Nepali

World English Bible

Jeremiah

5

1परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु।
1“Run back and forth through the streets of Jerusalem, and see now, and know, and seek in the broad places of it, if you can find a man, if there are any who does justly, who seeks truth; and I will pardon her.
2मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”
2Though they say, ‘As Yahweh lives;’ surely they swear falsely.”
3हे परमप्रभु! म जान्दछु कि तपाईंप्रति मानिसहरू निष्ठावान् भएको चाहनु हुन्छ। तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो तर तिनीहरूले अनुभव गरेनन्। तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन् तिनीहरू साह्रै हठी थिए। तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।
3O Yahweh, don’t your eyes look on truth? You have stricken them, but they were not grieved. You have consumed them, but they have refused to receive correction. They have made their faces harder than a rock. They have refused to return.
4तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्। तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन् अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।
4Then I said, “Surely these are poor. They are foolish; for they don’t know the way of Yahweh, nor the law of their God.
5यसकारण म यहूदाका अग्रजहरूकहाँ जानेछु र तिनीहरूसँग कुरा गर्नेछु कारण परमप्रभुले देखाउनु भएको बाटो तिनीहरूले चिन्दछन् आफ्नो परमप्रभुको व्यवस्था बुझ्दछन्।” तर तिनीहरू सबैले परमप्रभुको सेवाबाट अलग रहन एक भएका थिए।
5I will go to the great men, and will speak to them; for they know the way of Yahweh, and the law of their God.” But these with one accord have broken the yoke, and burst the bonds.
6तिनीहरू परमेश्वरको विरूद्ध उठे। यसकारण जङ्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ मरूभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ। एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ। त्यस चितुवाले शहरबाट बाहिरा जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ। तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे अनि धरै पल्ट परमप्रभुबाट टाढा गए।
6Therefore a lion out of the forest shall kill them, a wolf of the evenings shall destroy them, a leopard shall watch against their cities; everyone who goes out there shall be torn in pieces; because their transgressions are many, and their backsliding is increased.
7परमेश्वरले भन्नुभयो, “यहूदा, मैले तिमीलाई क्षमा गर्नु पर्ने एउटा सही कारण भन। तिम्रा छोरा-छोरीहरूले मलाई परित्याग गरे। तिनीहरूले मूर्तिहरूका कसम खाए जो साँचो देवताहरू होइनन्। मैले तिनीहरूले इच्छा गरेको प्रत्येक चीज दिएँ। तर तिनीहरू मेरा विश्वासघाती भए। तिनीहरू भीडको साथ वेश्याहरूकहाँ भेला भए।
7“How can I pardon you? Your children have forsaken me, and sworn by what are no gods. When I had fed them to the full, they committed adultery, and assembled themselves in troops at the prostitutes’ houses.
8तिनीहरू पोसिएका खूब र घोडाहरू काम-वासनाले मस्त भएका जस्तै छन्। तैपनि तिनीहरूले आफ्नै छिमेकीका पत्नीहरूलाई डाक्दैछन्।”
8They were as fed horses roaming at large: everyone neighed after his neighbor’s wife.
9यी कर्महरूको लागि के म सजाय नदिऊँ?” यो सन्देश परमप्रभुबाट आएको हो। “हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु।
9Shouldn’t I punish them for these things?” says Yahweh; “and shouldn’t my soul be avenged on such a nation as this?
10यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ दाखका काट। तर सम्पूर्ण प्रकारले नष्ट नगर। तिनीहरूका सबै हाँगाहरू काटी फाल। किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।
10“Go up on her walls, and destroy; but don’t make a full end. Take away her branches; for they are not Yahweh’s.
11इस्राएलका परिवारहरू अनि यहूदा सम्पूर्णरूपले म प्रति अविश्वासी भए।” यो सन्देश परमप्रभुबाट आएको हो।
11For the house of Israel and the house of Judah have dealt very treacherously against me,” says Yahweh.
12“तर तिनीहरूले परमप्रभुलाई अस्वीकार गरे विषयमा भने, ‘परमप्रभुले हामीलाई केही गर्नु हुने छैन। कुनै नराम्रो घटना घटने छैन। हामीले युद्ध देख्नु पर्ने हामी भोकै बस्नु पर्नेछ।’
12They have denied Yahweh, and said, “It is not he; neither shall evil come on us; neither shall we see sword nor famine.
13झूटा अगमवक्ताहरू सुख्खा हावा मात्र हुन्। परमेश्वरको वचन तिनीहरूमा छैन। तिनीहरूमाथि यही हुनेछ।”
13The prophets shall become wind, and the word is not in them. Thus shall it be done to them.”
14परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो “ती मानिसहरूले भने म तिनीहरूलाई दण्ड दिने छैन तिनीहरूलाई। यसकारण यर्मिया, मैले तिमीलाई दिएका वचनहरू आगो जस्तै हुनेछन्, अनि ती मानिसहरू दाउरा जस्तै हुने छन्। त्यो आगोले तिनीहरूलाई पूर्ण रूपले भस्म पार्नेछ।”
14Therefore thus says Yahweh, the God of Armies, “Because you speak this word, behold, I will make my words in your mouth fire, and this people wood, and it shall devour them.
15हे इस्राएलको घराना हो! यो सन्देश परमप्रभुबाट आएको हो, “म तिमीहरूमाथि आक्रमण गराउनु एउटा जाति धेरै टाढाबाट ल्याउँदैछु। यो एउटा सामर्थी जाति हो। यो एउटा प्राचीन जाति हो। त्यसको भाषा तिमीहरूले जान्दैनौ। तिनीहरूले के भन्छन् त्यो तिमीहरू बुझ्दैनौ।
