1यहोशूले इस्राएलका सबै कुल समूहहहरूलाई शकेममा एकसाथ भेला हुन बोलाए। तब उनले बूढा-प्रधानहरू कुलनायकहरू, अनि इस्राएलका अधिकारीहरू, अनि न्यायकर्त्ताहरू र शासकहरूलाई पनि बोलाए। यी मानिसहरू परमेश्वर समक्ष उभिए।
1Joshua gathered all the tribes of Israel to Shechem, and called for the elders of Israel, for their heads, for their judges, and for their officers; and they presented themselves before God.
2यहोशूले समस्त मानिसहरूलाई भने। तिनले भने, “म तिमीहरूलाई यो भनिरहेछु जो परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यसो भन्नु हुन्छः धेरै समय अघि, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदीको पारी पट्टि बस्थे। म अब्राहाम अनि नाहोरका पिता तेरह जस्ता मानिसहरूको विषयमा कुरा गरिरहेछु। त्यस समयमा, ती मानिसहरूले अन्य देवताहरूको पूजा गदर्थे।
2Joshua said to all the people, “Thus says Yahweh, the God of Israel, ‘Your fathers lived of old time beyond the River, even Terah, the father of Abraham, and the father of Nahor: and they served other gods.
3तर, म परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहामलाई भूमि बाहिर महानदीको अर्को तर्फ लगें। मैले उसलाई कनानको भूमि भएर लगे र उसलाई धेरै-धेरै सन्तानहरू दिएँ। मैले अब्राहामलाई उसको छोराको नाउँ इसहाक दिएँ।
3I took your father Abraham from beyond the River, and led him throughout all the land of Canaan, and multiplied his seed, and gave him Isaac.
4अनि मैले इसहाकलाई याकूब अनि एसाव नाउँका दुइ छोराहरू प्रदान गरें। एसावलाई मैले सेइर पर्वत वरिपरिका भूमि दिएँ। याकूब अनि उसका छोराहरू त्यहाँ बसेनन्। तिनीहरू मिश्रको भूमिमा बस्न गए।
4I gave to Isaac Jacob and Esau: and I gave to Esau Mount Seir, to possess it. Jacob and his children went down into Egypt.
5तब, मैले मोशा र हारूनलाई मिश्रमा पठाएँ। तिनीहरूले मेरा मानिसहरूलाई मिश्रदेश बाहिर ल्याएको म चाहन्थें। मैले मिश्रका मानिसहरू माथि अनेक भयानक घटनाहरू घटाएँ। त्यसपछि मैले तिमीहरूका मानिसहरूलाई मिश्र बाहिर निकालेर ल्याएँ।
5“‘I sent Moses and Aaron, and I plagued Egypt, according to that which I did in its midst: and afterward I brought you out.
6यसरी नै मैले तिमीहरूका अगुवाहरूलाई मिश्रबाहिर ल्याएँ। तिनीहरू लाल समुद्रमा आए अनि मिश्रका मानिसहरूले तिनीहरूलाई खेदिरहेका थिए। त्यहाँ रथ अनि घोड सवारहरू थिए।
6I brought your fathers out of Egypt: and you came to the sea. The Egyptians pursued after your fathers with chariots and with horsemen to the Red Sea or, Sea of Reeds .
7यसकारण मानिसहरूले म परमप्रभुलाई सहायताको निम्ति याचना गरें। अनि तिमीहरू र मिश्रका मानिसहरू बीचमा मैले अन्धकार स्थापित गरें। म परमप्रभुले तिनीहरूलाई समुद्र छोप्न बनाएँ। मैले मिश्रका सेनालाई जे गरें त्यो त तिमीहरू आफैंले देख्यौ। त्यसपछि, तिमीहरू लामो समयसम्म मरूभूमिमा बस्यौ।
7When they cried out to Yahweh, he put darkness between you and the Egyptians, and brought the sea on them, and covered them; and your eyes saw what I did in Egypt: and you lived in the wilderness many days.
