Nepali

World English Bible

Leviticus

14

1परमप्रभुले मोशालाई भन्नुभयो,
1Yahweh spoke to Moses, saying,
2“जब एक जना मानिस चर्मरोगबाट निको हुन्छ, उसले शुद्ध हुनको निम्ति यी नियमहरू पालन गर्नु पर्छ।
2“This shall be the law of the leper in the day of his cleansing. He shall be brought to the priest,
3पूजाहारीले पाल बाहिर त्यो मानिस भएको ठाउँमा गएर जाँच गरून् अनि त्यो चर्मरोग लागेको मानिस निको भएको पाए पूजाहारीले
3and the priest shall go forth out of the camp. The priest shall examine him, and behold, if the plague of leprosy is healed in the leper,
4उसलाई शुद्ध गराउनुको निम्ति दुइवटा शुद्ध चरा, एक टुक्वा सल्लाको काठ, अलिकति रातो धागो र हिसप ल्याउने आदेश दिऊन्।
4then the priest shall command them to take for him who is to be cleansed two living clean birds, and cedar wood, and scarlet, and hyssop.
5त्यसपछि पूजाहारीले ती दुइवटा मध्ये एउटा चरालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिऊन्।
5The priest shall command them to kill one of the birds in an earthen vessel over running water.
6अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अघिल्लो चराको रगत मिसिएको पानीमा चोबलून्।
6As for the living bird, he shall take it, and the cedar wood, and the scarlet, and the hyssop, and shall dip them and the living bird in the blood of the bird that was killed over the running water.
7अनि चर्म रोग निको पारिनु पर्ने मानिसमाथि त्यो पानी सात पल्ट छर्किउन्। त्यसपछि त्यो मानिस शुद्ध भयो भनी घोषणा गरियोस्। अनि त्यो जीवित चरालाई पूजाहारीले खुल्ला मैदानमा छाडिदिऊन्।
7He shall sprinkle on him who is to be cleansed from the leprosy seven times, and shall pronounce him clean, and shall let the living bird go into the open field.
8“तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन।
8“He who is to be cleansed shall wash his clothes, and shave off all his hair, and bathe himself in water; and he shall be clean. After that he shall come into the camp, but shall dwell outside his tent seven days.
9सातौं दिन उसले आफ्नो कपाल, दाह्री अनी आँखी रौं खौरोस् उसले सबै कपाल खौरोस्, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ।
9It shall be on the seventh day, that he shall shave all his hair off his head and his beard and his eyebrows, even all his hair he shall shave off. He shall wash his clothes, and he shall bathe his body in water, then he shall be clean.
10“आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेडाको दुइवटा निष्खोट पाठो अनि एक वर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्।
10“On the eighth day he shall take two male lambs without blemish, and one ewe lamb a year old without blemish, and three tenths of an ephah of fine flour for a meal offering, mingled with oil, and one log of oil.
11शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ।
11The priest who cleanses him shall set the man who is to be cleansed, and those things, before Yahweh, at the door of the Tent of Meeting.
12तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ।
12“The priest shall take one of the male lambs, and offer him for a trespass offering, with the log of oil, and wave them for a wave offering before Yahweh.
13उनले पापबलि र होमबलि चढाउने पवित्र स्थानमा मार्नु पर्छ किनभने यो दोषबलि पापबलि जस्तै हो। यो पूजाहारीको हो अत्यन्तै पवित्र हुन्छ।
13He shall kill the male lamb in the place where they kill the sin offering and the burnt offering, in the place of the sanctuary; for as the sin offering is the priest’s, so is the trespass offering. It is most holy.
14“पूजाहारीले दोषबलिबाट केही रगत लिनु पर्छ र शुद्ध हुने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा यसलाई दल्नु पर्छ।
14The priest shall take some of the blood of the trespass offering, and the priest shall put it on the tip of the right ear of him who is to be cleansed, and on the thumb of his right hand, and on the big toe of his right foot.
15त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हालून्।
15The priest shall take some of the log of oil, and pour it into the palm of his own left hand.
16त्यसपछि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा दाहिने हातको औंला डुबाएर परमप्रभुअघि सात पल्ट छर्किऊन्।
16The priest shall dip his right finger in the oil that is in his left hand, and shall sprinkle some of the oil with his finger seven times before Yahweh.
