Nepali

World English Bible

Judges

19

1त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। एउटा लेवी व्यक्ति थिए जो एप्रैमको पहाडी देशको पछिल्तिर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निम्ति पत्नी तुल्य थिइन्। ती सेविका यहूदा देशको बेतलेहेम शहरकी थिइन्।
1It happened in those days, when there was no king in Israel, that there was a certain Levite living on the farther side of the hill country of Ephraim, who took to him a concubine out of Bethlehem Judah.
2तर तिनकी सेविकासित त्यो लेवी मानिसको बहस भयो। तिनले उसलाई छोडिदिइन् अनि यहूदाको बेतलेहेममा आफ्ना बाबुको घरमा फर्किइन्। उनी त्यहाँ चार महिनासम्म बसिन्।
2His concubine played the prostitute against him, and went away from him to her father’s house to Bethlehem Judah, and was there the space of four months.
3तर तिनका पति तिनको पछि लागे। तिनी दयापूर्वक उनीसित बात गर्न चाहन्थे जसमा कि उनी तिनीकहाँ फर्केर आउनेछिन्। तिनले आफूसित आफ्ना सेवक अनि दुइवटा गधाहरू लगे। त्यो लेवी मानिस तिनका बाबुको घरमा आए। तिनका बाबुले त्यो लेवी मानिसलाई देखे अनि उसलाई अभिवादन जनाउन बाहिर निस्के। पिता अत्यन्तै खुशी थिए।
3Her husband arose, and went after her, to speak kindly to her, to bring her again, having his servant with him, and a couple of donkeys: and she brought him into her father’s house; and when the father of the young lady saw him, he rejoiced to meet him.
4त्यस स्त्रीका बाबुले ती लेवी मानिसलाई घरभित्र लगे। ती लेवीका ससुराले तिनलाई बस्न आग्रह गरे। अनि ती लेवी मानिस तीन दिनसम्म बसे। तिनले खाए, पिए अनि आफ्ना ससूराको घरमा सुते।
4His father-in-law, the young lady’s father, retained him; and he stayed with him three days: so they ate and drink, and lodged there.
5चौथो दिनमा विहानै तिनीहरू उठे। त्यो लेवी मानिस जानलाई तयार हुँदै थियो। तर त्यो जवान स्त्रीका बाबुले आफ्ना जुवाइँलाई भने, “पहिला केही खाऊ। खाए पछि तिमी जान सक्छौ।”
5It happened on the fourth day, that they arose early in the morning, and he rose up to depart: and the young lady’s father said to his son-in-law, “Strengthen your heart with a morsel of bread, and afterward you shall go your way.”
6यसर्थ ती लेवी अनि तिनका ससुरा एक साथ खान र पिउनका निम्ति बसे। त्यसपछि त्यो जवान स्त्रीका बाबुले त्यो लेवी मानिसलाई भने, “कृपया आज एकरात बस। र आराम स्वयं आनन्द गर। जानका निम्ति आज बेलुकी घर फर्क।” यसर्थ ती दुइ मानिसहरूले एकसाथ खाए।
6So they sat down, ate, and drank, both of them together: and the young lady’s father said to the man, “Please be pleased to stay all night, and let your heart be merry.”
7ती लेवी हिंडनलाई उठे तर तिनका ससुराले फेरि त्यो रात बस्न भनी कर गरे।
7The man rose up to depart; but his father-in-law urged him, and he lodged there again.
8तब पाँचौ दिनमा ती लेवी मानिस बिहान छिट्टै उठे। तिनी हिंडनलाई तयार थिए। तर त्यस केटीका पिताले आफ्ना जुवाईंलाई भने, “पहिला केही भोजन र विश्राम गर अनि आज बेलुकीसम्म बस।” तिमी खाना खाए पछि जान सक्छौ।
8He arose early in the morning on the fifth day to depart; and the young lady’s father said, “Please strengthen your heart and stay until the day declines”; and they both ate.
9त्यो लेवी मानिस, तिनकी स्त्री सेविका अनि तिनका सेवक हिंडनलाई उठे। तर त्यस जवान स्त्रीका पिताले भने, “प्रायः रातपरि सक्यो। दिन प्रायः गइ सक्यो। यसर्थ राती यहीं बस अनि स्वयं आनन्द गर। भोलि बिहान तिमी चाँडै उठ्न सक्छौ अनि आफ्नो बाटो जान सक्छौ।”
9When the man rose up to depart, he, and his concubine, and his servant, his father-in-law, the young lady’s father, said to him, “Behold, now the day draws toward evening, please stay all night: behold, the day grows to an end, lodge here, that your heart may be merry; and tomorrow go on your way early, that you may go home.”
10तर ती लेवी अझ अर्कोरात बस्न चाहँदैन थियो। तिनले आफ्नो दुई गधाहरू अनि आफ्नी सेविकालाई लगे। तिनले यबूस (यरूशलेमको अर्को नाउँ) सम्म यात्रा गरे।
10But the man wouldn’t stay that night, but he rose up and departed, and came over against Jebus (the same is Jerusalem): and there were with him a couple of donkeys saddled; his concubine also was with him.
