Nepali

World English Bible

Joel

3

1“हो, ती दिनहरुमा अनि त्यस समयमा म यहूदा र यरूशलेमलाई कैदबाट मुक्त पार्नेछु अनि देशबाट निर्वासितहरुलाई फर्काएर ल्याउनेछु।
1“For, behold, in those days, and in that time, when I restore the fortunes of Judah and Jerusalem,
2म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेंसीमा भेला पार्छु, अनि त्यहाँ नै म उनीहरुलाई न्याय गर्नेछु। तिनहरुलेनै मेरो मानिसहरुलाई तितर-बितर परेका थिए। अन्य जातिहरुको बिचमा बस्न बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरुलाई दण्ड दिनेछु। तिनीहरुले मेरो भूमिलाई भाग-भाग गरेकाछन्।
2I will gather all nations, and will bring them down into the valley of Jehoshaphat; and I will execute judgment on them there for my people, and for my heritage, Israel, whom they have scattered among the nations. They have divided my land,
3तिनीहरुले मेरो मानिसहरुको निम्ति चिट्ठा हाले। तिनीहरुले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिगरे अनी एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद पिए।
3and have cast lots for my people, and have given a boy for a prostitute, and sold a girl for wine, that they may drink.
4“हे सोर र सिदोन, पलिश्तीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरु को वास्ता छैन? के तिमीहरु मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छ तिमीहरुले यो सोचिरहेका होलाऊ कि तिमीहरुले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरुलाई दण्ड दिनेछु।
4“Yes, and what are you to me, Tyre, and Sidon, and all the regions of Philistia? Will you repay me? And if you repay me, I will swiftly and speedily return your repayment on your own head.
5तिमीहरुले मेरो सुन र चाँदी चोर्यौ। मेरो बहुमूल्य रत्नहरु चोरेर तिमीहरुले तिम्रो आफ्नो मन्दिरमा राख्यौ।
5Because you have taken my silver and my gold, and have carried my finest treasures into your temples,
6“तिमीहरुले यहूदा र यरूशलेमका बासिन्दाहरुलाई यूनानीहरुको हातमा बेचिदियौ। ता कि तिनीहरु आफ्नो भूमिबाट टाढा लगिनेछन्।
6and have sold the children of Judah and the children of Jerusalem to the sons of the Greeks, that you may remove them far from their border.
7तिमीहरुले मेरा मानिसहरुलाई तिनीहरुका देशबाट टाढा पठायौ। तर म तिनीहरुलाई फर्काएर ल्याउन लागेको छु अनि तिमीहरुले जे गर्यौ त्यसका निम्ति म तिमीलाई दण्ड दिनेछु।
7Behold, I will stir them up out of the place where you have sold them, and will return your repayment on your own head;
8म तिमीहरुका छोरा-छोरीहरुलाई यहूदाकै हातमा बेचिदिनेछु। अनि उनीहरुले फेरि तिनीहरुलाई एउटा टाढा देशमा बस्ने शबाहरुको हातमा बेचिदिनेछन्।” यो कुरा परमप्रभुले भन्नुभएकोछ।
8and I will sell your sons and your daughters into the hands of the children of Judah, and they will sell them to the men of Sheba, to a faraway nation, for Yahweh has spoken it.”
9[This verse may not be a part of this translation]
9Proclaim this among the nations: “Prepare for war! Stir up the mighty men. Let all the warriors draw near. Let them come up.
10तिनीहरुको हलोको फालीहरु पिटेर तलबार बनाऊ। हँसियाहरुबाट तिमीहरुका भाला बनाऊ। त्यो कमजोर मानिसले भनुन्, “म एउटा योद्धा हुँ!”
10Beat your plowshares into swords, and your pruning hooks into spears. Let the weak say, ‘I am strong.’
11हे सबै देशका जातिहरु! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरु लिएर आउनु होस्।
11Hurry and come, all you surrounding nations, and gather yourselves together.” Cause your mighty ones to come down there, Yahweh.
12हे देशबासीहरु! उठ! यहोशापातको बेंसीमा आऊ! म त्यहीं बसेर सबै जातिहरुको न्याय गर्नेछु।
12“Let the nations arouse themselves, and come up to the valley of Jehoshaphat; for there will I sit to judge all the surrounding nations.
13तिमी हँसिया लिएर आऊ ! किनकि फसल काट्ने समय भईसकेको छ। आऊ! दाखहरु कुल्च, किनकि दाखको घडा भरिसकेको छ। घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ। किनकि उनीहरुले ज्यादै दुष्टता देखाएकाछन्।
13Put in the sickle; for the harvest is ripe. Come, tread, for the winepress is full, the vats overflow, for their wickedness is great.”
14निर्णय गरिने बेंसीमा मानिसको धुइरो छ, किनकि फैसला गर्ने बेंसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ।
14Multitudes, multitudes in the valley of decision! For the day of Yahweh is near, in the valley of decision.
15सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्। ताराहरु चम्कने छैनन्।
15The sun and the moon are darkened, and the stars withdraw their shining.
16परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ। उहाँ यरूशलेमबाट गर्जनु हुनेछ। आकाश र पृथ्वी थरथर काँप्ने छ, तर परमप्रभु उहाँका मानिसहरुका निम्ति शरणस्थान हुनुहुनेछ। एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।
16Yahweh will roar from Zion, and thunder from Jerusalem; and the heavens and the earth will shake; but Yahweh will be a refuge to his people, and a stronghold to the children of Israel.
17“त्यस समय तिमीहरुले जान्नेछौ की म नै परमप्रभु तिमीहरुको परमेश्वर हुँ। म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो। यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरु कहिल्यै जानेछैनन्।”
17“So you will know that I am Yahweh, your God, dwelling in Zion, my holy mountain. Then Jerusalem will be holy, and no strangers will pass through her any more.
18“त्यसदिन मिठो दाखरस पहाडहरुमा चुहिनेछ। डाँडाहरुबाट दुधको नदी बग्नेछ। यहुदाका सबै खोल्साहरुमा पानी बग्न थाल्नेछ। परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर सित्तिमको बेंसीलाई भिजाउँने छ।
18It will happen in that day, that the mountains will drop down sweet wine, the hills will flow with milk, all the brooks of Judah will flow with waters, and a fountain will come forth from the house of Yahweh, and will water the valley of Shittim.
19मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ। किनकि तिनीहरु यहूदाका मनिसहरु प्रति निष्ठुर थिए। तिनीहरुले तिनीहरुकै देशको निर्दोष मानिसको हत्या गरेका छन्।
19Egypt will be a desolation, and Edom will be a desolate wilderness, for the violence done to the children of Judah, because they have shed innocent blood in their land.
20यहूदाका मानिसहरु सदा-सर्वदा रहनेछन् अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।
20But Judah will be inhabited forever, and Jerusalem from generation to generation.
21तिनीहरुले मेरो मानिसहरुको हत्या गरे। यसकारण म उनीहरुलाई सजाय दिनेछु।” किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ।
21I will cleanse their blood, that I have not cleansed: for Yahweh dwells in Zion.”