17हत्केलामा बाँकी रहेको तेल शुद्ध हुने मानिसको दाहिने कान, उसको दाहिने हातको बूढी औंलामाथि, दाहिने खुट्टाको बूढी औंलामाथि खनाउनु पर्छ जुन ठाउँमा उसले दोषबलिको रगत छर्केको थियो।
17The priest shall put some of the rest of the oil that is in his hand on the tip of the right ear of him who is to be cleansed, and on the thumb of his right hand, and on the big toe of his right foot, upon the blood of the trespass offering.
18उसको हत्केलामा रहेको तेल त्यो शुद्ध पारिदै गरिएको मानिसको टाउकोमा लगाउनु पर्छ त्यस्तै प्रकारले पूजाहारीले उसलाई परमप्रभुअघि शुद्ध पार्नु पर्छ।
18The rest of the oil that is in the priest’s hand he shall put on the head of him who is to be cleansed, and the priest shall make atonement for him before Yahweh.
19“तब पूजाहारीले पापबलि चढाउनु पर्छ अनि मानिसलाई उसको अशुद्धताबाट शुद्ध गर्नु पर्छ अनि त्यसपछि उनले होमबलि मार्नु पर्छ।
19“The priest shall offer the sin offering, and make atonement for him who is to be cleansed because of his uncleanness: and afterward he shall kill the burnt offering;
20पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।
20and the priest shall offer the burnt offering and the meal offering on the altar. The priest shall make atonement for him, and he shall be clean.
21“तर यदि ऊ गरीब छ अनि त्यसको व्यवस्थामा गर्नु सक्दैन भने तब उसले शुद्ध हुनका लागि एउटा भेडा दोष बलिको रूपमा ल्‌याउनु पर्छ अनि एपाको दश खण्डको एक खण्ड तेल मिसाइएको मिहिन पीठो अनि एक माना जैतुनको तेल अन्न बलिको रूपमा ल्याउनु पर्छ।
21“If he is poor, and can’t afford so much, then he shall take one male lamb for a trespass offering to be waved, to make atonement for him, and one tenth of an ephah of fine flour mingled with oil for a meal offering, and a log of oil;
22अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा ढुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।
22and two turtledoves, or two young pigeons, such as he is able to afford; and the one shall be a sin offering, and the other a burnt offering.
23“उसको शुद्धताको निम्ति आठौं दिनमा ती सब भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्ने पूजाहारीकहाँ ल्याओस्।
23“On the eighth day he shall bring them for his cleansing to the priest, to the door of the Tent of Meeting, before Yahweh.
24तब पूजाहारीले दोषबलिको पाठो र तेल लिएर डोलाउने बलिको रूपमा परमप्रभुअघि हल्लाउनु पर्छ।
24The priest shall take the lamb of the trespass offering, and the log of oil, and the priest shall wave them for a wave offering before Yahweh.
25त्यसपछि दोषबलिको निम्ति भेडाको पाठो मारियोस् र त्यसको केही रगत शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा लगाऊन्।
25He shall kill the lamb of the trespass offering. The priest shall take some of the blood of the trespass offering and put it on the tip of the right ear of him who is to be cleansed, and on the thumb of his right hand, and on the big toe of his right foot.
26अनि पूजाहारीले तेल त्यही देब्रे हातको हत्केलामा खन्याउनु पर्छ।
26The priest shall pour some of the oil into the palm of his own left hand;
27त्यसपछि पूजाहारीले हत्केलाको तेल दाहिने हातको ओंलाले परमप्रभु अघि सात पल्ट छर्किऊन्।
27and the priest shall sprinkle with his right finger some of the oil that is in his left hand seven times before Yahweh.
28अनि पूजाहारीले उसको हातमा रहेको केही तेलबाट लिएर त्यो शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको बूढी-औंला र दाहिने खुट्टाको बूढीऔंलामा जहाँ दोषबलिको रगत लगाइ दिएको थियो त्यही लगाई दिऊन्।
28Then the priest shall put some of the oil that is in his hand on the tip of the right ear of him who is to be cleansed, and on the thumb of his right hand, and on the big toe of his right foot, on the place of the blood of the trespass offering.
29पूजाहारीको हत्केलामा बाँकी रहेको तेल शुद्ध पारिनु पर्ने मानिसको शिरमा परमप्रभुअघि उसलाई शुद्ध पार्न लगाई दिऊन्।
29The rest of the oil that is in the priest’s hand he shall put on the head of him who is to be cleansed, to make atonement for him before Yahweh.
