Nepali

World English Bible

Job

19

1तब अय्यूबले जवाफ दिएः
1Then Job answered,
2“कहिलेसम्म तिमीहरूले मलाई चोट पुर्याउने छौ अनि मेरो वचनहरू भङ्ग पार्ने छौ?
2“How long will you torment me, and crush me with words?
3तिमीहरूले मलाई दश पल्ट बेइज्जत गर्यौ। ममाथि अन्याय गर्दा तिमीहरू लज्जित भएनौ?
3You have reproached me ten times. You aren’t ashamed that you attack me.
4यो मेरो समस्या हो। यदि मैले पाप गरें भने पनि त्यसले तिमीहरूलाई चोट पुर्याउँदैन।
4If it is true that I have erred, my error remains with myself.
5तिमीहरूले म भन्दा केवल आफूलाई राम्रो देखाउन चाह्यौ। तिमीहरूले मेरा संकटहरू नै मेरा गल्तीहरू हुन भन्यौ।
5If indeed you will magnify yourselves against me, and plead against me my reproach;
6तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो। मलाई पक्रन उहाँले आफ्नो पासो थाप्नु भयो।
6know now that God has subverted me, and has surrounded me with his net.
7म चिच्याएँ, ‘उहाँले मलाई चोट पुर्याउनु भयो।’ तर मैले जवाफ पाइन। मैले सहायताको लागि कराँए, तर न्यायको लागि कसैले पनि मेरो कुरा सुनेन्।
7“Behold, I cry out of wrong, but I am not heard. I cry for help, but there is no justice.
8परमेश्वरले मेरो बाटो रोकि दिनु भयो। यसकारण म बाटोबाट जान सक्तिन। उहाँले अन्धकारमा मेरो बाटो हराइदिनु भयो।
8He has walled up my way so that I can’t pass, and has set darkness in my paths.
9परमेश्वरले मेरो सम्मान खोसेर लैजानु भयो उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो।
9He has stripped me of my glory, and taken the crown from my head.
10परमेश्वरले म शेष नहोउञ्जेलसम्म चारैतिरबाट हिर्काउनु भयो। उहाँले मेरो आशा खोसेर लैजानु भयो जसरी जराहरूले रूखलाई तान्दछ।
10He has broken me down on every side, and I am gone. My hope he has plucked up like a tree.
11परमेश्वरको क्रोधको आगो मेरो विरूद्ध जल्यो। उहाँले मलाई आफ्नो शत्रु ठान्नु भयो।
11He has also kindled his wrath against me. He counts me among his adversaries.
12परमेश्वरले मलाई आक्रमण गर्न आफ्ना सेनाहरू पठाउनु भयो। तिनीहरूले आक्रमण धरहराहरू मेरो वरिपरि बनाए तिनीहरूले मेरो पाल वरिपरि आफ्नो छाउनी बनाए।
12His troops come on together, build a siege ramp against me, and encamp around my tent.
13परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो। म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।
13“He has put my brothers far from me. My acquaintances are wholly estranged from me.
14मेरो आफन्तहरूले मलाई त्यागेर गए। मेरो मित्रहरूले मलाई बिर्से।
14My relatives have gone away. My familiar friends have forgotten me.
15मेरो घरमा भेट गर्न आउनेहरूले अनि मेरो दासीहरूले मलाई यस्तो प्रकारले हेर्छन् मानौं म एउटा विदेशी अथवा परदेशी हुँ।
15Those who dwell in my house, and my maids, count me for a stranger. I am an alien in their sight.
16मैले आफ्नो दासलाई बोलाएँ तर त्यसले जवाफ दिएन। मैले उसित माफ माग्नु पर्छ।
16I call to my servant, and he gives me no answer. I beg him with my mouth.
17मेरो पत्नीले मेरो सासको गन्धलाई घृणा गर्छे। मेरो आफ्नै दाज्यू-भाइहरूले मलाई घृणा गर्छन्।
17My breath is offensive to my wife. I am loathsome to the children of my own mother.
18साना-साना नानीहरूले पनि मलाई घृणा गर्छन्। जब म तिनीहरूको छेउमा जाँदछु, तिनीहरूले म प्रति नराम्रा वचनहरू बोल्छन्।
18Even young children despise me. If I arise, they speak against me.
19मेरा सारा हितैषी मित्रहरूले मलाई घृणा गर्छन्। जुन मानिसहरूलाई म प्रेम गर्छु तिनीहरू सम्मले मेरो विरूद्ध मुख खोले।
19All my familiar friends abhor me. They whom I loved have turned against me.
20म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।
20My bones stick to my skin and to my flesh. I have escaped by the skin of my teeth.
21मलाई दया गर, मेरो मित्रहरू ममाथि करूणा जगाऊ। किन? किनभने परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।
21“Have pity on me, have pity on me, you my friends; for the hand of God has touched me.
22किन तिमीहरूले मलाई परमेश्वरले झैं सजाय दिइरहेछौ? तिमीहरूले मलाई चोट पुर्याइसकेका छैनौं।
22Why do you persecute me as God, and are not satisfied with my flesh?
23म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु। म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्।
23“Oh that my words were now written! Oh that they were inscribed in a book!
24म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस् ताकि सदासर्वदा रहनेछन्।
24That with an iron pen and lead they were engraved in the rock forever!
25म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ। अनि अन्तमा उ यहाँ पृथ्वीमा उभिनेछ अनि मलाई बचाउनेछ।
25But as for me, I know that my Redeemer lives. In the end, he will stand upon the earth.
26म जान्दछु कि म मरे पछि अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु।
26After my skin is destroyed, then in my flesh shall I see God,
27म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्नेछु। म मात्रै अन्य कोही पनि होइन, परमेश्वरलाई देख्नेछु। मेरो इच्छाको खिंचाईलाई मेरो हृदयले थाम्न सक्तैन।
27Whom I, even I, shall see on my side. My eyes shall see, and not as a stranger. “My heart is consumed within me.
28हुन सक्छ, तिमीले भन्नेछौ, ‘हामीले उनीमाथि दवाफ पार्नुपर्छ। हामीले उसलाई दोष दिने कारणहरू पाउँन सक्नेछौं।’
28If you say, ‘How we will persecute him!’ because the root of the matter is found in me,
29तर तिमीहरू आफै नै तरवारदेखि डराउनु पर्नेछ। किन? किनभने परमेश्वरले दोषी मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिमीहरूलाई दण्ड दिनलाई तरवार चलाउनु हुनेछ। तब तिमीहरूले जान्नेछौ कि त्यहाँ न्यायको समय छ।”
29be afraid of the sword, for wrath brings the punishments of the sword, that you may know there is a judgment.”