Nepali

World English Bible

Leviticus

11

1परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
1Yahweh spoke to Moses and to Aaron, saying to them,
2“इस्राएलका मानिसहरूलाई भनः ‘पृथ्वीका प्राणीहरूमध्ये तिमीहरू यी प्राणीहरू खान सक्छौः
2“Speak to the children of Israel, saying, ‘These are the living things which you may eat among all the animals that are on the earth.
3तिमीहरू कुनै पनि प्राणी खान सक्छौ जसको खुर चिरिएको हुन्छ अनि जो उग्राउँछ।
3Whatever parts the hoof, and is cloven-footed, and chews the cud among the animals, that you may eat.
4[This verse may not be a part of this translation]
4“‘Nevertheless these you shall not eat of those that chew the cud, or of those who part the hoof: the camel, because he chews the cud but doesn’t have a parted hoof, he is unclean to you.
5[This verse may not be a part of this translation]
5The coney, because he chews the cud but doesn’t have a parted hoof, he is unclean to you.
6[This verse may not be a part of this translation]
6The hare, because she chews the cud but doesn’t part the hoof, she is unclean to you.
7अनि सुँगुर-यसको खुर चिरिएको त छ तर यसले उग्राउँदैन, यसर्थ यो तिमीहरूको निम्ति फोहोर तथा अशुद्ध छ।
7The pig, because he has a split hoof, and is cloven-footed, but doesn’t chew the cud, he is unclean to you.
8तिमीहरूले यी पशुहरूको मासु नखानु अनि या पशुहरूको सिनु नछुनु। यी पशुहरू तिमीहरूको निम्ति अशुद्ध अनि फोहोर हुन्।
8Of their flesh you shall not eat, and their carcasses you shall not touch; they are unclean to you.
9“पानीमा हुने सबै प्राणीहरू तिमीहरूले खान सक्छौ, जलचर प्राणीहरूमा जसको पखेटा र कत्ला हुन्छ, चाहे त्यो नदी अथवा समुद्रको, तिमीहरू खान सक्छौ।
9“‘These you may eat of all that are in the waters: whatever has fins and scales in the waters, in the seas, and in the rivers, that you may eat.
10[This verse may not be a part of this translation]
10All that don’t have fins and scales in the seas, and in the rivers, of all that move in the waters, and of all the living creatures that are in the waters, they are an abomination to you,
11[This verse may not be a part of this translation]
11and you detest them. You shall not eat of their flesh, and you shall detest their carcasses.
12जलचर प्राणीहरू मध्ये जसको पखेटा अनि कत्ला हुँदैन त्यसको मासु खानु तिमीहरूको निम्ति निषेध मान्नुपर्छ।
12Whatever has no fins nor scales in the waters, that is an abomination to you.
13“चराहरूमा यी तिमीहरूको निम्ति घृणित हुन् अनि तिमीहरूले यिनीहरूको मासु खानु हुँदैन गरूड, गिद्ध, कालो गिद्ध,
13“‘These you shall detest among the birds; they shall not be eaten, they are an abomination: the eagle, and the vulture, and the black vulture,
14रातो चील र सबै प्रकारका कालो चील,
14and the red kite, any kind of black kite,
15सबै थरीका कागहरू,
15any kind of raven,
16ठूलो लाटकोसेरो, कराउने लाटकोसेरो, समुद्री चराहरू र सबै जातका बाजहरू,
16the horned owl, the screech owl, and the gull, any kind of hawk,
17सानो लाटोकोसेरो, पानी काग, भुल्का,
17the little owl, the cormorant, the great owl,
18सेतो लाटोकोसेरो, मरूभूमिमा हुने लाटोकोसेरो, माछा खाने चील,
18the white owl, the desert owl, the osprey,
19सारस, सबै प्रकारको बकुल्ला, फाप्रेचरो र चमेरो।
19the stork, any kind of heron, the hoopoe, and the bat.
20“तिमीहरूले प्रत्येक पंखेटा भएका किराहरूलाई जो घस्रेर हिंड्छन्, खानमा बारेको सम्झनु पर्छ।
20“‘All flying insects that walk on all fours are an abomination to you.
