Nepali

World English Bible

Jeremiah

8

1यो सन्देश परमेश्वरबाट आएको हो “त्यस बेला मानिसहरूले यहूदाका राजाहरू र मुख्य शासकहरूको हड्डीहरू, अगमवक्ताहरू र पूजाहारीहरूका हड्डीहरू र यरूशलेमका समस्त मानिसहरूका हड्डीहरू उनीहरूका चिहानहरूबाट लैजानेछन्।
1At that time, says Yahweh, they shall bring out the bones of the kings of Judah, and the bones of his princes, and the bones of the priests, and the bones of the prophets, and the bones of the inhabitants of Jerusalem, out of their graves;
2तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरूशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुसरण गरे। तिनीहरूले तिनीहरूसित परमर्श गरे अनि तिनीहरूको अघि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्ने छैन। यही कारणले हड्डीहरू मैदानमा फिजाएको गाईको गोबर जस्तै हुनेछ।
2and they shall spread them before the sun, and the moon, and all the army of the sky, which they have loved, and which they have served, and after which they have walked, and which they have sought, and which they have worshiped: they shall not be gathered, nor be buried, they shall be for dung on the surface of the earth.
3“म यहूदाका मानिसहरूलाई आफ्नो घरपरिवार छाडन बाध्य गराउनेछु। ती मानिसहरूलाई विदेशमा लगिनेछ। यहूदाका केही मानिसहरू जो लडाँईमा मरेनन् तिनीहरूले लडाइँमा मरेको भए हुन्थ्यो भन्ने इच्छा गर्नेछन्।” यो परमप्रभुको सन्देश हो।
3Death shall be chosen rather than life by all the residue that remain of this evil family, that remain in all the places where I have driven them, says Yahweh of Armies.
4यर्मिया, यो यहूदाका मानिसहरूलाई भन परमप्रभु यी कुराहरू भन्नुहुन्छ “तिमी जान्दछौ कि जब एकजना मानिस तल झर्छ फेरि माथि उठ्छ यदि एकजना मानिस विग्रन्छ भने, फेरि सप्रिनेछ।
4Moreover you shall tell them, Thus says Yahweh: Shall men fall, and not rise up again? Shall one turn away, and not return?
5यहूदाका मानिसहरूले भूल बाटो समाते। तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्? तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन। तिनीहरू फर्की आउन अस्वीकार गर्छन।
5Why then is this people of Jerusalem slidden back by a perpetual backsliding? they hold fast deceit, they refuse to return.
6मैले तिनीहरूलाई खुब होशियारीसित हेरेको छु अनि सुनेको छु। तिनीहरू सही कुरा बोल्दैनन्। तिनीहरू आफूले गरेको पापमा दुखी छैनन् अनि भन्दैनन्, मैले के गरें? युद्ध भूमिमा दौडिरहेको घोडाहरू जस्तै तिनीहरू आफ्नै बाटोमा हिँडिरहेका छन्।
6I listened and heard, but they didn’t speak aright: no man repents him of his wickedness, saying, What have I done? everyone turns to his course, as a horse that rushes headlong in the battle.
7आकाशमा उडने चरा-चुरूङ्गीहरूले पनि आफ्नो ठीक समय जान्दछन्, अनि साँरस, ढुकुर, गौंथली कर्याङ्ग-कुरूङ्गहरूले आफ्नो नयाँ घरमा जाने समय जान्दछन् तर मेरा मानिसहरू जान्दैनन् परमेश्वरले उनीहरूबाट के चाहनु हुन्छ।
7Yes, the stork in the sky knows her appointed times; and the turtledove and the swallow and the crane observe the time of their coming; but my people don’t know Yahweh’s law.
8तिमीहरू भन्छौ, ‘हामीसँग परमेश्वरको शिक्षाहरूछन् यसर्थ हामी ज्ञानी छौं’ यसकारण हामी ज्ञानी छौं!’ तर यो सत्य होइन। किनभने शास्त्रीहरूले आफ्ना कलमलाई झूटो बनाएका छन्।
8How do you say, We are wise, and the law of Yahweh is with us? But, behold, the false pen of the scribes has worked falsely.
9‘ज्ञानी मानिसहरूले’ परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे। यसकारण तिनीहरू वास्तवमा ‘ज्ञानी मानिसहरू’ होइनन्। ती ‘ज्ञानी मानिसहरूलाई’ जालमा फसाइएका छन्, अपमान गराइएका छन् र लज्जित पारिएका छन्।
9The wise men are disappointed, they are dismayed and taken: behold, they have rejected the word of Yahweh; and what kind of wisdom is in them?
10यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु। म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु। सम्पूर्ण इस्राएलका मानिसहरूले घुस लिन्छन्। सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्माका एउटै व्यवहारका छन्। तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्।