15Behold, I will bring a nation on you from far, house of Israel,” says Yahweh. “It is a mighty nation. It is an ancient nation, a nation whose language you don’t know, neither understand what they say.
16तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ। तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्।
16Their quiver is an open tomb, they are all mighty men.
17तिनीहरूले तिमीहरूका सबै अन्नहरू र खाद्य जिनिसहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका सबै छोरा-छोरीहरू ध्वंस पार्नेछन्। तिनीहरूले तिमीहरूका भेंडाको बथान र गाईका बथानहरू अनि दाखका बोटहरू र नेभाराहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका पक्का शहरहरू जसमा तिमीहरू भरोसा गर्थ्यौ तलवारले ध्वंस पार्नेछन्।”
17They shall eat up your harvest, and your bread, which your sons and your daughters should eat. They shall eat up your flocks and your herds. They shall eat up your vines and your fig trees. They shall beat down your fortified cities, in which you trust, with the sword.
18यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती संकटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन।
18“But even in those days,” says Yahweh, “I will not make a full end with you.
19यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुरयाउनेछौ।”‘
19It will happen, when you say, ‘Why has Yahweh our God done all these things to us?’ Then you shall say to them, ‘Just like you have forsaken me, and served foreign gods in your land, so you shall serve strangers in a land that is not yours.’
20परमप्रभुले भन्नुभयो, “यो सन्देश याकूबका परिवारहरूलाई देऊ। यो सन्देश यहूदाका राज्यमा फैलाऊ
20“Declare this in the house of Jacob, and publish it in Judah, saying,
21यो सन्देश सुन ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन्, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।”‘
21‘Hear now this, foolish people, and without understanding; who have eyes, and don’t see; who have ears, and don’t hear:
22परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ? तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँह। त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ। सागरले बालुवा ननागोस भनी मैले यो एउटा स्थायी नियम बनाएँ। सागरमा छालहरू उठेर आउँछन् तर तिनीहरूले नष्ट पार्न सक्तैनन्। छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्।
22Don’t you fear me?’ says Yahweh ‘Won’t you tremble at my presence, who have placed the sand for the bound of the sea, by a perpetual decree, that it can’t pass it? and though its waves toss themselves, yet they can’t prevail; though they roar, yet they can’t pass over it.’
23यी मानिसहरू अप्ठेरा र विद्रोही छन्। तिनीहरूले मसित विद्रोह गरे अनि मलाई छोडिदिए।
23“But this people has a revolting and a rebellious heart; they have revolted and gone.
24तर तिनीहरूले कहिल्यै भनेनन्, ‘आऊ, हामी हाम्रा परमप्रभु परमेश्वरको डर बोकौ अनि उहाँको सम्मान गरौ। उहाँले वाली उठाउने समय निर्धारण गरिदिनु हुन्छ। उहाँले हामीलाई शरद ऋतु र वसन्तको वर्षा ठीक समयमा दिनुहुन्छ।’
24Neither do they say in their heart, ‘Let us now fear Yahweh our God, who gives rain, both the former and the latter, in its season; who preserves to us the appointed weeks of the harvest.’
25हे यहूदाका मानिसहरू हो! तिमीहरूले खराब काम गर्यौ र यही कारणले वर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन। तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वञ्चित गरायो।
25“Your iniquities have turned away these things, and your sins have withheld good from you.
26मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्। जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्। तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।
26For among my people are found wicked men. They watch, as fowlers lie in wait. They set a trap. They catch men.
27चराहरूले भरिएको पिँजडा जस्तै दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ। तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।
27As a cage is full of birds, so are their houses full of deceit. Therefore they have become great, and grew rich.
28तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्। तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ। तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्। तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।
28They have grown fat. They shine; yes, they excell in deeds of wickedness. They don’t plead the cause, the cause of the fatherless, that they may prosper; and they don’t judge the right of the needy.
29के मैले ती यहूदाका मानिसहरूलाई तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?” यो सन्देश परमेश्वरबाट आएको हो। “के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं? हो।”
29“Shall I not punish for these things?” says Yahweh. “Shall not my soul be avenged on such a nation as this?
30परमप्रभु भन्नुहुन्छ, डरलाग्दो र भयानक एउटा घटना यस देशमा घट्यो।
30“An astonishing and horrible thing has happened in the land.
31अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्। पूजाहारीहरूले आफू खुशी शासन गर्छन अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्। जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?”
31The prophets prophesy falsely, and the priests rule by their own authority; and my people love to have it so. What will you do in the end of it?