11दिन प्रायः बितिसकेको थियो। तिनीहरू यबूस शहरको नजिकमा थिए। यसकारण त्यो सेविकाले आफ्ना मालिक, ती लेवी, मानिसलाई भनिन्, “हामी यो यबूसी शहरमा बसौं। आजको रात यहाँ बसौं।”
11When they were by Jebus, the day was far spent; and the servant said to his master, “Please come and let us turn aside into this city of the Jebusites, and lodge in it.”
12तर उनको मालिक, ती लेवी मानिसले भने, “होइन! हामी यो अनौंठो शहरभित्र जानेछैनौं। ती मानिसहरू इस्राएली मानिसहरू होइनन्। हामी गिबा शहरमा जानेछौं।”
12His master said to him, “We won’t turn aside into the city of a foreigner, that is not of the children of Israel; but we will pass over to Gibeah.”
13लेवी मानिसले भने, “आऊ हामी गिबा वा रामासम्म पुग्ने चेष्टा गरौ। हामी यी शहरहरू मध्ये एउटामा रात बिताउन सक्ने छौं।”
13He said to his servant, “Come and let us draw near to one of these places; and we will lodge in Gibeah, or in Ramah.”
14यसर्थ ती लेवी मानिस अनि तिनका साथका मानिसहरू यात्रा गर्दै गए। सूर्य अस्ताउँदै थियो अनि तिनीहरू गिबा शहर भित्र पसे। गिबा त्यो इलाकामा छ जो बिन्यामीनका कुल समूहको अधीनमा छ।
14So they passed on and went their way; and the sun went down on them near to Gibeah, which belongs to Benjamin.
15यसर्थ तिनीहरू गिबामा बास बसे। तिनीहरूले त्यो शहरमा रात बिताउने योजना गरे। तिनीहरू त्यो शहरको चोकमा आए र बसे। तर कसैले पनि तिनीहरूलाई त्यो रात बस्न आफ्ना घरमा बोलाएनन्।
15They turned aside there, to go in to lodge in Gibeah: and he went in, and sat him down in the street of the city; for there was no man who took them into his house to lodge.
16त्यो साँझ एक वृद्ध मानिस आफ्नो खेतबाट शहरमा आए। उसको घर एप्रैमको पहाडी देशमा थियो। तर अहिले ती गिबा शहरमा बस्दै थिए। (गिबाका मानिसहरू बिन्यामीनका कुल समूहका थिए।)
16Behold, there came an old man from his work out of the field at evening: now the man was of the hill country of Ephraim, and he lived in Gibeah; but the men of the place were Benjamites.
17ती वृद्ध मानिसले शहरको चोकमा ती यात्री लेवी मानिसहरूलाई देखे। ती वृद्ध मानिसले सोधे, “तिमीहरू कहाँ गइरहेछौ? तिमीहरू कहाँबाट आयौ?”
17He lifted up his eyes, and saw the wayfaring man in the street of the city; and the old man said, “Where are you going? Where did you come from?”
18त्यो लेवी मानिसले उत्तर दियो, “हामी यहूदाको बेतलेहेम शहरबाट यात्रा गर्दै आएका हौं। हामी घर गइरहेका छौं। म एप्रैमको पहाडी देश पारि निकै परको हुँ। म यहूदाको बेतलेहेममा आएको छु। र अहिले घर फर्कदैछु। र कसैले पनि हामीलाई रात बिताउने ठाउँ दिएनन्।
18He said to him, “We are passing from Bethlehem Judah to the farther side of the hill country of Ephraim. I am from there, and I went to Bethlehem Judah. I am going to the house of Yahweh; and there is no man who takes me into his house.
19तर हामीसित हाम्रो गधाहरूको लागि चार दिनका निम्ति पराल र दाना छ। अनि मसित मेरी सेवीका र मेरो सेवक र आफ्ना निम्ति रोटी र दाखरस छ।”
19Yet there is both straw and provender for our donkeys; and there is bread and wine also for me, and for your handmaid, and for the young man who is with your servants: there is no want of anything.”
20ती वृद्ध मानिसले भने, “मेरो घरमा बस्न तिमीहरूलाई स्वागत छ। तिमीहरूलाई चाहिएका कुनै पनि कुरा म दिनेछु। शहरको चोकमा राती नबस्।”
20The old man said, “Peace be to you; howsoever let all your wants lie on me; only don’t lodge in the street.”
21तब त्यस वृद्ध मानिसले त्यो लेवी मानिस र तिनीको साथमा भएका मानिसहरूलाई आफ्नो घरमा लगे। उसले गधाहरूलाई खुवाए। तिनीहरूले आफ्ना खुट्टा धोए। त्यसपछि तिनीहरूले केही भोजन खाए अनि पिए।
21So he brought him into his house, and gave the donkeys fodder; and they washed their feet, and ate and drink.