10Therefore will I give their wives to others, and their fields to those who shall possess them: for everyone from the least even to the greatest is given to covetousness; from the prophet even to the priest every one deals falsely.
11मेरो मानिसहरूका गहिरो घाउहरूलाई तिनीहरूले केही जस्तो मानेनन्। तिनीहरू भन्छन्, ‘यो ठीकै छ, प्रत्येक कुरो नै ठीकै छ।’ तर वास्तवमा केही पनि ठीक छैन।
11They have healed the hurt of the daughter of my people slightly, saying, Peace, peace; when there is no peace.
12तिनीहरू आफ्ना नराम्रा कामहरूदेखि लज्जित हुनै पर्छ। तर तिनीहरू पटक्कै लज्जित छैनन्। कसरी लज्जित हुनु तिनीहरू जान्दैनन्। यसर्थ जब म तिनीहरूलाई सजाय दिनेछु तिनीहरू अरू मानिसहरूसितै तल झर्छन।” परमप्रभु यसो भन्नुहुन्छ।
12Were they ashamed when they had committed abomination? nay, they were not at all ashamed, neither could they blush: therefore shall they fall among those who fall; in the time of their visitation they shall be cast down, says Yahweh.
13परमप्रभुले भन्नुभयो, “म तिनीहरूका अन्नबलि लैजानेछु। झ्याङमा एउटै पनि अङ्गुर रहनेछैन नेभाराको बोटमा एउटै पनि फल रहने छैन। पातहरू पनि ओइलिनेछन र सूक्खा हुनेछन्। मैले दिएका प्रत्येक वस्तु लैजानेछु।
13I will utterly consume them, says Yahweh: no grapes shall be on the vine, nor figs on the fig tree, and the leaf shall fade; and the things that I have given them shall pass away from them.
14किन हामी यहाँ बसिरहेका छौ? आऊ, हामी बलिया शहरहरूमा जाँऊ। त्यहाँ हामी मृत्यु वरण गरूँ कारण परमेश्वर हाम्रा परमप्रभुले हामीलाई सडनु भनी आदेश दिनु भएकोछ। हामीले परमप्रभुको विरूद्ध पाप गरेकाछौं, यसकारण परमेश्वरले हामीलाई विष मिसाएको पानी पिउँनु दिनुभएको छ।
14Why do we sit still? Assemble yourselves, and let us enter into the fortified cities, and let us be silent there; for Yahweh our God has put us to silence, and given us water of gall to drink, because we have sinned against Yahweh.
15हामीले व्यर्थमा शान्ति पाउने आशा गर्यौ।” हामीले निको हुने आशा गर्यौं तर डर मात्र हात लाग्यो।
15We looked for peace, but no good came; and for a time of healing, and behold, dismay!
16दानबाट शत्रुहरूका घोडाहरूको स्वाँ-स्वाँ आवाज हामी सुन्छौ। घोडाहरूको हिनहिनाइले सम्पूर्ण जमीन काम्छ। यो जमीन र यसमा भएका प्रत्येक वस्तु नष्ट पार्न शत्रुहरू आएका छन्। तिनीहरू यो शहर यसमा बसो-बास गर्ने सबै मानिसहरू ध्वंस पार्न आएका छन्।
16The snorting of his horses is heard from Dan: at the sound of the neighing of his strong ones the whole land trembles; for they have come, and have devoured the land and all that is in it; the city and those who dwell therein.
17हेर, म तिमीलाई आक्रमण गराउन विषालु साँपहरू पठाउँदैछु। ती साँपहरूलाई नियन्त्रणमा राख्नु सकिदैन। तिनीहरूले तिमीलाई डस्नेछन्।” यो सन्देश परमप्रभुको हो।
17For, behold, I will send serpents, adders, among you, which will not be charmed; and they shall bite you, says Yahweh.
18हे परमेश्वर, शोकले मलाई ढाक्छ र मेरो हृदय दुर्बल भएको छ।
18Oh that I could comfort myself against sorrow! My heart is faint within me.
19मेरा मानिसहरूको चित्कार टाढोबाट सुन। तिनीहरू भन्छन्, “के परमप्रभु अझै सियोनमा हुनुहुन्छ? के सियोनका राजा अझ त्यहाँ हुनुहुन्छ?” तर परमेश्वर भन्नुहुन्छ, “यहूदाका मानिसहरूले बेकारका विदेशी देवताहरूलाई पूजे। तिनीहरूले मलाई क्रोधित पारे। तिनीहरूले किन त्यसो गरे?”
19Behold, the voice of the cry of the daughter of my people from a land that is very far off: isn’t Yahweh in Zion? Isn’t her King in her? Why have they provoked me to anger with their engraved images, and with foreign vanities?
20अनि मानिसहरू भन्छन्, “फसल कटनीको समय बितिहाल्यो। ग्रीष्मकाल समाप्त भयो। अनि अझ हामी सुरक्षित भएका छैनौं।”
20The harvest is past, the summer is ended, and we are not saved.
21मेरा मानिसहरूले मलाई चकनाचूर पारेकाले म चकनाचूर भएको छु। म शोकाकुल छु अनि त्रासले मलाई घेर्छ।
21For the hurt of the daughter of my people am I hurt: I mourn; dismay has taken hold on me.
22निसन्देह गिलादमा केही औषधी छ। निसन्देह गिलादमा वैद्य छ यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?
22Is there no balm in Gilead? is there no physician there? why then isn’t the health of the daughter of my people recovered?