Nepali

World English Bible

Job

35

1एलीहू लगातर बोलीरहेछ। उसले भन्योः
1Moreover Elihu answered,
2“अय्यूब, तिमीले यस्तो भन्नु राम्रो होइन, ‘म परमेश्वर भन्दा अझ सही छु।’
2“Do you think this to be your right, or do you say, ‘My righteousness is more than God’s,’
3अनि अय्यूब, तिमी परमेश्वरलाई सोध ‘यदि उसले परमेश्वरलाई खुशी पार्ने चेष्टा गरे त्यो मानिसलाई के लाभ हुन्छ? यदि मैले पाप गरिन भने मलाई के लाभ हुनेछ?’
3That you ask, ‘What advantage will it be to you? What profit shall I have, more than if I had sinned?’
4अय्यूब, म तिमीलाई जवाफ दिन चाहन्छु अनि तिम्रा साथीहरू पनि तिमीसँग यहाँ छन्।
4I will answer you, and your companions with you.
5अय्यूब, आकाशमाथि हेर, माथि बादलहरू हेर त्यो तिमीभन्दा माथि छन्।
5Look to the heavens, and see. See the skies, which are higher than you.
6अय्यूब, यदि तिमीले पाप गर्यौ भने यसले परमेश्वरलाई घात पार्दैन। यदि तिमीले अपराधहरू गर्यौ भने त्यसले परमेश्वरलाई केही असर पार्दैन।
6If you have sinned, what effect do you have against him? If your transgressions are multiplied, what do you do to him?
7अनि अय्यूब, तिमी असल छौ भने त्यसले परमेश्वरलाई सहयोग गर्दैन्। परमेश्वरले तिमीदेखि केही पनि पाउनु हुन्न।
7If you are righteous, what do you give him? Or what does he receive from your hand?
8अय्यूब, तिमीले सुकर्म अथवा कुकर्म जे गर्छौ त्यसले तिमी जस्तै अन्य मानिसहरूलाई प्रभाव पार्दछ। तर ती कर्महरूले परमेश्वरलाई सहयोग अथवा आघात केही पुर्याउँदैन।
8Your wickedness may hurt a man as you are, and your righteousness may profit a son of man.
9यदि दुष्ट मानिसहरूलाई नोक्सान परिरहेको छ भने तिनीहरू गुहारको लागि चिच्याउँछन। तिनीहरू शक्तिशाली मानिसहरूबाट बाँच्न गुहार माग्छन्।
9“By reason of the multitude of oppressions they cry out. They cry for help by reason of the arm of the mighty.
10तर ती दुष्ट मानिसहरू परमेश्वरलाई गुहार्दैनन्। तिनीहरूले भन्ने छैनन् ‘परमेश्वर कहाँ हुनुहुन्छ जसले मलाई सृष्टि गर्नुभयो? परमेश्वर कहाँ हुनुहुन्छ? जब मानिसहरू दुःखमा पर्छन् परमेश्वरले तिनीहरूलाई सहायता गर्नुहुन्छ।
10But none says, ‘Where is God my Maker, who gives songs in the night,
11परमेश्वरले हामीलाई चराचुरूङ्गी र जनावरहरू भन्दा ज्ञानी बनाउनु भयो। यसकारण उहाँ कहाँ हुनुहुन्छ?
11who teaches us more than the animals of the earth, and makes us wiser than the birds of the sky?’
12अथवा यदि ती दुष्टहरूले परमेश्वरलाई गुहार मागे भने परमेश्वरले तिनीहरूलाई जवाफ दिनु हुने छैन। किन? किनभने तिनीहरू साह्रै घमण्डी छन्। अझ पनि तिनीहरू नै महत्वपूर्ण हौं भनेर सोच्दछन्।
12There they cry, but none gives answer, because of the pride of evil men.
13यो सत्य हो, परमेश्वरले तिनीहरूका महत्वहीन विन्ती सुन्नु हुने छैन। सर्वशक्तिमान परमेश्वरले तिनीहरू प्रति ध्यानै दिनुहुने छैन।
13Surely God will not hear an empty cry, neither will the Almighty regard it.
14यसकारण अय्यूब, परमेश्वरले तिमीलाई ध्यान दिनुहुन्न जब तिमी भन्दछौ कि उहाँलाई देखिन। तिमी परमेश्वरको आगमनको आशा गरिरहेका छौ ताकि तिमी आफै निर्दोष प्रमाण गर्न सक्छौ।
14How much less when you say you don’t see him. The cause is before him, and you wait for him!
15अय्यूब, सोच कि परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु भएन, उसले सोच्दछ कि परमेश्वरले पापमाथि ध्यानै दिनु भएन।
15But now, because he has not visited in his anger, neither does he greatly regard arrogance.
16यसकारण अय्यूबले आफ्नो महत्वहीन कुराहरू भनिरहे। अय्यूबले अझै महत्वपूर्ण मानिस जस्तो अभिनय गरिरहे। अय्यूबले के भनिरहेको छ त्यो उसले आफै जान्दैन भनी बुझ्न सजिलै छ।”
16Therefore Job opens his mouth with empty talk, and he multiplies words without knowledge.”