1तब अय्यूबले जवाफ दिए,
1Then Job answered,
2मैले पहिलाबाट “यी कुराहरू सुनेको हुँ। तिमीहरू तीनजना मानिसहरूले मलाई दुःख दिइरहेकाछौ, सान्तवना होइन।
2“I have heard many such things. You are all miserable comforters!
3तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइन। किन तिमीहरूको तर्कहरू तन्काई रहन्छौ?
3Shall vain words have an end? Or what provokes you that you answer?
4तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें यदि तिमीहरूसँग मेरो जस्तै संकटहरू भए। म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थे अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें।
4I also could speak as you do. If your soul were in my soul’s place, I could join words together against you, and shake my head at you,
5तर म तिमीलाई उत्साह दिउँला अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला।
5but I would strengthen you with my mouth. The solace of my lips would relieve you.
6मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन, तर चुपचाप बसिरहनु पनि लाभ छैन।
6“Though I speak, my grief is not subsided. Though I forbear, what am I eased?
7हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो। तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो।
7But now, God, you have surely worn me out. You have made desolate all my company.
8तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो, अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।
8You have shriveled me up. This is a witness against me. My leanness rises up against me. It testifies to my face.
9परमेश्वर क्रोधित हुनुभयो अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो। मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो। अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे।
9He has torn me in his wrath, and persecuted me. He has gnashed on me with his teeth. My adversary sharpens his eyes on me.
10मानिसहरूले मेरो वरिपरि थुप्रेर, तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए।
10They have gaped on me with their mouth. They have struck me on the cheek reproachfully. They gather themselves together against me.
11परमेश्वरले मलाई दुष्ट मानिसहरूकहाँ दिनु भयो। मलाई दुःख दिओस् भनेर उहाँले कुकर्मीहरूलाई छोडी दिनुभयो।
11God delivers me to the ungodly, and casts me into the hands of the wicked.
12जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो। तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो र मलाई उहाँको तारोको रूप प्रयोग गर्नुभयो।
12I was at ease, and he broke me apart. Yes, he has taken me by the neck, and dashed me to pieces. He has also set me up for his target.
13परमेश्वरका धनुर्धारीहरू मेरो वरिपरि छन्। उहाँले मेरो मिर्गौलामा काँढले हान्नु भयो। उहाँले ममाथि दयाभाव देखाउनु भएन उहाँले मेरो पित्त भुईंमा फुटाउनु भयो।
13His archers surround me. He splits my kidneys apart, and does not spare. He pours out my gall on the ground.
14घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहुन्छ। उहाँ एक सिपाही युद्धभूमिमा दौडे जस्तो दगुर्नुहुन्छ।
14He breaks me with breach on breach. He runs on me like a giant.
15म अत्यन्त उदास छु, यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु। म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु, अनि म पराजित भएको ठान्छु।
15I have sewed sackcloth on my skin, and have thrust my horn in the dust.
16रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो। मेरो आँखा वरिपरि कालो गोलो रेखाहरू छन्।
16My face is red with weeping. Deep darkness is on my eyelids.
17मैले कसैलाई नोक्सान गरेको छैन। तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो। मेरा प्रार्थनाहरू उचित र चोखा छन्।
17Although there is no violence in my hands, and my prayer is pure.
18पृथ्वी, गल्ती कुराहरू नलुकाऊ जुन ममाथि आइपर्यो। मेरो न्यायको पुकारलाई नरोक।
18“Earth, don’t cover my blood. Let my cry have no place to rest.
19अहिले पनि त्यहाँ स्वर्गमा कोही छ जो मसँग बोल्नु हुन्छ। त्यहाँ माथि कोही त छ जसले मेरो लागि साक्षी दिनेछ।
19Even now, behold, my witness is in heaven. He who vouches for me is on high.
20मेरो साथीहरूले मलाई हप्काउँछ। मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ।
20My friends scoff at me. My eyes pour out tears to God,
21तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ।
21that he would maintain the right of a man with God, of a son of man with his neighbor!
22केही वर्षमा म नफर्किने ठाउँमा जानेछु।
22For when a few years have come, I shall go the way of no return.