Nepali

World English Bible

Job

27

1तब अय्यूबले आफ्नो वृतान्त कहि रह्यो। अय्यूबले भन्यो,
1Job again took up his parable, and said,
2“परमेश्वर जीवित हुनु भए झैं कसले मबाट न्याय खोसेको छ! सर्वशक्तिमान परमेश्वर जसले मेरो जीनव तिक्त बनाउनु भयो,
2“As God lives, who has taken away my right, the Almighty, who has made my soul bitter.
3तर जबसम्म जीवन म भित्र रहन्छ अनि परमेश्वरको जीवनको स्वास मेरो नाकमा रहन्छ।
3(For the length of my life is still in me, and the spirit of God is in my nostrils);
4तब मेरो ओठहरूले परमेश्वर विषयमा गल्ती कुराहरू भन्नेछैन, अनि मेरो जिब्रोले कहिल्यै कपटपूर्ण गर्न सक्तैन।
4surely my lips shall not speak unrighteousness, neither shall my tongue utter deceit.
5म तिमीहरू ठीक छौ कहिल्यै स्वीकार गर्दिन कि भनी म नमरूञ्ञेलसम्म लगातार भनी रहने छु कि म निर्दोष छु।
5Far be it from me that I should justify you. Until I die I will not put away my integrity from me.
6मैले गरेका उचित कुरालाई म बलियो गरी समाती रहनेछु म ठीकसंग बाच्नँलाई कहिल्यै चुक्ने छैन। जबसम्म म बाँच्दछु मेरो चेतनाले मलाई कहिल्यै सताउने छैन।
6I hold fast to my righteousness, and will not let it go. My heart shall not reproach me so long as I live.
7मेरो शत्रुहरू दुष्ट मानिसहरू मानिउन। मेरो विरोधमा जो पनि उठ्छ त्यो खराब मानिस मानियोस्।
7“Let my enemy be as the wicked. Let him who rises up against me be as the unrighteous.
8जुन मानिसले परमेश्वरको पर्वाह राख्दै त्यो मानसि मर्दा त्यसको केही आशा हुँदैन। जब परमेश्वरले उसको प्राण लानु हुन्छ उसका निम्ति केही आशा रहँदैन।
8For what is the hope of the godless, when he is cut off, when God takes away his life?
9त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्याएर परमेश्वरलाई गुहार माग्दछ। तर परमेश्वरले उसको चित्कारमा ध्यान दिनु हुनेछैन।
9Will God hear his cry when trouble comes on him?
10त्यस मानिसले सर्वशक्तिमान परमेश्वरसंग कुरागर्दै आनन्द लिन सक्नुपर्थ्यो। त्यस मानिसले सदा नै परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो।
10Will he delight himself in the Almighty, and call on God at all times?
11म तिमीहरूलाई परमेश्वरको शक्तिको बारेमा प्रवचन दिनेछु। म सर्वशक्तिमान परमेश्वरको योजनाहरूलाई लुकाउने छैन।
11I will teach you about the hand of God. That which is with the Almighty will I not conceal.
12तिमीहरूले परमेश्वरको शक्ति आफ्नै आँखाले देख्यौ। यसकारण किन तिमीहरू त्यस्ता अर्थहीन कुराहरू गर्छौ?
12Behold, all of you have seen it yourselves; why then have you become altogether vain?
13परमेश्वरले दुष्ट मानिसहरूको लागि यही उपाय गर्नुभयो। सर्वशक्तिमान परमेश्वरबाट यस्तै पाइन्छ।
13“This is the portion of a wicked man with God, the heritage of oppressors, which they receive from the Almighty.
14दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ। दुष्ट मानिसहरूका छोरा-छोरीहरूले प्रशस्त भोजन पाउनेछैनन्।
14If his children are multiplied, it is for the sword. His offspring shall not be satisfied with bread.
15उसका सारा छोरा-छोरीहरू रूढीले मर्नेछन् अनि तिनीहरूका विधवाहरू दुःखी हुने छैनन्।
15Those who remain of him shall be buried in death. His widows shall make no lamentation.
16दुष्ट मानिसहरूले प्रचुर चाँदी पाउँन सक्ला तर त्यो उसको लागि मैला बराबर हुनेछ। उसले धेरै लुगाहरू पाउन सक्ला तर त्यो उसको लागि माटोको थुप्रो बराबर हुनेछ।
16Though he heap up silver as the dust, and prepare clothing as the clay;
17तर असल मानिसहरूले ती लुगाहरू लगाउने छ अनि निर्दोष मानिसहरूले त्यो चाँदी पाउने छन्।
17he may prepare it, but the just shall put it on, and the innocent shall divide the silver.
18दुष्ट मानिसले एउटा घर बनाउन सक्ला तर त्यो दीर्घकालीन रहनेछैन। त्यो माकुराको जालो जस्तो हुने छ। अथवा प्रहरीको तम्बु जस्तो हुनेछ।
18He builds his house as the moth, as a booth which the watchman makes.
19दुष्ट मानिस सुत्न जाँदा धनी हुन सक्छ। तर जब ब्यूँझिन्छ उसले ती उसका सारा धनहरू हराएर हुनेछन्।
19He lies down rich, but he shall not do so again. He opens his eyes, and he is not.
20ऊ भयभीत हुनेछ। यो बाढी बतास आए जस्तो हुनेछ अनि सारा सामान बगाएर लगे जस्तो हुनेछ। हटात आएको बाढीले जस्तो उसलाई कष्टले लपेट्नें छ। अनि उसलाई राति नै आँधीले उडाई लैजानेछ।
20Terrors overtake him like waters. A storm steals him away in the night.
21पूर्वको बतासले उसलाई उडाएर लैजानेछ, अनि उ सदालाई जाने छ, बतासले उसको घरबाट नै कसिंगर झैं उडाएर लैजाने छ।
21The east wind carries him away, and he departs. It sweeps him out of his place.
22दुष्ट मानिस बतासको शक्तिबाट भाग्ने कोशिश गर्ला तर निर्दयी तूफान ऊमाथि आइलाग्नेछ।
22For it hurls at him, and does not spare, as he flees away from his hand.
23जब दुष्ट मानिस भाग्छ मानिसहरूले थप्पडी मार्नेछन्। जब त्यो घरबाट भाग्छ तिनीहरूले सुइसेलो मार्नेछन्।
23Men shall clap their hands at him, and shall hiss him out of his place.