21तर तिमीहरूले उफ्रिने जोर्नी भएका खुट्टा हुने पंखेटा भएका किराहरू खान सक्छौ।
21Yet you may eat these: of all winged creeping things that go on all fours, which have legs above their feet, with which to hop on the earth.
22यी किराहरू मध्ये तिमीहरूले खान सक्छौः प्रत्येक प्रकारको सलह, पखेटा सलह; प्रत्येक जातको किथ्रा र फटेङ्ग्रा खानु सक्छौ।
22Even of these you may eat: any kind of locust, any kind of katydid, any kind of cricket, and any kind of grasshopper.
23“चार खुट्टे तर पंखेटा भएका प्रत्येक जातका किराहरू तिमीहरूको निम्ति घृणित हुन्छ, यो तिमीहरूले खानु निषेध मान्नुपर्छ।
23But all winged creeping things which have four feet, are an abomination to you.
24निम्न लिखित प्राणीहरूले तिमीहरूलाई फोहोर अनि अपवित्र पार्छ। कुनै पनि मानिस जसले तिनीहरूको सिनु छुन्छ त्यो साँझसम्म अपवित्र रहन्छ।
24“‘By these you will become unclean: whoever touches their carcass shall be unclean until the evening.
25अनि कुनै पनि मानिस जसले सिनु बोक्छ, उसले आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो अपवित्र रहनेछ।
25Whoever carries any part of their carcass shall wash his clothes, and be unclean until the evening.
26[This verse may not be a part of this translation]
26“‘Every animal which parts the hoof, and is not cloven-footed, nor chews the cud, is unclean to you. Everyone who touches them shall be unclean.
27[This verse may not be a part of this translation]
27Whatever goes on its paws, among all animals that go on all fours, they are unclean to you. Whoever touches their carcass shall be unclean until the evening.
28जसले यस्तो पशुको लाश बोक्छ, साँझसम्म अशुद्ध रहन्छ अनि यसले आफ्नो लुगा धुनुपर्छ। त्यस्ता पशुहरू तिमीहरूको निम्ति अशुद्ध हुन्।
28He who carries their carcass shall wash his clothes, and be unclean until the evening. They are unclean to you.
29“भूँईमा घस्रने प्राणीहरू मध्ये यिनीहरू तिमीहरूको निम्ति अपवित्र हुन्-जस्तै न्याउरीमुसो, मुसो, सबै जातको छेपारोहरू,
29“‘These are they which are unclean to you among the creeping things that creep on the earth: the weasel, the rat, any kind of great lizard,
30माउसुली, गोहोरो, भालेमुँग्रो, बालुवामा हुने छेपारो अनि रंग बद्लने छेपारो।
30the gecko, and the monitor lizard, the wall lizard, the skink, and the chameleon.
31घस्रनेहरूमा यिनीहरू तिमीहरूको निम्ति अशुद्ध हुन्। कसैले यी प्राणीहरूमध्ये कुनैको पनि लाश छोए त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ।
31These are they which are unclean to you among all that creep. Whoever touches them when they are dead, shall be unclean until the evening.
32“अनि यदि अशुद्ध पशुहरू मध्ये कुनै मर्छ अनि केहि कुरामा पर्छ तब त्यो वस्तु अशुद्ध हुनेछ यो काठ, लुगा, छाला, पाठाको छालाको लुगा (भाङग्रा) अथवा कुनै काम आउने भाँडे किन नहोस्। यदि यस्तो भए, यसलाई पानीमा डुबाउनु पर्छ अनि यो साँझसम्म अशुद्ध रहनेछ।
32On whatever any of them falls when they are dead, it shall be unclean; whether it is any vessel of wood, or clothing, or skin, or sack, whatever vessel it is, with which any work is done, it must be put into water, and it shall be unclean until the evening; then it will be clean.
33माटोको भाँडामा मरेका यी प्राणीहरूमध्ये कुनै परे त्यो भाडमा रहेको चीज पनि अशुद्ध हुन्छ र त्यो भाँडा फुटाउनु पर्छ।
33Every earthen vessel, into which any of them falls, all that is in it shall be unclean, and you shall break it.
