1“अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।
1“However, Job, please hear my speech, and listen to all my words.
2म बोल्न तयार छु।
2See now, I have opened my mouth. My tongue has spoken in my mouth.
3मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु। ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु।
3My words shall utter the uprightness of my heart. That which my lips know they shall speak sincerely.
4परमेश्वरको आत्माले मलाई बनाउनु भयो। मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।
4The Spirit of God has made me, and the breath of the Almighty gives me life.
5अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ। तिम्रो जवाफ तयार पार ताकि तिमी मसँग तर्क गर्न सक्षम हुनेछौ।
5If you can, answer me. Set your words in order before me, and stand forth.
6परमेश्वरको समक्ष तिमी र म बराबर छौं परमेश्वरले हामी दुवैलाई बनाउँन माटो प्रयोग गर्नु भयो।
6Behold, I am toward God even as you are. I am also formed out of the clay.
7अय्यूब म देखि नडराऊ म तिमीमाथि निष्ठूर हुने छैन।
7Behold, my terror shall not make you afraid, neither shall my pressure be heavy on you.
8तर अय्यूब, तिमीले भनेको मैले सुनें।
8“Surely you have spoken in my hearing, I have heard the voice of your words, saying,
9तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु, मैले केही गल्ती काम गरिनँ म दोषी छैन।
9‘I am clean, without disobedience. I am innocent, neither is there iniquity in me.
10मैले गल्ती काम गरिनँ, तर परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ। परमेश्वरले मलाई शत्रुलाई झैं व्यवहार गर्नु भयो।’
10Behold, he finds occasions against me. He counts me for his enemy.
11परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो, परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’
11He puts my feet in the stocks. He marks all my paths.’
12तर, अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु। किन? किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ।
12“Behold, I will answer you. In this you are not just, for God is greater than man.
13अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ। तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।
13Why do you strive against him, because he doesn’t give account of any of his matters?
14परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ, यस्तो तरिका कि मानिसहरू यसलाई बुझ्दैनन्।
14For God speaks once, yes twice, though man pays no attention.
15हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ, अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्।
15In a dream, in a vision of the night, when deep sleep falls on men, in slumbering on the bed;
16तिनीहरू एकदमै भयभीत हुन्छन् जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्।
16Then he opens the ears of men, and seals their instruction,
17परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ, अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ।
17That he may withdraw man from his purpose, and hide pride from man.
18परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ। परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाँउनुहुन्छ।
18He keeps back his soul from the pit, and his life from perishing by the sword.
19दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर अनि उसका हडडीहरू सधैं रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ।
19He is chastened also with pain on his bed, with continual strife in his bones;
20तब त्यस मानिसले खान सक्तैन्। त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।
20So that his life abhors bread, and his soul dainty food.
21उसको शरीर जीर्ण हुँदै जान्छ अनि उ हाड र छाला मात्र हुन्छ।
21His flesh is so consumed away, that it can’t be seen. His bones that were not seen stick out.
22त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ अनि उसको जीवन सम्मुखिन हुन्छ।
22Yes, his soul draws near to the pit, and his life to the destroyers.
23परमेश्वसंग हजारौं दूतहरूछन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ। त्यो दूत त्यो मानिससित बोल्छ अनि साँच्चो कुरा भन्छ।
23“If there is beside him an angel, an interpreter, one among a thousand, to show to man what is right for him;
24त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्। उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’
24then God is gracious to him, and says, ‘Deliver him from going down to the pit, I have found a ransom.’
25तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ। त्यो मानिस पहिले जस्तो तन्देरी थियो त्यस्तै नै हुनेछ।
25His flesh shall be fresher than a child’s. He returns to the days of his youth.
26त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ। त्यो मानिस आनन्दले चिच्याउने छ अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ।
26He prays to God, and he is favorable to him, so that he sees his face with joy. He restores to man his righteousness.
27तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।
27He sings before men, and says, ‘I have sinned, and perverted that which was right, and it didn’t profit me.
28परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो। अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’
28He has redeemed my soul from going into the pit. My life shall see the light.’
29परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।
29“Behold, God works all these things, twice, yes three times, with a man,
30किन? त्यस मानिसलाई सावधान गराउन अनि उसको आत्मालाई मृतलोक देखि बचाउनलाई ताकि त्यस मानिसले आफ्नो जीवनमा आनन्द भोग्न सकोस्।
30to bring back his soul from the pit, that he may be enlightened with the light of the living.
31अय्यूब, मेरो कुरा होशियारीले सुन, शान्त हौ र मलाई बोल्न देऊ।
31Mark well, Job, and listen to me. Hold your peace, and I will speak.
32तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन। मलाई उत्तर देऊ, किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु।
32If you have anything to say, answer me. Speak, for I desire to justify you.
33तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ। शान्त हौ, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।”
33If not, listen to me. Hold your peace, and I will teach you wisdom.”