तिमीलाई साङ्गलाबाट मुक्त पार्छु। यदि तिमी इच्छा गर्छौ भने म सँग बाबेलतिर जाऊँ, म तिम्रो राम्रो देख-रेख गर्ने छु। तर यदि तिमी मसँग आउँन चाहँदैनौ भने नआऊ। हेर, सारा देश नै तिम्रो सम्मुख छ अनि तिमी जहाँ जान चाहन्छौ त्यहाँ जाऊ।
4Now, behold, I release you this day from the chains which are on your hand. If it seems good to you to come with me into Babylon, come, and I will take care of you; but if it seems bad to you to come with me into Babylon, don’t: behold, all the land is before you; where it seems good and right to you to go, there go.
5अथवा शापानको नाति अहीकामको छोरो गदल्याहकहाँ जाऊ। बाबेलका राजाले गदल्याहलाई यहूदाको राज्यपाल नियुक्त गरेका छन्। जाऊ गदल्याहकहाँ तिम्रा मानिसहरू माझ बस अथवा तिम्रो इच्छा अनुसार तिमी जहाँ चाहन्छौ त्यहीं जाऊ।” त्यसपछि नबूजरदारले यर्मियालाई केही भोजन र उपहार प्रदान गरे अनि बिदा गरे।
5Now while he had not yet gone back, Go back then, he said, to Gedaliah the son of Ahikam, the son of Shaphan, whom the king of Babylon has made governor over the cities of Judah, and dwell with him among the people; or go wherever it seems right to you to go. So the captain of the guard gave him food and a present, and let him go.
6यसकारण यर्मिया अहीकामको छोरो गदल्याहकहाँ मिस्पामा गए। यर्मिया गदल्याहसँग मानिसहरू माझ बसे जो यहूदाको देशमा छाडिएका थिए।
6Then went Jeremiah to Gedaliah the son of Ahikam to Mizpah, and lived with him among the people who were left in the land.
7यरूशलेम ध्वंस भए पश्चात केही सैन्य, अधिकारीहरू अनि तिनीहरूका मानिसहरू जो खेतमा बसिरहेका थिए, चाल पाए कि बाबेलका राजाले गरीब, र बाबेलमा कैदी बनाई नलगिएका मानिसहरूको कल्याणार्थ अहिकमेको छोरो गदल्याहलाई राज्यपाल नियुक्त गरेका छन्।
7Now when all the captains of the forces who were in the fields, even they and their men, heard that the king of Babylon had made Gedaliah the son of Ahikam governor in the land, and had committed to him men, and women, and children, and of the poorest of the land, of those who were not carried away captive to Babylon;
8यसकारण ती सिपाहीहरू मिस्पामा गदल्याहकहाँ आए। ती सिपाहीहरू थिए नतन्याहको छोरो इश्माएल, कारेहका दुइ छोराहरू योहानान अनि जोनाथन, पन्हूमेतको छोरो सरायाह, नतोफाबासी एपेकाका छोराहरू, अनि माकाबासीको छोरो याजन्याह र यिनीहरूका सबैका मानिसहरू।
8then they came to Gedaliah to Mizpah, Ishmael the son of Nethaniah, and Johanan and Jonathan the sons of Kareah, and Seraiah the son of Tanhumeth, and the sons of Ephai the Netophathite, and Jezaniah the son of the Maacathite, they and their men.
9अहीकामका छोरो गदल्याहले ती सिपाहीहरूले सुरक्षित अनुभव गरून भनी तिनीहरूसित शपथ लिएका थिए गदल्याहले यही नै भने “यही ठाउँमा बस अनि बाबेलका राजालाई सेवा गर र यो तिमीहरूका निम्ति भलो हुनेछ।
9Gedaliah the son of Ahikam the son of Shaphan swore to them and to their men, saying, Don’t be afraid to serve the Chaldeans: dwell in the land, and serve the king of Babylon, and it shall be well with you.
10बाबेलवासीहरू अघि जो हामीकहाँ आउँछन तिमीहरूको प्रतिनिधित्व गर्न म आफै मिस्पामा बस्नेछु। दाखरस, ग्रीष्मऋतुका फल, तेल जम्मा गर अनि भाँडामा राख। तिनीहरूले आफ्नो अधीनमा लिएको शहरहरूमा बस्।”
10As for me, behold, I will dwell at Mizpah, to stand before the Chaldeans who shall come to us: but you, gather wine and summer fruits and oil, and put them in your vessels, and dwell in your cities that you have taken.
11यहूदाका मानिसहरू जो मोआब, अम्मोन र एदोमका अनि अन्य देशहरूमा थिए तिनीहरूले चाल पाए कि बाबेलका राजाले बाँचेका मानिसहरूलाई यहूदामा छोडेका छन् र शापानको नाति अहीकामको छोरा गदल्याहलाई त्यस ठाउँका राज्यपाल नियुक्त गरे।
11Likewise when all the Jews who were in Moab, and among the children of Ammon, and in Edom, and who were in all the countries, heard that the king of Babylon had left a remnant of Judah, and that he had set over them Gedaliah the son of Ahikam, the son of Shaphan;
12यसर्थ यहूदाका मानिसहरू जो विभिन्न ठाउँमा छरिएर बसेका थिए यहूदामा फर्के अनि मिस्पामा गदल्याहलाई भेटे। तिनीहरूले धेरै मद र ग्रीष्म ऋतुका फलहरू बटुले।
12then all the Jews returned out of all places where they were driven, and came to the land of Judah, to Gedaliah, to Mizpah, and gathered wine and summer fruits very much.
13कारेहका छोरो योहानान अनि यहूदाका हाकिमहरू जो खेतमा थिए गदल्याहकहाँ मिस्पामा आए।
13Moreover Johanan the son of Kareah, and all the captains of the forces who were in the fields, came to Gedaliah to Mizpah,
14योहानान र अन्य मानिसहरू आएर गदल्याहलाई भने, “तिमीलाई थाह छ कि अम्मोनवंशी राजा बालीसले तिमीलाई मार्न चाहन्छ? उसले नतन्याहको छोरो तिम्रो हत्याको लागि इश्माएललाई पठायो।” तर अहीकामको छोरो गदल्याहले ती कुराहरू विश्वास गरेनन्।
14and said to him, Do you know that Baalis the king of the children of Ammon has sent Ishmael the son of Nethaniah to take your life? But Gedaliah the son of Ahikam didn’t believe them.
15तब कारेहका छोरो योहानानले गुप्त रूपमा मिस्पामा गदल्याहलाई भेटे अनि उनलाई भने, “नतन्याहको छोरो इश्माएललाई मार्न। कसैले पनि यस बारेमा केही पनि जान्दैनन्। तपाईंलाई मार्न उसलाई स्वतन्त्रता दिनु हुँदैन। यदि यस्तो भयो भेन यहूदाका मानिसहरू जो भेला भएकाछन् तितर-बितर हुनेछन् अनि यहूदाका सन्तान ध्वंश हुनेछ।”
15Then Johanan the son of Kareah spoke to Gedaliah in Mizpah secretly, saying, Please let me go, and I will kill Ishmael the son of Nethaniah, and no man shall know it: why should he take your life, that all the Jews who are gathered to you should be scattered, and the remnant of Judah perish?
16तर अहीकामको छोरो गदल्याहले कारेहको छोरो योहानानलाई भने, “इश्माएललाई नमार। जुन कुराहरू तिमीहरूले इश्माएलको बारेमा बताएका छौ ती सबै असत्य हो।”
16But Gedaliah the son of Ahikam said to Johanan the son of Kareah, You shall not do this thing; for you speak falsely of Ishmael.