22त्यो लेवी मानिस र तिनीसित भएका मानिसहरू आनन्दित भइरहेको बेला त्यस शहरका केही मानिसहरूले त्यो घरलाई घेरे। ती अत्यन्त नराम्रा मानिसहरू थिए। तिनीहरूले ढोका धकेल्न थाले। तिनीहरूले त्यो वृद्ध मानिसलाई कराए त्यो घर जसको थियो। तिनीहरूले भने, “त्यो मानिसलाई बाहिर ल्याऊ, जो तिम्रो घरमा आएको छ। हामी त्यस व्यक्तिसित सहवास गर्न चाहन्छौं।”
22As they were making their hearts merry, behold, the men of the city, certain base fellows, surrounded the house, beating at the door; and they spoke to the master of the house, the old man, saying, “Bring out the man who came into your house, that we may have sex with him!”
23त्यो वृद्ध मानिस बाहिर निस्के अनि ती नराम्रा मानिसहरूसित बात गरे। उसले भेन, “होइन, मेरो मित्रहरू, यस्तो नराम्रा कुराहरू नगर! ती मानिसहरू मेरो घरका अतिथि हुन। यस्तो भयानक पाप नगर।
23The man, the master of the house, went out to them, and said to them, “No, my brothers, please don’t act so wickedly; since this man has come into my house, don’t do this folly.
24हेर यहाँ मेरी छोरी छे। उसले कहिले पनि अघि कसैसित सहवास गरेकी छैन। म त्यसलाई अब बाहिर तिमीहरू कहाँ ल्याउँछु। तिमीहरू जसरी चाहन्छौ त्यसलाई उपयोग गर्न सक्छौ। तर यी मानिसको विरूद्ध यस्तो भयानक पाप नगर।”
24Behold, here is my virgin daughter and his concubine. I will bring them out now. Humble them, and do with them what seems good to you; but to this man don’t do any such folly.”
25तर ती नराम्रा मानिसहरूले वृद्ध मानिसको कुरा सुनेनन्। यसर्थ त्यस लेवी मानिसले आफ्नी सेविकालाई समातेर ती दुष्ट मानिसहरूसित बाहिर पठाइदिए। ती दुष्ट मानिसहरूले उसलाई घात पुर्याए अनि रातभरि उसलाई बलात्कार गरे। तब बिहान उज्यालो भए पछि तिनीहरूले उसलाई जान दिए।
25But the men wouldn’t listen to him: so the man laid hold of his concubine, and brought her out to them; and they had sex with her, and abused her all night until the morning: and when the day began to dawn, they let her go.
26बिहानको उज्यालो हुँदा त्यो स्त्री घरमा फर्केर आइन् जहाँ उसका मालिक बस्दैथिए। त्यो सामुन्नेको ढोकामा लडिन्। ती उज्यालो नहुञ्जेल त्यहाँ लडिरहीन्।
26Then came the woman in the dawning of the day, and fell down at the door of the man’s house where her lord was, until it was light.
27त्यो लेवी मानिस भोलिपल्ट बिहानै उठे। तिनी घरजान चाहन्थे। बाहिर जानलाई तिनले ढोका खोले। अनि ढोकाको सङ्घारमा एक हात झर्यो। त्यहाँ तिनकी स्त्री सेविका थिइन्। ती ढोकामा लडिरहेकी थिइन्।
27Her lord rose up in the morning, and opened the doors of the house, and went out to go his way; and behold, the woman his concubine was fallen down at the door of the house, with her hands on the threshold.
28त्यस लेवी व्यक्तिले उसलाई भने, “उठ! हामी जाऔं।” तर उसले उत्तर दिइनन् तिनी मरिसकेकी थिइन्। त्यो लेवी मानिसले आफ्नी स्त्री सेविकालाई गधामा राखे र घरतिर हिंडे।
28He said to her, “Get up, and let us be going!” but no one answered. Then he took her up on the donkey; and the man rose up, and went to his place.
29जब तिनी आफ्नो घरमा आइपुगे तब तिनले एउटा छुरी लिए अनि आफ्नी स्त्री सेविकाको मृत शरीरलाई बाह्र टुक्वा-टुक्वा पारेर काटे। त्यस पछि तिनले त्यस स्त्रीको बाह्र टुक्वा ती सबै क्षेत्रहरूमा पठाए जहाँ इस्राएलका मानिसहरू बस्थे।
29When he had come into his house, he took a knife, and laid hold on his concubine, and divided her, limb by limb, into twelve pieces, and sent her throughout all the borders of Israel.
30त्यसलाई देख्ने हरेकले यसो भने, “इस्राएलमा अघि यस्तो कहिले भएको थिएन। मिश्रदेशबाट निस्केर आएको समयदेखि हामीले यस्तो कुनै कुरा देखेका थिएनौं। यस विषयमा विचार गर अनि के गर्नु पर्ने हामीलाई भन।”
30It was so, that all who saw it said, “There was no such deed done nor seen from the day that the children of Israel came up out of the land of Egypt to this day! Consider it, take counsel, and speak.”