34यदि त्यो भाँडामा पानी थियो अनि त्यसले अर्को कुनै खाद्य छुन्छ। त्यो अशुद्ध हुनेछ। अनि यदि कुनै पिउने वस्तु त्यस भाँडामा थियो भने त्यो पनि अशुद्ध हुनेछ।
34All food which may be eaten, that on which water comes, shall be unclean; and all drink that may be drunk in every such vessel shall be unclean.
35यदि त्यो मरेको वस्तुको कुनै पनि अंग मात्र केही चीजमा परे त्यो चीज अशुद्ध हुनेछ। यदि त्यो बस्तु चुला अथवा अँगेटी हो भने त्यो भत्काउनु पर्छ।
35Everything whereupon part of their carcass falls shall be unclean; whether oven, or range for pots, it shall be broken in pieces: they are unclean, and shall be unclean to you.
36“तर यदि कोही पानीको मुहान अथवा कूवाँमा भए त्यो अशुद्ध हुँदैन तर जसले मरेको लाश छुन्छ त्यो चाँहि अशुद्ध हुन्छ।
36Nevertheless a spring or a cistern in which water is a gathered shall be clean: but that which touches their carcass shall be unclean.
37अनि यदि त्यो मृत देह कुनै बीउमाथि झरे त्यो बीउ शुद्ध नै रहन्छ।
37If part of their carcass falls on any sowing seed which is to be sown, it is clean.
38तर यदि ती बीउहरूमाथि पानी हालेको छ र त्यस्तो सिनु पर्यो भने ती बीउहरू तिमीहरूको निम्ति अशुद्ध हुनेछन्।
38But if water is put on the seed, and part of their carcass falls on it, it is unclean to you.
39“यदि तिमीहरूका पशुहरूमध्ये कुनै मर्छ जसलाई खानको निम्ति तिमीहरूलाई अनुमति दिइएको छ, तब व्यक्ति जसले यसको मृत शरीरलाई छुन्छ साँझसम्म अशुद्ध रहनेछ।
39“‘If any animal, of which you may eat, dies; he who touches its carcass shall be unclean until the evening.
40यदि कसैले त्यस मरेको पशुको कुनै भागको मासु खान्छ तब त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ र साँझसम्म ऊ अशुद्ध रहनेछ। यदि कसैले त्यस्तो पशुहरूको लाश छुन्छ ऊ साँझसम्म अशुद्ध रहनेछ अनि उसले आफ्ना लुगाहरू धुनु पर्छ।
40He who eats of its carcass shall wash his clothes, and be unclean until the evening. He also who carries its carcass shall wash his clothes, and be unclean until the evening.
41“अनि प्रत्येक प्राणी जो भुइँमा घस्रन्छ त्यसलाई तिमीले घृणा गर्नैपर्छ अनि तिमीले त्यो खानु हुँदैन।
41“‘Every creeping thing that creeps on the earth is an abomination. It shall not be eaten.
42कुनै पनि प्राणी जो भुइँमा आफ्नो पेटले सुल्कन्छ अथवा चार अथवा धेरै खुट्टाले घस्रन्छ त्यस्तो प्राणी तिमीहरूले खानु हुँदैन। तिनीहरूलाई घृणा गर्नुपर्छ।
42Whatever goes on its belly, and whatever goes on all fours, or whatever has many feet, even all creeping things that creep on the earth, them you shall not eat; for they are an abomination.
43यस्ता घस्रने प्राणीबाट तिमीहरू कुनै पनि परिस्थितिमा अशुद्ध नहुनु। यिनीहरूलाई छोएर अशुद्ध नबन।
43You shall not make yourselves abominable with any creeping thing that creeps, neither shall you make yourselves unclean with them, that you should be defiled thereby.
44किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन
44For I am Yahweh your God. Sanctify yourselves therefore, and be holy; for I am holy: neither shall you defile yourselves with any kind of creeping thing that moves on the earth.
45म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”
45For I am Yahweh who brought you up out of the land of Egypt, to be your God. You shall therefore be holy, for I am holy.
46पशु, पंक्षी, जलचर अनि भूइँमा घस्रने सबै प्राणीहरूका निम्ति विधिहरू यी नै हुन्।
46“‘This is the law of the animal, and of the bird, and of every living creature that moves in the waters, and of every creature that creeps on the earth,
47पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्।”
47to make a distinction between the unclean and the clean, and between the living thing that may be eaten and the living thing that may not be eaten.’”