1तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः
1Then Yahweh answered Job out of the whirlwind,
2“त्यो अज्ञानी मानिस को हो जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ?”
2“Who is this who darkens counsel by words without knowledge?
3अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।
3Brace yourself like a man, for I will question you, then you answer me!
4“तिमी कहाँ थियौ जब मैले पृथ्वी सृष्टि गरे? यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।
4“Where were you when I laid the foundations of the earth? Declare, if you have understanding.
5यदि तिमी साह्रै चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो? कसले संसारलाई नापजोख गर्यो?
5Who determined its measures, if you know? Or who stretched the line on it?
6पृथ्वीको आधारशिला के हो? कसले यसमा प्रथम ढुङ्गा राख्यो?
6Whereupon were its foundations fastened? Or who laid its cornerstone,
7जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए अनि दूतहरू आनन्दले कराए।
7when the morning stars sang together, and all the sons of God shouted for joy?
8अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?
8“Or who shut up the sea with doors, when it broke forth from the womb,
9त्यसबेला यसलाई मैले बादलहरूले ढाकें अनि अँधेरोमा लपेटें।
9when I made clouds its garment, and wrapped it in thick darkness,
10मैले समुद्रको सीमा बाँधें अनि बन्द द्वारहरूको पछिल्तिर राखें।
10marked out for it my bound, set bars and doors,
11मैले समुद्रलाई भनें, ‘तँ यतिसम्म आउन सक्छस, अरू बेशी होइन। यसरी तिम्रो अंहकारी छालहरू रोकिनेछ।’
11and said, ‘Here you may come, but no further. Here your proud waves shall be stayed?’
12अय्यूब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियौ अथवा दिनलाई शुरू हुने आज्ञा गर्यौ?
12“Have you commanded the morning in your days, and caused the dawn to know its place;
13अय्यूब, के तिमीले कहिले बिहानको उज्यालोलाई पृथ्वी समात भन्यौ अनि दुष्ट मानिसहरूलाई लुकेका ठाउँहरूमा भयभीत पार्यौ।
13that it might take hold of the ends of the earth, and shake the wicked out of it?
14बिहानको उज्यालोले पहाडहरू र खाल्डाहरू देखिन सजिलो गराइदिन्छ जब दिनको उज्यालो पृथ्वीमा आउँछ, ती ठाउँहरूका आकारहरू लुगाको मुजाहरू जस्तै हुन्छन। नरम माटोले टाँचाको मुनि आकार लिए जस्तै पृथ्वीले आकार धारण गर्छ।
14It is changed as clay under the seal, and stands forth as a garment.
15दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्। किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्।
15From the wicked, their light is withheld. The high arm is broken.
16अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ? तिमी कहिले समुद्रको सतहमा हिंडेकाछौं?
16“Have you entered into the springs of the sea? Or have you walked in the recesses of the deep?
17अय्यूब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौ? तिमीले मृत्युलोकमा लैजाने द्वारहरू देखेका छौ?
17Have the gates of death been revealed to you? Or have you seen the gates of the shadow of death?
18अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ? यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन।
18Have you comprehended the earth in its breadth? Declare, if you know it all.
19अय्यूब, प्रकाश कहाँबाट आउने गर्छ? अन्धकार कहाँबाट आउँदछ?
19“What is the way to the dwelling of light? As for darkness, where is its place,
20अय्यूब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउन सक्छौ? के तिमी जान्दछौ कसरी त्यस ठाउँमा जान पर्छ?
20that you should take it to its bound, that you should discern the paths to its house?
21निःसन्देह तिमी ती कुराहरू जान्दछौ, अय्यूब। तिमी धेरै बृद्ध र ज्ञानी छौ। जब मैले ती कुराहरू बनाउदै थिए तिमी त्यही थियौ?
21Surely you know, for you were born then, and the number of your days is great!
22“अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ जहाँ मैले हिऊँ र असिना राख्छु?
22Have you entered the treasuries of the snow, or have you seen the treasures of the hail,
23मैले हिऊँ र असिना संकट र लडाइँ - युद्धको समयको लागि बचाएर राखेको छु।
23which I have reserved against the time of trouble, against the day of battle and war?
24तिमी त्यस ठाउँमा कहिले गएका छौ जहाँबाट घाम उदाउँछ र जहाँबाट पूर्वी हावा पृथ्वीमा बहन्छ?
24By what way is the lightning distributed, or the east wind scattered on the earth?
25अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने? कसले आँधी वेरी आउने बाटो बनाए?
25Who has cut a channel for the flood water, or the path for the thunderstorm;
26कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो?
26To cause it to rain on a land where no man is; on the wilderness, in which there is no man;
27त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ अनि घाँस उम्रन थाल्दछ।
27to satisfy the waste and desolate ground, to cause the tender grass to spring forth?
28के बर्षाको पिता छ जसले शीतका थोपाहरू उब्जाउँदछ?
28Does the rain have a father? Or who fathers the drops of dew?
29के हिंऊको आमा छ? जसले असिनालाई जन्म दिन्छ?
29Out of whose womb came the ice? The gray frost of the sky, who has given birth to it?
30पानी ढुङ्गा भन्दा पनि कडा हुन्छ अनि महासागरको सतह जम्छ।
30The waters become hard like stone, when the surface of the deep is frozen.
31अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ? के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ?
31“Can you bind the cluster of the Pleiades, or loosen the cords of Orion?
32के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ? अथवा के तिमी भालूको बच्चाहरूलाई खेलाउन सक्छौ?
32Can you lead forth the constellations in their season? Or can you guide the Bear with her cubs?
33के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ? के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ?
33Do you know the laws of the heavens? Can you establish its dominion over the earth?
34अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ?
34“Can you lift up your voice to the clouds, That abundance of waters may cover you?
35के तिमीले बिजुलीलाई आदेश गर्न सक्छौ, “हामी यहाँ छौ। महाशय! तपाईं के चाहनु हुन्छ? के तिमी जहाँ चाहन्छौ बिजुलीलाई पठाउन सक्छौ?
35Can you send forth lightnings, that they may go? Do they report to you, ‘Here we are?’
36अय्यूब, मानिसहरूलाई ज्ञानी कसले बनायो? कसले ज्ञान तिनीहरूको हृदयमा पसायो?
36Who has put wisdom in the inward parts? Or who has given understanding to the mind?
37त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?
37Who can number the clouds by wisdom? Or who can pour out the bottles of the sky,
38यसैले धूलो हिलो बनिन्छ र मैला ढिकाहरू एकसाथ टाँसिन्छ।
38when the dust runs into a mass, and the clods of earth stick together?
39अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ? के तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ?
39“Can you hunt the prey for the lioness, or satisfy the appetite of the young lions,
40ती सिंहहरू आफ्ना गुफामा लडिरहेका छन्। आफ्नो शिकारमाथि आक्रमण गर्न घाँसमाथि थ्याच्च बसी तयार भएका छन्।
40when they crouch in their dens, and lie in wait in the thicket?
41जब त्यसका बच्चाहरू क्षुधातुर भएर परमेश्वरलाई पुर्कादा भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ?
41Who provides for the raven his prey, when his young ones cry to God, and wander for lack of food?