8तब मैले तिमीहरूलाई एमोरी मानिसहरूको देशमा ल्याएँ। यो यर्दन नदीको पूर्वतर्फ थियो। ती मानिसहरू तिमीहरूको विरूद्ध लडे, तर मैले तिनीहरूलाई परास्त गर्न तिमीहरूलाई दिए। ती मानिसहरूलाई नष्ट गर्ने मैले शक्ति तिमीहरूलाई प्रदान गरें। तब तिमीहरूले त्यो भूमिलाई अधिकारमा लियौ।
8“‘I brought you into the land of the Amorites, that lived beyond the Jordan: and they fought with you; and I gave them into your hand. You possessed their land; and I destroyed them from before you.
9तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरूद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए।
9Then Balak the son of Zippor, king of Moab, arose and fought against Israel. He sent and called Balaam the son of Beor to curse you;
10तर म, परमप्रभुले बालामको कुरा सुन्न अस्वीकार गरें। यसर्थ बालामले तिमीहरूलाई अनेक पल्ट आशीर्वाद दिए। मैले तिमीहरूलाई बँचाएँ अनि विपत्तबाट निकालें।
10but I would not listen to Balaam; therefore he blessed you still. So I delivered you out of his hand.
11त्यसपछि तिमीहरू यर्दन नदी पारी यरीहो शहर तर्फ गयौ। यरीहोका मानिसहरू तिमीहरू विरूद्ध लडे। एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हव्वी अनि यबूसी मानिसहरू पनि तिमीहरू विरूद्ध लडे। तर मैले तिनीहरू सबैलाई तिमीहरूलाई परास्त गर्न दिएँ।
11“‘You went over the Jordan, and came to Jericho. The men of Jericho fought against you, the Amorite, the Perizzite, the Canaanite, the Hittite, the Girgashite, the Hivite, and the Jebusite; and I delivered them into your hand.
12जब तिमीहरूका सेनाहरू अघि बढदै थिए मैले तिनीहरूको अघि बच्छ्यूँहरूलाई पठाईदिए। ती बच्छ्यूँहरूले दुईजना राजाहरूलाई छोडन बाध्य गरयो। यसरी तिमीहरूले आफ्ना तरवार अनि धनुको प्रयोग नगरी नै त्यो भूमि लियौ।
12I sent the hornet before you, which drove them out from before you, even the two kings of the Amorites; not with your sword, nor with your bow.
13मैले त्यो भूमि तिमीहरूलाई दिएँ। जुन भूमिका निम्ति तिमीहरूले काम गरेनौ मैले त्यो भूमि तिमीहरूलाई दिएँ। तिमीहरूले ती शहरहरू निर्माण गरेनौ-ती मैले तिमीहरूलाई दिएँ। तिमीहरूसित दाखबारी अनि भद्राक्षेका बृक्षका बगौंचाहरू छन्, तर ती बगौंचाहरूमा तिमीहरूले विरूवा लाउनु परेन।”
13I gave you a land whereon you had not labored, and cities which you didn’t build, and you live in them. You eat of vineyards and olive groves which you didn’t plant.’
14तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई फ्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूज्ने गर्थे। अब तिनीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ।
14“Now therefore fear Yahweh, and serve him in sincerity and in truth. Put away the gods which your fathers served beyond the River, in Egypt; and serve Yahweh.
15“तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।”
15If it seems evil to you to serve Yahweh, choose this day whom you will serve; whether the gods which your fathers served that were beyond the River, or the gods of the Amorites, in whose land you dwell: but as for me and my house, we will serve Yahweh.”
16तब मानिसहरूले उत्तर दिए, “हामीहरू परमप्रभुको अनुशरण गर्न कहिल्यै पनि छाडने छैनौं। हामी अन्य देवताहरूको सेवा कहिले पनि गर्ने छैनौं।
16The people answered, “Far be it from us that we should forsake Yahweh, to serve other gods;
17हामी जान्दछौं कि परमप्रभु नै परमेश्वर हुनुहुन्थ्यो, जसले हाम्रा मानिसहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो। त्यस देशमा हामी दास थियौं। तर परमप्रभुले हाम्रा निम्ति त्यहाँ महान् काम गर्नु भयो। उहाँले हामीलाई त्यो देशबाट बाहिर ल्याउनु भयो, अनि अन्य भूमिहरूबाट यात्रा गर्दा हामीलाई सुरक्षा प्रदान गर्नु भयो।
17for it is Yahweh our God who brought us and our fathers up out of the land of Egypt, from the house of bondage, and who did those great signs in our sight, and preserved us in all the way in which we went, and among all the peoples through the midst of whom we passed.
