1तब अय्यूबले जवाफ दिएः
1Then Job answered,
2“म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु।
2“Even today my complaint is rebellious. His hand is heavy in spite of my groaning.
3म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनु हुन्छ, तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।
3Oh that I knew where I might find him! That I might come even to his seat!
4अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए। म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथें।
4I would set my cause in order before him, and fill my mouth with arguments.
5अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ।
5I would know the words which he would answer me, and understand what he would tell me.
6के उहाँले मेरो विरूद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ? होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ।
6Would he contend with me in the greatness of his power? No, but he would listen to me.
7उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो, अनि म मेरो मामला जित्ने थिएँ।
7There the upright might reason with him, so I should be delivered forever from my judge.
8यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन। यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्।
8“If I go east, he is not there; if west, I can’t find him;
9अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन। अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।
9He works to the north, but I can’t see him. He turns south, but I can’t catch a glimpse of him.
10तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ।
10But he knows the way that I take. When he has tried me, I shall come forth like gold.
11परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिंडे। परमेश्वरको बाटोबाट म भडकिन।
11My foot has held fast to his steps. I have kept his way, and not turned aside.
12मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।
12I haven’t gone back from the commandment of his lips. I have treasured up the words of his mouth more than my necessary food.
13तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न। परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।
13But he stands alone, and who can oppose him? What his soul desires, even that he does.
14परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्।
14For he performs that which is appointed for me. Many such things are with him.
15यसकारण म परमेश्वरसँग डराउँछु। म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु
15Therefore I am terrified at his presence. When I consider, I am afraid of him.
16परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो। सर्वशक्तिमान परमेश्वरले मलाई त्रसित पार्नुभयो।
16For God has made my heart faint. The Almighty has terrified me.
17अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्। तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन।
17Because I was not cut off before the darkness, neither did he cover the thick darkness from my face.