1तब शुहबाट आएका बिल्ददले जवाफ दिएः
1Then Bildad the Shuhite answered,
2“परमेश्वर शासक हुनु हुन्छ। उहाँले मानिसहरूलाई त्रसित पार्नुहुन्छ अनि उहाँलाई आदर गर। उहाँले माथि आफ्नो स्वर्गमा शान्ति कायम राख्नु हुन्छ।
2“Dominion and fear are with him. He makes peace in his high places.
3परमेश्वरबाट सबै मानिसहरूमा घाम उदय हुँदछ। कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।
3Can his armies be counted? On whom does his light not arise?
4परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन। कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्तैन।
4How then can man be just with God? Or how can he who is born of a woman be clean?
5परमेश्वरको दृष्टिमा, जुनसम्म शुद्ध र प्रज्वलित छैन ताराहरू पनि शुद्ध छैन।
5Behold, even the moon has no brightness, and the stars are not pure in his sight;
6मानिसहरू कम्ती नै शुद्ध हुन्छन्, मानिसहरू कीराहरू जस्ता हुन, मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”
6How much less man, who is a worm, the son of man, who is a worm!”