30“तब जवान ढुकुर अथवा परेवा जे हुन्छ उसले जगेडा गर्न सक्छ।
30He shall offer one of the turtledoves, or of the young pigeons, such as he is able to afford,
31एउटा पापबलिको निम्ति अनि अर्को होमबलिको निम्ति पूजाहारीले अन्नबलिसित चढाऊन्। यसरी पूजाहारीले त्यो शुद्ध पारिनु पर्ने मानिसलाई परमप्रभुकोअघि प्रायश्चित गराउने छन्।”
31even such as he is able to afford, the one for a sin offering, and the other for a burnt offering, with the meal offering. The priest shall make atonement for him who is to be cleansed before Yahweh.”
32एक जना मानिसहरू चर्म रोगबाट मुक्त भएपछि शुद्ध हुनको निम्ति यी नियमहरू छन्। यी नियमहरू तिनीहरूका लागि हुन जो आफूलाई शुद्ध बनाउनका लागि नियमित बलि चढाउन जगेडा गर्न सक्दैनन्।
32This is the law for him in whom is the plague of leprosy, who is not able to afford the sacrifice for his cleansing.
33परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
33Yahweh spoke to Moses and to Aaron, saying,
34“जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुग्छौ, अनि म तिमीहरूको कुनै घरमा ढुसी पठाउनेछु,
34“When you have come into the land of Canaan, which I give to you for a possession, and I put a spreading mildew in a house in the land of your possession,
35तब त्यो घरको मालिक आओस् र पूजाहारीलाई भनोस्, ‘मेरो घरमा ढुसी परे जस्तै लाग्छ।’
35then he who owns the house shall come and tell the priest, saying, ‘There seems to me to be some sort of plague in the house.’
36“त्यसपछि पूजाहारीले घरमा आफू घर जाँच गर्नुअघि त्यस घरको प्रत्येक चीज बाहिर निकाल्ने आदेश दिऊन् कारण घरको प्रत्येक चीज नै अशुद्ध हुँदैन।
36The priest shall command that they empty the house, before the priest goes in to examine the plague, that all that is in the house not be made unclean: and afterward the priest shall go in to inspect the house.
37त्यसपछि पूजाहारी घर जाँच गर्न आऊन् र यदि उनले घरको भित्तामा लागेको ढुसीमा रातो अथवा हरियो टाटो पाए त्यो भित्तामा ढुसीमा गहिरिएको बुझिनेछ र,
37He shall examine the plague; and behold, if the plague is in the walls of the house with hollow streaks, greenish or reddish, and it appears to be deeper than the wall;
38तब पूजाहारीले बाहिर निस्केर सात दिन सम्मको निम्ति घरको ढोका बन्द गरिदिऊन्।
38then the priest shall go out of the house to the door of the house, and shut up the house seven days.
39“पूजाहारीले सात दिनमा फर्केर घर निरीक्षण गर्नु पर्छ। यदि घरको भित्तामा ढुसी फैलिएको पाइन्छ
39The priest shall come again on the seventh day, and look. If the plague has spread in the walls of the house,
40पूजाहारीले आदेश दिनुपर्छ, मानिसहरूले त्यस घरको भित्ताको ढुसी लागेको ठाउँको ढुङ्गहरू भत्काउन र ती ढुङ्गाहरू शहर बाहिर लगी कुनै फोहोर ठाउँमा फ्याँकून्।
40then the priest shall command that they take out the stones in which is the plague, and cast them into an unclean place outside of the city:
41त्यसपछि पूजाहारीले त्यस घरको भित्ता सबै खुर्किन लगाऊन् र मानिसहरूले खुर्केर निस्केको वस्तु सबै शहरबाहिर कही मैला ठाउँमा फ्याँक्न लगाऊन् र त्यस भित्तामा नयाँ लेप लगाउन आज्ञा दिउन्।
41and he shall cause the inside of the house to be scraped all over, and they shall pour out the mortar, that they scraped off, outside of the city into an unclean place.
42तिनीहरूले फूटेका ढुङ्गहरूलाई नयाँ ढुङ्गसित फेर्नु पर्छ। घरको मालिकले नयाँ लेप लगाउनु पर्छ।
42They shall take other stones, and put them in the place of those stones; and he shall take other mortar, and shall plaster the house.