18परमप्रभुले हामीलाई यी भूमिहरूमा बस्ने मानिसहरूलाई परास्त गर्नमा सहयोग प्रदान गर्नु भयो। परमप्रभुले हामीलाई जो एमोरी मानिसहरू यो देशमा बस्थे त्यहाँ अहिले हामी छौ, यो परास्त गर्नमा हामीलाई सहायता गर्नुभयो। यसर्थ हामी परमप्रभुको सेवा गरिरहनेछौं। किनभने उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ।”
18Yahweh drove out from before us all the peoples, even the Amorites who lived in the land. Therefore we also will serve Yahweh; for he is our God.”
19तब यहोशूले भने, “त्यो सत्य हो। परमप्रभुको सेवा गर्दैजान तिमीहरू सक्तैनौ। परमप्रभु परमेश्वर पवित्र हुनुहुन्छ। अनि आफ्ना मानिसहरूले अन्य देवताहरूको पूजा गरेको परमेश्वरले घृणा गर्नुहुन्छ। यदि तिमीहरू त्यसरी उहाँको विरूद्ध भयौ भने परमेश्वरले तिमीहरूलाई क्षमा गर्नु हुने छैन।
19Joshua said to the people, “You can’t serve Yahweh; for he is a holy God. He is a jealous God. He will not forgive your disobedience nor your sins.
20तर तिमीहरूले परमप्रभुलाई त्यागनेछौ अनि अन्य देवताहरूको सेवा गर्ने छौ। परमप्रभुले तिमीहरू माथि भयानक घटनाहरू घटाउनु हुनेछ। परमप्रभुले तिमीहरूलाई नष्ट गर्नु हुनेछ। परमप्रभु परमेश्वर तिमीहरू प्रति भलो हुनुहुन्छ। तर यदि तिमीहरू उहाँको विरूद्ध भयौ भने उहाँले तिमीहरूलाई नष्ट गर्नु हुनेछ।”
20If you forsake Yahweh, and serve foreign gods, then he will turn and do you evil, and consume you, after he has done you good.”
21तब मानिसहरूले यहोशूलाई भने, “अहँ! हामी परमप्रभुको सेवा गर्नेछौं।”
21The people said to Joshua, “No; but we will serve Yahweh.”
22तब यहोशूले भने, “तिमीहरू आफैंलाई अनि तिमीहरूसित भएका मानिसहरूलाई हेर। के, तिमीहरू सब जान्दछौ अनि सहमत हुन्छौ? के तिमीहरूलाई परमेश्वरको सेवा गर्नका निम्ति चुनिएको छौ? तिमीहरू सबै यसका साक्षी छौ?” मानिसहरूले उत्तर दिए, “हो, यो सत्य हो! हामी सबैले देख्न सक्छौं कि हामीहरू परमप्रभुको सेवा गर्नका निम्ति चुनिएका छौं।”
22Joshua said to the people, “You are witnesses against yourselves that you have chosen Yahweh yourselves, to serve him.” They said, “We are witnesses.”
23तब यहोशूले भने, “त्यसो हो भनी तिमीहरूसित भएका झूटा देवताहरूलाई फ्याँकि देऊ र परमप्रभु इस्राएलका परमेशवरलाई तिमीहरूको सम्पूर्ण हृदयले प्रेम गर।”
23“Now therefore put away the foreign gods which are among you, and incline your heart to Yahweh, the God of Israel.”
24तब मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेशवरको सेवा गर्नेछौं। हामी उहाँको आज्ञा पालन गर्नेछौं।”
24The people said to Joshua, “We will serve Yahweh our God, and we will listen to his voice.”
25यसर्थ त्यसदिन यहोशूले मानिसहरूका निम्ति एक करार गरे। यहोशूले त्यो करार शकेम नाउँको शहरमा गरे। त्यहाँ तिनीहरूले अनुसरण गर्नु पर्ने नियम बन्यो।
25So Joshua made a covenant with the people that day, and made for them a statute and an ordinance in Shechem.
26यहोशूले यी कुराहरू परमेशवरको व्यवस्थाको पुस्तकमा लेखे। तब यहोशूले एउटा विशाल ढुङ्गा भेट्टाए। यो ढुङ्गा त्यो करारको प्रमाण थियो। उनले त्यो ढुङ्गालाई परमप्रभुको पवित्र पालको नजीकै भएको फलाँटको रूख मुनि राखे।
26Joshua wrote these words in the book of the law of God; and he took a great stone, and set it up there under the oak that was by the sanctuary of Yahweh.
27त्यसपछि यहोशूले सबै मानिसहरूलाई भने, “यो ढुङ्गाले तिमीहरूलाई आज मैले भनेका कुराहरूको सम्झना गराउनमा सहायता गर्नेछ। जब परमप्रभु आज हामीसित बात गरिरहनु भएको बेला यो ढुङ्गा यहाँ थियो। यसर्थ यो ढुङ्गाले आज के भयो त्यही कुरा तिमीहरूलाई सम्झना गर्न सहायता गर्नेछ। यो ढुङ्गा तिमीहरूको विरूद्ध एउटा साक्षी बन्नेछ। यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेशवरको विरूद्धमा जान देखि रोक्नेछ।”
27Joshua said to all the people, “Behold, this stone shall be a witness against us; for it has heard all the words of Yahweh which he spoke to us. It shall be therefore a witness against you, lest you deny your God.”
28तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेका मानिस आफ्ना भूमिमा फर्के।
28So Joshua sent the people away, every man to his inheritance.
29त्यसपछि नूनका छोरा यहोशूको मृत्यु भयो। यहोशू 110 वर्ष उमेरका थिए।
29It happened after these things, that Joshua the son of Nun, the servant of Yahweh, died, being one hundred and ten years old.
30यहोशूलाई तिम्नथसेरहमा उसको आफ्नै भूमिमा गाडे। यो गाश डाँडाको उत्तरमा भएको एप्रैमको पहाडी देशमा थियो।
30They buried him in the border of his inheritance in Timnathserah, which is in the hill country of Ephraim, on the north of the mountain of Gaash.
31इस्राएलका मानिसहरूले यहोशू जीवित रहेको समयमा परमप्रभुको सेवा गरेका थिए। अनि यहोशूको मृत्यु भएपछि पनि मानिसहरूले परमप्रभुको सेवा जारिराखे। मानिसहरूले परमप्रभुको सेवा गर्दै गए। जब तिनीहरूका अगुवाहरू जीवित थिए। यी अगुवाहरू नै थिए, जसले ती कुराहरू देखेका थिए जो परमप्रभुले इस्राएलका निम्ति गर्नु भएको थियो।
31Israel served Yahweh all the days of Joshua, and all the days of the elders who outlived Joshua, and had known all the work of Yahweh, that he had worked for Israel.
32जब इस्राएलका मानिसहरूले मिश्रदेश छाडे, तिनीहरूले यूसुफको शरीरका हाडहरू साथमा बोकेर हिंडे। यसरी मानिसहरूले यूसुफका हाडहरूलाई शकेममा गाडिदिए। तिनीहरूले ती हाडहरू त्यो भूमिमा गाडे जो याकूबले शकेम नाउँ गरेका मानिसका पिता हमोरका छोराहरूकोबाट किनेका थिए। याकूबले त्यो भूमि शुद्ध चाँदीका एकसय सिक्कामा किनेका थिए। यो भूमि यूसुफका सन्तानको थियो।
32They buried the bones of Joseph, which the children of Israel brought up out of Egypt, in Shechem, in the parcel of ground which Jacob bought of the sons of Hamor the father of Shechem for a hundred pieces of money. They became the inheritance of the children of Joseph.
33हारूनका छोरा एलाजारको पनि मृत्यु भयो अनि एप्रैमको पहाडी देश गिबामा गाडे। गिबा एलाजारका छोरा पीनहासलाई दिइएको थियो।
33Eleazar the son of Aaron died. They buried him in the hill of Phinehas his son, which was given him in the hill country of Ephraim.