43“एकपल्ट घरको भित्ताका ढुङ्गहरू फ्याँकेर खुर्केर लिउन लगाउँदा पनि यदि त्यस घरको भित्तामा फेरि ढुसी निस्कन्छ भने
43“If the plague comes again, and breaks out in the house, after he has taken out the stones, and after he has scraped the house, and after it was plastered;
44त्यहाँ जाँच गर्न पूजाहारी आऊन् र यदि ढुसी त्यहाँ फैलेर घरको माल-तालहरू नष्ट पार्दैछ भने त्यो घर अशुद्ध हो।
44then the priest shall come in and look; and behold, if the plague has spread in the house, it is a destructive mildew in the house. It is unclean.
45त्यस घरको ढुङ्गहरू, काठपातहरू निकालेर शहर बाहिर कुनै मैला ठाउँमा फ्याँक्नुपर्छ।
45He shall break down the house, its stones, and its timber, and all the house’s mortar. He shall carry them out of the city into an unclean place.
46यदि कुनै मानिस त्यस्तो निषेधित घरमा पसे त्यो साँझसम्म अशुद्ध हुनेछ।
46“Moreover he who goes into the house while it is shut up shall be unclean until the evening.
47यदि कुनै मानिस त्यस घरमा सुते उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ।
47He who lies down in the house shall wash his clothes; and he who eats in the house shall wash his clothes.
48“पूजाहारी आएर परीक्षण गर्दा त्यस घरमा लिउन लगाई सक्दा ढुसी नफैलिएको पाए, ढुसी हराइसकेको हुँदा पूजाहारीले त्यो घर शुद्ध भएको घोषणा गरून्। किन? किनभने ढुस्सी हटेको छ।
48“If the priest shall come in, and examine it, and behold, the plague hasn’t spread in the house, after the house was plastered, then the priest shall pronounce the house clean, because the plague is healed.
49“अनि घर शुद्ध पार्न पूजाहारीले दुईवटा चराहरू, धूपीको काठ, हिसोफ र रातो धागो लानु पर्छ।
49To cleanse the house he shall take two birds, and cedar wood, and scarlet, and hyssop.
50ती दुई चराहरू मध्ये एउटालाई माटोको भाँडामा भएको पानीमाथि उसले मारोस्।
50He shall kill one of the birds in an earthen vessel over running water.
51अनि धूपीको काठ, हिसोफ, रातो धागो र जिउँदो चरा लिएर बग्दै गरेको पानीमाथि मारेको चराको रगतमा चोबेर उसले सात पल्ट घरमा रगत छर्किनु पर्छ।
51He shall take the cedar wood, and the hyssop, and the scarlet, and the living bird, and dip them in the blood of the slain bird, and in the running water, and sprinkle the house seven times.
52यी सबै धूपीको काठ, हिसोफ, जिउँदो चरा, रातो धागो द्वारा ऊ घर शुद्ध बनाउनेछ।
52He shall cleanse the house with the blood of the bird, and with the running water, with the living bird, with the cedar wood, with the hyssop, and with the scarlet;
53यति गरे पछि त्यो जिउँदो चरालाई उसले मैदानमा खुला छोडिदिओस्। यसरी उसले त्यो घर शुद्ध पार्नेछ र घर पनि शुद्ध हुनेछ।”
53but he shall let the living bird go out of the city into the open field. So shall he make atonement for the house; and it shall be clean.”
54ती चर्म रोगको निम्ति नियमहरू,
54This is the law for any plague of leprosy, and for an itch,
55ढुस्सीको निम्ति लुगाको टुक्रामाथि अथवा घर भित्र।
55and for the destructive mildew of a garment, and for a house,
56यो सबै प्रकारको छालाको फोका, सुनीयकोहरूको विषयमा नियमहरू छालामाथि डाब अथवा चहकिलो दाग शुद्ध पार्ने तरीका हो।
56and for a rising, and for a scab, and for a bright spot;
57चर्मरोग र ढुस्सीको निम्ति विधी यो नै हो। यी नियमहरूले सिकाउँछ जब चीजहरू शुद्ध हुन्छ, अनि जब चीजहरू अशुद्ध हुन्छ, यी धेरै प्रकारका बीमारहरूको नियमहरू हुन्।
57to teach when it is unclean, and when it is clean. This is the law of leprosy.